Search This Blog

Sunday, January 17, 2010

अपिल

संविधानसभाको चुनाव र त्यसपछिको संविधानसभाको बैठकले लोकतान्त्रिक संघीय गणतन्त्रको घोषणा गर्दासम्म लोकतान्त्रिक शक्तिहरु बीच राष्ट्रिय सहमति अनुसार नै देश अगाडि बढेको थियो । तर सरकार गठनको प्रक्रिया वा समिकरण शुरु हु“दा नहु“दै मुलतः ठूला दलहरुमा खटपट र चिसोपना शुरु हुन थालेको थियो । अन्ततः संविधानसभाको चुनाव पश्चात ठूलो पार्टी बनेको नेकपा (माओवादी) को नेतृत्वमा सरकार गठन भयो, तर नेपाली कांग्रेस विपक्षि दलमा बस्यो । त्यहिदेखि नै आम जनताको भविष्य सुनिश्चित भएको सार्थक संविधान बनाउ“ने मुख्य दायित्वबाट पन्छिदै पार्टीहरु सरकार गठन र विपक्षको खेलमा खुलेआम लागे । ०६२÷६३ को महान जनआन्दोलनको जनादेशलाई संस्थागत र मुर्तरुप दिने भन्दा पनि कुठराघात गर्ने दिशातिर ठूला दलहरु उन्मुख हु“दै गए । मुल उद्देश्यबाट दलहरुका आफ्ना गतिविधीलाई विषयान्तर गरियो । ठूला दलहरुमा कयौं कुरामा अविश्वास बढ्दै गयो । माओवादीको सरकारको नेतृत्वमा सहमतिको राजनीति अगाडि बढ्न सकेन । तत्कालिन सरकारमा सहभागि दलहरु बीच पनि मन्त्रालयको टकराव, असमझदारी, आफुले जस्केलो लिने होडबाजी, अझ भनौ अस्वस्थ प्रतिस्पर्धा नै चल्यो । यहा“सम्म कि मुलभुत कुरामा समझदारी गरिएको विषयमा पनि पछि विभिन्न कोणबाट कुतर्क गर्दै असमझदारीको दिशामा राजनीतिक परिस्थितिलाई अगाडि बढाउ“ने काम भयो । प्रधान सेनापति प्रकरण त्यस्ता विषयकाहरुको पराकाष्ठ हो ।
अहिले आएर देश असंवैधानिक बाटोबाट अगाडि बढिरहेको छ । प्रश्न एमालेको नेतृत्वमा सरकार बन्यो भन्ने होइन, प्रश्न अन्तरिम संविधानत सरकार विघटन र पुनर्गठन भयो कि भएन भन्ने हो । अन्तरिम संविधानत सहज तरिकाले एमालेको नेतृत्वमा सरकार गठन भएको छैन । यो एक प्रकारको सैनिक ‘कू’ को निरन्तरताभित्र नै अहिलेको सरकार गठन संभव भएको हो । यस प्रकारको राजनीतिक परिस्थितिले नेपाली जनताले भन्दै आएको र कामना गरेको शान्ति प्रक्रिया, आम देशवासीको भविष्य कोरिएको जनपक्षिय सार्थक संविधान निर्माण, विद्यमान अराजकता र हत्या–हिंसाको अन्त्य, स्वतन्त्रता, सहज जनजीविका तथा अन्य आधारभुत मौलिक अधिकारहरु समयमा नै ठिक तरिकाले प्राप्त गर्न सकिने स्थितिलाई संकेत गर्दैन । यो प्रकारको कदमले अझ द्वण्द्व, अराजकता र यथास्थितिवादी तथा पुनरुत्थानवादीहरुको चलखेललाई बढाएर लाने वातावरणको सृजना गरिरहेको छ । कालो बजारीयाहरुको विगविगी बढेर गएको छ । आम जनताको दैनिकी असहज बनेर गएको छ । त्यसैले अहिलेको आवश्यकता लोभिपापीकोणबाट सरकार गठन र विघटनको समिकरणमा जानु भन्दा अग्रगामी शक्तिहरु बीचको ध्रुविकरणलाई तीब्रता दिनु नै हो । किनभने यो भन्दा अगाडिको स्थिति र त्यस अनुसारको बुझाई तथा अहिलेको स्थिति र दलहरुमा आएको बुझाईको परिवर्तन तथा त्यो अनुसारको व्यवहारिक गतिविधीले यो तथ्य प्रमाणित गर्दछ । पछिल्लो यो तथ्यलाई ह्दयङ्गम गरेर अग्रगामी शक्तिहरु अगाडि बढ्न सकेमा मात्र ०६२÷६३ को महान जनआन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई सुनिश्चित गर्न सकिन्छ, संस्थागत गर्न सकिन्छ । यो संक्रमणकालिन अवस्थालाई सकेसम्म छोट्याउ“न र अहिले देखिएको गतिरोधलाई अन्त्य गर्न पनि अग्रगामी शक्तिहरु बीच शसक्त मोर्चा बन्न आवश्यक छ । नत्र यो स्थिति लम्बिदै जाने हो भने देशको राजनीतिक स्थिति असहजता र जटिलतातिर अझै बढेर जाने छ, असफल राष्ट्रको लेवल लगाइने छ । त्यसपछि अझ विदेशी हस्तक्षेप बढेर जाने छ । त्यसैले यो स्थितिको अन्त्य छिट्टै गर्न आवश्यक छ । यसको लागि आम जनताले फेरि पनि अग्रगामी परिवर्तनको लागि यथास्थितिवादी तथा पुनरुत्थानवादी चिन्तनमाथि एक धक्का दिन आवश्यक छ । यो आवश्यकतालाई कुनै न कुनै रुपमा पुरा गराउ“न यहि ०६६ भदौ १२–१४ गते सम्म हेटौडामा हुन गइरहेको हामी क्रान्तिकारी युवाहरुकोे दरिलो संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमले योगदान दिन सक्ने नै छ भन्ने दृढ अठोट र आत्मविश्वास लिएका छौ । उक्त कार्यक्रमलाई सम्पन्न गर्न न्यायप्रेमी तथा परिवर्तनकामी समुदाय, उद्योगी र व्यापारीहरुलाई सहयोगको लागि हामी हार्दिक अनुरोध गर्दछौ ।
हाम्रा माग र नाराहरुः–
–असंबैधानिक कदम तुरुन्त सच्याइयोस् ।
–जनपक्षिय सार्थक संविधान निर्माण गर् ।
–हत्याहिंसा, लुटपाट, अराजकता, महंगी र कालो बजार नियन्त्रण गर् ।
–सम्पूर्ण युवाहरुलाई समावेश गर्ने युवा नीति लागू गर् ।
–सन् १९५० लगायत अन्य सम्पूर्ण असमान संन्धी–सम्झौता खारेज गर् ।
–नया“ जनवादी क्रान्ति– जिन्दावाद ।
–नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)– जिन्दावाद ।
नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)
केन्द्रीय कार्यालय, काठमाण्डौ

No comments:

Post a Comment