Search This Blog

Sunday, January 31, 2010

मेची महाकाली जनजागरण ०६६ र यसले उठाएका प्रश्नहरु–२

अग्रगति साप्ताहिक
वर्ष ४, अंक १८, २०६६ पुष १६
मेची–महाकाली अभियानले खाली बाह्य प्रश्नलाई मात्र उठाएन, यसले आन्तरिक पार्टी जीवनका कयौं प्रश्नलाई पनि उठाएको छ । त्यसैले यसवारे हामी सबै पार्टी पंक्तिका कमरेडहरुले पनि बुझ्न र यो प्रश्नको हल खोज्न लाग्नु पर्ने सवाल पनि उठाएको छ ।
१¬) पार्टीलाई बुझ्ने सवाल ः– पार्टी भनेको दार्शनिक मुल्य–मान्यता बोकेको संगठानिक प्रयास हो । पार्टीको गठन, बिघटन र अन्ततः निषेध समाज विकासको चरण, आधार र अवधिमा चेतनशिल मानिसहरुको क्रियाकलापबाट हुने गर्दछ । यसो हुनाले यो मानिसहरुको क्रिया र प्रतिक्रियाको आधारबाट जन्मिएको एउटा निश्चित अवस्थासम्मको प्रक्रिया पनि हो । यसको अर्थ यसको जन्म एउटा प्रक्रियाबाट भएको हुन्छ भने विघटन र निषेध पनि एउटा निश्चित प्रक्रियाबाटै हुन्छ । त्यसो हुनाले पार्टी निश्चित उद्देश्यको प्राप्तिको लागि हो, संघर्ष र अग्रगामी रुपान्तरणको लागि हो । समाजको अन्तरविरोधबाट जन्मिएको अन्तरविरोधीय संगम हो, सहयात्रा र संघर्ष पनि हो । त्यसैले समाजमा नसुल्झिएको तर सुल्झिनु पर्ने विषयलाई शसक्तता र गतिशिलता दिनको लागि संगठित प्रयास हो ।
२ पार्टी निर्माणका दुई मान्यताहरु ः– पार्टी निर्माणका दुई आधारभुत मुल्यमान्यताहरु समाज विकासमा निर्माण भएर आए, एउटा, कृतिम भेदभाव, अन्याय, असमानता, दमन, वर्गीय उत्पीडनलाई प्राकृतिक मानी निरन्तरता दिनु ठीक हो भन्ने आधार र दोस्रो, समाजका अन्तरविरोधलाई गतिशिल, प्रगतिवाद वा समाजवाद र साम्यवादी समाज निर्माणको साधन मानी कुनै पनि खाले कृतिम उत्पीडनलाई निरन्तरता दिनु गलत मान्ने आधारबाट पार्टी गठन, पुनर्गठन, विघटन र क्रियात्मकता दिनुपर्छ भन्ने आधार । पार्टी मात्र होइन, राज्यभित्र संचालित हरेक संघ÷संस्था र विनिमयका पद्दति र मुल्यमान्यता पनि त्यहि आधारभन्दा टाढा रहेर संचालित र अनुबन्धित हुदैन । समाजमा वर्गहरुको विद्यमान रहुन्जेल हामी र हाम्रा उठबस, गतिविधि, पक्षपोषणता, संघर्ष र सहकार्य यि दुई आधारबाटै भइरहेका हुन्छन् । त्यसैले सबै भन्दा पहिले हामीले व्यक्तिको आगमन, बहिर्गमन र पक्षपोषणताको सवाललाई यस आधारमा हेर्ने विक्तिकै एउटा व्यक्ति र हाम्रो अस्तित्व कहा“नेर र किन रहेको छ भन्ने कुरा सजिलै बुझ्न सक्छौ र बुझ्न पर्छ ।
३) पार्टी निर्माणमा निरन्तर ध्यान दिनुपर्ने पक्षहरुः– पार्टी निर्माण वर्गीय आधार र वर्गसंघर्ष कै निरन्तरताबाट भएको हुन्छ । यसो भएकोले निर्माण र त्यसको सशक्तताको विषयमा चर्चा गर्दा विद्यमान समाजको वर्ग स्थिति अनुसार हाम्रा क्रियाकलाप र गतिविधिको स्थिति र स्तर कहा“ छ भन्ने कुराको उत्तर खोज्नै पर्दछ । यसो गरिएन भने हाम्रा गतिविधि र क्रियाकलाप या त दक्षिणपन्थी हुन्छ, या त उग्रवामपन्थी अराजकतावाद, यथास्थितिवाद वा वामपन्थी लÏफाजी हुनेछ । यसो हु“दा कम्युनिस्ट पार्टीको निर्माण र यसलाई सामाजिक क्रान्तिको वाहक बनाउदा बाह्य र भित्री अन्तरबस्तुबारे हामी सबैमा राम्रो जानकारी हुन आवश्यक छ ।
क) बाह्य पक्षः– सामाजिक सभ्यताको परिस्थिति र विद्यमान राजनीतिक पार्टीहरुको क्रियाशिलता कस्तो छ र उक्त परिस्थितिमा कसरी तत्कालिन अन्तरविरोधलाई संबोधन गर्न खोजिएको छ र त्यस्तो अन्तरविरोधमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको सम्बन्ध र उपस्थिति कस्तो छ भन्ने कुरा बाह्य पक्ष हुन्, लाई ऐतिहासिक भौतिकवादी ढंगबाट विश्लेषण गर्न सक्नु पर्छ । यो पक्षको सहि विश्लेषणको अभावमा हाम्रा योजना, आवश्यकतालाई पछ्याउने सामथ्र्यता, सहकार्यको अभियान, आवश्यकताको कार्यान्वयन, गौण र प्रमुख अन्तरविरोधको अन्तरबस्तु र त्यस अनुसारको योजना, विभिन्न शक्तिकेन्द्रका व्यवहारका केन्द्रीय गतिशिलता, क्रान्तिको मोडेल बारेमा अन्योलता र हाम्रा गतिविधिहरुलाई सहि दिशामा केन्द्रीत गर्ने प्रश्नमा समस्या आउने छ ।
ख) आन्तरिक पक्षः– पार्टी अनुशासित, मिलिटेन्ट, क्रान्तिकारी र जनवादको ठीक प्रयोग गर्नसक्ने बनाउने भनेको पार्टी निर्माणको भित्री पक्ष हो । यो कुरा पार्टी निर्माणको केन्द्रीय प्रश्न पनि हो । यो पक्षसंग अन्तरसम्बन्धित मुलत चार सवालहरु, १) क्रान्तिकारी सिद्धान्त, २) क्रान्तिकारी संगठन, ३) क्रान्तिकारी सेना निर्माण र, ४) क्रान्तिकारी सत्ता निर्माण वा स्थापनाको मुद्धालाई कसरी व्यवस्थित गर्ने भन्ने सवाल अत्यन्त ज्वलन्त मुद्धा हो । यसलाई व्यवस्थित गर्न सक्नु र नसक्नुमा क्रान्तिकारी पार्टी निर्माणको प्रश्न जोडिएको हुन्छ । माथि उल्लेखित चार पक्षहरुको सशक्तता र दखलतामा क्रान्तिकारी सत्ता वा पार्टी निर्माण भएर जान्छ । यस्तो प्रकारको पार्टी निर्माण र उपस्थितिले मात्र विद्यमान सामाजिक अन्तरविरोधका पक्षलाई क्रान्तिकारी रुपान्तरणको दिशामा लैजान सक्छ । यसको अर्थ बस्तुगत पक्षलाई समायोजन गर्नसक्ने शक्ति बनाउन सचेत क्रियाशिलता वा मनोगत पक्ष उत्तिकै महत्वपूर्ण बन्न जान्छ । त्यसकारण पार्टीको आन्तरिक पक्ष सबल हुने वा नहुने प्रश्नले क्रान्तिको निर्णायक कारक बन्दछ । यो आधारमा बनेको कम्युनिस्ट पार्टीले नै रणनीति र कार्यनीतिको अन्तरसम्बन्धलाई सहि तरिकाले परिचालित गर्न सक्छ । यसो हुन नसकेमा पार्टी हुनु र नहुनुले पनि केहि फरक पार्न सक्दैन ।
त्यसैले स्थितिको ठीक आ“कलन र विश्लेषण गर्न सक्नु बाह्य पक्ष हो भने त्यसको गुणपक्षलाई रुपान्तरण गर्न सक्ने बनाउनु पार्टी हुनुको आन्तरिक पक्ष हो ।
४) क्रान्तिकारी पार्टी निर्माणमा बााम्बार देखा पर्ने समस्याहरुः– क्रान्तिकारी पार्टी निर्माण त्यतिखेर संभव छ जतिखेर त्यो पार्टी भिषण समस्याहरुको सामना गरेर अगाडि बढ्छ, नेतृत्व गर्दछ । यस्तो पार्टीले एकैसाथ विद्यमान समाजका सम्बन्धित सबै प्रकारका (साना वा ठूला) पक्षहरुलाई नेतृत्व गर्न सक्छ । यदि हामी त्यो प्रकारको चुनौतिलाई स्वीकार गदैनौ भने क्रान्तिको कुरा गर्दागर्दै पनि स्वतस्फुर्तवादको कामना गरिरहेका हुनेछौ । यस्तो गतिविधिले अन्ततः दक्षिणपन्थी विसर्जनवादलाई स्वागत गर्दछ । यसो हुदा क्रान्तिविरोधी प्रवृतिहरुलाई दृढताका साथ परजित गर्न आवश्यक छ ।
क) अराजकवादी प्रवृतिः– यो यस्तो प्रवृति हो जसको पतन कुनै पनि प्रवृति र शक्तिमा रुपान्तरण हुन्छ । यो पार्टी जीवनको लागि अत्यन्त खतरनाक प्रवृति पनि हो । यो प्रवृति उग्रवामपन्थी, दक्षिणपन्थी, लङ्खफाजी र सैद्धान्तिक रुपमा नै विरोधी पंक्तिमा पनि रुपान्तरण हुनसक्छ । यस्तो पवृति यसै गरेर पतन हुन्छ भन्ने कुरा धेरै हदसम्म परिस्थितिले निर्धारण गरेर पनि लैजान्छ र यो प्रवृति क्रान्तिकारी आन्दोलनको लागि खतरनाक पनि हुन्छ । यो प्रवृतिलाई जरादेखि नै उखलेर ङ्खयाक्न सक्नु पर्दछ ।
ख) दक्षिणपन्थी प्रवृति ः– यसको प्राराम्भिक रुप सुधारवाद हो । परिणामत आधारभुत मुल्यमान्यताबाट टाढा हु“दा पनि यो प्रवृतिले आफुलाई सहि बाटोमै भएको भ्रम दिन खोजिरहेको हुन्छ । यसको परिपक्क अवस्थामा मात्र यो पहिचान योग्य बन्दछ । अन्तमा मात्रै आधारभुत मुल्यमान्यताबाट सम्बन्ध विच्छेद गर्न पुग्दछ । यसलाई ठीक समयमा नै चिन्न सकिएन र पार्टी पंक्तिलाई यो प्रवृतिबाट समययमा नै जोगाउन सकिएन भने क्रान्तिकारी पार्टी निर्माणको प्रश्न जटिल बन्दछ ।
ग) उग्रवामपन्थी प्रवृतिः– सिद्धान्ततः उग्रवामपन्थी भड्काव दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ । तर प्राराम्भिक अवस्थामा आमुल परिवर्तनको लागि यो प्रवृति सहयोगी पनि बन्ने हुन्छ । यसो हुदा क्रान्तिकारी पार्टी निर्माणको अभियानमा क्रान्तिकारी पार्टी यस्ता कयौ प्रवृतिहरुलाई परास्त गरी नेतृत्व गर्नसक्छ र गर्दै जान्छ । यो प्रवृतिलाई खाली नकारात्मक परिणाम जन्माउने अन्य प्रवृतिसंग मात्र तुलना गर्नु अत्यन्त अन्याय र गलत हुन्छ । यो प्रवृति हानीकारक मात्र नभएर क्रान्तिकारी आन्दोलनको सहायक पनि हुन्छ भन्ने कुरालाई विर्सन हुदैन ।
घ) वामपन्थी लङ्खफाजीः– यस प्रवृतिले आफु सम्बन्धित संगठनलाई आङ्खनो चौतारी बनाउने गर्दछ । न त यो प्रवृपतिले आफु गर्दछ, न त अरुले गरेको कुरालाई क्रान्तिको लागि सहयोग नै गर्दछ, बरु यो क्रान्तिकारी आन्दोलनबाट क्रमश टाढिदै जाने दिशा समाउछ । यो प्रवृतिको पतन क्रान्तिकारी परिवर्तनको पक्षमा हुनेहुदैन ।
ङ) प्रतिक्रियावादी प्रवृतिः– जहा“ क्रिया हुन्छ , त्यहा“ प्रतिक्रिया हुन्छ । यो सार्वभौम नियम हो । क्रिया र प्रतिक्रिया कुन अवस्था, चरण र आधारबाट गुज्रिरहेको छ, त्यो विश्लेषणको अर्को पाटो हो । प्रतिक्रियावादी प्रवृति दुई तरिकाबाट अस्तित्वमा रहन्छ , पहिला, त्यो खुल्ला वा खुलेआम प्रतिक्रियाको दिशामा हुन्छ भने अर्को, सुशुप्त, नदेखिदो, भित्रभित्रै र अरुको अस्तित्वसंगसंगै बसेर आङ्खनो अस्तित्वलाई बचाइरहेको हुन्छ । यसले विशेषत गुणात्मक परिवर्तनको बेलामा उसको केहि सकली स्वर र रुपहरु बाहिर निकाल्न थाल्छ, अथवा गुणात्मक परिवर्तनको पक्षलाई नजरअन्दाज गरेर बसेको हुन्छ र वस्दछ । विशेषत खुल्ला प्रतिक्रियावादी प्रवृतिले आफुलाई हा“काहा“की प्रतिरोध, प्रतिवाद, आमुनेसामुने लडाईमा आङ्खनो अस्तित्वको रक्षाको लडाई लड्दछ भने अर्को प्रवृति मन्द वीष झै काम गरिरहेको हुन्छ । खुल्ला प्रतिक्रियावादी प्रवृति विरुद्धको लडाई र विक्षिप्त अवस्थामा रहने प्रतिक्रियावादी प्रवृति विरुद्धको लडाईलाई ठीक पहिचान गर्दै दुवै प्रवृतिलाई परास्त गर्ने ठीक योजना र कुशलता भएन भने क्रान्तिकारी हौ भन्ने प्रवृति पनि यथास्थितिवादी परिणामको गोलचक्करमा फसिरहेको हुन्छ । यो अवस्थामा पार्टीलाई जानबाट रोक्न र यो अवस्थालाई पराजित गर्न पार्टी पंक्ति त्यतिखेर सबल र सफल हुन्छ जतिखेर क्रान्तिकारी पार्टी निर्माणको आराम्भिक चरणदेखि गतिशिल चरणहरुमा पनि लगातार मिहिन ध्यान पु¥याउन सकिन्छ ।

No comments:

Post a Comment