Search This Blog

Sunday, January 31, 2010

मेची महाकाली जनजागरण ०६६ र यसले उठाएका प्रश्नहरु–२

अग्रगति साप्ताहिक
वर्ष ४, अंक १८, २०६६ पुष १६
मेची–महाकाली अभियानले खाली बाह्य प्रश्नलाई मात्र उठाएन, यसले आन्तरिक पार्टी जीवनका कयौं प्रश्नलाई पनि उठाएको छ । त्यसैले यसवारे हामी सबै पार्टी पंक्तिका कमरेडहरुले पनि बुझ्न र यो प्रश्नको हल खोज्न लाग्नु पर्ने सवाल पनि उठाएको छ ।
१¬) पार्टीलाई बुझ्ने सवाल ः– पार्टी भनेको दार्शनिक मुल्य–मान्यता बोकेको संगठानिक प्रयास हो । पार्टीको गठन, बिघटन र अन्ततः निषेध समाज विकासको चरण, आधार र अवधिमा चेतनशिल मानिसहरुको क्रियाकलापबाट हुने गर्दछ । यसो हुनाले यो मानिसहरुको क्रिया र प्रतिक्रियाको आधारबाट जन्मिएको एउटा निश्चित अवस्थासम्मको प्रक्रिया पनि हो । यसको अर्थ यसको जन्म एउटा प्रक्रियाबाट भएको हुन्छ भने विघटन र निषेध पनि एउटा निश्चित प्रक्रियाबाटै हुन्छ । त्यसो हुनाले पार्टी निश्चित उद्देश्यको प्राप्तिको लागि हो, संघर्ष र अग्रगामी रुपान्तरणको लागि हो । समाजको अन्तरविरोधबाट जन्मिएको अन्तरविरोधीय संगम हो, सहयात्रा र संघर्ष पनि हो । त्यसैले समाजमा नसुल्झिएको तर सुल्झिनु पर्ने विषयलाई शसक्तता र गतिशिलता दिनको लागि संगठित प्रयास हो ।
२ पार्टी निर्माणका दुई मान्यताहरु ः– पार्टी निर्माणका दुई आधारभुत मुल्यमान्यताहरु समाज विकासमा निर्माण भएर आए, एउटा, कृतिम भेदभाव, अन्याय, असमानता, दमन, वर्गीय उत्पीडनलाई प्राकृतिक मानी निरन्तरता दिनु ठीक हो भन्ने आधार र दोस्रो, समाजका अन्तरविरोधलाई गतिशिल, प्रगतिवाद वा समाजवाद र साम्यवादी समाज निर्माणको साधन मानी कुनै पनि खाले कृतिम उत्पीडनलाई निरन्तरता दिनु गलत मान्ने आधारबाट पार्टी गठन, पुनर्गठन, विघटन र क्रियात्मकता दिनुपर्छ भन्ने आधार । पार्टी मात्र होइन, राज्यभित्र संचालित हरेक संघ÷संस्था र विनिमयका पद्दति र मुल्यमान्यता पनि त्यहि आधारभन्दा टाढा रहेर संचालित र अनुबन्धित हुदैन । समाजमा वर्गहरुको विद्यमान रहुन्जेल हामी र हाम्रा उठबस, गतिविधि, पक्षपोषणता, संघर्ष र सहकार्य यि दुई आधारबाटै भइरहेका हुन्छन् । त्यसैले सबै भन्दा पहिले हामीले व्यक्तिको आगमन, बहिर्गमन र पक्षपोषणताको सवाललाई यस आधारमा हेर्ने विक्तिकै एउटा व्यक्ति र हाम्रो अस्तित्व कहा“नेर र किन रहेको छ भन्ने कुरा सजिलै बुझ्न सक्छौ र बुझ्न पर्छ ।
३) पार्टी निर्माणमा निरन्तर ध्यान दिनुपर्ने पक्षहरुः– पार्टी निर्माण वर्गीय आधार र वर्गसंघर्ष कै निरन्तरताबाट भएको हुन्छ । यसो भएकोले निर्माण र त्यसको सशक्तताको विषयमा चर्चा गर्दा विद्यमान समाजको वर्ग स्थिति अनुसार हाम्रा क्रियाकलाप र गतिविधिको स्थिति र स्तर कहा“ छ भन्ने कुराको उत्तर खोज्नै पर्दछ । यसो गरिएन भने हाम्रा गतिविधि र क्रियाकलाप या त दक्षिणपन्थी हुन्छ, या त उग्रवामपन्थी अराजकतावाद, यथास्थितिवाद वा वामपन्थी लÏफाजी हुनेछ । यसो हु“दा कम्युनिस्ट पार्टीको निर्माण र यसलाई सामाजिक क्रान्तिको वाहक बनाउदा बाह्य र भित्री अन्तरबस्तुबारे हामी सबैमा राम्रो जानकारी हुन आवश्यक छ ।
क) बाह्य पक्षः– सामाजिक सभ्यताको परिस्थिति र विद्यमान राजनीतिक पार्टीहरुको क्रियाशिलता कस्तो छ र उक्त परिस्थितिमा कसरी तत्कालिन अन्तरविरोधलाई संबोधन गर्न खोजिएको छ र त्यस्तो अन्तरविरोधमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको सम्बन्ध र उपस्थिति कस्तो छ भन्ने कुरा बाह्य पक्ष हुन्, लाई ऐतिहासिक भौतिकवादी ढंगबाट विश्लेषण गर्न सक्नु पर्छ । यो पक्षको सहि विश्लेषणको अभावमा हाम्रा योजना, आवश्यकतालाई पछ्याउने सामथ्र्यता, सहकार्यको अभियान, आवश्यकताको कार्यान्वयन, गौण र प्रमुख अन्तरविरोधको अन्तरबस्तु र त्यस अनुसारको योजना, विभिन्न शक्तिकेन्द्रका व्यवहारका केन्द्रीय गतिशिलता, क्रान्तिको मोडेल बारेमा अन्योलता र हाम्रा गतिविधिहरुलाई सहि दिशामा केन्द्रीत गर्ने प्रश्नमा समस्या आउने छ ।
ख) आन्तरिक पक्षः– पार्टी अनुशासित, मिलिटेन्ट, क्रान्तिकारी र जनवादको ठीक प्रयोग गर्नसक्ने बनाउने भनेको पार्टी निर्माणको भित्री पक्ष हो । यो कुरा पार्टी निर्माणको केन्द्रीय प्रश्न पनि हो । यो पक्षसंग अन्तरसम्बन्धित मुलत चार सवालहरु, १) क्रान्तिकारी सिद्धान्त, २) क्रान्तिकारी संगठन, ३) क्रान्तिकारी सेना निर्माण र, ४) क्रान्तिकारी सत्ता निर्माण वा स्थापनाको मुद्धालाई कसरी व्यवस्थित गर्ने भन्ने सवाल अत्यन्त ज्वलन्त मुद्धा हो । यसलाई व्यवस्थित गर्न सक्नु र नसक्नुमा क्रान्तिकारी पार्टी निर्माणको प्रश्न जोडिएको हुन्छ । माथि उल्लेखित चार पक्षहरुको सशक्तता र दखलतामा क्रान्तिकारी सत्ता वा पार्टी निर्माण भएर जान्छ । यस्तो प्रकारको पार्टी निर्माण र उपस्थितिले मात्र विद्यमान सामाजिक अन्तरविरोधका पक्षलाई क्रान्तिकारी रुपान्तरणको दिशामा लैजान सक्छ । यसको अर्थ बस्तुगत पक्षलाई समायोजन गर्नसक्ने शक्ति बनाउन सचेत क्रियाशिलता वा मनोगत पक्ष उत्तिकै महत्वपूर्ण बन्न जान्छ । त्यसकारण पार्टीको आन्तरिक पक्ष सबल हुने वा नहुने प्रश्नले क्रान्तिको निर्णायक कारक बन्दछ । यो आधारमा बनेको कम्युनिस्ट पार्टीले नै रणनीति र कार्यनीतिको अन्तरसम्बन्धलाई सहि तरिकाले परिचालित गर्न सक्छ । यसो हुन नसकेमा पार्टी हुनु र नहुनुले पनि केहि फरक पार्न सक्दैन ।
त्यसैले स्थितिको ठीक आ“कलन र विश्लेषण गर्न सक्नु बाह्य पक्ष हो भने त्यसको गुणपक्षलाई रुपान्तरण गर्न सक्ने बनाउनु पार्टी हुनुको आन्तरिक पक्ष हो ।
४) क्रान्तिकारी पार्टी निर्माणमा बााम्बार देखा पर्ने समस्याहरुः– क्रान्तिकारी पार्टी निर्माण त्यतिखेर संभव छ जतिखेर त्यो पार्टी भिषण समस्याहरुको सामना गरेर अगाडि बढ्छ, नेतृत्व गर्दछ । यस्तो पार्टीले एकैसाथ विद्यमान समाजका सम्बन्धित सबै प्रकारका (साना वा ठूला) पक्षहरुलाई नेतृत्व गर्न सक्छ । यदि हामी त्यो प्रकारको चुनौतिलाई स्वीकार गदैनौ भने क्रान्तिको कुरा गर्दागर्दै पनि स्वतस्फुर्तवादको कामना गरिरहेका हुनेछौ । यस्तो गतिविधिले अन्ततः दक्षिणपन्थी विसर्जनवादलाई स्वागत गर्दछ । यसो हुदा क्रान्तिविरोधी प्रवृतिहरुलाई दृढताका साथ परजित गर्न आवश्यक छ ।
क) अराजकवादी प्रवृतिः– यो यस्तो प्रवृति हो जसको पतन कुनै पनि प्रवृति र शक्तिमा रुपान्तरण हुन्छ । यो पार्टी जीवनको लागि अत्यन्त खतरनाक प्रवृति पनि हो । यो प्रवृति उग्रवामपन्थी, दक्षिणपन्थी, लङ्खफाजी र सैद्धान्तिक रुपमा नै विरोधी पंक्तिमा पनि रुपान्तरण हुनसक्छ । यस्तो पवृति यसै गरेर पतन हुन्छ भन्ने कुरा धेरै हदसम्म परिस्थितिले निर्धारण गरेर पनि लैजान्छ र यो प्रवृति क्रान्तिकारी आन्दोलनको लागि खतरनाक पनि हुन्छ । यो प्रवृतिलाई जरादेखि नै उखलेर ङ्खयाक्न सक्नु पर्दछ ।
ख) दक्षिणपन्थी प्रवृति ः– यसको प्राराम्भिक रुप सुधारवाद हो । परिणामत आधारभुत मुल्यमान्यताबाट टाढा हु“दा पनि यो प्रवृतिले आफुलाई सहि बाटोमै भएको भ्रम दिन खोजिरहेको हुन्छ । यसको परिपक्क अवस्थामा मात्र यो पहिचान योग्य बन्दछ । अन्तमा मात्रै आधारभुत मुल्यमान्यताबाट सम्बन्ध विच्छेद गर्न पुग्दछ । यसलाई ठीक समयमा नै चिन्न सकिएन र पार्टी पंक्तिलाई यो प्रवृतिबाट समययमा नै जोगाउन सकिएन भने क्रान्तिकारी पार्टी निर्माणको प्रश्न जटिल बन्दछ ।
ग) उग्रवामपन्थी प्रवृतिः– सिद्धान्ततः उग्रवामपन्थी भड्काव दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ । तर प्राराम्भिक अवस्थामा आमुल परिवर्तनको लागि यो प्रवृति सहयोगी पनि बन्ने हुन्छ । यसो हुदा क्रान्तिकारी पार्टी निर्माणको अभियानमा क्रान्तिकारी पार्टी यस्ता कयौ प्रवृतिहरुलाई परास्त गरी नेतृत्व गर्नसक्छ र गर्दै जान्छ । यो प्रवृतिलाई खाली नकारात्मक परिणाम जन्माउने अन्य प्रवृतिसंग मात्र तुलना गर्नु अत्यन्त अन्याय र गलत हुन्छ । यो प्रवृति हानीकारक मात्र नभएर क्रान्तिकारी आन्दोलनको सहायक पनि हुन्छ भन्ने कुरालाई विर्सन हुदैन ।
घ) वामपन्थी लङ्खफाजीः– यस प्रवृतिले आफु सम्बन्धित संगठनलाई आङ्खनो चौतारी बनाउने गर्दछ । न त यो प्रवृपतिले आफु गर्दछ, न त अरुले गरेको कुरालाई क्रान्तिको लागि सहयोग नै गर्दछ, बरु यो क्रान्तिकारी आन्दोलनबाट क्रमश टाढिदै जाने दिशा समाउछ । यो प्रवृतिको पतन क्रान्तिकारी परिवर्तनको पक्षमा हुनेहुदैन ।
ङ) प्रतिक्रियावादी प्रवृतिः– जहा“ क्रिया हुन्छ , त्यहा“ प्रतिक्रिया हुन्छ । यो सार्वभौम नियम हो । क्रिया र प्रतिक्रिया कुन अवस्था, चरण र आधारबाट गुज्रिरहेको छ, त्यो विश्लेषणको अर्को पाटो हो । प्रतिक्रियावादी प्रवृति दुई तरिकाबाट अस्तित्वमा रहन्छ , पहिला, त्यो खुल्ला वा खुलेआम प्रतिक्रियाको दिशामा हुन्छ भने अर्को, सुशुप्त, नदेखिदो, भित्रभित्रै र अरुको अस्तित्वसंगसंगै बसेर आङ्खनो अस्तित्वलाई बचाइरहेको हुन्छ । यसले विशेषत गुणात्मक परिवर्तनको बेलामा उसको केहि सकली स्वर र रुपहरु बाहिर निकाल्न थाल्छ, अथवा गुणात्मक परिवर्तनको पक्षलाई नजरअन्दाज गरेर बसेको हुन्छ र वस्दछ । विशेषत खुल्ला प्रतिक्रियावादी प्रवृतिले आफुलाई हा“काहा“की प्रतिरोध, प्रतिवाद, आमुनेसामुने लडाईमा आङ्खनो अस्तित्वको रक्षाको लडाई लड्दछ भने अर्को प्रवृति मन्द वीष झै काम गरिरहेको हुन्छ । खुल्ला प्रतिक्रियावादी प्रवृति विरुद्धको लडाई र विक्षिप्त अवस्थामा रहने प्रतिक्रियावादी प्रवृति विरुद्धको लडाईलाई ठीक पहिचान गर्दै दुवै प्रवृतिलाई परास्त गर्ने ठीक योजना र कुशलता भएन भने क्रान्तिकारी हौ भन्ने प्रवृति पनि यथास्थितिवादी परिणामको गोलचक्करमा फसिरहेको हुन्छ । यो अवस्थामा पार्टीलाई जानबाट रोक्न र यो अवस्थालाई पराजित गर्न पार्टी पंक्ति त्यतिखेर सबल र सफल हुन्छ जतिखेर क्रान्तिकारी पार्टी निर्माणको आराम्भिक चरणदेखि गतिशिल चरणहरुमा पनि लगातार मिहिन ध्यान पु¥याउन सकिन्छ ।

Wednesday, January 20, 2010

पार्टी एकीकरण र निर्माण तथा अनुशासन र एकताको प्रश्नमा केहि सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु ।

उदय राई
नेपालको कम्युनिस्ट आन्दोलनमा हिजो भन्दा कयौ गुणा बढि संशोधनवादी अवसरवादको विरुद्धको आन्दोलनको आवश्यकता बढेर गएको छ । यहि सवाल विश्व कम्युनिस्ट आन्दोलनको अत्यन्तै चुनौतिपूर्ण र घनिभुतरुपमा भण्डाफोर र निर्मम संघर्ष गर्नु पर्ने तड्कारो सवाल पनि हो । यसको मुल स्रोत व्यक्तिवादी महत्वकांक्षा वा निम्नपू“जीवादी चिन्तनको अवसरवादी छटपटाहट हो । अधिभुतवादी चिन्तनको एउटा दृष्य अंश हो । अहिले यो वास्तविकता हाम्रो सामु छ कि यो प्रवृति र चिन्तनसंग माक्र्सवादीहरुले व्यवस्थित संघर्ष र लडाइ लड्न नसक्नुको परिणाम आज संसारभरि कम्युनिस्ट आन्दोलनमा उनीहरुको उपस्थिति हावी भएको छ । यसको अर्थ सच्चा माक्र्सवादीहरुको उपस्थिति उल्लेखिय रुपमा छैन भन्ने होईन । सर्वहारा विश्वदृष्टिकोणप्रति दृढता र चुनौतिपुर्ण संघर्षशिलताप्रति उदासिनता, अलमलता वा अवसरवादी व्यक्तिहरुकै कारण कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी विसर्जनवादी र प्रतिक्रयावादीहरुको रुचाइने खरिदविक्रिको वस्तु बनाइएको छ भने अर्कोतिर उग्रवामपन्थी र संकिर्णतावादी सोच र प्रवृतिबाट पनि कम्युनिष्ट आन्दोलनलाई ठुलो मात्रामा क्षति पुर्याउने काम भई नै रहेको छ । संकीर्ण सो“च र प्रवृतिले सबै ग्ँतिविधि र अनुशासनलाई सीमित र सा“घुरो नेराघेरामा हेर्ने गर्दछ । यो आफै यस्तै भड्काव हो, जसले अन्य भडकावहरुलाई मलजल र अतिवादलाई जन्म दिने वातावरण सृजना गर्दछ । उग्रवामपन्थी भड्काव, संकीर्णता र अन्य अवसरवादी रुपका भड्काव तथा दक्षिणपन्थी विर्सजनवाद निम्न पु“जीवादी वा अधिभुतवादी विश्व दृष्टिकोणको नै परिणाम हो । दक्षिणपन्थी विर्सजनवाद तथा अन्य रुपका अवसरवाद अति उदारवाद, अनुशासनहिनता, सैद्धान्तिक तथा राजनीतिक लडाइमा दृढता होइन सम्झौता र व्यक्तिगत महत्वकांक्षाको परिणामबाट जन्म लिन्छन् । यो प्रवृति र चिन्तन त्यतिखेर परास्त हुन्छ जतिखेर सर्वहारा विश्व दृष्टिकोणको आलोकमा सामुहिक प्रयत्न चरम उत्कर्समा पुर्याउन सकिन्छ । त्यहा“ न त भावनात्मक सम्बन्धले काम गरेको हुन्छ, न त त्यहा“ चिनेको र लामो कालसम्म संगै ्उठबस गरेको पुरानो साथीको सम्बन्ध नै हुन्छ, न त त्यहा“ अन्य सम्बन्धले मौलाउ“ने मौका नै पाउ“छ । त्यहा“ स्पष्ट र निर्मम सैद्धान्तिक संघर्ष हुन्छ । त्यहि अनुसारको राजनीतिक आन्दोलनले आमुने सामुने लडाइको चरणमा सबै कु्राको फैसला गर्दै जान्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा आज आएर फेरि यहि प्रश्नमा वहस शुरु भएको छ । संकीर्णता, उग्रवामपन्थी, फेरि अवसरवाद, संशोधनवाद, दक्षिणपन्थी विसर्जनवाद वा निम्न पू“जीवादी चिन्तनको विभिन्न दृष्यरुपहरु नेपाली कम्युनिस्ट आन्दोलनमा सुरक्षित र भद्धा तरिकाका साथ विद्यमान छन् । यसको नेतृत्व एमाले र माओवादी मध्ये कसले गर्ने भन्ने होडबाजी नै चलेको छ भन्दा अत्तित्युक्ति नहोला । अवसरवादीहरुको सशक्त ध्रुविकरण र पुनर्मिलनको ठुलो लहर नै आउने अवस्था प्रवल छ । हिजो एमालेको आकार बढ्ने समयमा क्रान्तिकै नाममा एकीकरण र ध्रुविकरणको अभियान चलेको थियो भने अहिले फेरि माओवादीको नाममा त्यहि काम पुनरावृति भएको छ । यो अवस्थाको उजागर निकट भविष्यमा नै हुने स्थिति प्रवल संभावना छ । अब यी पक्षहरुसंग जोडिएका सैद्धान्तिक, राजनीतिक र व्यवहारिक पक्षको वारेमा चर्चा गरौं ।

माओले “पार्टी अनुशासन र एकता” बारेमा अवसरवादी र वुर्जुवाहरुले अपनाउने रुखको बारेमा वा उनीहरुको लुच्छो प्रवृतिको बारेमा ११ सेप्टेम्वर सन् १९५९ को सम्मेलनमा दिनु भएको भाषणमा भन्दछन्,“...पुग्दो सु“गुरको मासु, पुग्दो तरकारी, पुग्दो साबुन, पुग्दो मात्रामा महिलाहरुको कपाल च्याप्ने चिम्टी पाइएन भने उनीहरु त्यसैलाई पक्रेर भन्नेछन्, ‘तिमीहरुले बर्वाद बनायौ †’ उनीहरुले यसो पनि भन्नेछन् कि यो पुरा गर्ने जिम्मेवारी तिमीहरुको हो, हाम्रो होइन । संगठनले बैठक र निर्णय गर्दा उनीहरु चु“सम्म पनि गर्दैनन्,...” यसबाट यो स्पष्ट हुन्छ कि अवसरवादी वुर्जुवाहरु, पार्टीका तुच्छ मनोकांक्षा भएका निम्न पू“जीवादीहरु कतिसम्म गिरेर आफ्नो परिचय दिन्छन्, तर उनीहरुलाई लाज र सरम दुनिया“मा कति पनि लाग्दैन भन्ने कुरा ।

माक्र्स, लेनिन र माओ भन्दछन्,“सर्वहारावादीहरुको एकता सम्बन्धि नारा हो–संसारका मजदुर एक हौ †” यो दुई उदहरणबाट माक्र्सवाद र अवसरवादले अपनाउने असलीरुप छर्लङ्ग हुन्छ । उनीहरुको प्रवृति पार्टीको सैद्धान्तिक र वैचारिक पक्षमा अडान र संघर्ष, ठिक कार्यदिशा र सर्वहारावादी लक्ष्यको बारेमा होशियार र संवेदनशिलता तथा सचेतता अपनाउने दृढताप्रति कुनै सम्बन्ध हुदैन । उनीहरुले पार्टीभित्र अवसर, पद, व्यक्तिगत सुरक्षा र कार्यकर्ताको बलिदानको उद्देश्यप्रति उदासिनता, पार्टीभित्र आफ्नो ठाउ“को चिडचिडाहट आग्रह र त्यहि अनुसारको व्यवहार प्रस्तुत गर्दछन् । अवसरवाद अनुशासनहिनतामा परिणत हुन्छ भन्ने कुरालाई माओ यसरी उल्लेख गर्दछन्,“उनीहरु(अवसरवादीहरु)को ध्याउन्न कसरी संगठन बलियो बनाउ“न सकिन्छ भन्ने भन्दा पनि कसरी भत्काउ“न सकिन्छ भन्नेमा हुन्छ ।” अवसरवादीहरुलाई सन यात सेनसंग तुलना गर्दै माओ भन्दछन्,“चाङ वेन तेन पनि सन यात सेनासंग तुलनायोग्य व्यक्ति होइनन् ।” यसको अर्थ क्रान्तिकारीहरु जो आफुलाई माक्र्सवादी भन्छन् उनीहरु(अवसरवादीहरु) बुर्जुवा दर्शनबाट निर्देशित व्यक्तिहरु भन्दा पनि अनुशासन र सिद्धान्तमा तल हुन्छन् । उनीहरु माक्र्सवादी त कहा“ हो कहा“ सामान्य बुर्जुवा भन्दा पनि आधारभुतरुपमा लायक हुदैनन् । माओ यो सत्यतिर हाम्रो ध्यान आकृष्ट गर्दछन् कि सिद्धान्ततः अवसरवादीहरु आफुले गरेको कमजोरीहरु स्वीकार गर्न सक्दैनन् र मान्दैनन् । उनी भन्दछन्,“जनतालाई (सामान्य मान्छेलाई) त्यसतिबेलासम्म बोल्न दिनुहोस् जतिबेलासम्म उनीहरुको बोल्ने कुरा सकिदैन । उनीहरुले तपाईका बारेमा कुरा काट्न छाडे भने त्यतिखेर तपाई बुभ्mनुहोस् कि तपाई सच्चिनु भयो ।” यसबाट यो सहज निस्कर्ष निस्कन्छ कि अवसरवादीहरुले अपनाउने एकता र फुट तथा पार्टी निर्माणको लक्ष्य तत्कालिन व्यवहारिक फाइदासंग जोडिएको हुन्छ । माक्र्सवादीहरुले पार्टी एकता र फुट सिद्धान्तको आधारमा अर्थात सर्वहारा विश्व दृष्टिकोणको आधारमा गर्नुपर्दछ । एउटा व्यक्तिसंगको सम्बन्ध र सरोकारको विषयमा उदारता र कठोरताको द्वण्द्वात्मक व्यवहार उनीहरुको पक्षधरता, विश्व दृष्टिकोण र व्यवहारिक गतिविधि अनुसार हामी माक्र्सवादीहरुले व्यवहारतः लागू गर्न सक्नु पर्दछ न कि भावनात्मक र विचारामा । यसरी माओले अनुशासन र एकताको बारेमा धेरै प्रसंगका साथ धेरै सन्दर्भहरु पेश गर्नु भएको छ ।

जनवादी केन्द्रीयताको प्रश्नमा माओ भन्दछन््,“पार्टीभित्र होस् या वाहिर होस् पूर्णतः जनवादी जीवन ह्ुनुपर्दछ । त्यसो भन्नुको अर्थ जनवादी केन्द्रीयतालाई सचेतताका साथ लागू गर्नु हो ।...आलोचित र आलोचना एउटा विधि हो, ...के हो त केन्द्रीयता ? पहिलो कुरा, यो सहि बिचारहरुको केन्द्रीकरण हो जसको बुझाइ, नीति, योजना, नेतृत्व र काममा एकता कायम हुन्छ ।” यो उद्धहरणबाट यो कुरा उजागर हुन्छ कि एउटा माक्र्सवादी व्यक्तिले जनवादी र केन्द्रीयतालाई ठिक ढंगले बुझ्नु पर्दछ । तर हामी देख्दछौ कि आफुलाई भैंकर बुझेका र जानेका छौं भन्नेहरुले यसको अन्तरसम्बन्धलाई बुझ्न नसकेको वा बुझेर पनि आफ्नो व्यक्तिगत उद्देश्यमा लगातार उन्मुख र परिणत भएको । उनीहरुमा एकता, आलोचना, आत्मालोचना, जनवादी केन्द्रीयताका प्रश्नहरुमा सर्वहारा विश्व दृष्टिकोणको आधार हुदैन । जनवादी केन्द्रीयताको बारेमा माओ भन्दछन्, “जनवादी केन्द्रीयताले दबाउनेहरु हुन्–जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरु, कम्युनिस्ट विरोधी दक्षिणपन्थी तत्वहरु र गलत तत्वहरु ।” वर्ग संघर्षको ्राजनीतिक लडाइमा दया, माया, सम्बन्ध, उठबस, पुरानो साथी वा गठबन्धन र सहकार्य आदि प्रश्नहरुलाई पनि सर्वहारावादी विश्व दृष्टिकोणकै आधारमा हेरिनु पर्दछ । गलत विचार जो कसैले प्रवाह गरे पनि आलोचनात्मक सृजनशिलता अपनाइनु पर्दछ । वास्तवमा हाम्रो गल्ति भनेको हामीसंग जे छ, जे गर्न सकिन्छ र जे गर्न आवश्यक छ त्यो भन्दा बढि फुर्तिफार्ति गर्नु हो ।

हाम्रो पार्टीको केहि कामरेडहरुले माओवादीहरुसंग पार्टी एकताका आधारहरु खोज्ने र पार्टी एकीकरण गर्न सकिन्छ भन्ने तर्कहरु दिइरहनु भएको छ । यहि प्रसंगमा उल्लेखनीय पक्षतिर ध्यान दिन र गंभिर छलफल गर्न आवश्यक छ । राजनीतिक लडाइमा सैद्धान्तिक पक्ष र त्यसले पार्ने दुरगामी असर पक्षको कति महत्व हुन्छ भन्ने कुरा माथि संक्षिप्त उल्लेख गरि सकियो । अब माओवादी र हाम्रो पार्र्टीको संद्धान्तिक, नेपाली क्रान्तिको कार्यदिशाको बुझाई र आफ्नो पार्टीको सैद्धान्तिक बुझाइ अनुसारको क्रियाकलाप र व्यवहारिक रुखतिर विश्लेषणात्मक ध्यान दिऔं ।

नेपाली कम्युनिस्ट आन्दोलनमा मुलतः ‘माओवादी’ वाक्यांशको प्रयोग ०५१–०५२ सालको समयावधिदेखि चलनचल्तिमा ल्याइयो । त्यो भन्दा अगाडि “वाद”संग जोडिएको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र लिइन्थ्यो । माओको नेतृत्वमा माओकै जीवनकालमा पनि माओको विचार र योगदानलाई “वाद” वा के मान्ने बहस चल्यो । चिनको कम्युनिस्ट पार्टीले उनले माक्र्सवादी आन्दोलनमा गरेको योगदान र विचार प्रवाहलाई विचारधारा मान्न सकिन्छ भनेर उच्च मुल्यांकनका साथ टुंग्यायो ।

यो वाक्यांशको प्रवेश मुलत षडयन्त्रकारी लिन प्याओ र त्यस्तै पात्र वा पदका भोकाहरुले माओले वैकल्पिक नेतृत्वको आवश्यकताको विषयमा विचार प्रवाह गर्न थालिरहेको अवस्थामा विशेषत माओको चाकरी गर्ने र नेतृत्व हत्याउने गलत मनसायले ल्याएका थिए । “वाद”को प्रश्न दार्शनिक र सैद्धान्तिक छलफलसंग जोडेर ल्याएका थिएनन् । उनीहरुले नेतृत्व हत्याउन अन्तिम अवस्थासम्म माओले बोलेका शब्द–शब्दलाई अतिरञ्जित ढंगले बढिचढाइ गरि नै रहे । तर यो विषयमा आम वहस गरि सकेपछि चीनी कम्युनिस्ट पार्टीले ठिक विश्लेषणका साथ यो समस्यालाई टुंग्यायो । तर उनीहरुको षडयन्त्रकारी र भद्धा निम्न पू“जीवादी चरित्र त्यतिखेर उदाङ्गो भयो, जतिखेर माओको हत्या गर्ने योजना विफल भयो । यसबाट यो स्पष्ट हुन्छ कि कुनै पनि चिज र वस्तुस्थिति तथा त्यसप्रति अपनाइने रुखको प्रश्नमा दार्शनिक र सैद्धान्तिक प्रश्न जोडिएको हुन्छ र अवसरवादीहरुले व्यक्तिगत उद्देश्यको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा दिनको घाम झै छर्लङ्गै हुन्छ । एउटा समयावधिमा विश्वास गरेका लीन प्याओ र त्यस्तै अन्य पात्रहरुको त्यससंग जोडिएका सैद्धान्तिक र दार्शनिक तथा उनीहरुका निम्न पू“जीवादी चिन्तन र प्रवृतिको पछि माओले खुलेरै भण्डाफोर गरे, जतिखेर लिन प्याओहरुले माओलाई “महामानव” को रुपमा मान्नु पर्दछ भनेर बढिचढाई व्याख्या गरिरहेका थिए । यसो गर्नुमा उनीहरुमा सैद्धान्तिक र दार्शनिक पक्षमा आएको भड्कावलाई उजागर गर्नु थियो ।

माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी तथा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको हावी भयो । त्यो अवस्थालाई सैद्धान्तिक प्रतिवाद गर्न कतिपय व्यक्तिहरुले राम्रै मनसायले पनि प्रतिक्रियावादी अवसरवाद र संशोधनवाद विरुद्ध माओले चलाएको सांस्कृतिक क्रान्तिको उच्च मुल्यांकन गर्दै माओवाद वाक्यांशको प्रयोग पनि गर्ने गरियो । तर त्यस विरुद्धको सहि प्रतिवाद गर्न “माओवाद” शब्दको प्रयोग ठिक थिएन, बरु सहि नीति र कार्यनीतिको निरन्तरको प्रयोग नै हुनुपर्दथ्यो ।

अब “वाद” वाक्यांशको व्यष्टि र समष्टि विश्लेषणतिर जाऔ । “वाद” अग्रेजीको “ष्कm” हो । “ष्कm”को शाब्दिक अर्थ विज्ञान पनि हो । विज्ञानले कुनै पनि चीज र वस्तुस्थितिको तथ्यसंगत व्याख्या–विश्लेषण र शस्लेषण गर्दछ । विज्ञानका अध्ययन क्षेत्र वृहत भए पनि व्यष्टिगत रुपले एउटा आधारलाई अध्ययनको क्षेत्र बनाउन सकिन्छ । त्यसैले निश्चित अवस्था र अवधिको समाजिक सभ्यताको बैज्ञानिक व्याख्या र त्यस अवधिको क्रान्तिको समग्र व्याख्या “ष्कm” वा “वाद” हो । त्यसैले यसमा चुरो कुरा यो छ कि “वाद”ले सामाजिक अवस्था र चरणको सामाजिक क्रान्तिको सापेक्षिक व्याख्या गर्दछ । अथवा “वाद” एउटा सामाजिक अवस्था र चरणमा सामाजिक क्रान्तिको वस्तुगत व्याख्या–विश्लेषण हो । त्यसप्रतिको प्रक्रियागत व्याख्या हो । त्यसैले शब्दहरुको प्रयोगमा हामी जसरी रुखलाई घर, घरलाई गाडि, गाडिलाई साडि भन्न सकिदैन, त्यसरी नै “वाद” वाक्यांशको ठाउ“मा विचारधारा वा विचारधाराको ठाउ“मा “वाद” भन्न सकिदैन । किनभने त्यसले निश्चित बोझिलो र गहकिलो दार्शनिक अर्थ बोकेको छ । वा यो यस्तो शब्द हो जो आफैमा दार्शनिक अर्थ छ । यदि त्यस्तो नहुदो हो त वा दार्शनिक पक्षमा भिन्नता नहुदो हो त तत्कालिन गतिविधिमा आकास जमिनको फरक हुदैन थियो । एउटा मान्छे निर्देशित हुने कुरा भनेकै उसको दार्शनिक पक्ष नैै हो । त्यसैले माओवादको व्याख्या–विश्लेषण गर्ने शक्तिहरुद्वारा एउटा अतिवादी भड्कावको प्रतिवादमा अर्को अतिवादद्वारा गर्ने असफल कोशिस मात्र हो । नेपालको शन्दर्भमा वास्तवमा यो वाक्यांशको संस्थापकद्वारा जसरी दार्शनिक भड्काव र व्यवहारिक अवसरवादी कोणद्वारा प्रयोग गर्ने योजनाबाट ल्याइएको थियो । अहिले पनि विश्व कम्यनिस्ट आन्दोलनमा भड्काववादी दृष्टिदोषद्वारा नै प्रयोग गर्ने निरन्तरता छ ।

केहि साथीहरुले जो माओवादीसंग पार्टी एकता गर्न सकिन्छ र त्यहिभित्र बसेर पनि माक्र्सवादी आन्दोलनको लागि योगदान र संघर्ष गर्न सकिन्छ वा दुई लाइनको संघर्ष जारी राख्न सकिन्छ भनेर माओवादीले गरेका गंभिर सैद्धान्तिक र बैचारिक भड्काव विरुद्धको संघर्षप्रति नजरअन्दाज गर्ने षडयन्त्रकारी धोकाधडी प्रवृति मौलाउन प्रश्रय दिनु भएको छ । यो माक्र्सवादप्रतिको धोका हो । वाद वा विचारधारा एउटै हो, वा विचारधारा÷माओवाद राखेर पार्टी एकता गर्न सकिन्छ भनेर उदार पक्षको जिकीर सुन्न पाईन्छ । उनीहरुले यो जिकीर गर्न सकेका छैनन् कि यदि यो प्रश्न एउटै हो भने माओवादीहरु विचारधारात्मक संघर्षमा पछि विचारधारा मान्न सक्छन् वा सैद्धान्तिक लडाइमा आफु माओवाद तथा प्रचण्डपथ पनि मान्न सक्छौ । तर यस्तो नभने पनि यो कुरा सहज सतहमा आउ“दछ कि यो प्रश्नमा व्यक्तिवादी व्यवहारिक सम्झौतातिर क्रान्तिकारिताको नाममा जाने बौद्धिक कसरत हो ।

वास्तबमा माओवादीहरुले माओको पछाडि “वाद” थप्नु पर्ने कारण नै प्रचण्डपथ जोड्नलाई नै थियो भन्ने कुरा दिनको घाम झै छर्लङ्गै भएको छ । माओवादी र जनमोर्चा, नेपाल बीच पार्टी एकता हु“दा प्रचण्डपथ शब्दलाई ‘हाइड’ गर्ने सहमति भएको थियो । तर उनीहरुका कयौं कार्यालयहरुमा स्पष्टरुपमा प्रचण्डपथ–जिन्दावाद लेखिएको छ । यसबाट यो बुझिन्छ कि मानिलिऔं यदि यो विषयलाई छलफल गर्ने उच्च निकायमा लाने हो भने बहुमतले नै यो विचारलाई निरन्तरता दिने निश्चित छ । किनभने यो वुझाइको निरन्तरताको श्रृंखला टुटेकै हुदैन । जहा“ बसेर पनि संघर्ष गर्न सकिन्छ भन्ने ‘महान’ उदारतामा जाने हो भने सहि माक्र्सवादीहरुको अलग पार्टीको आवश्यकता पर्दैन थियो । कांग्रेस वा एमाले पार्टीमा बसेर पनि संघर्ष गर्न सकिने थियो । भड्काववादी सोचहरुबाट भएको पार्टी निर्माण आज आएर फेरि अर्को भड्कावमा गएर अवसान हुने देखिन्छ । यो पार्टी यस्तो जटिल मोडबाट गुज्रिरहेको छ, सेना साथमा छ तर राजनीतिक कार्यदिशा भने दक्षिणपन्थी संशोधनवादी दिशातिरको उन्मुखतामा क्रमशः गइरहेको छ । यस्तो स्थिति यो मात्रामा संसारमा विरलै हुने गर्दछ । तर माओवादीहरु त्यो दिशामा नजाउ“न भन्नका लागि हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र बैचारिक लडाइलाई दृढताका साथ अगाडि बढाउन आवश्यक छ । यद्यपी यो प्रश्नले धेरै कामरेडहरुमा भ्रम दिएको छ, अलमलता ल्याइदिएको छ । यदि यो पक्षलाई मिहिन तरिकाले बुझ्न नखोज्ने हो भने अबको आधुनिक संशोधनवादलाई परास्त र भण्डाफोर गर्न सकिदैन । यसो नगर्ने हो भने देखि माक्र्सवादी मर्ममाथि वा आन्दोलनप्रति धोका हुन्छ, संशोधनवादीहरुको चालबाजीको शिकार हुइन्छ । यो कुरा पनि सबैले बुझ्न आवश्यक छ कि पार्टीभित्र रडाको मच्याएर, खैलाबैला गरेर, अनुशासनहिन काम गरेर, बैचारिक स्तर कम भएकालाई लविङ्ग गरेर पार्टी एकता हुदैन । विचार र कार्यक्रमको सामिप्यताले नै पार्टी एकीकरणको दिशामा लैजान्छ । त्यसैले अहिलेको आवश्यकता पार्टी निर्माण पनि हो । बैचारिक संघर्षहिन निरपेक्ष पार्टी एकीकरणको हामीले विरोध गरेर जानु पर्दछ ।
अग्रगति साप्ताहिक, वर्ष ३, अंक ४६
२०६६ सावन ८


मेची–महाकाली जनजागरण–०६६ र यसले उठाएका प्रश्नहरु–२

उदय राई
मेची–महाकाली जनजागरण अभियानले खाली बाह्य राजनीतिक प्रश्नलाई मात्र उठाएन, यसले आन्तरिक पार्टी जीवनका कयौ पक्षलाई पनि उठाएको छ । यसबारे हामी सबै पार्टी पंक्तिका कामरेडहरुले पनि बुझ्न र यो प्रश्नको हल खोज्न लाग्नु पर्ने सवाल पनि उठाएको छ ।
१) पार्टीलाई बुझ्ने सवालः– पार्टी भनेको दार्शनिक मुल्य–मान्यता बोकेको सांगठनिक प्रयास हो । पार्टीको गठन, विघटन र अन्तत निषेध सामाज विकासको चरण, आधार र अवधिमा चेतनशिल मानिसहरुको क्रियाकलापबाट हुने गर्दछ । यसो हुनाले यो मानिसहरुको क्रिया र प्रतिक्रियाको आधारबाट जन्मिएको एउटा निश्चित अवस्थासम्मको प्रक्रिया पनि हो । यसको अर्थ यसको जन्म एउट प्रक्रियाबाट भएको हुन्छ भने विघटन र निषेध पनि एउटा निश्चित प्रक्रियाबाटै हुन्छ । त्यसो हुनाले पार्टी निश्चित उद्देश्यको प्राप्तिको लागि हो, संघर्ष र अग्रगामी रुपान्तरणको लागि हो । समाजको अन्तरविरोधबाट जन्मिएको अन्तरविरोधीय संगम हो, सहयात्रा र संघर्ष पनि हो । त्यसैले समाजमा नसुल्झिएका तर सुल्झिनु पर्ने विषयलाई शसक्तता र गतिशिलता दिनको लागि संगठित प्रयास हो ।
२) पार्टी निर्माणका दुई मान्यताहरुः– पार्टी निर्माणका दुई आधारभुत मुल्यमान्यताहरु समाज विकासमा निर्माण भएर आए, एउटा, कृतिम भेदभाव, अन्याय, असमानता, दमन, वर्गीय उत्पीडनलाई प्राकृतिक मानी निरन्तरता दिनु ठिक हो भन्ने आधार र दोस्रो, समाजका अन्तरविरोधलाई गतिशिल प्रगतिवाद वा समाजवाद निर्माणको साधन मानि कुनै पनि खाले कृतिम उत्पीडनलाई निरन्तरता दिनु गलत मान्ने आधारबाट पार्टी गठन, पुनर्गठन, विघठन र क्रियात्मकता दिनुपर्छ भन्ने आधार । पार्टी मात्र होईन, राज्यभित्र संचालित हरेक संघ÷संस्था र विनिमयका पद्दति र मुल्यमान्यता पनि त्यी आधारभन्दा टाढा रहेर संचालित र अनुबन्धित हुदैन । समाजमा वर्गहरुको विद्यमानता रहुन्जेल हामी र हाम्रा उठबस, गतिविधि, पक्षपोषणता, संघर्ष र सहकार्य यि दुई आधारबाटै भइरहेका हुन्छन् । त्यसैले सबैभन्दा पहिले हामीले व्यक्तिको आगमन, बहिर्गमन र पक्षपोषणताको सवाललाई यस आधारमा हेर्ने वित्तिकै एउटा व्यक्ति र हाम्रो अस्तित्व कहा“नेर र किन रहेको छ भन्ने कुरा सजिलै बुझ्न सक्छौ र बुझ्नु पर्छ ।
३) पार्टी निर्माणमा निरन्तर ध्यान दिनुपर्ने पक्षहरुः– पार्टी निर्माण वर्गीय आधार र वर्गसंघर्षकै निरन्तरताबाट भएको हुन्छ । यसो भएकोले निर्माण र त्यसको सशक्तताको विषयमा चर्चा गर्दा विद्यमान समाजको वर्ग स्थिति अनुसार हाम्रा क्रियाकलाप र गतिविधिको स्थिति र स्तर कहा“ छ भन्ने कुराको उत्तर खोज्नै पर्दछ । यसो गरिएन भने हाम्रा गतिविधि र क्रियाकलाप या त दक्षिणपन्थी या त उग्रवामपन्थी अराजकतावाद, यथास्थितिवाद वा वामपन्थी लफ्फाजी हुनेछ । यसो हु“दा कम्युनिस्ट पार्टीको निर्माण र यसलाई सामाजिक क्रन्तिको वाहक बनाउदा बाह्य र भित्री अन्तरबस्तुबारे हामी सबैमा राम्रो जानकारी हुन आवश्यक छ ।
क) बाह्य पक्षः– सामाजिक सभ्यताको परिस्थिति र विद्यमान राजनीतिक पार्टीको क्रियाशिलता कस्तो छ र उक्त परिस्थितिमा कसरी तत्कालिन अन्तरविरोधलाई संबोधन गर्न खोजिएको छ र त्यस्तो अन्तरविरोधमा अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको सम्बन्ध र उपस्थिति कस्तो छ भन्ने कुरा बाह्य पक्ष हुन्, लाई ऐतिहासिक भौतिकवादी ढंगबाट विश्लेषण गर्न सक्नु पर्छ । यो पक्षको सहि विश्लेषणको अभावमा हाम्रा योजना, आवश्यकतालाई पछ्याउने सामथ्र्यता, सहकार्यको अभियान, आवश्यकताको कार्यान्वयन, गौण र प्रमुख अन्तरविरोधको अन्तरबस्तु र त्यस अनुसारको योजना, विभिन्न शक्तिकेन्द्रका व्यवहारका केन्द्रीय गतिशलता, क्रान्तिको मोडल बारेमा अन्योलता, हाम्रा गतिविधिलाई सहि दिशामा केन्द्रीत गर्ने प्रश्नमा समस्या आउने छ ।
ख) आन्तरिक पक्षः– पार्टी अनुशासित, मिलिटेन्ट, क्रान्तिकारी र जनवादको ठीक प्रयोग गर्नसक्ने बनाउने भनेको पार्टी निर्माणको भित्री पक्ष हो । यो कुरा पार्टी निर्माणको केन्द्रीय प्रश्न पनि हो । यो पक्षसंंग अन्तरसम्बन्धित मुलत चार सवालहरु, १) क्रान्तिकारी सिद्धान्त, २) क्रान्तिकारी संगठन, ३) क्रान्तिकारी सेना निर्माण र, ४) क्रान्तिकारी सत्ता निर्माणको मुद्धालाई कसरी व्यवस्थिति गर्ने भन्ने सवाल अत्यन्त ज्वलन्त मुद्धा हो । यसलाई व्यवस्थित गर्न सक्नु र नसक्नुमा क्रान्तिकारी पार्टी निर्माणको प्रश्न जोडिएको हुन्छ । माथि उल्लेखित तीन पक्षहरुको सशक्तता र दखलतामा क्रान्तिकारी सत्ता वा पार्टी निर्माण भएर जान्छ । यस्तो प्रकारको पार्टीको उपस्थितिले मात्र विद्यमान सामाजिक अन्तरविरोधका पक्षलाई क्रान्तिकारी रुपान्तरणको दिशामा लैजान सक्छ । यसको अर्थ बस्तुगत पक्षलाई समायोजन गर्नसक्ने शक्ति बनाउन सचेत क्रियाशिलता वा मनोगत पक्ष उत्तिकै महत्वपूर्ण बन्न जान्छ । त्यसकारण पार्टीको आन्तरिक पक्ष सबल हुने वा नहुने प्रश्नले क्रान्तिको निर्णायक कारक बन्दछ । यो आधारमा बनेको कम्युनिस्ट पार्टीले नै रणनीति र कार्यनीतिको अन्तरसम्बन्धलाई सहि तरिकाले परिचालन गर्न सक्छ । यसो हुन नसकेमा पार्टी हुनु र नहुनुले केहि फरक पर्न सक्दैन ।
तयसैले स्थितिको ठीक आ“कलन र विश्लेषण गर्न सक्नु बाह्य पक्ष हो भने त्यसको गुणपक्षलाइृ रुपान्तरण गर्न सक्ने बनाउु र।ुनु आन्तरिक पक्ष हो ।
४) क्रान्तिकारी पार्टी निर्माणमा बाराम्बार देखा पर्ने समस्याहरुः– क्रान्तिकारी पार्टी निर्माण त्यतिखेर संभव छ जतिखेर त्यो पार्टी भिषण समस्याहरुको सामना गरेर अगाडि बढ्छ, नेतृत्व गर्दछ । यस्तो पार्टीले एकैसाथ विद्यमान समाजका सम्बन्धित सबै प्रकारका (साना वा ठूला) पक्षहरुलाई नेतृत्व गर्न सक्छ । यदि हामी त्यो प्रकारको चुनौतिलाई स्वीकार गर्दैनौ भने क्रान्तिको कुरा गर्दागर्दै पनि स्वतस्फुर्तवादको कामना गरिरहेका हु्नेछौ । यस्तो गतिविधिले अन्तत दक्षिणपन्थी विसर्जनवादलाई स्वागत गर्दछ । यसो ह“ुदा क्रान्तिकारी आन्दोलन संगसंगै देखा पर्ने क्रान्तिविरोधी प्रवृतिहरुलाई दृढताका साथ पराजित गर्न आवश्यक छ ।
क) अराजकवादी प्रवृतिः– यो यस्तो प्रवृति हो जसको पतन कुनै पनि प्रवृति र शक्तिमा रुपान्तरण हुन्छ । यो पार्टी जीवनको लागि अत्यन्त खतरनाक प्रवृति पनि हो । यो प्रवृति उग्रवापन्थी, दक्षिणपन्थी, लफ्फाजी र सैद्धान्तिक रुपमा नै विरोधी कित्तामा पनि रुपान्तरण हुनसक्छ । यस्तो प्रवृति यसै गरेर पतन हुन्छ भन्ने कुरा धेरै हदसम्म परिस्थितिले निर्धारण गरेर पनि लैजान सक्छ र यो प्रवृृति क्रान्तिकारी आन्दोलनको लागि खतरनाक पनि हुन्छ । यो प्रवृतिलाई जरादेखि नै उखेलेर फ्याक्न सक्नु पर्दछ ।
ख) दक्षिणपन्थी प्रवृतिः– यसको प्राराम्भिक रुप सुधारवाद हो । परिणामत आधारभुत मुल्यमान्यताबाट टाढा हु“दा पनि यो प्रवृतिले आफुलाई सहि बाटोमै भएको भ्रम दिन खोजिरहेको हुन्छ । यसको परिपक्क अवस्थमा मात्र यो पहिचान योग्य बन्दछ । अन्तमा मात्रै आधारभुत मुल्यमान्यताबाट सम्बन्ध विच्छेद गर्न पुग्दछ । यसलाई ठीक समयमा नै चिन्न सकिएन र पार्टी पंक्तिलाई यो प्रवृतिबाट समयमा नै जोगाउन सकिएन भने क्रान्तिकारी पार्टी निर्माणको प्रश्न जटिल बन्दछ ।
ग) उग्रवामपन्थी प्रवृतिः– सिद्धान्ततः उग्रवामपन्थी भड्काव दक्षिणपन्थी अवससरवादमा पतन हुन्छ । तर प्राराम्भिक अवस्थामा आमुल परिवर्तनको लागि यो प्रवृति सहयोगी पनि बन्ने हुन्छ । यसो हु“दा क्रान्तिकारी पार्टी निर्माणको अभियानमा क्रान्तिकारी पार्टी यस्ता कयौ प्रवृतिलाई परास्त गरि नेतृत्व गर्नसक्छ र गर्दै जान्छ । यो प्रवृतिलाई खाली नकारात्मक परिणाम जन्माउने अन्य प्रवृतिसंग मात्र तुलना गर्नु अत्यन्त अन्याय र गलत हुन्छ । यो प्रवृति हानीकारक मात्र नभएर क्रान्तिकारी आन्दोलनको सहायक पनि हु्न्छ भन्ने कुरालाई विर्सन हुदैन ।
घ) वामपन्थी लाफ्फाजीः– यस पवृतिले आफु सम्बन्धित सगठनलाई आफ्नो चौतारी बनाउने गर्दछ । न त यो प्रवृतिले आफु गर्दछ, न त अरुले गरेको कुरालाई क्रान्तिको लागि सहयोग गर्दछ, बरु यो क्रान्तिकारी आन्दोलनबाट क्रमश टाढिदै जाने दिशा समाउछ । यो प्रवृतिको पतन क्रान्तिकारी परिवर्तनको पक्षमा हुनेहुदैन ।
ङ) प्रतिक्रियावादी प्रवृतिः– जहा“ क्रिया हुन्छ, त्यहा“ प्रतिक्रिया हुन्छ । यो सार्वभौम नियम हो । क्रिया र प्रतिक्रिया कुन अवस्था, चरण र आधारबाट गुज्रिरहेको छ त्यो विश्लेषणको अर्को महत्वपूर्ण पाटो हो । प्रतिक्रियावादी प्रवृति मुलत दुई तरिकाबाट अस्तित्वमा रहन्छ, पहिलो, त्यो खुल्ला वा खुलेआम प्रतिक्रियाको दिशामा हुन्छ भने अर्को, सुशुप्त, नदेखिदो, भित्रभित्रै र अरुको अस्तित्वसंगसंगै बसेर आफ्नो अस्तित्वलाई बचाइरहेको हुन्छ । यसले विशेषत गुणात्मक परिवर्तनको बेलामा उसको केहि सकली स्वरहरु बाहिर निकाल्न थाल्छ, अथवा गुणात्मक परिवर्तनको पक्षलाई नजरअन्दाज गरेर बसेको हुन्छ । विशेषत खुल्ला प्रतिक्रियावादी प्रवृतिले आफुलाई हा“काहा“की प्रतिरोध, प्रतिवाद, आमुनेसामुने लडाईमा आफ्नो अस्तित्वको रक्षाको लडाई लड्दछ भने अर्को प्रवृतिले मन्द वीष झै काम गरिहरहेको हुन्छ । खुल्ला प्रतिक्रियावादी प्रवृति विरुद्धको लडाई र विक्षिप्त अवस्थामा रहने प्रतिक्रियावादी प्रवृति विरुद्धको लडाईलाई ठीक पहिचान गर्दै दुवै प्रवृतिलाई परास्त गर्ने ठीक योजना र कुशलता भएन भने क्रान्तिकारी हौ भन्ने प्रवृति पनि यथास्थितिवादी परिणामको गोलचक्करमा फसिरहेको हुन्छ । यो अवस्थामा पार्टीलाई जानबाट रोक्न र यो अवस्थालाई पराजित गर्न पार्टी पंक्ति त्यतिखेर सबल र सफल हुन्छ जतिखेर क्रान्तिकारी पार्टी निर्माणको आराम्भिक चरणदेखि गतिशिल चरणहरुमा नै लगातार मिहिन ध्यान पु¥याउन आवश्यक छ ।

अग्रगति साप्ताहिक, २०६६ पुष १६
अंक १८, वर्ष ४


फुट मात्र होइन कि जुट पनि अवसरवादी हुन्छ

उदय राई, अध्यक्ष,
नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)
० वर्तमान अवस्थामा तपाईको युवा संगठनको के भुमिका रहेको छ ?
–विषेशत प्रधानसेनापति प्रकरण, राष्ट्रपतिको असंबैधानिक कदम, माओवादी नेतृत्वको सरकारले दिनु परेको राजीनामा पश्चात देशमा फेरि असहज परिस्थिति छाएको छ । देशको राष्ट्रिय ढुकुटीको दुरुपयोग हुने गरी बनेको माधव कुमार नेपाल नेतृत्वको अहिलेको जम्बो मन्त्री परिषद्को सरकार पनि जनउत्तरदायी देखिदैन । राष्ट्रपतिको कदमको बारेमा सदनमा बहस गर्न पाउने जनताको सार्वभौमिकतालाई सदनमा बहस गर्नबाट बन्चित गराएर सरकारका गठबन्धनीय शक्तिहरुले परिस्थितिलाई अझ जटिल मोडमा लगिरहेका छन् । यथास्थितिवादी र अवसरवादीहरुको एकप्रकारको ध्रुविकरण एकातिर छ भने अर्कोतिर प्रतिक्रियावादी र पुनरुत्थानवादी वा प्रतिगामी तत्वहरुकोे पनि उत्तिकै धु्रविकरण बढ्दो छ । यो आधारमा साम्राज्य तथा विस्तारवादीहरुले पनि काफी मात्रामा चलखेल गरिरहेका छन् । क्रान्तिकारी शक्तिहरुको यो परिस्थितिमा अझ पनि शसक्त मोर्चा बन्न सकेको छैन । आफुलाई क्रान्तिकारी शक्ति भन्ने माओवादी पनि उसको नेतृत्वको सरकार बनाउदा समस्याको समाधान हुने तर्क अगाडी सारेर आजको अहम् विषयबाट भागिरहेको छ । समग्रमा समयमै सार्थक जनसंविधान बन्ने प्रश्न खतरामा परेको छ । मुलतः अहिले देशमा, १) राष्ट्रियता, २) जनतन्त्र र जनजीविकाको सवाल अत्यन्त जटिल मोडमा उभिएको छ । यस्तो स्थितिमा परिस्थितिको ठीक विश्लेषणका साथ हाम्रो युवा संगठनले आÏना कार्यक्रमहरु अगाडी सारिरहेको छ । यो स्थितिमा विशेषत हाम्रो संगठन क्रान्तिकारीहरुको ध्रुविकरण र अग्रगामी निर्णयात्मक संघर्षबाट नै हल खोज्न चाहन्छ र त्यही अनुसार नै इमान्दारीताका साथ पहलकदमी हुनुपर्छ भन्ने मान्यता अगाडी सार्दछ । यो दिशामा नै नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को भुमिका रहने छ । त्यही अनुसार हामीले केही युवा संगठनसंग मिलेर जान सकिन्छ कि भनेर कुरा अगाडी बढायौ, तर त्यो हुन सकेको छैन ।
० तपाईहरुले देशव्यापीरुपमा गर्न लाग्नुभएको मोटरसाईकल ¥यालीको तयारी कस्तो छ ?
–तयारीका केही पुर्वाधारहरु पुरा भएका छन् भने केही बा“की छन् । तयारीका केन्द्रहरुमा केन्द्रीय सदस्यहरु र हाम्रो संगठनको मातृपार्टीका सम्पूर्ण पार्टी सदस्यहरु व्यवस्थापनको तयारीको काममा जुटि सक्नु भएको छ । प्रचार–प्रसारको काम सुचारु हुन थालेको छ । आर्थिक अभियानहरु संचालन गर्न थालिएको छ । संगठनका सबै संगठन पंक्ति यो अभियानमा सम्पूर्णरुपमा सकृय रहेको छ ।
० यस मोटरसाइकल ¥यालीको प्रमुख उदेश्य के हुनेछ ?
–माथि नै उल्लेख गरि सकिएको छ कि अहिले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल अत्यन्त जटिल मोडबाट जुग्रिरहेको छ । संसद प्राय अवरुद्ध छ । अहिलेसम्म यो आर्थिक वर्षको बजेट पास हुनसकेको छैन । सरकार गठबन्धनका शक्तिहरु र स्वयं माओवादीहरु पनि मुठभेड निम्त्याउने गतिविधिमा उद्दत देखिन्छन् । सार्थक जनसंविधान बनाउने काम प्राय मृत अवस्थामा छ । सरकारले राष्ट्रियताको रक्षा गर्न नसकेको मात्र होईन कि देशमा साम्राज्य र विस्तारवादीहरुको क्रिडास्थल बनाउन खुलेआम दिएको छ । यस्तो परिस्थितिमा राष्ट्रियताको रक्षा र जनजीविका तथा जनतन्त्रका पहरेदार पनि जनता नै हुन सक्छन भन्ने मान्यताका साथ यसको निम्ति जनतालाई आन्दोलित बनाउन आवश्यक ठानेर यो प्रकारको कार्यक्रम तय गरेका हौ । त्यसैले यस्ता किसिमका समस्याहरुबाट मुक्त हुन र हुने दिशामा लैजान जनदबाव भन्दा अर्को विकल्प छैन भन्ने कुरा जनतामा लैजान र सचेतता निर्माण गर्न तथा जनतालाई वास्तविक सन्देश दिने नै यो अभियानको मुख्य उद्देश्य हुनेछ । हाम्रो यो प्रकारको कार्यक्रमले सार्थक संविधान निर्धारित समयमा नै बन्नु पर्छ भन्ने आवाजलाई पनि जनसमक्ष पु¥याउदै पार्टीहरु त्यो दिशामा नगए जनताले कारवाहीको भागिदार उनीहरुलाई बनाउन सक्नु पर्छ भन्ने सन्देश देशव्यापी लैजानु पनि यो कार्यक्रमको उद्देश्य रहने छ ।
० मोटरसाइकल ¥यालीको लागि ठूलो आर्थिक भार हुनेछ, यसको लागि कसरी सहयोग जुटाउनु भएको छ ?
–हाम्रो संगठन सम्पूर्णरुपमा नै जनतामा निर्भर रहेको संगठन हो । हाम्रो सम्पूर्ण कामको सफलता जनतामा नै निर्भर रहने छ । यो अभियानमा लाखौलाख जनतालाई प्रत्यक्ष भेट्ने कार्यक्रम रहेकोले हामी न्यायप्रेमी जनसमुदायसंग सहयोगको हात फैलाउने छौ । हाम्रो हरेक कार्यक्रम जनताको सहयोगबाट नै सफल भएको आजसम्मको स्थिति हो र यो महत्वपूर्ण अभियानमा पनि सहयोग नहुने प्रश्नै आउदैन । कार्यक्रमको रुटमा पर्ने अन्य नजिकका मित्र शक्तिहरुसंग पनि सहयोग जुटाउने प्रयत्न गर्ने छौ साथै देशका उद्योगी र व्यापारीहरुसंग पनि सहयोगको लागि अनुरोध गर्दछौ, त्यो काम हुन थालेको छ ।
० तपाईहरुले मोटरसाइकल अभियानको अलवा अन्य आन्दोलनको बारेमा कुनै कार्यक्रमको तयारी गर्नु भएको छ कि छैन ?
–अहिले हाम्रो संगठनको पुरा शक्ति लगाएर यो कार्यक्रम सफल बनाउने छौ । त्यसपछि देशको राजनीतिक दिशा कस्तो हुनेछ, त्यही आधारमा आगामी कार्यक्रमहरु तय गर्ने छौ । त्यो कार्यक्रम संयुक्त प्रकारको पनि हुन सक्छ ।
० तपाईले नेतृत्व गर्नु भएको युवा संगठन र अन्य युवा संगठन बीचको सम्बन्ध कस्तो रहेको छ ?
–अहिलेको स्थितिमा विद्यामान रहेका जति पनि मुख्य युवा संगठनहरु छन् तिनीहरु आन्दोलनको पेरिफेरिबाट स्थापित भएका युवा संगठनहरु नै छन् । हाम्रो संगठन पनि आन्दोलनको मुख्य भुमिका निर्वाह गरेको संगठन भएकोले सहयात्रीको जस्तो सम्बन्ध त छ नै, अहिले पनि विभिन्न विषयहरुमा संयुक्तरुपमा बसेर छलफल गर्ने गरेका छौ । त्यसो हुनाले सम्बन्धको विषयमा राम्रै छ । तर अहिलेको देशको विग्रदो राजनीतिक अवस्थामा सहकार्य हुन भने सकेको छैन । साम्राज्य तथा विस्तारवादी शक्तिहरुको विगविगी बढेको छ । यो अवस्थाको हामीले शसक्त जवाफ, विरोध तथा प्रतिवाद गर्नु पर्ने आवश्यकता छ तर हामीले संयुक्त आवाज उठाउन सकेका छैनौ ।
० अन्य युवा संगठनसंग मिलेर संयुक्त आन्दोलनको बारेमा कुनै कार्यक्रम तय गर्नु भएको छ कि छैन ?
–हाल छैन, तर गर्नु पर्ने आवश्यकता छ । धेरै युवा संगठन सरकारवादी भएकोले पनि होला, एक पक्षले मात्र चाहेर नहुदो रहेछ ।
० तपाईको मातृ पार्टी नेकपा (एकीकृत) मा केही व्यक्तिहरुले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेर भिन्दै भेलाहरु गरेको सुनिएको छ नि के यो सत्य हो ?
–मान्छे बोल्ने प्राणी हो । एउटा मान्छेले बोलेको कुरा सन्तुष्टी र असन्तुष्टि दुबै हुन्छ । विशेषत मान्छे असन्तुष्टि प्राणी नै हो । यो पक्षको कारण नै हरेक मानिस नया“नया“ विषयमा प्रवेश गर्दछ । यो पक्ष नै समाजिक रुपान्तरणको एउटा शसक्त पक्ष पनि हो । त्यसैले पार्टीमा पनि सबै मानिस सन्तुष्ट भएर काम गरिरहेको हुदैन । पार्टी भनेको सत्ता वा एउटा पद्दति हो । त्यसैले पार्टीमा असन्तुष्ट व्यक्त गर्ने पनि तरिका हुनु पर्दछ । यो विषय भने सामुहिक प्रयत्नको मुख्य सवाल हो । केही साथीहरुले यो आधारलाई त्यागेर छिटफुट भेलाहरु गर्नु भएको छ भन्ने कुरा चै सुनेको छुु ।
० यसको मतलब तपाईको पार्टी फुटको संघारमा उभिएको हो ?
–फुटको संघारमा नै पुगेको छ भन्न चै अहिले नै मिल्दैन । कुराहरु आउदैनमा पार्टीमा फुट हुन्छ भन्ने होईन । यो केटाकेटी कुरा हो । जसले यस्ता कुराहरु ल्याउनु भएको छ, वहा“हरु त्यति केटाकेटी हुनुहुन्छ जस्तो लाग्दैन । कुरा आउनु भनेको पार्टी जीवनको महत्वपूर्ण उर्जा हो । यो पक्षलाई नियमबद्ध उठान र बैठान गर्न सक्नु नै पार्टीको सफलताको कडी पनि हो । जो साथीहरुले जस्ता प्रकारका कुरा उठाए पनि त्यो पार्टी फुट पार्ने उद्देश्यबाट नै भएकै हो भन्ने निश्कर्ष निकालिहाल्न मिल्दैन । जसले पार्टी बन्नु पर्छ, पार्टीमा केही कमाजोरी छन् सच्याइनु पर्दछ, पार्टीलाई क्रान्तिकारी बनाइनु पर्दछ भन्ने कोणबाट नै यस्ता तर्क आएका छन् । यस्ता तर्क पार्टी फुटको लागि हो भन्ने जस्तो मलाई लाग्दैन । किनभने हामी सबै एकताको सातौ महाधिवेशनले पास गरेको राजनीतिक कार्यदिशामा एकमत छौ । जहासम्म केही पद्दतिलाई लत्याइएको छ भन्ने कुरा हो त्यो भने नकारात्मक पक्ष हो । यसले जो कोहीलाई पनि राम्रो गर्दैन । आधारभुतरुपमा राजनीतिक कार्यदिशामा मतभिन्नता बेगर फुटको तानाबान बुनिन्छ भने त्यो अवसरवादी छटफटाहट मात्र हो ।
० अझ पार्टी संगठन मजबुत भएर अघि बढ्छ ? यसमा तपाईं के भन्नु हुन्छ ?
–पार्टीलाई मजबुत बनाउनुको कुनै विकल्प छैन । अहिले यता र उति गर्दैमा क्रान्ति भइहाल्ने कुरा पनि होइन । हामीले आÏनो पार्टीलाई मजबुत बनाउनै पर्छ । एकलो वीरको र साखिलो बन्नेको केही काम छैन । विषयहरुलाई संस्थागत बनाउनै पर्छ र हामी सबै संस्थागत हुनै पर्दछ । यो कुुरामा सबै जानकार नै हुनुहुन्छ । यो विरुद्धमा जो कोही गए पनि त्यो आफु नै सिद्धिने छ । विषयलाई संस्थागत बनाउन सकेमा पार्टीलाई राम्रै गर्दछ । विषयमा व्यक्तिवाद घुसेको छ भने मात्र पार्टीमा फुट आउने हो, नत्र पार्टी मजबुत नै भएर जान्छ । एउटा व्यक्ति यता र उति गर्नुको लागि मात्र कुराहरु आएका हुदैनन्, कुराहरु संघर्षको लागि पनि उठेका हुन्छन् ।
० यस किसिमको किचलो मातृ पार्टीमा मात्र हो कि, पार्टी सम्बन्ध अन्य जनवर्गीय संगठनमा पनि परेको छ ?
–किचलो नभनौ, तर पार्टीमा देखिएका केही असरहरु अरु संगठनमा पनि त पर्ने नै भयो । यो बढी संक्रमणकालिन परिस्थितिको असर हो जस्तो लाग्छ । केही गर्नु पर्ने ऐतिहासिक अवसर हो भन्ने सबैमा छ ।
० तपाईले नेतृत्व गरेको युवा संगठनमा यस प्रकारको गुटबन्दी र फुट प्रवृति देखा परेको छ कि छैन ?
–पहिलो कुरा त मलाई गुटबन्दी, अराजकता, स्वच्छाचारिता आदि गर्न आउदैन । काम गर्नु पर्छ भन्ने मान्यता राख्दछु । त्यसैले मेरो आ“खाले अहिलेको युवा संगठनमा गुटवादी प्रवृति देख्दिन ।
० फुटवादी र गुटवन्दी गर्नेहरुलाई समेटेर लैजानु पर्छ कि अनुशासनको कारवाही गरी अघि बढ्नृु पर्ला, तपाईको धारणा के छ ?
–अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले के शिक्षा दिन्छ भने फुट र जुट सिद्धान्तको आधारमा हुनु पर्दंछ । यो आधारमा नभएको फुट मात्र होइन कि जुट पनि अवसरवादी हुन्छ । माक्र्सको ‘गोथा कार्यक्रम’ को आलोचनाल र ऐगेल्सको ‘एफ्र्रट कार्यक्रम’ को आलोचनाबाट यो कुरा प्रष्ट हुन्छ । व्यक्तिको प्रभावबाट पार्टीमा देखिएका सबै प्रकारका समस्याहरुको सामाधान खाली कारवाही मात्र चै होईन, मिलाएर जान सक्नु पनि समस्याहरुको सामाधानको मुख्य पक्ष हो, किनभने पार्टीभित्र अहिले मात्र अन्तरविरोध जन्मिने होइन कि बाराम्बार समयको गतिशिलता अनुृसार देखिइनै रहन्छ, सबै पटक समस्याको ओखती कारवाही गरिएमा हाम्रो ठूलो भुल हुन्छ, अधिभुतवादी निष्कर्ष हुन्छ, हामीले सामाजिक चरित्रलाई बुझ्नै सक्दैनौ । अन्तरविरोध सामाजिक परिस्थिति र सभ्यताको प्रतिविम्ब हो । पार्टीमा देखिएका अन्तरविरोधलाई व्यवस्थापन गर्न सकिएमा मात्र त्यस्तो पार्टीले क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नसक्छ, तर एउटा सत्य के हो भने क्रान्ति विरोधी प्रवृति अत्यन्त चरम उत्कर्समा पुगेको अवस्था हो भने उनीहरुसंग अलग हुनै पर्दछ, त्यो कारवाहीको दिशाबाट पनि अगाडि बढ्न सक्छ ।
जहासम्म गुटबन्दी, अराजकवादी, स्वेच्छाचारी गतिविधि, आवेगयु्क्त व्यवहार, अन्य सामुहिकतावादी विरोधी गतिविधिको प्रश्न हो, त्यसको जो कसैले पनि विरोध गरेर जानुपर्छ । बाहिरिने मान्छे पार्टीले कारवाही नगरी पनि बाहिरिन्छ ।
० सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का बनाएर लैजानको लागि पार्टी नेतृत्वले कस्तो प्रकारको त्याग र योगदान गर्नु पर्छ जस्तो लाग्छ तपाईलाई ?
–कम्युनिस्ट पार्टीको नेतृत्व भनेको सामुहिकतावाद हो । जनवाद र केन्द्रीयताको कुशल सन्तुलन हुनुपर्छ भन्ने मान्यताका आधारमा नेतृत्व स्थापित गरिन्छ । त्यसो हुनाले नेतृत्वले त्यो आधारमा प्रस्तुत हुने हो भने धेरै किसिमका अन्तरविरोधहरु समाधान हुदै जान्छन् । जहासम्म तपाईले पार्टीको पोर्टफोलियोमा रहनु भएका कामरेडहरुप्रति इंगित गरेर त्याग र योगदानका सन्दर्भ अहिले हाम्रो पार्टीमा उठेका विषयहरुमा जोडेर प्रश्न गर्नु भएको हो भने पार्टी र क्रान्तिको हितको लागि नेतृत्वका फस्टम्यानहरुले तुलनात्मकरुपमा कुशलता र परिपक्वता देखाउनै पर्छ । यो सवाल खाली पार्टीका फस्टम्यानको लागि मात्र होईन कि पार्टीका सम्पूर्ण जिम्मेवार नेता तथा कार्यकर्ताले आ–आÏनो ठाउमा उत्तिकै त्याग र योगदान दिन सक्नुपर्दछ । समस्याहरु जति अरुतिर मात्र तेस्र्याएर वास्तविकताको फन्दाबाट जो कोही भाग्नै सक्दैन । त्यस्ता कुरा आत्मसन्तुष्टिको लागि कुरा गर्ने मेलो त बन्ला, तर अन्तत परिणामहरुले सत्य कुराको उजागर गर्दै लान्छ ।
०अन्त्यमा....................?
–अन्तरसंघर्ष जीवन्त समाजको जीवन्त विषय हो । अन्तरसंघर्षबाट कोही पनि भाग्न सक्दैन । खाली अन्तरसंघर्षका पक्षहरु चै फरक हुनसक्छन् । यो पार्टी जीवनमा पनि त्यत्तिकै सत्य हो कि अझ संक्रमणकालिन अवस्थामा यो बढी नै देखिन्छ । समय सापेक्ष देखा पर्ने अन्तरसंघर्षलाई व्यवस्थित बनाएर जानु नै हामी सबैको कर्तव्य बन्नजान्छ । अहिले हामी मेची–महाकाली जनजागरण अभियान लिएर देशव्यापीरुपमा प्रस्तुत हुन लागिरहेका छौ । यो बेलामा पार्टी पंक्ति सम्पूर्णरुपमा पेश हुन सक्नुपर्दछ । यो दिशामा हामी सबै लागौ ।
अग्रगति साप्ताहिक, २०६६ कार्तिक १६
अंक ११, वर्ष ४


Tuesday, January 19, 2010

मेची–महाकाली जनजागरण अभियान–०६६ को अपिल

आदरणीय जनसमुदाय
सर्वप्रथम ने.क.पा.(एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले “सीमा अतिक्रमण र वैदेशीक हस्तक्षेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान †” भन्ने मुल नाराका साथ मेची–महाकाली जनजागरण अभियान संचालन गर्न गइरहेको कुरा यहा“हरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ । यो जनजागरण अभियानले मुलतः १) राष्ट्रियता, तथा २) जनजीविका र जनतन्त्रको सवालमा देशभरि जनजागरण र सचेतता निर्माण गर्ने मात्र नभई यसका निम्ति संघर्ष उठान गर्ने सवालमा पनि कोशेढुंगा सावित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
आज देशको राष्ट्रियताको अवस्था अत्यन्त नाजुक छ । राष्ट्रिय स्वाधिनताको रक्षा अहम् सवाल बनेको छ । हाम्रो मुलुकको सार्वभौमिकता र स्वतन्त्र अस्तित्व विरुद्ध बैदेशिक दबाव र हस्तक्षेप तिब्ररुपले बढेको छ । विगत लामो समयदेखि कालापानीमा भारतीय सेनाको उपस्थिति कायमै छ । सन् १९५० लगायत विगतका कयौ असमान सन्धि–सम्झौताहरुका कारणले मुलुकले दवाव झेल्दै आएकोमा हाल आएर सुपुर्दगी सन्धि गर्न, सीमा नक्शामा हस्ताक्षर गर्न र हवाई मार्शल राख्नका लागि समेत भारतले दवाव दिदैआएको छ । ताप्लेजुङ, कुनौली, ठोरी, सुस्ता, कोइलाबासदेखि ब्रह्मदेवमाडी र कालापानीसम्मका ५४ भन्दा बढी स्थानमा भारतद्वारा करिब ६० हजार हेक्टर नेपाली भुमि अतिक्रमण गरिएको छ । सीमानामा भारतद्वारा अन्तर्राष्ट्रिय कानुन र प्रचलनका विरुद्ध बा“धिएका बा“धका कारण कयांै नेपाली भू–भाग डुबानमा परेर धनजनको क्षति हुदै आएको छ । त्यसैले यि सबै बैदेशिक अतिक्रमण, दवाब र थिचोमिचो विरुद्ध जुध्नु नेपालका हिमाल, पहाड, तराई र सबैतिर बसोबास गर्ने स्वाभिमानी नेपालीको कर्तव्य बन्दछ ।
एकातिर राष्ट्रियताको स्थिति यस्तो छ भने अर्कोतिर लोकतन्त्र पनि खतरामा पर्दै गएको छ । जनताको अदम्य साहस र बलिदानबाट संविधानसभाको निर्वाचन र संघीय गणतन्त्र स्थापना भएपनि सार्थक संविधान निर्माण कार्य सुस्त प्रायः भएको छ । सत्ताधारी र प्रतिपक्षमा रहेका प्रमुख दलहरुको बेमेल, असहमति र बेग्लाबेग्लै स्वार्थ र हानथापका कारण संसद अवरुद्ध छ । शान्ति प्रकृया र सेना समायोजनको प्रश्न पनि जटिल बन्दै गएको छ ।
राष्ट्रपतिको असंबैधानिक कदम, त्यो कदम सच्याउ“न भएको ढिलाई, अवसरवादीहरुको कुर्ची मोह, यथास्थितिवादीहरुको तिब्र ध्रुविकरण, साम्राज्यवादी र विस्तारवादीहरुको बलियो उपस्थिति र उनीहरुको विभिन्न पार्टीमा बलियो प्रभाव तथा प्रतिगामी सामन्ति तत्वहरुको प्रतिगमनका निम्ति सकृय उपस्थितिका कारण सार्थक संविधान निर्माणको निकास अवरुद्ध ह“ूदै गएको छ । यथार्थमा नया“ संविधान निर्माणका निम्ति बेग्लाबेग्लै सिद्धान्त, नीति बोकेका भए पनि संघीय गणतन्त्र स्थापनाका पक्षधर शक्तिहरु बीच न्युनत्तम सवालहरुमा सहमति हुनु पर्ने हो, त्यो भएको छैन । पूर्वी पहाड र तराईका केहि क्षेत्रहरुमा राजनीतिक लेपभित्र कतिपय अपराधिक तत्वहरुको चलखेल बढिरहेको छ । समग्रमा देश मुठभेडतिर जाने खतरा पुनः बढेको छ । यि र यस्ता प्रकारका गतिविधिहरुका कारण निर्धारित समयमा अग्रगामी संविधान निर्माणको कार्य पनि प्रभावित भएको छ । हालै मात्र संविधानसभाको कार्यतालिका छैठौ पटक संशोधित भएको छ । यि सबै प्रकारका गतिविधिहरु समयमै अग्रगामी संविधान नबन्ने लक्षणहरु हुन् । अग्रगामी संविधान समयमा नबनेमा देशमा पुनः प्रतिगामी वा विभिन्नखाले तानाशाही शक्ति शासन हत्याउने खेलमा प्रकारान्तरले सफल हुदै जानेछन् । अतः समयमा अग्रगामी सार्थक संविधान निर्माणका निम्ति पनि चौतर्फी जनदवाव आजको अहम् राष्ट्रिय कार्यभार हो ।
आज नेपाली जनताले दैनिक जीवनयापन गर्ने सवालमा पनि अत्यन्त कठिन अवस्थाको सामना गर्नु परेको छ । देशका विशेष गरी हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न अभाव र हैजाको प्रकोपबाट जनता आक्रान्त छन् । यता जलवायु परिवर्तनको असरले तराईम्ाँ पनि खाद्यान्न कम हुने अवस्था छ । पश्चिम नेपालका बाढी पीडित र कोशी पीडितहरुको राहत र पुनस्र्थापनाको प्रश्न पनि समाधान हुन सकेको छैन । उपभोग्य र उपयोगि सामानहरुको अत्यन्त बढ्दो मुल्यवृद्धि र बस्तुहरुको अभावले आम जनजीवन कष्टकर बनेको छ ।
एकातिर जनताको यस्तो अवस्था छ भने अर्काेतिर माधव कुमार नेपालको नेतृत्वको सरकार जम्बो र देशको लागि महंगो मात्र भएको छैन, अझ यो प्रकारको गठबन्धनीय सरकार शान्ति प्रक्रियालाई अबरुद्ध र परिवर्तनको दिशालाई सुनिश्चित गर्न नचाहने गतिविधितिर उन्मुख भएको देखिन्छ । देशको ढुकुटीको ठूलो हिस्सा भत्ता र सुविधाका फजुल खर्चमा गएको छ भने जनताको जनजीविकालाई सुविस्तायुक्त बनाउ“न सरकारको कुनै चासो र चिन्ता देखिदैन । यी प्रकारका अबान्छित गतिविधिहरुलाई रोक्नका निम्ति पनि जनजागरण र दवाबमुलक संघर्षको आवश्यक छ । यसरी समग्रमा उपरोक्त स्थितिमा मूलतः राष्टिय स्वाधिनताको रक्षा, सीमा अतिक्रमणको विरोध, समयमै अग्रगामी सार्थक संविधानको निर्माण र जनजीविकाको सुगमताका लागि देशव्यापी दवाव श्रृजना गर्न र जनचेतना जगाउ“न हामीले यो “मेची–महाकाली जनजागरण अभियान–२०६६” संचालन गर्न गइरहेका छौ । माथि उल्लेखित विषयहरु कुनै एक व्यक्ति वा पार्टीको मात्र सरोकारको विषय नभएकोले यो कार्यक्रमको महत्वलाई आत्मसाथ गर्दै सम्पूर्ण न्यायप्रेमी तथा देशभक्तहरुको सहभागिता पनि रहने कुरामा कार्यक्रम आयोजक विश्वस्त छ । हाम्रो पार्टी नेकपा (एकीकृत) ले विगत समयमा नेकपा (एमाले), माओवादी एवं नेपाली का“ग्रेसका सत्ता लिप्साको विरोध गर्दै राष्ट्रियता र जनजीविका तथा जनतन्त्रका लागि एकल तथा संयुक्त दवाबमुलक र रचनात्मक कार्यक्रमहरु, सिंहदरबार
घेराउ, मसाल जुलुस, कोणसभाहरु, अन्तरक्रिया तथा गोष्ठी कार्यक्रमहरु, नेपाल तथा उपत्यका बन्द, सरकारी अफिसमा छड्के निगारानी, हैजा पीडित क्षेत्रमा तुरुन्त सरकारी सेवाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ, जनतन्त्रका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र दिने आदि कार्यक्रमहरु गर्दै आइरहेको छ । यो राष्ट्रिय जनजागरण अभियानमा पनि राष्ट्रियता तथा जनजीविका र जनतन्त्रको पक्षमा रचनात्मक र दबावमुलक दुबै कार्यक्रमहरु संचालन हुनेछ । यो दौरानमा गोष्ठी, अन्तरक्रिया, सभा, पर्चा वितरण, वालपेन्टिङ र मंसीर १० गतेदेखि २२ गतेसम्म मेची–महाकाली मोटरसाइकल ¥याली गरि देशव्यापी अभियान संचालन गरिनेछ । हाम्रो यो जनजागरण कार्यक्रममा सयौं नेता÷कार्यकर्ता र हजारौ जनताको सहभागिता हुनेछ । यस कार्यक्रमलाई सफल बनाउ“न सदा झै देशका बुद्धिजीवी, युवा, महिला, मजदुर, किसान, विद्यार्थी, उद्यमी व्यवसायी सबैबाट सहयोगको अपेक्षा गरेका छौ र सवैस“ग कार्यक्रम सफल पारिदिन हार्दिक आह्वान गर्दछौ ।
नाराहरु
– सीमा अतिक्रमण– बन्द गर ।
– अतिक्रमित भूमि– फिर्ता गर ।
– भारतीय सेना कुटियाङ्दी– पारी जा ।
– १९५० लगायतका असमान सन्धी– सम्झौता– खारेज गर ।
– राष्ट्रघाती महाकाली सन्धि– खारेज गर ।
– निर्धारित समयमा अग्रगामी संविधान– जारी गर ।
– मुल्यवृद्धि– नियन्त्रण गर ।
– तस्कर तथा कालाबजारियाहरुलाई– कडा कारवाही गर ।
– जनआन्दोलनका दोषीहरुमाथि — कारवाही गर ।
– कोशी लगायतका बाढी पीडितहरुलाई राहत र पुर्नस्थापनको– व्यवस्था गर ।
– युवा वेरोजगार– अन्त्य गर ।
– जातीय, क्षेत्रीय भेदभाव– अन्त्य गर ।
– साम्प्रदायिक सद्भाव– कायम गर ।
कार्यक्रमको विबरणः–
उद्घाटनः–०६६ मंसीर १० गते महेन्द्रनगर गड्डाचौकी,
रामसिंह श्रीस, महासचिव, नेकपा (एकीकृत)
समापनः–०६६ मंसीर २२ गते झापा का“कडभित्ता,
ऋषिराम शर्मा कट्टेल, अध्यक्ष, नेकपा (एकीकृत)
अभियानको कार्यक्रम र रुटहरु
०६६ मंसीर १० गते
उद्घाटनः–०६६ मंसिर १० बजे विहान कन्चनपुरको महेन्द्रनगर गड्डा चौकी, अतरीया–कोणसभा, कैलालीको धनगढी–अन्तरक्रिया र कोणसभा, लमकी–कोणसभा, टीकापुर–कोणसभा ।
०६६ मंसिर ११ गते
बर्दियाको राजापुर–कोणसभा, गुलरिया–कोणसभा, बा“केको
खजुरा–कोणसभा, नेपालगञ्ज–अन्तरक्रिया, कोहलपुर–कोणसभा ।
०६६ मंसीर १२ गते
दाङको इमलिया–कोणसभा, तुल्सीपुर–कोणसभा, घोराही–कोणसभा र अन्तरक्रिया, लमही र भालुवाङ–कोणसभा, प्युठानको बाङ्गेसाल–कोणसभा ।
०६६ मंसिर १३ गते
कपिलबस्तुको चनौटा–कोणसभा, गोरुसिंगे–कोणसभा, तौलिहवा–कोणसभा, ४ नं–कोणसभा, पर्सा चौराह–कोणसभा, रुपन्देहीको रुद्रपुर–सभा ।
०६६ मंसिर १४ गते
रुपन्देहीको बुटवल–कोणसभा र अन्तरक्रिया, भैरहवा–कोणसभा, नवलपरासीको सुनौली–कोणसभा, परासी–कोणसभा, महेशपुर–कोणसभा, सुस्ता–कोणसभा, त्रिवेणी–कोणसभा,बर्दघाट–कोणसभा ।
०६६ मंसीर १५ गते
नवलपरासीको चोरमारा–कोणसभा, कावासोती–कोणसभा, गैडाकोट–कोणसभा, चितवनको नारायणघाट–कोणसभा, भरतपुर–अन्तरक्रिया, टा“डी–कोणसभा, पर्सा–कोणसभा र मकवानपुरको हेटौडा–कोणसभा ।
०६६ मंसीर १६ गते
बाराको सिमरा–कोणसभा, जितपुर–कोणसभा, परवानीपुर–कोणसभा, पर्साको विरगञ्ज–अन्तरक्रिया र कोणसभा, बाराको कलैया–कोणसभा, बडहरवा–कोणसभा, निजगढ–कोणसभा, रौतहटको चपुुर–कोणसभा, सन्तपुर–कोणसभा, गडुरा–कोणसभा, गौर–कोणसभा ।
०६६ मंसीर १७ गते
रौतहटको चन्द्रनिगाहपुर–कोणसभा, सर्लाहीको हरिवन–अन्तरक्रियात्मक सभा, नवलपुर–कोणसभा, मलंगवा–कोणसभा, लालवन्दी–कोणसभा, महोत्तरीको बर्दीबास–अन्तरक्रियात्मक सभा, हात्तिलेट–कोणसभा ।
०६६ मंसिर १८ गते
महोत्तरीको रामगोपालपुर–कोणसभा, जलेश्वर–कोणसभा, धनुषाको जनकपुर–अन्तरक्रियात्मक सभा, महेन्द्रनगर–कोणसभा, ढल्केबर–कोणसभा, वीरेन्द्रबजार–कोणसभा, गोदार–कोणसभा, सिराहाको वस्तीपुर–कोणसभा, मिरचैया–कोणसभा, माडर–कोणसभा, गोलबजार–अन्तरक्रियात्मक सभा ।
०६६ मंसीर १९ गते
सिराहाको लाहान–अन्तरक्रियात्मक सभा, सप्तरीको कद्माह–कोणसभा, कल्याणपुर–कोणसभा, रुपनी–कोणसभा, राजविराज–कोणसभा, हनुमाननगर–कोणसभा, भारदह–कोणसभा, सुनसरीको भण्टावारी–कोणसभा, इनहरुवा–कोणसभा, इटहरी–कोणसभा,
धरान–कोणसभा ।
०६६ मंसिर २० गते
सुनसरीको धरान–अन्तरक्रिया, तरहरा–कोणसभा, दुहवी–कोणसभा, मोरङको विराटनगर–अन्तरक्रिया र कोणसभा, झोराहाट–कोणसभा, नेताचोक–कोणसभा, बेलवारी–कोणसभा, पथरी–कोणसभा,
उर्लावारी–कोणसभा, झापाको दमक–कोणसभा ।
०६६ मंसिर २१ गते
झापाको दुधे–कोणसभा, सुरु¨ा–कोणसभा, बिर्तामोड–कोणसभा, भद्रपुर–कोणसभा, चारआली–कोणसभा, धुलाबारी–कोणसभा, का“कडभित्ता समापन ।
अन्य कार्यक्रमहरुः
प्रचार–प्रसार, वालपेन्टिङ, पत्रकार भेटघाट, विचारगोष्ठी तथा जनभेटघाटहरु हुनेछन् ।

प्रचार प्रसार विभाग
मेची–महाकाली जनजागरण अभियान–०६६
मितीः २०६६÷७÷२५

Monday, January 18, 2010

मेची–महाकाली जनजागरण अभियान–०६६ ः–परिणाम र यसले उठाएका प्रश्नहरु

उदय राई
१२ दिने मोटरसाइकल ¥याली र त्यसको तयारीको लागि करिब १ महिने पार्टीपंक्ति परिचालित अभियान संविधानसभा पश्चातको अत्यन्त महत्वपूर्ण अर्थ राख्ने कार्यक्रम रह्यो । संविधानसभाको चुनाव पश्चात देशमा विद्यामान कार्यरत के ठूला के सना सबै पार्टी र राजनीतिक सरोकार राख्ने समुदायहरुले मुलत, १) संघीयताको पक्षमा, २) संघीयताको विपक्षमा, ३) सरकार समिकरणका प्रश्नहरुमा बढी वा मुख्य जोडदिने कार्यक्रम वा आन्दोलनहरु गर्ने काम गरे र गरिरहेका छन् । इतिहासमा बाराम्बार उठ्ने गरेको प्रश्न राष्ट्रियताको प्रश्न जो भारतद्वारा प्रयास नेपालको हरेक राजनीतिक संक्रमणकालमा नेपाली राष्ट्रियता (सीमा र प्राकृतिक स्रोतसाधन) माथि हुने गरेको हस्तक्षेप र अतिक्रमण बारे वर्तमान अवस्थामा कसैले नउठाईरहेको यो परिस्थितिमा यो अभियानले उठाउन सकेको कारण यो अभियान ईतिहासमा कोशे ढुंगा सावित भयो । यसको परिणाम कति मात्रामा प्राप्त भयो भन्ने मात्र होइन कि यो अभियान यो अर्थमा पनि उल्लेखनीय र महत्वपूर्ण रह्यो, यसले अहिले नेपाल र नेपालीहरुले भोग्नु परेको यथार्थता र ठूला हौ भन्ने पार्टीहरुको किंकर्तव्यविमुढता, लाचारीपन, अवसरवादी छिनाझम्टी, संविधानसभाको उपहास, सत्ताको दुरुपयोग र अंक गणितीय खेल, विदेशी शक्तिहरुको चलखेल र राष्ट्रियतामाथिको खतराप्रति सत्ताधारी शक्तिहरुको बेखबरको स्वाङ्ग आदि पक्षहरुमा सचेतता र आन्दोलन उठान गर्नु पर्ने आवश्यकता देशव्यापी जनसमक्ष प्रत्यक्ष भेटघाट र बैचारिक अन्तरक्रिया गर्दै सम्पन्न ग¥यो । नेपाल र नेपालीहरुको स्वाधिनता र स्वावलम्बि राज्य निर्माणको क्रान्ति सहि कार्यदिशा र सहि कार्यक्रमबाट मात्र संभव छ भन्ने सवाल देशव्यापी जनसमक्ष लैजादै सघनताकासाथ सम्पन्न अभियानमा अन्य पार्टीका स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुलाई पनि सहभागिता गराउने काम ग¥यो ।

अभियानको परिणाम पक्षः– राजनीतिक आन्दोलन र कार्यक्रमको प्रभाव र परिणाम तुरुन्त हात नलागे वा नदेखिए पनि सहि विचार र सहि कार्यदिशा बोकेको महत्वपूर्ण कार्यक्रम र आन्दोलनले उल्लेखनीय दुरगामी सकारात्मक असर छाड्न भने सफल हुन्छ र हुनेछ । यो अर्थमा “मेची–महाकाली जनजागरण अभियान–०६६” सानदाररुपमा सफल भयो ।
नेपालको राजनीतिक परिवर्तनको घट्नाक्रमलाई हेरौ । आधुनिक विश्वको राजनीतिक र प्राविधिक विकाससंगसंगै राणाशासनको विरुद्ध व्यक्तिगत र सुानो संख्यामा उठेको आवाजले पछि सांगठनिक रुप लिदै ००६ साल उनीहरुको अवसानको राजनीतिक परिवर्तनीय घट्ना बन्न पुग्यो । ततपश्चात फेरी पनि विशेषत बलियो बन्न पुगेको राजतन्त्र प्रारम्भमा सानो संख्यामा संगठित कम्युनिस्ट संगठन नै प्रकारान्तरमा तत्कालिन राजतन्त्र पूर्णरुपले अवसान बन्ने कारण बन्यो । विद्यमान काग्रेस तत्कालिन राजतन्त्र उन्मुलन गर्ने÷गराउने पक्षमा थिएन र हुदैन पनि थियो । किनभने तत्कालिन कांग्रेस सामन्तवादीहरुकै प्रतिधित्व गर्ने शक्तिको रुपमा संगठित थियो । पछिल्लो राजनीतिक घट्नाक्रम र ०६२÷६३ को महान जनआन्दोलन ताका पनि कांग्रेस राजतन्त्रको समुल उन्मुलनको पक्षमा थिएन । विशेषत सडकमा उठेको गणतन्त्रको नारा र मागको बलियो उपस्थितिको कारण संगठित गणतन्त्र नचाहने शक्तिहरु पनि लतारिन पुगे । वास्तवमा यी तथ्यहरुले यो सत्य उजागर गर्दछ कि इतिहासका तत्कालिन शक्ति सन्तुलनका सत्ता साझेदारी संस्थापन पक्ष भन्दा सानो संख्यामा संगठित विद्रोही अग्रगामी आवाजहरुको विकासक्रमले नै देशको राजतन्त्र ध्वंस्त हुने कारण बन्यो । एमाले बनिसकेको तत्कालिन संस्थापन पक्षको सन्दर्भमा पनि यो कुरा सत्य हो । यो परिस्थितिमा उनीहरुमा पनि संबैधानिक राजतन्त्र भन्दा अगाडि बढ्नु हुन्न, बढेमा उग्रवामपन्थी हुइन्छ भन्ने विश्लेषण रहेको थियो । यी तथ्यबाट यो निस्कर्ष सजिलै निकाल्न सकिन्छ कि १) सहि र अग्रगामी विचार र दृष्टिकोणलाई अग्रभागमा राख्नु, २) ठीक कार्यदिशा अनुसार ठीक कार्यनीतिक नारा दिनु, ३) अग्रगामी उद्देश्य प्राप्तिको लागि साहस र सचेतताकासाथ संघर्षमा उत्रनु, ४) अविचलित संगठित प्रयत्न र निरन्तर क्रियाशिल हुनु, ५) यि माथि उल्लेखित सवालका लागि सचेत दस्ता निरन्तर न्यायप्रेमी जनसमुदायमा जानुले नै क्रान्तिकारी परिवर्तनको लागि निर्णायक अर्थ राख्दछ । यो अर्थमा भने यो अभियान अत्यन्त सफल रह्यो । यसले सबै क्रान्तिकारी शक्तिहरुलाई व्यवहारबाट नै नेतृत्व लिने कोशिश गरेको छ ।
वर्तमान राजनीतिक परिस्थितिमा अहिलेका राजनीतिक संस्थापन पक्षहरुले जनतालाई षडयन्त्र र धोका दिन सक्ने संभावना विरुद्ध सहि कार्यदिशा र कार्यक्रमकासाथ फेरी पनि अग्रगमनको लागि विद्रोहको आवाज बुलन्द गरियो । यसले सहि विचारको लागि शसक्त सांगठनिक रुप दिने प्रयास गरेको छ, न्यायप्रेमी जनसमुदायलाई फेरी पनि झकझकाएको छ र यो कोणबाट परिणाम पनि सुखद हासिल गरेको छ । तिलमिलाएका, अलमलिएका, नीन्द्राको स्वाङ गर्नेहरु, अवसरवादी धुंदुकारीहरु, यथास्थितिवादीहरु, पुनरुत्थानवादीहरु, प्रतिक्रियावादीहरु, विस्तारवादी र साम्राज्यवादीहरु, दक्षिणपन्थीहरु र वामपन्थी लप्mजीहरु जस्ता तत्व र प्रवृति विरुद्ध गतिलो जवाफ र झापड दिएको छ । आकाशको तारा खसाल्छु भन्नेहरुलाई पनि सहि कार्यदिशाकासाथ सहि कार्यक्रम जनता समक्ष दिन सक्नु पर्दछ भन्ने पाठ सिकाएको छ । अहिलेका संस्थापन पक्ष हौ भन्नेहरुको विचार र दृष्टिकोणको खोटमाथि विद्रोह बोलिएको छ । यो माने पनि यो अभियान अत्यन्त स्रहनायोग्य रुपमा सफल भयो ।
यसले उठाएका महत्वपूर्ण प्रश्नहरुः– आजको विश्व साम्राज्यवाद र सर्वहारावर्गीय क्रान्ति बीचको अन्तरविरोधबाट अगाडि बढिरहेको छ । अहिलेको पु“जीवाद माक्र्सको व्याख्या कालको तत्कालिन क्रान्तिकारी पू“जीवाद जस्तो नभएको वा सामन्तवादसंग पनि आप्mनो स्वार्थ अनुसार सम्झौता, सुलह, गठबन्धन र सहकार्य गर्दै अगाडि बढेको कारण प्रगतिशिल राष्ट्रिय पूजीवादी क्रान्तिको संघर्ष पनि सर्वहारावर्गीय क्रान्तिसंग राष्ट्रको स्वाधिनता र सार्वभौमिकतासंग जोडेर उठान गर्नु पर्ने युगको कारण सर्वहारा क्रान्ति प्रतिक्रियावादी राज्य संरचनामा अझ महत्वपूर्ण बन्दै गएको छ । यो पृष्ठभुमिमा नेपालको अहिलेको संक्रमणकालिन राजनीतिक परिस्थितिमा राष्ट्रियता र क्रान्तिकारी परिवर्तनको आन्दोलन एकैसाथ वा संगसंगै लैजान नितान्त बन्न जान्छ, यो नै नेपाली क्रान्तिको सहि कार्यदिशा हो । ठीक त्यहि परिस्थितिमा कुनै पनि खालको विदेशी हस्तक्षेप विरुद्ध संघर्षलाई तेज बनाउनु ठीक कार्यदिशाको कडि बन्न जान्थ्यो र बन्छ पनि, त्यो नेकपा (एकीकृत) को नेतृत्व र नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को आयोजनामा भएको छ । संघीयताको विरुद्ध र संंघीयताको हावादारी मोडलको पक्षमा मात्र राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता र अखण्डता बर्करार राख्न सकिन्छ भन्ने दृष्टिकोण भएका शक्ति वा पार्टीहरुलाई सकारात्मक जवाफ दिएको छ । खाली क्षेत्रीय आवाज उठाई संघर्ष गरेका र संघीयताको विरुद्ध देशव्यापी राजनीतिक प्रचार र कार्यक्रम गर्नेहरुलाई सकारात्मक कोणबाट राष्ट्रियता र क्रान्तिकारी परिवर्तनको कार्यदिशालाई तेज पार्नु पर्ने आवश्यकता प्रस्तुत गर्दै मेची–महाकाली अभियानले यो काम शुरु गरेको छ । यसबाट सहि कार्यदिशालाई जनसमुक्ष लैजाने कामलाई नेतृत्व गरिएको छ, ऐतिहासिक जिम्मेवारी पुरा गर्ने दिशामा ठिक कदम ठिक बेलामा अगाडि बढाउने काम भएको छ । ०६२÷६३ को जनआन्दोलन उपलब्धिलाई संस्थापन गर्न पनि यो प्रकारको कार्यक्रम र संघर्षको खा“चोको बोध गराउदै यो राजनीतिक संक्रमणतामा अझै यसलाई शसक्तता दिन सकेको खण्डमा आसन्न जनवादी (प्रगतिशिल पुजीवादी) क्रान्तिको लागि भ¥याङ हुने कुराको शन्देश दिन सक्यो ।

नेपालको राजनीतिक घट्नाक्रममा विदेशीको चासो, चलखेल, हस्तक्षेप, सम्बन्ध, भुमिका र उपस्थितिलाई विश्व र नेपालको परिपेक्षमा ऐतिहासिक ढंगबाट हेरौ । नेपालको सार्वभौमिकता र अक्षुणतामाथि विशेष गरेर तत्कालिन वृटिशको भारतमा उपस्थिति भएबाट अझ ठूलो मात्रामा र व्यवस्थित हस्तक्षेप शुरु गरिन थालियो । भुगोल र व्यवस्थापकीय आक्रमणको कारण तत्कालिन नेपाल अत्यन्त अस्थिर र अव्यवस्थित बन्न गएको इतिहास हाम्रो अगाडि छ । तत्कालिन सामन्ति शासनमाथि कहिले खैलाबैला, उथलपुथल तथा अव्यवस्थिति निम्त्याउन भुमिका र हस्तक्षेप सबैकोणबाट ग¥यो भने कहिले सुलह र सम्झौता आफ्नो अनुकुलता हुने गरि ग¥यो । साम्राज्यवाद विश्वभरी यसरी प्रस्तुत हुन गयो कि सामन्तवादी व्यवस्थासंग आप्mनो वर्चश्वलाई विस्तार गर्न आवश्यकता अुनसार सम्बन्ध विस्तारमा अगाडि बढ्यो र अझ पनि बढिरहेको छ । उसको उपस्थिति कुनै पनि देश (प्राय अल्पविकसित र विकासोन्मुख देश) का लागि अभिसाप बनेको छ । ल्याटिन अमेरिका, एशिया महादेशका कयौ देशहरु र अन्य कयौ देशहरुमा गृहयुद्ध, अशान्ति, कठपुतली दमनकारी सरकार निर्माण र विघटन आदि कुव्यवस्थाको निरन्तरता कायम राख्न आफ्नो उपस्थितिलाई बलियो बनाउदै लगेको छ । यस्ता कयौ देशरुमा राष्ट्रिय स्वाधिनता, सार्वभौम सत्ता र क्रान्तिकारी परिवर्तनका लागि संघर्ष जारी छ । यति हु“दाह“ुदै पनि साम्राज्यवादको उपस्थिति दबावपूर्ण छ । यसको एउटा शिकार हाम्रो देश नेपाल पनि हो । मुलत लोकतान्त्रिक अभियान शुरु संगै र भारतबाट वृटिश शासनको वहिगर्मन पछि विस्तारवादी शक्ति भारत तत्कालिन प्रजापरिषद र अहिलेको नेपाली कांग्रेस मार्फत प्रवेश ग¥यो । त्यो बेलामा विस्तारवाद यसरी प्रवेश ग¥यो कि तत्कालिन राजतन्त्रसंग पनि उत्तिकै सम्बन्ध राख्यो भने अर्कोतिर देशका प्रजातान्त्रिक शक्ति हौ भन्नेहरुसंग पनि उत्तिकै सम्बन्धलाई कायम राख्यो र राख्दै गयो । ह“ुदाहु“दा तत्कालिन कम्युनिस्ट आन्दोलनको प्रभाव बढ्दै जाने क्रममा यहा“का कम्युनिस्ट हौ भन्नेहरुसग पनि सम्बन्ध र सहकार्य शुरु गर्न सफल भयो । एकातिर शक्तिमा देखिएका त्रिकोणीय शक्ति सन्तुलनमाथि उसको सम्बन्ध विस्तार ह“ुदै गयो भने समयको गतिशिलतासंगै अर्कोतिर फेरी पनि साम्राज्यवाद यि नै त्रिकोेणीय शक्तिसन्तुलनमा घुस्ने प्रयास संगसंगै उनीहरुको उपस्थिति पनि अझ बलियो बनाउन सकेको छ । अहिले छिन्नभिन्न रुपमा कार्यरत आफुलाई लोकतन्त्र कै लागि लडेका हौ भन्ने शक्तिहरु बीच यस्तो शक्तिको घनिभुत, फिका वा मध्यम किसिमको सम्बन्ध बढेको छ । अहिले उनीहरुको सम्बन्ध बहुकोणीय भएको बेलामा पहिलेको नेपालभन्दा अहिलेको नेपालमा विस्तारवाद र साम्राज्यवादको उपस्थिति बलियो बनेको छ । त्यसैले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ता अक्षुण राख्न क्रान्तिकारी आन्दोलनको आवश्यकता कयौ गुणा बढेर गएको छ । बहुकोणीय उनीहरुको उपस्थिति संगसंगै ०६२÷६३ को जनताको महान जनआन्दोलनले देशमा राजनीतिक सकारात्मक संक्रमणता ल्यायो नै, त्यो संगसंगै राष्ट्रियता, स्वाधिनता, सावैभौमिता माथिको खतरा पनि उत्तिकै प्रवेश गरेको छ । यो बेलामा क्रान्तिकारी आन्दोलन पनि अत्यन्त चुनौतिपूर्ण बनेको छ । संविधानसभा नै विघटन गराउने चलखेल बढेको छ, क्रान्तिकारी परिवर्तनलाई रोक्न बहुकोणीय शक्ति सन्तुलनलाई सहमति, सम्झौता, सुलह र एक अर्थमा आत्मसमर्पण गराई बनि बनाउ संविधान जारी गर्न खोजिदै छ । यस्तो बेलामा करिब एक महिने अभियान “सीमा अतिक्रम र बैदेशिक हस्तक्षेपका विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा नै अग्रगामी संविधान” भन्ने मुलनाराका साथ “ राष्ट्रियता रक्षा र अग्रगामी संविधानका लगि मेची–महाकाली जनजागरण अभियान–०६६ ले यि माथि उल्लेखित सबै पक्षलाई पर्दाफस, भण्डाफोर गर्दै न्यायप्रेमी जनतालाई त्यस्ता तत्वहरुको चलेखेलका विरुद्ध आन्दोलित र सुशिक्षित बनाउने काम गर्न कम चुनौति र महत्वको काम होईन, बरु सहि राजनीतिक कार्यदिशालाई पहिचान गरि अघि बढ्नु पर्ने आवश्यकतालाई देशव्यापी लैजान सफल भयो ।

अहिलेको शक्ति सन्तुलनको सकारात्मक हल वा अन्तरविरोध के हो त ? हामी सबैले जान्न जरुरी छ । वास्तविकताको सहि बुझाईमा जान सक्नु नै अहिलेको दुई चुनौति ,१) राष्ट्रियताको रक्षा, र २) अग्रगामी संविधान लेखन कार्यलाई सफल बनाउन सक्नु हो । न त राष्ट्रियताको रक्षा राजावादीहरुको निरंकुश र अन्धराष्ट्रवादले नै, न त नेकपा मसालको संकीर्ण राष्ट्रवाद तथा नेकपा एमाले र नेपाली कांग्रेसको जस्तो विशुद्ध जलचरीय राष्ट्रवादी दृष्टिकोणभित्र नै राष्ट्रियताको अक्षुणता कायम राख्न सकिन्छ, बरु नेपाल र नेपालीको अहिलेको मानवसभ्यतामा उभयचरीय क्षमता भएको राष्ट्रवादले नै राष्ट्रियताको रक्षा हुन सक्छ । मसालको जस्तो विशुद्ध संघीयता विरोधी दृष्टिकोण वा फोरम र मधेषवादी दलहरुको जस्तो “एक मधेष एक प्रदेश” वा चुरेभावर वा संघीय लिम्बुवान परिषद (कुमार लिङदेन) को जस्तो टुकुरे दृष्टिकोणमा नै आम नेपाली जनताले राष्ट्रियताको साझेदारी गर्न चाहन्छन् । यस्ता दृष्टिकोण अनुसारका गतिविधी र आन्दोलनले न त राष्ट्रियताको रक्षा र जनताको सार्थक संंिवधान लेखिन सक्छ । बरु यो दृष्टिकोणले अझ शत्रुतापूर्ण द्वण्द्व, हिंसा, अशान्ति, संविधानसभाको विघटन, सहअस्तित्वप्रति घृणा, नेपालले थेग्न नसक्ने लामो गृहयुद्ध र विदेशीचलखेललाई स्वागत गर्दछ । यो अवस्थामा अन्तरविरोधको सकारात्मक हलतिर जानु नै सहि दृष्टिकोण हुन्छ । त्यसैले नेकपा एकीकृतले प्रस्तुत गरेको राज्य पुनसंचरचनाको मोडलमा नै राष्ट्रियताको रक्षा र अग्रगामी सार्थक संविधान लेखन कार्य संभव छ । यो अभियान यो प्रकारको शन्देश लान पनि सफल भयो ।

Sunday, January 17, 2010

अपिल

संविधानसभाको चुनाव र त्यसपछिको संविधानसभाको बैठकले लोकतान्त्रिक संघीय गणतन्त्रको घोषणा गर्दासम्म लोकतान्त्रिक शक्तिहरु बीच राष्ट्रिय सहमति अनुसार नै देश अगाडि बढेको थियो । तर सरकार गठनको प्रक्रिया वा समिकरण शुरु हु“दा नहु“दै मुलतः ठूला दलहरुमा खटपट र चिसोपना शुरु हुन थालेको थियो । अन्ततः संविधानसभाको चुनाव पश्चात ठूलो पार्टी बनेको नेकपा (माओवादी) को नेतृत्वमा सरकार गठन भयो, तर नेपाली कांग्रेस विपक्षि दलमा बस्यो । त्यहिदेखि नै आम जनताको भविष्य सुनिश्चित भएको सार्थक संविधान बनाउ“ने मुख्य दायित्वबाट पन्छिदै पार्टीहरु सरकार गठन र विपक्षको खेलमा खुलेआम लागे । ०६२÷६३ को महान जनआन्दोलनको जनादेशलाई संस्थागत र मुर्तरुप दिने भन्दा पनि कुठराघात गर्ने दिशातिर ठूला दलहरु उन्मुख हु“दै गए । मुल उद्देश्यबाट दलहरुका आफ्ना गतिविधीलाई विषयान्तर गरियो । ठूला दलहरुमा कयौं कुरामा अविश्वास बढ्दै गयो । माओवादीको सरकारको नेतृत्वमा सहमतिको राजनीति अगाडि बढ्न सकेन । तत्कालिन सरकारमा सहभागि दलहरु बीच पनि मन्त्रालयको टकराव, असमझदारी, आफुले जस्केलो लिने होडबाजी, अझ भनौ अस्वस्थ प्रतिस्पर्धा नै चल्यो । यहा“सम्म कि मुलभुत कुरामा समझदारी गरिएको विषयमा पनि पछि विभिन्न कोणबाट कुतर्क गर्दै असमझदारीको दिशामा राजनीतिक परिस्थितिलाई अगाडि बढाउ“ने काम भयो । प्रधान सेनापति प्रकरण त्यस्ता विषयकाहरुको पराकाष्ठ हो ।
अहिले आएर देश असंवैधानिक बाटोबाट अगाडि बढिरहेको छ । प्रश्न एमालेको नेतृत्वमा सरकार बन्यो भन्ने होइन, प्रश्न अन्तरिम संविधानत सरकार विघटन र पुनर्गठन भयो कि भएन भन्ने हो । अन्तरिम संविधानत सहज तरिकाले एमालेको नेतृत्वमा सरकार गठन भएको छैन । यो एक प्रकारको सैनिक ‘कू’ को निरन्तरताभित्र नै अहिलेको सरकार गठन संभव भएको हो । यस प्रकारको राजनीतिक परिस्थितिले नेपाली जनताले भन्दै आएको र कामना गरेको शान्ति प्रक्रिया, आम देशवासीको भविष्य कोरिएको जनपक्षिय सार्थक संविधान निर्माण, विद्यमान अराजकता र हत्या–हिंसाको अन्त्य, स्वतन्त्रता, सहज जनजीविका तथा अन्य आधारभुत मौलिक अधिकारहरु समयमा नै ठिक तरिकाले प्राप्त गर्न सकिने स्थितिलाई संकेत गर्दैन । यो प्रकारको कदमले अझ द्वण्द्व, अराजकता र यथास्थितिवादी तथा पुनरुत्थानवादीहरुको चलखेललाई बढाएर लाने वातावरणको सृजना गरिरहेको छ । कालो बजारीयाहरुको विगविगी बढेर गएको छ । आम जनताको दैनिकी असहज बनेर गएको छ । त्यसैले अहिलेको आवश्यकता लोभिपापीकोणबाट सरकार गठन र विघटनको समिकरणमा जानु भन्दा अग्रगामी शक्तिहरु बीचको ध्रुविकरणलाई तीब्रता दिनु नै हो । किनभने यो भन्दा अगाडिको स्थिति र त्यस अनुसारको बुझाई तथा अहिलेको स्थिति र दलहरुमा आएको बुझाईको परिवर्तन तथा त्यो अनुसारको व्यवहारिक गतिविधीले यो तथ्य प्रमाणित गर्दछ । पछिल्लो यो तथ्यलाई ह्दयङ्गम गरेर अग्रगामी शक्तिहरु अगाडि बढ्न सकेमा मात्र ०६२÷६३ को महान जनआन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई सुनिश्चित गर्न सकिन्छ, संस्थागत गर्न सकिन्छ । यो संक्रमणकालिन अवस्थालाई सकेसम्म छोट्याउ“न र अहिले देखिएको गतिरोधलाई अन्त्य गर्न पनि अग्रगामी शक्तिहरु बीच शसक्त मोर्चा बन्न आवश्यक छ । नत्र यो स्थिति लम्बिदै जाने हो भने देशको राजनीतिक स्थिति असहजता र जटिलतातिर अझै बढेर जाने छ, असफल राष्ट्रको लेवल लगाइने छ । त्यसपछि अझ विदेशी हस्तक्षेप बढेर जाने छ । त्यसैले यो स्थितिको अन्त्य छिट्टै गर्न आवश्यक छ । यसको लागि आम जनताले फेरि पनि अग्रगामी परिवर्तनको लागि यथास्थितिवादी तथा पुनरुत्थानवादी चिन्तनमाथि एक धक्का दिन आवश्यक छ । यो आवश्यकतालाई कुनै न कुनै रुपमा पुरा गराउ“न यहि ०६६ भदौ १२–१४ गते सम्म हेटौडामा हुन गइरहेको हामी क्रान्तिकारी युवाहरुकोे दरिलो संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमले योगदान दिन सक्ने नै छ भन्ने दृढ अठोट र आत्मविश्वास लिएका छौ । उक्त कार्यक्रमलाई सम्पन्न गर्न न्यायप्रेमी तथा परिवर्तनकामी समुदाय, उद्योगी र व्यापारीहरुलाई सहयोगको लागि हामी हार्दिक अनुरोध गर्दछौ ।
हाम्रा माग र नाराहरुः–
–असंबैधानिक कदम तुरुन्त सच्याइयोस् ।
–जनपक्षिय सार्थक संविधान निर्माण गर् ।
–हत्याहिंसा, लुटपाट, अराजकता, महंगी र कालो बजार नियन्त्रण गर् ।
–सम्पूर्ण युवाहरुलाई समावेश गर्ने युवा नीति लागू गर् ।
–सन् १९५० लगायत अन्य सम्पूर्ण असमान संन्धी–सम्झौता खारेज गर् ।
–नया“ जनवादी क्रान्ति– जिन्दावाद ।
–नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)– जिन्दावाद ।
नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)
केन्द्रीय कार्यालय, काठमाण्डौ

राष्ट्रपतिलाई ज्ञापन पत्र

केहि दिन अगाडि संचारमाध्यमबाट दाङ्गको सीमावर्ती भु–भागबाट भारतको सीमा सुरक्षा बलले सो जिल्लामा भएको सीमा स्तम्भ ३५ मिटरसम्म मिचेर सारेपछि त्यहा“का नेपाली जनता विस्थापित भई देउखुरीमा आई विचल्ली अवस्थामा बसोबास गरेका छन् भन्ने खबरले नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को गंभिर ध्यानाकर्षण भएको छ । राजपुर र बेला गा.वि.स.का साथै जिल्लाका २२ नाकाहरु भारतको सीमा सुरक्षा बलद्वारा नाङ्गो हस्तक्षेप गरिएको तथ्यहरु सो जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइरह“दा पनि जिल्ला प्रशासन कार्यालयले बरु उल्टो जवाफ दिदै बन अतिक्रमणकारीको सुनियोजित प्रोपोगाण्डा हो भनेर उक्त गंभिर विषयलाई आफ्नो उत्तरदायित्वबाट विषयान्तर गरेका छन् । उक्त प्रभावित ठाउ“का बासिन्दहरुले दैनिक जिवनका किनमेलका गतिविधि सहज ढंगले गर्न पाईरहेका छैनन् । महिला र चेलीबेटीहरु उनीहरुबाट यौन शिकार हुनुपरेको पीडाहरु प्रभावित व्यक्तिहरुले बताइरहेका छन् । यतिमात्र होइन बारा, इलाम लगायतका अन्य जिल्लाहरु समेतगरि भारतको सीमा सुरक्षा बलले नेपालको करिब ५४ नाकाहरुब्ाँट सीमा स्तम्भ (जंगे पिलरलाई) भत्काउने र नामोनिशाना मेटाइदिने विस्तारवादी हस्तक्षेप निरन्तर गर्दै आएको छ ।

सीमा क्षेत्रमा उच्च बा“ध बनाएर नेपाली भु–भागलाई जलमग्न बनाउ“नुका साथै अन्तर्राष्ट्रिय सन्धी–सम्झौतामा उल्लेख भएका छिमेकी देशहरु बीच हुने आचारसंहिता र भाइचारा मुल्यमान्यतालाई लगातार लत्याइरहेको छ । भारत नेपालको सीमा क्षेत्रलाई असर पर्ने गरि आफ्नो उत्तरी भु–भागमा पुर्व–पश्चिम सवारी मार्ग बनाउ“ने दिर्घकालिन योजना अन्तर्गत अगाडि बढिरहेको छ । जसको कारणले नेपालको दक्षिणी भु–भाग बर्षायाममा डुबान क्षेत्र बन्ने निश्चित छ । ्यी दृष्टान्तहरुलाई हेर्दा विश्व सामु एउटा आफ्नै पहिचान बोकेको देशको सार्वभौम स्वतन्त्रता र राष्ट्रको स्वाभिमानप्रति लगातार आक्रमण भएको छ । यो क्रम आजबाट भर्खरै शुरु भएको होइन । यो हस्तक्षेप भारत स्वतन्त्र भएदेखि नै शुरुवात गरिएको छ । सन् १९५० को असमान वा प्रभुत्ववादी सन्धी लगायतबाट नेपाली भु–भाग कालापानीमा भारतीय सेनाको अड्डा र त्यस्तै प्रकारले हुदै आएका अन्य असमान सन्धी–सम्झौताहरु नेपाली जनताको स्वाधिनता र सार्वभौमिकतालाई हस्तक्षेप गर्ने विस्तारवादी नीतिको निरन्तरता नै हो भन्ने प्रमाणित र तथ्यगत आधारहरु मौजुदा छन् । अब नेपाली जनताहरु त्यस प्रकारको विस्तारवादी र प्रभुत्ववादी हस्तक्षेपलाई किन्चित पनि मान्न तयार छैनन् । यस्तो हस्तक्षेप तुरुन्त रोकिनु पर्दछ । यो संग सरोकारवालाहरुद्वारा तुरुन्त यो समस्या हल गरिनु पर्दछ । आजसम्मका सरकारहरुले आम जनताहरुलाई यो नीयति उपहार कै रुपमा दिए भन्दा अक्तित्युत्ति नहोला । नेपाली जनताको स्वाधिनता, स्वतन्त्रता र सार्वभौम अधिकार र भारतीय जनताको अधिकार बीच नया“ ढंगले पंचशिलको आधारमा सन्धी–सम्झौता गरिनु पर्दछ । सम्पूर्ण असमान सन्धी–सम्झौतालाई खारेज गरिनु पर्दछ साथै अहिले बढ्दै गएको आकासिदो महंगी, केहि समय अगाडि १८ राजनीतिक दलको सल्लाहमा महामहिम राष्ट्रपति ज्यूबाट संवैधानिक व्यवस्थाका प्रतिकुल प्रधानसेनापतिलाई आफ्नो पदमा निरन्तरता दिन चालिएको कदमले उत्पन्न संवैधानिक संकट र त्यसले निम्त्याएको मुठभेड र द्वण्द्वप्रति गंभिर हुदै सो असंवैधानिक कदमलाई तुरुन्त सच्याउ“न माग गर्दछौ । यस्ता कार्यलाई समयमा नै नसच्याइएमा जनताले प्रतिवाद गर्ने अधिकार राख्नेछन् । स्वाभिमान जनताले आफ्नो राष्ट्रियता, लोकतान्त्रिक अधिकारको रक्षाको लागि बन्दुकको बलले गरिएको वैदेशिक हस्तक्षेपको विरुद्धमा प्रतिरोघ गर्ने अवस्था उत्पन्न हुनेछ । यसर्थ राज्य र जनताको सुरक्ष्ाँ गर्ने सरकारको नियमित काम–कर्तव्यप्रति समयमै ध्यान आकृष्ट गर्न चाहन्छौ ।
साथै हाम्रो संगठनले राष्ट्रपतिको कार्यालय मार्फत वर्तमान सरकारसंग निम्न मुद्धाहरु उठान गर्न चाहन्छ ।
१) १९५० लगायत सम्पूर्ण असमान सन्धी–सम्झौताहरु खारेज गर ।
२) प्रधान सेनापति प्रकरणमा भएको असंवैधानिक कदम तुरुन्त सच्याइयोस् ।
३) बढ्दो महंगी तत्काल नियन्त्रण गर ।
४) जनताको सार्वभौम अधिकारलाई स्थापति गरियोस् ।
५) भारतीय सुरक्षा बलद्वारा बारम्बार गरिएको सीमा अतिक्रमणलाई तुरुन्त रोकियोस् ।
अग्रगति साप्ताहिक
वर्ष ३, अंक ४०, २०६६ जेठ २८

प्रेश विज्ञप्ती

आदरणीय पत्रकार पत्रकार मित्रहरु (एकीकृत) युवा संघ, नेपालको दास्रो राष्ट्रिय भेलाले नया“ नेतृत्व निर्वाचन गर्नुका साथै विधानघोषणा पत्र तथा विभिन्न समसामयिक प्रस्ताहरु पारित गरेको छ । उक्त निर्णयहरु सार्वजनिक गर्नका लागि यो पत्रकार सम्मेलनको आयोजना गरिएकोृ छ ।
१. प्रधान सेनापति प्रकरणमा प्रधानमन्त्रिले राजिमाना दिइसकेपछि पूर्ण सरकार गठन सकेको हुन सकेको छैन । यस प्रकारको अन्यौल पूर्ण स्थितिको अन्त्य गर्न राजनीतिक सहमतिमा सरकार गठन गर्न यस दोस्रो राष्ट्रिय भेलाले जोडदार माग गर्दछ ।
२. सरकारले सेना वा कुनै पनि आफ्ना मातहतका संयन्त्रहरुमा स्पष्टिकरण लिन र कारवाही गर्न सक्दछ । प्रधानस्ेनापति रुमांगत कटुवालको बारेमा सरकारले गरेको निर्णय विपरित राष्ट्रिपतिले गरेको निर्णय र कार्य अन्तरिम संविधान विपरित छ । तसर्थ दोस्रो राष्ट्रिय भेलाले उक्त कार्यको भन्र्सना गर्दछट । र उक्त असंवैधानिक कदम सच्याउन माग गर्दछ ।
३. संविधान निर्माण गर्ने कार्यमा अत्यन्त ढिलासुस्ति भएको छ । नेपाली जनता सार्वभौम सत्ता सम्पन्न हुने गरि छिटोभन्दा छिटो सार्थक संविधान निर्माण गर्न माग गर्दछ ।
४. ऐतिहासक जनआन्दोलन ०६२÷६३ को बलमा सामन्ती राज्य व्यवस्थाको केन्द्र राजतन्त्र परास्त भई संघीय गणतन्त्र स्थापना भएको छ, ता पनि शान्ति सुरक्षाका प्रश्नमा कुनै फरक परेको छैन । असिमित ढंगले मुल्यवृद्धि भएको छ । लोडसेडिङको समस्या गंभिर अवस्थामा छ । तत्काल शान्तिसुरक्षामा सुधार गर्न मुल्यवृद्धि फिर्ता र लोडसेडिङको समस्यालाई समाधान गर्न जोडदार माग गर्दछ ।
५. सन् १९५० लगायत नेपाल र नेपाली जनताका हित विपरित भएका सम्पूर्ण असमान सन्धी सम्झौताहरु तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।
६. भारतीय विस्तारवादले अहिले पनि नेपाली सीमाना अतिक्रमण छाडेको छैन । विस्तारवादको उक्त कदमको घोर भत्सर्ना गर्दै तत्काल सीमा अतिक्रमण बन्द गर्न जोडदार माग गर्दछ ।
७. विगतका प्रतिक्रियावादी सरकारहरुले झै अहिलेको सरकारले पनि नेपालको महत्वपूर्ण जलस्रोत विदेशी संस्था र अन्य जल माफिया हरुलाई सुम्पने राष्ट्रघाति कदमलाई निरन्तरता दिएकोमा भेलाले गंभिर आपति प्रकट गर.को छ । नदिनालाहरु विभिन्न सन्धी सम्झौताहरु गरेर बेच्ने कामलाई तुरुन्त बन्द गर्न सरकारलाई चेतावनी दिन चाहन्छ ।
८. ऐतिहासिक जनआन्दोलन ०६२÷६३ का दोषीहरुलाई सरकारले तत्काल कारवाही नगर्दा उनीहरुल.े नागरिक सर्बोच्चताको विरुद्ध चलखेल गर्ने मौका पाईरहेका छन् । त्यसैले रायमाझी आयोगको प्रतिवेदन अनुसार ऐतिहासिक जनआन्दोलन ०६२÷६३ का अपराधिहरुलाई तत्काल कारवाही गर्न माग गर्दछ ।
९. श्रीलंकामा त्यहा“को सरकारले यतिबेला सर्बसाधरण नागरिकको नरसंहार हुने गरि चलाएको दमनको विरोध गर्दै तत्काल रोक्न माग गर्दछ ।
१० भेलाले एकीकृत युवा संघ, नेपालको नाम परिवर्तन गरि नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) बनाएको छ । त्यस्तै झण्डा पनि परिवर्तन भएको छ ।
११. नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)को सहायक संगठन हुने
निर्णय गर्दै माक्र्सवाद, लेनिनवाद, माओविचारधारलाई पथप्रदर्शक सिद्धान्त मान्ने नया“ जनवादी गणतन्त्र स्थापना गर्न संघर्ष गर्ने र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) का क्रान्तिकारी नीति र कार्यक्रमहरुलाई दृढतापूर्वक लागू गर्ने निर्णय गरेको छ । वर्तमान राज्य सत्ता पनि सामन्त, दलाल तथा नोकरशाही पू“जीपतिको हातमा रहेकोले यसको विरुद्ध योजनावद्ध संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । मुलुकमा जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने लडाइ“मा सामेल हुने महान सर्वहारा सा“स्कृतिक क्रान्तिलाई आत्मसाथ गर्ने सर्वहारा वर्गको अधिनायकत्व स्थापनामा जोड दिने जोडदार गरेको छ । त्यसको साथै नेपाली युवाहरुको आर्थिक राजनीतिक, सामाजिक, सा“स्कृतिक समस्याहरु समाधनाको निमित्त संघर्ष गर्ने निर्णय गरेको “स्कृतिक समस्याहरु समाधनाको निमित्त संघर्ष गर्ने निर्णय गरेको छ ।
१२. दास्रो राष्ट्रिय भेलाको उद्घाटन नेकपा (एकीकृत) का महासचिव क. रामसिह श्रीसले गर्नु भएको थियो । दुईदिन सम्म चलेको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रमको संचालन क. टिकाराम पौडेल र संयोजक (क. उदय राइृको अध्यक्षता सम्पन्न भएको थियो । शहिदहरुप्रति १ मिनेट मौन धारणबाट शुरु भएको कार्यक्रमामा नेकपा (एकीकृत) का केन्द्रीय सदस्य क. प्रेम सुवेदी, क. हिमलाल पुरी, क. चिरन पून, अखिल नेपाल प्रगतिशिल ट्रेड युनियन महासंघ (एकीकृत) का केन्द्रीय अध्यक्ष क. चिन्तामणी शर्मा, अनेरास्ववियु (एकीकृत) का केन्द्रीय कोषाध्यक्ष क. गोमबहादुर के.सी., प्रगतिशिल पत्रकार समाजका के.स. टेक बहादु मास्की राना, अनेम संघ (एकीकृत)का जिल्ला अध्यक्ष कमला गौतम, अनेकि संघ (एकीकृत) का के.स. क. यमबहादुर क्षेत्रीले राष्ट्रिय भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
१३. क. हिमलाल पुरी, क. चिरन पुन, क. सोमनाथ पौडेलको अध्यक्षमण्डलमा बन्द शस्त्र संचालन भई विधान र घोषणा पत्र र समसामयिक प्रस्तावहरुमा समुह विभाजन गरि व्यापक छलफल पश्चात पारित गरेको छ ।
१४. दोस्रो राष्ट्रिय भेलाले क. उदय राई मोरङको अध्यक्षतामा १३ पूर्ण र ४ वैकल्पिक सदस्य रहेको १७ सदस्यीय केन्द्रीय तर्दथ समितिको निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष क. श्यामराज राई (खोटाङ), महासचिव क. गुन्जमान घर्तिमगर ( बागलुङ), सचिव क. गुरु दाहल (ओखलढुंगा), कोषाध्क्ष क. जितवहादुर लामा (काभ्रे), सदस्यहरुमा क. प्रगति राना(गुल्मी), क. नविनकुमार सुनुवार (रामेछाप), पृथ्वी बलम्पाकी (महोत्तरी), क. सन्दिप सापकोटा (ूरुपन्देही) क. राकेश लामा (नुवाकोटा) र वैकल्पिक सदस्य क. कृष्ण क्षेत्री (पर्वत) रहुनु भएको छ । भेलाले संगठनका पूर्व अध्यक्षहरु क. चिरन पून र क. रामहरि कार्कीलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलापछि बसेको प्रथम बैठकले कार्य विभाजन गर्नूको सार्थ दोस्रो राष्ट्रिय भेलाको शन्देश संचालन गर्ने राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा विभिन्न संघर्षका कार्यक्रमहरु संचालन गर्ने, संगठन निर्माण गर्ने लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेृको छ ।
क्रान्तिकारी अभिवादन सहित
..........
उदय राई
अध्यक्ष

नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) घोषणा–पत्र

युवा भन्नाले १६ वर्षदेखि ४० वर्षसम्मका महिला, पुरुष तथा अन्यलिङ्गीलाई पनि लिनु पर्दछ । देशको कुल जनसंख्याको अधिकांश संख्या युवाहरू कै रहेको छ । शारीरिक, मानसिक दृष्टिकोणले सबैभन्दा क्रियाशील युवाहरू नै हुन्छन् । त्यसकारण देशको आर्थिक, सामाजिक, राजनीतिक वा सांस्कृतिक रुपान्तरणको प्रश्नमा युवाहरूको अत्यन्त महत्वपूर्ण स्थान हुन्छ । देश र जनताको भविष्य निकै हदसम्म युवाहरूको भूमिकामा आधारित हुन्छ । तर सामन्तवादी र बुर्जुवा पू“जीवादी शोषण र दमनकारी तथा भेदभावमुलक राज्यसत्ता कायम रहुन्जेल शोषित तथा उत्पीडित वर्ग र समुदायको मुक्ति संभव छैन । त्यसैले यस्तोखाले राज्यको पूर्ण उन्मुलन र आमुल परिवर्तनकारी दिशालाई मार्ग प्रशस्त गर्ने जनवादी राज्यसत्ता निर्माण, स्थापना र निरन्तर क्रान्तिको उद्देश्यलाई आत्मसाथ गर्न सामाजिक क्रान्तिको बैज्ञानिक सिद्धान्तलाई अंगिकार गर्न आवश्यक छ । त्यसकारण नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले मुलतः माक्र्सवाद, लेनिनवाद, माओ–त्सेतुङ्ग विचारधारा मान्ने वामपन्थी, देशभक्त, जनतान्त्रिक तथा क्रान्तिकारी युवाहरूलाई गोलवन्द गरेर राष्ट्रियता र जनजिविकाको सवालमा संघर्ष गर्दै सामन्तवादी तथा दलाल नोकरशाही पू“जीवादीहरुलाई पूर्णरुपमा परास्त गर्दै आमुल परिवर्तनको लागि मार्ग प्रशस्त गर्न सचेत र संगठित हु“दै विस्तारवादी, साम्राज्यवादी तथा सबैखाले प्रभुत्ववादी शक्तिहरुलाई परास्त गर्नको लागि आफ्नो क्रान्तिकारी जिम्मेवारीहरू पूरा गर्न क्रियाशील गर्ने प्रयत्न गर्नुपर्दछ ।

नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधारालाई पथ प्रदर्शक सिद्धान्त स्वीकार गर्ने सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा क्रान्तिकारी युवाहरुको प्रतिनिधित्व गर्ने जुझारु र अनुशासित संगठन हो । यो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) को सहायक संगठन हो । नेपालका वहुसंख्यक युवाहरु किसान, मजदुर जस्ता श्रमिक वर्ग तथा शोषित–उत्पीडित समुदायका नै छन् । देशका अधिकांश युवाहरु अनेक प्रकारका शोषण, दमन र उत्पीडनबाट ग्रसित छन् । ति सबै प्रकारका शोषण, दमन र उत्पीडनबाट मुक्ति हुन र समाजलाई मुक्त गराउनका लागि युवाहरु नै सबैभन्दा क्रियाशिल हुन्छन् । तर अनेक प्रकारका अन्धविश्वास, कुरीति, सामन्ती तथा साम्राज्यवादी संस्कृति र चिन्तनको प्रभावले गर्दा सबै प्रकारको शोषण, दमन र उत्पीडनबाट मुक्ति चॉहदाचॉहदै पनि युवाहरुले सही दिशा लिने कुरामा अन्यौलता कायम छ । निराशा र कुण्ठाले गर्दा कयौं युवाहरु अनेक प्रकारका कुलत र विकृतिको शिकार भइरहेका छन् । यि र यस्ता प्रकारका समस्याहरुबाट मुक्त हुन सामन्तवादी र नोकरशाही तथा दलाल बुर्जुवा पू“जीवादी व्यवस्थाबाट संभव छैन । यस प्रकारको स्थितिबाट मुक्त गर्न माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधाराको बैज्ञानिक सिद्धान्तको आधारमा युवाहरुलाई चेतनशिल बनाउदै र संगठित गर्दै नया“ जनवादी क्रान्ति सम्पन्न गरेर त्यसप्रकारको राज्यसत्ता स्थापना गरि समाजवादी तथा साम्यवादी मानव सभ्यताको निर्माण र स्थापना पश्चात मात्र आम जनताका आधारभुत आवश्यकताहरु पुरा हुदै जान्छन् र वर्गीय भेदभावबाट जन्मिएका सबै प्रकारका असमानता र उत्पीडन पनि निर्मुल भएर जान्छन् भन्ने समाजिक क्रान्तिको वास्तविक सत्यको बोध गराउन आवश्यक छ । सामन्तवाद, विस्तारवाद, प्रभूत्ववाद, साम्राज्यवाद तथा सबै खाले प्रतिक्रियावादको विरुद्ध संघर्ष गर्नु, नयॉ जनवादी क्रान्तिको पक्षमा भूमिका खेल्नु, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि संघर्ष गर्नु, बैज्ञानिक समाजवादी र साम्यवादी राज्यसत्ताको निर्माण र स्थापनाको लागि निरन्तर संघर्षरत रहनु, दक्षिणपन्थी, उग्रवामपन्थी, मध्यपन्थी अवसरवाद लगायत सबैखाले अवसरवादको विरुद्ध निर्मम संघर्ष गर्नु, सर्वहारा संस्कृतिको विकास र आर्थिक तथा सामाजिक रुपान्तरणको पक्षमा क्रियाशिल हुनु नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को प्रमुख उद्देश्य हुनेछ ।

नयॉ जनवादी क्रान्ति सशस्त्र संघर्ष वा बल प्रयोग विना सम्भव छैन । यो प्रकारको आवश्यकतालाई पुरा गर्न वा क्रान्तिकारी भूमिका निर्वाह गर्नका लागि नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) आफै सक्षम र सुदृढ बन्न आवश्यक छ । त्यसको लागि क्रान्तिकारी युवाहरु संघर्षसिल तथा सबै मुक्तिकामी हरेक आन्दोलनमा वलिदान दिन सक्ने अनुशासित र लडाकु हुन आवश्यक छ । त्यसकारण नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले आप्mनो संगठनको चरित्र निर्माणलाई त्यस दिशातिर निर्देशित गर्नेछ ।

युवाहरूको आफ्नो कुनै वेग्लै वर्ग हुन्न । उनीहरू शोषक र शोषित दुवै वर्गवाट आएका हुन्छन् । तर पनि युवाहरूको समस्यालाई वर्ग संघर्षको सन्दर्भमा नै बुझ्ने, हल गर्ने र रूपान्तरण गर्ने प्रयास गर्नुपर्दछ । देशको वहुसंख्यक युवाहरू शोषित–उत्पीडित र मेहनतकस जनता वा श्रमजीवि वर्गका नै छन् । त्यसकारण उनीहरूको समस्या पनि शोषित–पीडित वर्ग, समुदाय र श्रमजीवि जनताले भोगिरहेका आम समस्याहरु कै रूपमा बुझ्नु पर्दछ र त्यसैले युवा आन्दोलनलाई उत्पीडित वर्ग र समुदायको मुक्तिकामीे संघर्षको अभिन्न अंगको रूपमा अगाडी बढाउने प्रयत्न गर्नु पर्दछ ।

नेपाल कृषि प्रधान देश हो । जमिनको ठूलो हिस्सा मुठीभर शोषक वर्गको स्वामित्वमा छ । जमिनबाट हुने उत्पादनको कुल हिस्सा तिनै शोषक वर्गको हातमा जान्छ । देशमा एकातिर कृषि क्षेत्र व्यवसायिक विकासको स्थितिमा छैन नै, अझ निर्वाहमुखि खेति पनि हुन नसक्नु र अर्कोतिर औधोगिक विकास नहुनुले र भएका सीमित उद्योगहरुमा दलाल, नोकरशाही तथा साम्राज्यवादी वित्तिय पू“जी लगानीको उपस्थिति हावी रहेकोले यि दुबै क्षेत्रमा गरिखाने वर्गको अवस्था अझ जर्जर र कष्टपूर्ण छ । त्यसैले दुबै क्ष्ँेत्रका सम्बन्धित मजदुर तथा गरिखाने वर्ग र समुदायका समस्याहरु पनि एक–अर्कासंग सम्बन्धित छन् । सामन्तवादी, प्रतिक्रियावादी दलाल तथा नोकरशाही पू“जीवादी राज्य सत्ताको कारणले गर्दा देशको श्रमजीवि मेहनतकश वर्ग शोषित र उत्पीडित छन् । त्यसको परिणाम यो हुन्छ की मजदुर र किसान युवाहरूले अत्यन्तै गरीबी र कष्टपूर्ण जीवन विताउनु पर्दछ । भूमिहीन सुकुम्वासी तथा गरिब र उत्पीडित युवाहरूको गॉस, बा“स, कपास लगायतका अधिकारहरू माथि उल्लेखित प्रकारको प्रतिक्रियावादी व्यवस्थावाट संभव छैन । त्यसको समाधानको एक मात्र उपाय क्रान्तिकारी भूमिसुधार र औधोगिक विकासमा जोड दिनु र समाजमा भैरहेको सबैप्रकारको शोषण र उत्पीडनका विरुद्ध संघर्ष गर्नु हामी क्रान्तिकारी, देशभक्त, जनतान्त्रिक र वामपन्थी युवाहरूको प्रधान कर्तव्य हो । अथवा यस्तो सत्ताको बैज्ञानिक विकल्प वा निषेध नया“ जनवादी क्रान्तिको अनिवार्य अपरिहार्यता हो । किनभने यस्तो राज्य व्यवस्थामा गरिब किसान, कृषि क्षेत्रमा काम गर्ने कृषि मजदुर, सुकुम्बासी, हलिया“, कमैया“हरुको देशको कुल जनसंख्याको अत्यधिक संख्या रहेको हुन्छ भने अर्कोतिर शिशु अवस्थामा रहेको औधोगिक क्षेत्रमा क्रान्तिकारी मजदुरहरुको विकास भइरहेको हुन्छ । यस्तो प्रकारको सामाजिक व्यवस्थामा देशको कुल जनसंख्याको वहुमत संख्या यहि वर्गमा हुने भएकोले र उनीहरु नै मुठ्ठीभर शोषक, सामन्त, दलाल नोकरशाही पू“जीपतिहरु र उनीहरुद्वारा संरक्षित विस्तारवादी तथा साम्राज्यवादीहरुबाट वहुमत संख्या माथि बर्बर र दमनकारी शासन गरिरहेका हुन्छन् । वहुमत संख्यामा रहेका न्यायप्रेमी जनताको राज्य स्थापना गर्न र मुठ्ठीभर प्रतिक्रियावादी शोषकहरुलाई परास्त गरि त्यी आधारभुत वर्गका किसान, मजदुरहरु र न्यायप्रेमी जनसमुदायको अधिनायकत्व स्थापित गर्न नया“ जनवादी क्रान्तिको अपरिहार्यता बन्दछ । त्यसैले नया“ जनवादी क्रान्ति सम्पन्न गर्न नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले शसक्त भुमिका निर्वाह गर्नु पर्दछ ।

हामी युवाहरू पञ्चायती कालमा सबै प्रकारका मौलिक अधिकारबाट वञ्चित थियौं । संगठन, प्रकाशन, सभा, सम्मेलन, विचार अभिव्यक्तिको स्वतन्त्रता आदि अधिकारहरू प्राप्त थिएनन् । बहुदलीय व्यवस्थाको आगमनपछि केही सीमित अधिकारहरू त प्राप्त भए तर सत्ताले विभिन्न कोणहरूबाट दमन र हस्तक्षेप कायम गर्दै नै रह्यो । तथापि यो स्थितिको राज्य व्यवस्था हु“दा हु“दै पनि प्रतिगमनको अवस्था रहि नै रह्यो । त्यसैले यस्तो प्रकारको सीमित अधिकार रहेको बहुदलीय व्यवस्थाको आगमनले ल्याएको अधिकारहरूलाई पनि रक्षाको लागि निरन्तर संघर्ष गर्दै जानु पर्ने स्थिति रहेको छ । नत्र ति अधिकारहरू फेरी खोसिन सक्छन् । प्राप्त भएका सीमित अधिकारहरूको रक्षा गर्दै थप अधिकारको निम्ति निर्मम संघर्ष अनिवार्य छ । किनकी बहुदलीय व्यवस्थाले पनि नेपाली युवाहरूको समस्याहरू हल गर्न सक्दैन । त्यसको लागि नयॉ जनवादी, समाजवादी तथा साम्यवादी व्यवस्थाको दिशातिर बढ्न आवश्यक छ । शोषक वर्गको हातमा रहेको सत्तालाई खोसेर शाषित वर्गको हातमा ल्याउन युवा शक्तिले देशका सम्पूर्ण क्रान्तिकारी जनतासित एकाकार भई नया“ जनवादी क्रान्तिको पक्षमा जनमत तयार गरी शक्तिशाली आन्दोलन उठाउनु पर्ने आवश्यक छ ।

नेपाली युवाहरूमा अहिले भइरहे कै शिक्षा प्राप्त गर्नेे अवस्था पनि अत्यन्तै चिन्ताजनक छ । भएको शैक्षिक अवस्था पनि जनमुखी र व्यवहारिक छैन । देशमा शिक्षा र उच्च शिक्षाका नगन्य रूपमा भएको अवसर पनि हाल शहर र त्यो पनि उच्च वर्गका युवाहरूमा मात्र सीमित छ । त्यसका साथै एकातिर सरकारले शिक्षालाई निजीकरण र व्यापारीकरण गर्ने प्रश्रय दिएकोले सीमित वर्गको स्वार्थसिद्ध र पक्षपोषण गर्ने शैक्षिक नीति विद्यमान र निरन्तरतामा छ भने अर्कोतिर दिनानुदिन निम्न र गरीब तथा उत्पीडित वर्ग र समुदायका युवाहरूले हाल भइरहेको शैक्षिक क्षेत्रवाट पनि हात धुनु पर्ने स्थिति सृजना हु“दै गइरहेको छ । भएका सीमित शैक्षिक सुविधाहरू पनि मुख्यत शहर केन्द्रीत र उच्च वर्गकाहरूलाई मात्र प्राप्त छ । यस्तो स्थिति पूर्णत हटाइनु पर्दछ ।

देशका युवाहरूलाई उचित रोजगारीको अवसर छैन । भएका सिमीत कामको क्षेत्र पनि तिनै उच्च वर्गको हातमा छ । जसको कारणले गर्दा दिनहु“ निम्न, गरीब तथा उत्पीडित वर्ग र समुदायका लाखौं लाख युवाहरू विदेश पलायन हुने क्रम बढ्दो छ । सरकारले युवाहरूलाई क्षमता अनुसार स्वदेशमै रोजगारीको व्यवस्था मिलाउनुको साटो युवाहरूलाई विदेश पलायन बनाउने नीति र कार्यक्रमलाई नै प्रश्रय दिने कार्य संचालन गरेको छ । सरकारले विदेशी राष्ट्रसंग रोजगारको लागि हात फैलाएर भिख मागिरहेको छ । जसको कारण परामुखी र पराधिन संस्कृतिको गलत मानसिकताले राष्ट्रिय र स्वाधिन संस्कृतिको निर्माणमा चुनौति थप्दै लगेको छ । त्यसैले जनमुखी र बैज्ञानिक प्रणालीमा आधारित शैक्षिक विकास र स्वदेश मै रोजगारको लागि न्यायप्रेमी र क्रान्तिकारी युवाहरूले संगठित रूपले निर्मम संघर्ष गर्नुपर्ने आवश्यकता तड्कारोरुपमा देखिएको छ । निःशुल्क, वैज्ञानिक र जनमुखी शिक्षाको लागि र रोजगार सृजना गर्ने ग्यारेन्टीको पक्षमा जोडदार रूपले आवाज उठाउनु पर्दछ ।

स्वास्थ्यको अवस्था पनि चिन्ताजनक रूपमा छ । युवाहरूको आर्थिक र शैक्षिक अवस्था कमजोर भएको कारणले गर्दा उनीहरूको स्वास्थ्यमा पहु‘च पुग्न सकिरहेको छैन । गाउ‘मा राम्रा स्वास्थ्य केन्द्रहरू छैनन् । भएका अस्पतालहरू पनि शहर केन्द्रीत छन् । त्यो पनि अत्यत्न महंगो छ । स्वास्थ्य जस्तो अति संवेदनशिल क्षेत्रलाई पनि सरकारले बेवास्ता गरेको कारणले यो क्षेत्रमा पनि नीजि र दलाल पू“जीपतिहरु नै हावी छन् । जसको कारण स्वास्थ्य क्ष्ँेत्र अत्यन्तै खर्चिलो र महङ्गो व्यापार क्ष्ँेत्र बनेको छ । थोरै रकमले उपचार गराउन सकिने अवस्था छैन । जसको कारणले गर्दा लाखौं लाख युवाहरूको जीवन कष्टकर र दहनीय बनेको छ । उपचारै नपाइकन मर्नुपर्ने अवस्थालाई बदल्न युवाहरूले संघर्ष गर्नु पर्दछ ।

आज पनि युवाहरू अनेक प्रकारका अन्धविश्वास, कुरीति, साम्प्रदायिक चिन्तन आदि द्वारा ग्रसित छन् । राज्यले युवाहरूलाई भ्रष्ट र पतित पार्नै उनीहरूका बीचमा योजनावद्ध किसिमले छा“डावाद, यौन उच्छृङखलता, नग्न प्रदर्शन, पश्चिमी पू‘जीवादी विकृतिहरू, पाश्चात्य साम्राज्यवादी संस्कृतिहरू तथा विभिन्न प्रकारले दुव्र्यसनलाई प्रश्रय दिने क्षणिक उपभोगवादी संस्कृतिलाई फैल्याउने काममा प्रोत्साहन गरिरहेको छ । प्रतिक्रियावादी सामन्ती र विकृत उपभोगवादी पू“जिवादी संस्कृतिले पनि युवाहरूको स्वस्थ मानसिक विकासमा निकै ठूलो क्षति पु¥याई रहेको छ । यी सबैका विरुद्ध पनि युवाहरूले व्यापक सांस्कृतिक आन्दोलन संचालन गर्नु आवश्यक छ । त्यसैले महान सर्वहारा सांस्कृतिक क्रान्तिको बाटोमा अगाडि बढ्दै सामाजिक क्रान्तिकोे सुनिश्चितता हुने दिशा निर्देशलाई पहिल्याउन जरुरी छ । त्यसका लागि जनवादी सांस्कृतिक आन्दोलनको उठान गर्न आवश्यक छ ।

विभिन्न क्षेत्रमा रहेका युवाहरूको आ–आफ्नै प्रकारका समस्याहरू छन् । विद्यार्थी समूह युवाहरूको संगठित, जागरुक, संंघर्षशील समूह हो । तर गरीबिको कारण गरीब र उत्पीडित वर्ग र समुदायका युवाहरुको शैक्षिक संलग्नताको अनुपात अत्यन्त थोरै छ । देशको एउटा ठूलो संख्या दलित र आदिबासी जनजाती युवाहरूको छ । यो समुहका अधिकांश युवाहरु उपेक्षित र उत्पीडित त छदै छन् नै, गरीबिको ठुलो अनुपात पनि यहि समुदायको छ । यसर्थ देशमा सबैभन्दा परिश्रमी तर सबैभन्दा गरीब, अशिक्षित र उपेक्षित युवाहरू पनि यही वर्ग र समुदायमा छन् । यो समस्याको निरन्तरताको कारणले समाज र देशमा उपलब्ध अवसरमा यी युवाहरुले हात धुनु परेको छ । यसले अझ असमान वितरणलाई निरन्तरता दिएको छ । समाजमा उनीहरू अत्यन्त घृणा, अपमान र तिरस्कारको पात्र हुनु परेको छ ।

महिला युवाहरूको स्थिति पनि अत्यन्तै चिन्ताजनक छ । हाम्रो समाजमा नारीहरूमाथि पुरुषको प्रभूत्व र पुरुषहरूप्रति नारीहरूको गुलामीलाई स्वतःसिद्ध मानिन्छ । जन्मदादेखि नै छोरा र छोरीका बीच भेदभाव गर्न थालिन्छ । सम्पत्तिमाथिको असमान अवसरको कारणले ठूलो विभेदको अवस्था महिला र पुरुषमा अझै कायमै छ । चरित्र, चाल–चलन, व्यक्तिगत आचरण, नैतिकता आदि प्रश्नवारे पनि पुरुष र महिलालाई वेग्लै मापदण्डले हेरिन्छ । अझ तेस्रो लिङ्गी मानिसहरुलाई सामान्य मानिसको रुपमा अस्वीकार गर्ने अवस्था छ । यसको अर्थ समाजमा लिङ्गीय भेदभाव र त्यो अनुसारको दृष्टिकोण अपनाउने परम्परा अत्यन्त कायम छ । समाजमा यतिवेला केही जागरुकता देखिएको भएता पनि त्यो पर्याप्त छैन ।

देशका आदिवासी÷जनजाती, अल्पसंख्यक तथा पिछडीएका समुदायमा युवाहरूको समस्या अत्यन्तै नाजुक र पिछडीएको अवस्था छ । उनीहरूमाथि आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक लगायत सबै क्षेत्रमा भेदभाव र असमानता लादिएको छ । वास्तवमा उनीहरूको अवस्थालाई हेर्ने हो भने उनीहरू अत्यन्तै निन्दनीय शोषण र अत्याचारको शिकार भएका छन् ।

त्यस्तै भौगोलिक विकटता र भएका विकास पनि केन्द्रीकृत र असमान वितरण भएकोले पनि युवाहरूले प्राप्त गर्ने अवसर, सुबिधा र सामाजिक अवस्थामा अत्यन्त अन्तर छ । सुगमता र दुर्गमताको कारणले हरेक क्षेत्रमा विभेद र असमानता कायम छ । यसले असमान वितरणलाई अत्यन्त बढवा दिएको छ । दुर्गमताको कारणले सीमित सुविधा र अवसर पनि समान ढंगले उपयोग गर्नबाट उनीहरू बन्चित छन् ।

माथि उल्लेखित तमाम समस्या र असमानताहरुको विरुद्ध र यी कारणले बहुआयमिकरुपमा मानवसमाजमा कलंक र दुष्प्रभाव निम्त्याउन सक्ने भविष्यका चुनौतिलाई पनि मध्येनजर गरेर उनीहरूको जीवनमा सबै सुविधा, विकासमा सबैको अवसर, समानता, स्वतन्त्रता, न्याय र अधिकारको पक्षमा डटेर लड्न र सबैप्रकारका अन्याय, उत्पीडन, नियन्त्रण, भेदभावपूर्ण व्यवहार र दृष्टिकोणको विद्यमानता र निरन्तरतालाई अन्त्य गर्न नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले ठोस र क्रान्तिकारी भुमिका खेल्नु पर्दछ ।

युवाहरूको लागि मानसिक विकास, खेलकुद, स्वास्थ्य, मनोरञ्जन, वैज्ञानिक शिक्षाको सुविधा, स्वास्थ्यमा सबै जनताको सर्वसुलभता, देशभित्रै रोजगारीको अवसर, सभ्य र समुन्नत समाजको निर्माणको निम्ति जनवादी सांस्कृतिक आधारको खोजी, जनमुखी संस्कृतिलाई प्रोत्साहन र विकासमा जोड दिनु अनिवार्य छ । त्यसको लागि युवाहरूको संगठित आन्दोलनको खॉचो छ । त्यो आवश्यकतालाई पूरा गर्न नेपाल युवा कम्युनिस्ट संघ(एकीकृत) ले उचित र शसक्त भूमिका खेल्नु पर्दछ । सम्पुर्ण देशभक्त, जनतान्त्रिक, वामपन्थी तथा क्रान्तिकारी युवा शक्तिहरूलाई गोलवन्द पार्दै आमुल परिवर्तनको दिशामा शसक्त आन्दोलन उठान गर्न निरन्तर सचेतताका साथ लाग्नु पर्दछ ।

माथि उल्लेख गरिएका युवाहरूका समस्याहरू वास्तवमै वेग्लै समस्याहरू होइनन् । ती अन्य शोषित–पीडित मेहनतकस जनताको समस्याहरू समाधान हुदै जाने क्रममा ती र त्यस्ता प्रकारका युवाहरुको समस्या समाधान हुदै जानेछन् । त्यसकारण युवाहरूले युवाहरुको आफ्नो आन्दोलनलाई देशमा चलिरहेको न्याय र मुक्तिको लागि बलिदानीपूर्ण सघर्षका साथ अगाडि बढाउने प्रयत्न गर्नु पर्दछ । जनसंख्याको सबभन्दा ठुलो र सक्रिय अंगका हैसियतले देशका सम्पूर्ण शोषित–पीडित जनता तथा उनीहरूले भोगिरहेका तमाम प्रकारका अन्याय, शोषण, दमन, भेदभाव र असमानताका विरुद्धको संघर्षप्रति युवाहरूको अत्यन्त ठुलो जिम्मेवारी र उत्तरदायित्व हुन्छ । त्यसकारण जनताको हित, आवश्यकता र क्रान्तिको लागि लगातार संघर्ष गर्दै जानु र त्यी आधारभुत वर्ग र समुदायका सघर्षहरूमा साथ दिनु सचेत र संगठित युवाहरूको अन्त्यन्तै महत्वपूर्ण जिम्मेवारी हुन्छ । जनतामा क्रान्तिकारी चेतना ल्याउनु र क्रान्तिको लागि आधार तयार पार्ने काम गर्नु पनि सचेत युवाहरूको उत्तरदायीत्व र कर्तव्य हुनजान्छ । यो कार्य हामीहरू तीन किसिमले गर्न सक्दछौ । प्रथम, जनताको बीचमा क्रान्तिकारी विचारको प्रचार–प्रसार गरेर, द्वितीय, मजदुर र किसान तथा आम आधारभुत वर्ग, समुदाय र न्यायप्रेमी जनतालाई संगठित गरेर, तृतीय, सही विचारका साथ न्याय र मुक्तिको आन्दोलनलाई नया“ जनवादी क्रान्ति, समाजवाद तथा साम्यवादी दिशामा शसक्तरुपले अगाडि बढाएर ।

वर्तमानमा भइरहेको व्यवस्थाले जनताको आधारभुत समस्याको समाधान गर्न सक्दैन । अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक आधार संरचनामा आधारित राज्यसत्ता र त्यस्तै प्रकारको अधिरचनाको निरन्तरतामा बन्ने वा रहने अन्य कुनै पनि अभ्यासको राज्ययन्त्रबाट समतामुलक र सबैको पहु“च भएको राज्यसत्ता बन्न सक्दैन । त्यसकारण अहिले भइरहेको बहुदलीय व्यवस्थाको स्थानमा वा त्यस्तै प्रकारको व्यवस्थाको विकल्पमा नौलो जनवादी व्यवस्था स्थापनाको लागि जोडदार संघर्षलाई अगाडि बढाउन सक्रिय भूमिका खेल्नु सम्पूर्ण क्रान्तिकारी, वामपंथी, प्रगतिशिल, देशभक्त, जनतान्त्रिक र अग्रगामी न्यायप्रेमी युवाहरूको मुल कर्तव्य र आवश्यकता हो । नयॉ जनवादी क्रान्ति सामन्तवादी, दलाल तथा नोकरशाही पू“जीवादी र साम्राज्यवादी विरोधी क्रान्ति हो । त्यसकारण युवाहरुले सामन्तवाद, दलाल तथा नोकरशाही पू“जीवादका साथसाथै विस्तारवाद र साम्राज्यवाद विरोधी आन्दोलनमा विशेष भूमिका खेल्नु पर्दछ र विश्व स्तरमा चलिरहेको विस्तारवाद र साम्राज्यवाद विरोधी आन्दोलनसंग ऐक्यवद्धता कायम गर्नुपर्दछ ।
देशको प्रतिक्रियावादी व्यवस्थाले प्रभुत्ववादी, विस्तारवादी र साम्राज्यवादी व्यवस्थासंग आफ्नै किसिमको सम्वन्ध विस्तार गरेको हुन्छ । त्यसकारण कुनै पनि देशमा नया“ जनवादी क्रान्ति सफल पार्नको लागि हामीले विस्तारवाद र साम्राज्यवादका सबै रूपहरू विरुद्ध साथ साथै शसक्त संघर्ष गर्दै जानु पर्दछ । नेपालको सन्दर्भमा खासगरि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद विरुद्धको सघर्षलाई झन बढी केन्द्र्रीत गर्नु पर्ने अवस्था हुन्छ । हामीले हाम्रो देशमाथि हुने सवै प्रकारका विदेशी शोषण, उत्पीडन, हस्तक्ष्ँेप र सार्वभौमिकता माथि आ“च आउने चलखेलहरु आदिको विरोध गर्नु पर्दछ । साथै विश्वमा हुने साम्राज्यवादी, विस्तारवादी तथा प्रभुत्ववादी नीतिको पनि विरोध गर्नु पर्दछ । साम्राज्यवाद, विस्तारवाद र सवै प्रकारका प्रतिक्रियावाद विरुद्ध संसार भरिका क्रान्तिकारी जनताले संचालन गरेका क्रान्तिकारी सघर्षहरूको समर्थन गर्दै त्यी सघर्षहरूसंग ऐक्यवद्धता कायम राखि त्यसप्रकारका क्रान्तिकारी आन्दोलनहरूसंग सम्वन्ध र सहयोग जारी राख्नु पर्दछ । यसरी नेपाल र विश्वभरी चलिरहेका क्रान्तिकारी आन्दोलहरूको बीचमा सच्चा क्रान्तिकारी एकता र ध्रुविकरण अगाडि बढ्ने छ । देशका युवाहरूलाई सच्चा देशभक्ति तथा क्रान्तिकारी अन्तर्राष्ट्रियवादको भावना बढाउने प्रयत्न गर्नु पर्दछ ।

सही क्रान्तिकारी युवा आन्दोलन अगाडि बढिरहदा क्रान्ति विरोधि शक्तिहरूले अनेक प्रकारका गलत विचार र भ्रमहरू फैलाएर युवाहरूलाई सही क्रान्तिकारी दिशातिर बढ्नलाई रोक्ने र अलमल्याउने प्रयास गर्दछन । त्यस्त्ँो बेलामा मुख्य त दुई प्रवृतिहरु क्रान्तिका बाधक बनेर देखा पर्दछन्, प्रथम, प्रतिक्रियावादी, दोश्रो, अवसरवादी । हाम्रो देशको क्रान्तिकारी आन्दोलनको सन्दर्भमा पनि यी समस्याहरू विद्यमान छन् । प्रतिक्रियावादी तत्वहरूले एकातिर युवाहरूलाई विभिन्न ढंगले दिग्भ्रमित पार्ने काम गरिरहेका छन् भने अर्कोतिर दक्षिणपन्थी, उग्रवामपन्थी, मध्यपन्थी प्रवृति र विभिन्न खाले अवसरवादी प्रवृतिहरूले पनि यो काम लगातार गरिरहेका छन् । यी सवै प्रकारका अवसरवाद क्रान्ति विरोधी हुन् । त्यसैले यसको विरुद्ध जोडदार र व्यवस्थित संघर्ष संचालन गर्नु क्रान्तिकारी युवा संगठनको नैतिक र व्यवहारिक दायित्व हो ।

नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले मुलतः नेपालका शोषित–पीडित, सीमान्तकृत समुदाय र सर्वहारावर्गका युवाहरूलाई संगठित गर्नको लागि पूरा प्रयत्न गर्नु पर्दछ । नेपाल कृषि प्रधान देश भएकोले जनसंख्याको ठूलो र मुख्य भाग किसानहरूको नै छ । त्यसकारण ग्रामिण किसान युवाहरूलाई संगठित गर्ने कार्यमा प्राथमिक महत्व दिनु पर्दछ । मजदुरहरूको संख्या हाम्रो देशमा कम भएता पनि यो उदयमान र क्रान्तिकारी वर्ग हो । त्यसकारण मजदुर युवाहरूलाई संगठनमा बढि महत्वका साथ संगठित गर्नु पर्दछ । आधारभुत वर्गका मजदुर र किसान युवाहरूलाई क्रान्तिकारी आन्दोलन उठान गर्न युवा संगठनको मुख्य कार्य क्षेत्र बनाउनु पर्दछ । आधारभुत वर्गका मजदुर र किसान बाहेक न्यायप्रेमी विद्यार्थी, महिला र बुद्धिजिवीहरूलाई पनि बढि भन्दा बढि संगठित गर्ने प्रयत्न गर्नु पर्दछ । किनभने क्रान्तिकारी आन्दोलनका संवाहकहरु नै यहि वर्ग र समुदायका हुन्छन् । त्यसैले उनीहरूलाई यहि आधारमा बढिभन्दा बढि संगठित गर्ने प्रयत्न गर्नु पर्दछ । यसको अर्थ सवैलाई खुल्ला प्रवेश दिनुृ अवश्य होइन । प्रतिक्रान्तिकारीहरू, दुस्मनका एजेन्टहरु र अवसरवादीहरू संगठनमा घुस्न नपाउ“न भन्नका लागि अत्यन्त सतर्क र सचेत रहनु पर्दछ ।
युवा संगठन मुलत एउटा सामाजिक संगठन बनाउनु पर्दछ र यस्ता संगठनहरुले कम्युनिजमको आर्दश वा माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ्ग विचारधारालाई घोषित रूपमा अपनाउनु हुन्न भन्ने विचार पनि राजनीतिक आन्दोलनमा देखा पर्ने गरेको छ वा परेका छन् । यो प्रकारको सोचाइ मुलत समाजवाद तथा साम्यवाद र पु‘जीवादलाई समान दृष्टिकोणले हेर्ने वा दुवैप्रति तटस्थ रहने गलत सोचाइका रूपमा अगाडि आएको पाइन्छ । तर समाजवाद र पू“जीवाद तथा क्रान्तिकारी र प्रतिक्रान्तिकारी राजनीतिक सिद्धान्तका बीच भारी अन्तर हुन्छ । शोषित र मेहनतकस जनताको व्यापक हितहरूको प्रतिनिधित्व गर्ने तथा उनीहरूका विरुद्ध प्रतिक्रियावादी स्वार्थहरूको प्रतिनिधित्व गर्ने परस्पर विरोधी सिद्धान्त र व्यवस्थाहरूलाई समान ठान्ने वा उनीहरूको बीचमा तटस्थ रहने विचारहरूलाई पनि क्रान्तिकारी युवाहरूले दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ र जनताको व्यापक हितलाई प्रतिनिधित्व गर्ने विचार, व्यवस्था वा आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्नु पर्दछ ।

नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को अगाडि मुख्य तीन प्रकारका जिम्मेवारी छन । प्रथम, देशका आम युवाहरूले आधारभुत मौलिक हक र अधिकारहरु निर्बाध प्रयोग गर्न पाउने वातावरण सृजना गर्न संघर्ष गर्नु, द्धीतिय, शोषित– पीडित र विपन्न वर्गका जनताले भोगिरहेका अन्याय, असमानता, वर्गीय उत्पीडन, भेदभाव र शोषणको पूर्णरुपमा उन्मुलन गर्नको लागि निर्मम संघर्ष र समाजमा रहेका अन्य अमानवीय संस्कार, परम्परा तथा मुल्यमान्यताहरुलाई क्रमश निषेधिकरण गर्न समाजिक चेतनाको अभिवृदि गर्दै जानु, तृतीय, उपरोक्त दुवै उदेश्य पूरा गर्नको लागि विशाल संख्यामा क्रान्तिकारी कार्यकर्ताहरू तयार पार्दै नया“ जनवाद, समाजवाद र साम्यवादको स्थापनाको दिशामा अगाडि बढ्नु । उक्त कार्यको लागि निर्णायक र महत्वपूर्ण तत्व ठिक नीति र कार्यनीतिको सफल प्रयोग नै हो । त्यसकारण नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले व्यवहारिक रुपले नै संघर्षसिल र अनुशासित कार्यकर्ता निमार्णको प्राथमिक कार्यलाई केन्द्रविन्दुमा राख्दै युवा आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।

व्यापक कार्यकर्ता निमार्ण र क्रान्तिकारी युवा आन्दोलनको उठान सगै निम्न कार्यलाई ध्यान दिनु पर्दछ । प्रथम, उनीहरूको अध्ययन र राजनीतिक चेतनाको स्तर माथि उठाउन प्रयत्न गर्नुपर्दछ । दोश्रो, उनीहरूलाई व्यापक प्रशिक्षण र शारीरिक तालिमको व्यवस्था गर्नु पर्दछ । यी उदेश्यहरु पूरा गर्नको लागि पुस्तकालय, वाचनालय आदीको स्थापना गर्नु पर्दछ । क्रान्तिकारी आन्दोलनमा युवाहरूलाई उपयोगी हुने प्रकारका पत्र–पत्रिका आदीको प्रकाशनमा जोड दिनु, विभिन्न स्तरका सैद्धान्तिक प्रशिक्षण, जनताप्रति उत्तरदायी सामाजिक काम तथा श्रम शिविरहरूको आयोजना गर्नु पर्दछ । अन्तर्राष्ट्रिय स्तरको क्रान्तिकारी आन्दोलनबाट प्राप्त शिक्षालाई युवाहरूको वृतमा व्यापक प्रशिक्ष्ँित गर्नु पर्दछ । अन्तर्राष्ट्रिय क्रान्तिकारी साहित्य, विभिन्न देशका जनताहरूको क्रान्तिको इतिहास र क्रान्तिकारी योद्धाहरूको जीवनीहरूको अध्ययनमा जोड दिनु पर्दछ । त्यसप्रकारको चेतना र तालिमको लागि सवै भन्दा आवश्यक र महत्वपूर्ण कुरा उनीहरूलाई युवा संघको सामुहिक, अनुशासित, संगठनात्मक गतिविधि, जुझारु युवा आन्दोलन र संघर्षहरूमा खार्नु नै हो । यसरी खारिएर नै उनीहरू आफ्नो महान जिम्मेवारी पूरा गर्नको लागि योग्य, समर्थ र सकृय बन्दै जानेछन् । यसको निम्ति नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले व्यापक पहल र गतिशिलतालाई बढाउनु पर्दछ ।







नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) विधान


परिच्छेद १
प्रस्तावना
नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधारालाई पथ प्रदर्शक सिद्धान्त स्वीकार गर्ने सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा क्रान्तिकारी युवाहरुको प्रतिनिधित्व गर्ने जुझारु र अनुशासित संगठन हो । यो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) को सहायक संगठन हो । नेपालका वहुसंख्यक युवाहरु किसान, मजदुर जस्ता श्रमिक वर्ग तथा शोषित–उत्पीडित समुदायका नै छन् । देशका अधिकांश युवाहरु अनेक प्रकारका शोषण, दमन र उत्पीडनबाट ग्रसित छन् । ति सबै प्रकारका शोषण, दमन र उत्पीडनबाट मुक्ति हुन र समाजलाई मुक्त गराउनका लागि युवाहरु नै सबैभन्दा क्रियाशिल हुन्छन् । तर अनेक प्रकारका अन्धविश्वास, कुरीति, सामन्ती तथा साम्राज्यवादी संस्कृति र चिन्तनको प्रभावले गर्दा सबै प्रकारको शोषण, दमन र उत्पीडनबाट मुक्ति चॉहदाचॉहदै पनि युवाहरुले सही दिशा लिने कुरामा अन्यौलता कायम छ । निराशा र कुण्ठाले गर्दा कयौं युवाहरु अनेक प्रकारका कुलत र विकृतिको शिकार भइरहेका छन् । यि र यस्ता प्रकारका समस्याहरुबाट मुक्त हुन सामन्तवादी र नोकरशाही तथा दलाल बुर्जुवा पू“जीवादी व्यवस्थाबाट संभव छैन । यस प्रकारको स्थितिबाट मुक्त गर्न माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधाराको बैज्ञानिक सिद्धान्तको आधारमा युवाहरुलाई चेतनशिल बनाउदै र संगठित गर्दै नया“ जनवादी क्रान्ति सम्पन्न गरेर त्यसप्रकारको राज्यसत्ता स्थापना गरि समाजवादी तथा साम्यवादी मानव सभ्यताको निर्माण र स्थापना पश्चात मात्र आम जनताका आधारभुत आवश्यकताहरु पुरा हुदै जान्छन् र वर्गीय भेदभावबाट जन्मिएका सबै प्रकारका असमानता र उत्पीडन पनि निर्मुल भएर जान्छन् भन्ने समाजिक क्रान्तिको वास्तविक सत्यको बोध गराउन आवश्यक छ । सामन्तवाद, विस्तारवाद, प्रभूत्ववाद, साम्राज्यवाद तथा सबै खाले प्रतिक्रियावादको विरुद्ध संघर्ष गर्नु, नयॉ जनवादी क्रान्तिको पक्षमा भूमिका खेल्नु, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि संघर्ष गर्नु, बैज्ञानिक समाजवादी र साम्यवादी राज्यसत्ताको निर्माण र स्थापनाको लागि निरन्तर संघर्षरत रहनु, दक्षिणपन्थी, उग्रवामपन्थी, मध्यपन्थी अवसरवाद लगायत सबैखाले अवसरवादको विरुद्ध निर्मम संघर्ष गर्नु, सर्वहारा संस्कृतिको विकास र आर्थिक तथा सामाजिक रुपान्तरणको पक्षमा क्रियाशिल हुनु नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को प्रमुख उद्देश्य हुनेछ ।
धारा १ नाम ः–
यो संगठनको नाम नेपालीमा नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) हुनेछ । अंग्रेजीमा ऋयmmगलष्कत थ्यगतज ीभबनगभ, ल्भउब ि(ग्लषष्भम) रहनेछ । संक्षिप्तमा यसलाई ऋथ्ील् (ग्लषष्भम) भनिने छ ।
धारा २ परिभाषा ः
क) विधान भन्नाले नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को विधान बुझ्नुपर्दछ ।
ख) संगठन भन्नाले नेपाल युवा कम्युनिस्ट संघ (एकीकत) भन्ने बुझ्नुपर्दछ ।
ग) अधिवेशन भन्नाले नेपाल युवा कम्युनिस्ट (एकीकृत) को राष्ट्रिय, प्रादेशिक, जिल्ला, इलाका, नगर, गाउ‘, शाखा, वाड, टोलका अधिवेशनलाई जनाउ‘छ ।
धारा ३. झण्डा ः–
यस संगठनको झण्डा अनुसुची १ अनुसार हुनेछ ।
धारा ४. छाप ः–
यस संगठनको छाप अनुसुची २ अनुसार हुनेछ ।
परिच्छेद २
धारा ५ उद्देश्य ः–
नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को उद्देश्य निम्नानुसार हुनेछ ः
१) युवाहरुको हक, हित र अधिकारको लागि क्रियाशील रहनु ।
२) युवाहरुलाई गॉस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारी, मानसिक तथा शारीरिक विकासका लागि अवसर दिलाउन संघर्ष गर्नु ।
३) समाजमा भैरहेका सबै प्रकारका अन्याय, अत्याचार, भ्रष्टाचार, महंगी, शोषण उत्पीडन र दमनका विरुद्ध संघर्ष गर्नु ।
४) समाजमा प्रचलित धर्म, अन्धविश्वास, रुढीवाद, कुरीति, अछूतप्रथा, जातिवाद, साम्प्रदायिकता, अनमेल विवाह, वहुविवाह, वालविवाह, दुब्र्यसन आदिका विरुद्ध युवाहरुलाई परिचालन गर्नु ।
५) सामन्तवादी, विकृत पू‘जीवादी, साम्राज्यवादी छा“डा, उपभोगवादी र शोषणकारी संस्कृतिको विरुद्ध विशेष अभियानहरु संचालन गर्दै जनवादी संस्कृतिको पक्षमा अभियान संचालन गर्नु ।
६) महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक जाति, पिछडिएका जनजातिहरु, उत्पीडित वर्ग र क्षेत्रका समुदायका युवाहरुमाथि भएका अन्याय अत्याचार, उत्पीडन, दमन, स्वेच्छाचारिता तथा उनीहरुप्रतिका भेदभावपूर्ण व्यवहारलाई समाप्त गरी उनीहरुलाई समाजमा समान तथा न्यायोचित स्थान र अवसर दिलाउन संघर्ष गर्नु ।
७) युवाहरुको शारीरिक तथा मानसिक विकास, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका लागि पुस्तकालय, वाचनालय, खेलकुद केन्द्र, शारीरिक तथा सांस्कृतिक केन्द्रहरु स्थापनाको लागि पहल र संघर्ष गर्नु ।
८) सम्पूर्ण युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन संघर्षमा जोड दिंदै युवाहरुलाई विदेश पलायन गराउने सरकारी नीतिको विरोध, भण्डाफोर र त्यस विरुद्ध संघर्ष गर्नु ।
९) देशको भौगोलिक अखण्डता, अक्षुण्णता, सार्वभौमिकता र राष्ट्रियताको संरक्षणको पक्षमा संघर्ष गर्नु ।
१०) युवाहरुलाई सामन्तवाद, दलाल तथा नोकरशाही पू‘जीवादको शोषणको विरोधमा सचेत र संगठित तुल्याउदै संघर्षमा उत्रन प्रेरित गर्नु ।
११) देशको प्राकृतिक स्रोत र साधनका रक्षार्थ युवाहरुलाई दृढतापूर्वक परिचालन गर्न जोड दिनु ।
१२) देशका शोषित, पीडित, श्रमजीवि वर्ग, पेशा, तह र तप्काका जनसमुदायले आ–आफ्नो हक र अधिकारको लागि संचालन गरेका संघर्षलाई दृढ समर्थन र सहयोग गर्नु ।
१३) जाति, भाषा, भूगोल, धर्म, पेशा, रङ्ग, लिङ्गका आधारमा गरिने सम्पूर्ण भेदभाव र असमानता अन्त्यको लागि निरन्तर संघर्ष गर्दै पूर्ण समानताको पक्षमा दृढतापूर्वक लाग्नु ।
१४) शोषित–उत्पीडित र मेहनतकस जनताका हक–हित, अधिकार, आदिका लागि संघर्ष गर्न जोड दिनु र त्यस प्रकारका संघर्षमा सहयोग गर्नु ।
१५) विदेशमा रहेका नेपाली युवाको हक, अधिकार र कल्याणको लागि आवाज बुलन्द पार्दै संघर्ष गर्नु ।
१६) सामन्तवाद, विस्तारवाद, साम्राज्यवाद विरुद्धको संघर्षलाई तेज पार्दै अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती व्यवस्थाको विरुद्ध नयॉ जनवादी क्रान्तिको आधार तयार पार्न बढी भन्दा बढी योगदान दिनु ।
१७) युवाहरुमा सर्वहारा वैज्ञानिक दृष्टिकोण र चेतना बढाउन प्रयत्न गर्दै नयॉ जनवाद, समाजवाद र साम्यवादको पक्षमा व्यापक जनमत तयार पार्नु ।
१८) मजदुर र किसानहरुको वर्ग संघर्षसित घनिष्ट सम्बन्ध कायम गर्नु ।
१९) नेपालका सबै वामपन्थी, जनतान्त्रिक र देशभक्त तथा क्रान्तिकारी युवाहरुसंग सहकार्य, संयुक्तमोर्चा, व्यापक एकता कायम गर्ने प्रयत्न गर्नु ।
२०) सबै प्रकारका राष्ट्रिय वा अन्तर्राष्ट्रिय संशोधनवादी, दक्षिणपन्थी, उग्रवामपन्थी, मध्येपन्थी अवसरवादी विचारहरुको विरोध, खण्डन, आलोचना, भण्डाफोर र संघर्षमा जोड दिनु ।
२१) संसार भरी चलिरहेका साम्राज्यवाद, विस्तारवाद र सबै प्रकारका प्रतिक्रियावादका विरुद्धमा हुने क्रान्तिकारी संघर्षहरुको समर्थन र सहयोग गर्नु ।
२२) संसार भरीका प्रगतिशील र वामपन्थी युवा संगठनहरुसंग भाइचारा सम्बन्ध कायम राख्न प्रयत्न गर्नु ।
२३) माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ्ग विचारधाराको व्यापक प्रचार गर्नु र युवाहरुलाई त्यसद्वारा शिक्षित पार्न प्रयत्न गर्नु ।
२४) संगठनलाई जुझारु, क्रान्तिकारी, अनुशासित र मेलिटेन्ट बनाउन विशेष कार्यक्रमहरु संचालन गर्नु ।
परिच्छेद ३
धारा ६ सदस्यता ः–
१) माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ्ग विचारधारा तथा यस संगठनको घोषणा पत्र, उद्देश्य, विधान, नीति, निर्णय र कार्यक्रमलाई विनाशर्त मान्ने र इमान्दारीपूर्वक कार्यान्वयन गर्न तयार हुने १६ देखि ४० वर्षसम्मका युवाहरु संगठनको सदस्य बन्न सक्नेछ ।
२) सदस्य बन्नका लागि निर्धारित नमुना बमोजिम उम्मेद्धवार फारम भरेर दरखास्त दिनु पर्नेछ । सदस्य ३ किसिमका हुनेछन् ः क) आवद्ध सदस्य ख) उम्मेद्धवार सदस्य ग) पूर्ण सदस्य ।
३) स्थानीय समिति वा समितिले जिम्मा दिएको आवद्ध सदस्यले उम्मेद्धवार सदस्यका लागि आवेदन लिन सक्नेछन् । उम्मेद्धवार सदस्य र पूर्ण सदस्यहरु संगठनको कुनै न कुनै समितिमा आवद्ध हुनु पर्नेछ ।
४) आवद्धता पत्र लिएको सदस्यलाई उम्मेद्धवार सदस्यता फारम भराइनेछ । उम्मेद्धवार सदस्यता फारम भरेको ६ महीनाभित्र जिल्ला समितिले छानवीन गरी पूर्ण सदस्यता दिन सक्नेछ । पूर्ण सदस्यताको लागि एरिया वा तल्ला समितिले सिफारिस गर्न सक्नेछन् ।
५) युवा संघको उद्देश्य वा नीतिसंग सीधै विरोध नभएका अन्य जनवर्गीय संगठनका सदस्यहरु पनि निर्धारित मापदण्ड पूरा गरी संगठनको सदस्य बन्न सक्नेछन् ।
६) सम्पूर्ण सदस्यले प्रवेश शुल्क रु ५ र मासिक सदस्यता शुल्क न्युनतम रु ५ दिनु पर्नेछ । तर आवद्ध सदस्यले मासिक शुल्क तिर्न अनिवार्य हुनेछैन ।
७) प्रत्येक १÷१ वर्षमा सदस्यता नवीकरण गर्दै जानु पर्नेछ ।
८) सदस्यता सम्बन्धी विवाद आएमा माथिल्लो समितिबाट हल गरिनेछ ।
९) नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) वाहेक अन्य क्रान्तिकारी युवा संगठनमा रही संगठनको सदस्यता पाएका व्यक्तिहरुले सदस्यता अविछिन्न राखेर संगठनमा प्रवेश गरेमा वा संगठन एकीकरण भएमा उनीहरुको पहिले देखिकै सदस्यता कायम राख्न सकिनेछ । तर तोकिएको अनुसारको ढा“चामा सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।
१०) सदस्यता प्राप्त गरेपछि सदस्यहरुले अनुसुचि ३ अनुसार सफथ ग्रहण लिनुपर्नेछ ।
धारँ ७. सदस्यता समाप्त हुने अवस्था ः–
१) राजीनामा स्वीकृत भएमा,
२) उचित कारणविना लगातार ६ महिनासम्म संगठनको कुनै पनि जिम्मेवारी नलिइ निष्क्रिय रहेमा,
३) सुचित गराउदा पनि ६ महीनासम्म मासिक सदस्यता शुल्क नबुझाएमा,
४)ं सदस्यता खारेज हुने गरी अनुशासनको कारवाही भएमा,
५) संगठनको चलअचल सम्पत्तिको हिनामिना गरेको प्रमाणित भएर पनि गल्तिप्रति आत्मालोचना नगरेमा वा त्यस्तो सम्पत्ति फिर्ता गर्न आनाकानि गरेमा,
६) संगठनको मूल्य, मान्यता, आन्दोलन, उद्देश्य र विधान विपरित गतिविधि गरेमा र समानान्तर संगठनमा लागेमा,
परिच्छेद ४
धारा ८. संगठनको ढॉचा
संगठनको ढॉचा दुई तहमा बाडिनेछ क) केन्द्रीय, ख) स्थानीय
धारा ९. संगठनका केन्द्रीय निकायहरु निम्न अनुसार हुनेछन् ः
१) राष्ट्रिय अधिवेशन
२) केन्द्रीय समिति
३) केन्द्रीय परिषद
४) केन्द्रीय सल्लाहकार समिति
धारा १०. राष्ट्रिय अधिवेशन
१) राष्ट्रिय अधिवेशन संगठनको सर्वोच्च अंग हुनेछ ।
२) राष्ट्रिय अधिवेशनको आयोजना केन्द्रीय समितिले सामान्य प्रत्येक ४ वर्षमा गर्नेछ । विशेष अवस्थामा केन्द्रीय समितिको निर्णय वमोजिम अघि वा पछि सार्न सकिनेछ ।
३) राष्ट्रिय अधिवेशनले संगठनको विधान, कार्यक्रम तथा अन्य आवश्यक दस्तावेजहरु पारित गर्नेछ ।
४) राष्ट्रिय अधिवेशनले केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।
५) राष्ट्रिय अधिवेशनको निम्ति प्रतिनिधि, पर्यवेक्षक, अतिथि, दर्शकहरुको छनौट केन्द्रीय समितिले निर्धारण गरेको मापदण्ड बमोजिम हुनेछ । यस्तो मापदण्ड निर्धारण गर्दा महिला, दलित, तराईवासी, जनजाति र पिछडिएको क्षेत्र र समुदायको प्रतिनिधित्वको विशेष व्यवस्था गर्न सक्नेछ ।
धारा ११. केन्द्रीय समिति
१) केन्द्रीय समिति दुई राष्ट्रिय अधिवेशनका बीचमा संगठनको नीति कार्यान्वयन गर्ने सर्वोच्च कार्यकारी निकाय हुनेछ ।
२) केन्द्रीय समितिको सदस्य संख्या अधिवेशनले निर्धारण गरे अनुसार हुनेछ ।
३ं) केन्द्रीय समितिमा पूर्ण तथा वैकल्पिक गरी दुई प्रकारका सदस्य हुन सक्नेछ ।
४) केन्द्रीय समितिको सदस्य बन्न आवश्यक पर्ने मापदण्ड राष्ट्रिय अधिवेशनले तय गरे अनुसार हुनेछ ।
धारा १२. केन्द्रीय परिषद
१) केन्द्रीय परिषदको गठन निम्नअनुसार हुनेछ ।
क) केन्द्रीय समितिका सदस्यहरु ।
ख) केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु ।
ग) केन्द्रीय विभागका सदस्यहरु ।
घ) केन्द्रीय संगठकहरु ।
ङ) प्रादेशिक समितिका सदस्यहरु ।
च) जिल्ला समितिका अध्यक्षहरु ।
धारा १३ केन्द्रीय सल्लाहकार समिति
केन्द्रीय समितिले आप्mनो सदस्य संख्याको एक चौथाई भन्दा बढी नहुने गरी सल्लाहकार समितिको गठन गर्नेछ ।
धारा १४. संगठनका स्थानीय निकायहरु
क) प्रादेशिक निकायहरु ख) जिल्ला निकायहरु ग) एरिया÷नगर÷गाउ‘÷वडा निकायहरु
१४.क.१) प्रादेशिक अधिवेशन ।
प्रादेशिक अधिवेशनमा प्रदेश अन्तरगत रहेका जिल्लाहरुबाट सदस्य संख्याको आधारमा निर्वाचित भएर आएका प्रतिनिधिहरु हुनेछन् । यो प्रदेश स्तरको सर्वोच्च निकाय हुनेछ ।
१४. क. २) प्रादेशिक समिति ।
क) प्रादेशिक समितिको गठन प्रादेशिक अधिवेशनद्वारा निर्वाचित भएका सदस्यहरुबाट हुनेछ ।
ख) केन्द्रीय समितिको निर्णयहरु कार्यान्वयन गर्नु, आफ्नो कार्यक्षेत्र भित्रका जिल्ला समितिहरुमा कामको नेतृत्व तथा अनुगमन गर्नु यसको मुख्य काम हुनेछ ।
ग) प्रादेशिक समितिको सदस्य संख्या प्रादेशिक अधिवेशनले तोके अनुसार हुनेछ ।
घ) प्रादेशिक समितिको इन्चार्ज केन्द्रीय समितिले तोकेको केन्द्रीय सदस्य हुनेछ ।
१४. क. ३) प्रादेशिक सल्लाहकार समिति ।
प्रादेशिक समितिले आप्mनो सदस्य संख्याको एक चौथाइ भन्दा बढी नहुने गरी प्रादेशिक सल्लाहकार समितिको गठन गर्नेछ ।
१४. ख) जिल्ला निकायहरु ः
१४. ख. १) जिल्ला अधिवेशन ः जिल्ला भरिका सदस्यहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिबाट जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवशेनको प्रतिनिधि छनौट प्रक्रिया जिल्ला समितिले गर्नेछ ।
१४. ख. २) जिल्ला समिति ः
क) जिल्ला अधिवेशनद्वारा जिल्ला समितिको निर्वाचन हुनेछ ।
ख) देशभित्र सामान्यत प्रशासनिक जिल्लालाई आधार मानी जिल्ला समिति गठन गरिनेछ ।
ग) जिल्ला समितिको सदस्य संख्या जिल्ला अधिवेशनले निर्धारण गरे अनुसार हुनेछ ।
घ) जिल्ला समितिमा पूर्ण वा वैकल्पिक सदस्यहरु रहन सक्नेछन् ।
ङ) जिल्ला समितिले कामलाई सजिलो पार्न जिल्लालाई विभिन्न एरियामा विभाजन गरी कार्य संचालन गर्न सक्नेछ ।
च) आफ्नो तहको कार्यालय खोली संचालन गर्नेछ । कामको नियमित रिपोर्ट माथिल्लो समितिमा पठाउने छ ।
१४. ख. ३) जिल्ला सल्लाहकार समिति ः जिल्ला समितिले एक चौथाइमा बढी नहुने गरी जिल्ला सल्लाहकार समिति गठन गर्न सक्नेछ ।
१४.ग.१) एरिया÷इलाका समिति
क) जिल्ला समितिले तोके अनुसारका एरिया÷ इलाका अन्तरगतका गाउ‘ समितिहरु, शाखा समितिहरुको अधिवेशनले इलाका समिति गठन गर्नेछ ।
ख) जिल्ला समितिका सदस्य एरिया÷इलाका समितिको इन्चार्ज रहने छ ।
ग) केन्द्रीय नीति निर्णय तथा विधान अनुसार आफ्नो इलाका÷एरिया भित्रका गाउ‘ समिति, शाखा समिति तथा इकाई समितिहरुलाई कामको समन्वय गर्नेछ र तिनलाई नेतृत्व प्रदान गर्नेछ ।
घ) यसले जिल्ला समितिको निर्णयहरुलाई कार्यान्वयन गर्ने र गराउने छ ।
ङ) यसले आफ्नो तहको कार्यालय खोली संचालन गर्न सक्नेछ ।
च) आफ्नो तहको संगठनात्मक कामको रिपोर्ट अनिवार्यरुपमा जिल्ला समितिमा पठाउने छ ।
१४.ग.२) नगर÷गाउ‘÷वडा समिति
क) उपल्लो समितिले ठेगान गरेअनुरुपको क्षेत्रलाई मानी संगठनको यी तहहरु संचालन हुनेछ ।
ख) एरिया समितिले यसको इन्चार्ज तोक्नेछ । नगर, गाउ“, वडा समितिको इन्चार्ज सोझै जिल्लाले तोक्न पनि सक्नेछ ।
ग) आ–आफ्नो तहको कार्यालय खोली संचालन गर्न सक्नेछ ।
घ) आफ्नो कामको नियमित रिपोर्ट उपल्लो समितिलाई पठाउने छ ।
ङ) उपल्लो समितिको निर्णयलाई कार्यान्वयन गर्ने र गराउने छ ।
च) समितिहरुको संख्या सम्बन्धित तहको अधिवेशनले तोके वमोजिम हुनेछ ।
परिच्छेद ५
काम, कर्तव्य र अधिकार
धारँ १५. केन्द्रीय समितिको काम कर्तव्य र अधिकार
१) राष्ट्रिय अधिवेशनको आयोजना गर्ने,
२) केन्द्रीय परिषदको बैठक बोलाउने,
३) आफु मध्येवाट एक तिहाई भन्दा बढी नहुने गरी सचिवालयको गठन गर्ने,
४) आफु मध्येवाट अध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १ को निर्वाचन गर्ने,
५) यसले संगठनको राष्ट्रिय अधिवेशनद्वारा पारित नीति, निर्णय र कार्यक्रमलाई कार्यान्वयन गर्ने÷गराउने र मातहतका सम्पूर्ण समितिहरुको नेतृत्व प्रदान गर्ने,
६) अधिवेशनप्रति उत्तरदायी हुने गरी नयॉ परिवर्तित र विकसित सन्दर्भमा नीति निर्माण गर्न सक्नेछ,
७) अन्य युवा संगठनसंग राजनीतिक सम्बन्ध कायम गर्ने, सहकार्य गर्ने, कार्यगत एकता गर्ने, मोर्चा निर्माण गर्ने काम गर्न सक्नेछ,
८) आफ्नो कार्यसम्पादनको निम्ति आवश्यक विभागहरु गठन गर्न सक्नेछ,
९) विभागहरुको काम, कर्तव्य र अधिकार केन्द्रीय ससिमतिले तोके वमोजिम हुनेछ,
१०)केन्द्रीय काममा संलग्न गराउन निश्चित मापदण्ड वनाएर केन्द्रीय परिषदका सम्पूर्ण पदेन सदस्य संख्याको १० प्रतिशत नबढाई केन्द्रीय संगठकहरु मनोनयन गर्नेछ,
११) केन्द्रीय सदस्यहरुको जिम्मेवारी निर्धारण गर्नेछ,
१२) बढीमा १÷४ जनासम्मको केन्द्रीय सल्लाहकारहरु मनोनयन गर्न सक्नेछ, केन्द्रीय सल्लाहकारहरुको मर्यादाक्रम केन्द्रीय सदस्य सरह हुनेछ, केन्द्रीय समितिले सल्लाहकारहरुको काम, कर्तव्य र अधिकारको निर्धारण गर्नेछ,
१३) विदेशी भाईचारा युवा संगठनसंग सम्बन्ध विकास गर्नेछ,
१४) केन्द्रीय संगठकहरुलाई आवश्यकता अनुसार केन्द्रीय समितिको वैठकमा आमन्त्रित गर्न सक्नेछ,
१५) आफ्नो कामको लागि केन्द्रीय कार्यालय निर्णय अनुसार तोकिएको स्थानमा संचालन गर्ने व्यवस्था मिलाउने छ,
१६) कामलाई सहज र सरलीकरण गर्न सचिवालयभित्र पनि कार्यालयको गठन गर्न सक्नेछ,
धारा १६. सचिवालयको काम, कर्तव्य र अधिकार
१) सचिवालय केन्द्रीय समितिप्रति उत्तरदायी हुनेछ ।
२) सचिवालयको वैठकको अध्यक्षता अध्यक्षले गर्नेछ ।
३) केन्द्रीय समितिको निर्णयहरु उल्ट्याउने गरी सचिवालयले कुनै पनि निर्णय गर्न पाउने छैन ।
४) केन्द्रीय समितिको वैठक नबसिरहेको अवस्थामा केन्द्रीय समितिले गर्ने काम सचिवालयले गर्नेछ । सचिवालयले गरेको सम्पूर्ण काम र निर्णयको केन्द्रीय समितिमा अनुमोदन गराउनु पर्नेछ ।
धारा १७ .
क) अध्यक्षको काम, कर्तव्य र अधिकार
१) केन्द्रीय परिषद, केन्द्रीय समिति र सचिवालयको वैठकको अध्यक्षता गर्ने
२) समितिका सदस्यहरुको कामको अनुगमन, मूल्यांकन र आवश्यक निर्देशन गर्ने, ३) वैठकहरुमा राजनीतिक प्रतिवेदन तयार गरी पेश गर्ने ।
४) राष्ट्रिय अधिवेशन, केन्द्रीय समिति, सचिवालय, केन्द्रीय परिषदका नीति निर्णयको कार्यान्वयनमा संगठनको नेतृत्व प्रदान गर्ने, ५) महासचिवलाई वैठक वोलाउन सल्लाह दिने ।
६) पक्ष र विपक्षमा बराबर मत भए निर्णायक मत दिने ।
७) संगठनको कामको निरीक्षण र अनुगमन गर्ने
ख) उपाध्यक्षको काम, कर्तव्य र अधिकार
१) अध्यक्षको काममा सहयोग पु¥याउने ।
२) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कामहरु गर्ने ।
३) एक भन्दा बढी उपाध्यक्षहरु भएमा क्रम अनुसार गर्ने गरँउने ।
ग) महासचिवको काम, कर्तव्य र अधिकार
१) अध्यक्षको निर्देशन र सल्लाह अनुसार बैठक बोलाउने ।
२) बैठकमा पेश गर्ने प्रतिवेदन तयार पार्ने ।
३) बैठकले गरेका निर्णयहरुको तल्ला समितिहरुलाई परिपत्र गर्ने ।
४) समितिको सम्पूर्ण कागजातहरु एवं आन्तरिक प्रशासनिक कार्यहरु संचालन गर्ने÷गराउने ।
५) समितिको चल÷अचल सम्पत्ति व्यवस्थित गर्ने र सुरक्षित राख्ने ।
६) अध्यक्षको निर्देशन र सल्लाह अनुसार कार्यालयको दैनिक कार्य गर्ने गराउने ।
घ) सचिवको काम, कर्तव्य र अधिकार
१) महासचिवको काममा सहयोग पु¥याउने ।
२) महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने भनिएका सम्पूर्ण कामहरु गर्ने÷ गराउने ।
ङ) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार
१) केन्द्रीय समितिको निर्णय र अध्यक्षको निर्देशन अनुसार संगठनको कोषलाई व्यवस्थित गर्ने
२) कोष ब्यवस्थापन गर्न आवश्यक योजना र कार्यक्रमको आवधिक प्रतिवेदन समितिमा पेश गर्ने
३) समितिको नियमित वैठक, अधिवेशन र परिषदको वैठकमा आय–व्ययको प्रतिवेदन प्रस्तुत गर्ने
४) संगठनको आर्थिक हिसाबको दुरुस्त अभिलेख राख्ने
च) सदस्यहरुको काम, कर्तव्य र अधिकार
१) सम्बन्धित समितिको बैठकमा भाग लिने
२) संगठनको उद्देश्य अनुसार सक्रिय हुने र केन्द्रीय समितिले गरेको निर्णय र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न गराउन क्रियाशील रहने ।
३) समितिको वैठकमा सहभागी भई विचार प्रस्तुत गर्ने, छलफलमा भाग लिने, मत दिने र निर्णय प्रक्रियामा सहभागी हुने
४) समितिले दिएको जिम्मेवारी पुरा गर्ने र तोकिएको क्षेत्रमा क्रियाशील रहने । आफ्नो क्षेत्र र कामको रिपोर्टिङ नियमित रुपमा केन्द्रीय कार्यालयमा पठाउने ।
धारा १८. केन्द्रीय परिषदको काम, कर्तव्य र अधिकार
१) केन्द्रीय परिषदको वैठक वर्षमा १ पटक बस्नेछ ।
२) केन्द्रीय परिषदले केन्द्रीय समितिको वार्षिक कामको समिक्षा गर्नेछ ।
३) संगठनको कामको जानकारी लिनेछ र बार्षिक लेखा परिक्षणको अनुमोदन गर्नेछ ।
४) केन्द्रीय समिति वा केन्द्रीय सदस्यलाई सचेत गराउन सक्नेछ ।
५) केन्द्रीय समितिलाई आवश्यक सुझाव दिनेछ ।
६) केन्द्रीय सदस्यहरुको कामको मूल्यांकनका आधारमा आवश्यक परेमा कुनै पनि केन्द्रीय समितिको सदस्यलाई प्रत्याव्हान समेत गर्न सक्नेछ ।
धारा १९. केन्द्रीय संगठकको काम, कर्तव्य र अधिकार
१) केन्द्रीय संगठकहरु केन्द्रीय परिषदका सदस्य हुनेछन् ।
२) केन्द्रीय संगठकहरु केन्द्रीय समितिले व्यवस्था गरे अनुसार केन्द्रीय विभागका सदस्य वा प्रादेशिक समिति, उपप्रादेशिक समितिका सदस्य वा जिल्ला समितिका इन्चार्ज वा सह–इन्चार्ज भई काम गर्नेछन् ।
३) केन्द्रीय संगठकहरु संगठनको केन्द्रप्रति र आफु संगठित भएको समितिप्रति उत्तरदायी हुनेछन् ।
४) केन्द्रीय संगठकले आफुले गरेको कामको रिपोर्ट केन्द्रीय समितिमा नियमित पठाउनु पर्नेछ ।
५) केन्द्रीय संगठकका काम, कर्तव्य र अधिकार केन्द्रीय समितिले तोके अनुसार हुनेछ ।
धारा २०. प्रादेशिक समितिको काम, कर्तव्य र अधिकार
१) प्रादेशिक अधिवेशनको आयोजना गर्ने ।
२) आफुमध्येबाट एक तिहाई भन्दा बढी नहुने गरी सचिवालयको गठन गर्नेछ
३) आफुमध्येबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ को निर्वाचन गर्नेछ ।
४) यसले संगठनको केन्द्रीय अधिवेशनले पारित गरेको नीति, निर्णय, कार्यदिशा, कार्यक्रम र रणनीति लागु गर्नेछ । केन्द्रीय समितिले पारित गरेका निर्णयहरुमा नबा“झिने गरी आफ्ना कार्यक्रमहरु ठेगान गर्नेछ ।
५) अन्य युवा संगठनहरुसंग प्रोदशिक स्तरमा सहकार्य, कार्यगत एकता, मोर्चा निर्माण गर्ने जस्ता कामहरु गर्न सक्नेछ । तर यसो गर्दा केन्द्रीय समितिको अनुमति तथा स्वीकृत आवश्यक पर्नेछ ।
६) आफ्नो कार्यसम्पादन गर्न आवश्यक पर्ने विभागहरु गठन गर्न सक्नेछ ।
७) आफ्नो कामको लागि प्रादेशिक कार्यालयको व्यवस्था मिलाउने छ ।
८) बढीमा एक चौथाइसम्म प्रादेशिक सल्लाहकार समिति गठन गर्न सक्नेछ ।
धारा २१. जिल्ला समितिको काम, कर्तव्य र अधिकार
१) जिल्ला अधिवेशनको आयोजना गर्ने ।
२) जिल्ला समितिमा अध्यक्ष १ उपाध्यक्ष १ सचिव १, सह–सचिव १ कोषाध्यक्ष १ को निर्वाचन गर्ने ।
३) जिल्ला समितिका सदस्य संख्याको एक तिहाइमा नबढाई सचिवालय छान्ने ।
४) माथिल्लो समितिका निर्णय, निर्देशनहरु कार्यान्वयन गर्ने र गराउने ।
५) नियमित रुपमा वैठक बसी कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने÷गराउने ।
६) आफ्ना कामहरुको वारेमा माथिल्लो समितिलाई नियमित रुपमा प्रतिवेदन दिने र अनुमोदन गराउनु पर्ने विषयहरु भएमा अनुरोध गर्ने ।
७) संगठनको लेवी, सहयोग संकलन, आवद्धतापत्र वितरण, उम्मेदवार सदस्यको फारम र पूर्ण सदस्य प्रदान गरी उपल्लो समितिलाई जानकारी दिने र उनीहरुको अभिलेख दुरुस्त राख्ने ।
८) जिल्ला कार्यालय खोल्ने र नियमित रुपमा व्यवस्थित ढंगले संचालन गर्ने ।
९) समितिका सदस्यहरुको कार्यक्षेत्र तोक्ने ।
१०) मातहतका समितिहरुको गठन, पुनर्गठन, समस्याहरु आइपरेमा समाधान गर्न प्रयत्न गर्ने, कामहरुको निरीक्षण गरी आवश्यक निर्देशन दिने ।
११) संगठनका नीति, घोषणापत्र, मुखपत्र, प्रकाशनहरु तथा आवश्यक दस्तावेजहरु अध्ययन तथा नियमित प्रशिक्षण संचालन गर्ने ।
१२) आवश्यकता अनुसार विभागहरु गठन गर्ने र परिचालन गर्ने ।
१३) सल्लाहकार समितिको कार्यविधि र अधिकार तथा कर्तव्य तोक्ने ।
परिच्छेद ६
अधिवेशन, भेला÷वैठक र निर्वाचन सम्बन्धी व्यवस्था
धारा २२ अधिवेशन
१) सामान्यत केन्द्रीय समितिको अधिवेशन ४ वर्षमा, प्रादेशिक समितिको अधिवेशन ३ वर्षमा, जिल्ला समितिको अधिवेशन २ वर्षमा र इलाका÷नगर÷गॉउ÷वडा अधिवेशनहरु १ वर्षमा हुनेछ । विशेष अवस्थामा ढीलो वा चॉडो पनि हुन सक्नेछ ।
२) अधिवेशनको प्रतिनिधि तथा पर्यवेक्षक संख्या छनौट प्रक्रिया र मापदण्डहरु सम्बन्धित समितिले तोक अनुसारको हुनेछ ।
३) सबै तहका अधिवेशनले संगठनको विधान मातहतमा रही काम गर्नु पर्नेछ ।
४) सबै तहको अधिवेशनले आफ्नो तहका समितिहरुको छनौट गर्नेछ । सदस्यहरुको संख्या विधानको व्यवस्था अनुसार हुनेछ ।
५) अधिवेशनहरु आ–आफ्नो तहका सर्वाधिकार सम्पन्न हुनेछन् । यसरी बनेका सबै निकाय नयॉ समितिको निर्वाचन भएपछि भंग गरिनेछ ।
६) अधिवेशनहरु हुन नसक्ने अवस्थामा आ–आफ्नो तहको भेलाहरु गरिने छ र संगठन समितिको निर्माण गरिनेछ ।
धारा २३. वैठकहरु
१) सामान्यतया केन्द्रीय समितिको वैठक १ वर्षमा २ पटक, प्रादेशिक समितिको १ वर्षमा ३ पटक, जिल्ला समितिको १ वर्षमा ४ पटक बस्नेछ ।
२) कुनै पनि तहका समितिहरुको वैठकमा ५१ प्रतिशत लाई गणपुरक संख्या मानिनेछ ।
३) समितिहरको वैठक न्युनतम संख्या भन्दा बढी आवश्यकता पर्दा जतिपटक पनि बस्ने सकिनेछ ।

धारा २४. निर्वाचन सम्बन्धी व्यवस्था
नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)को समितिका पदाधिकारीहरुको निर्वाचन सम्बन्धित तहको अधिवेशन वा भेलाले गर्नेछ । निर्वाचनको लागि अधिवेशन वा भेलाले निर्वाचन आयोग गठन गर्नेछ । गठन भएको निर्वाचन आयोगले निर्वाचनका सबै प्रक्रियाहरु सम्पन्न गर्नेछ । क) अधिवेशन वा भेलामा प्रतिनिधिहरुले आफै उम्मेद्धवार बन्न सक्नेछ वा कसैलाई उम्मेद्धवार बनाउन सक्नेछन् ।
ख) प्रत्येक उम्मेद्धवारले कम्तिमा एकजना प्रस्तावक र एकजना समर्थक सहित निर्वाचन आयोगले तय गरेको प्रकृया र प्रणाली अनुसार उम्मेद्धवारी दरखास्त दिनु पर्नेछ ।
ग) निर्वाचन गोप्य मतदानद्वारा सम्पन्न हुनेछ ।
घ) अधिवेशन वा भेलाका सबै प्रतिनिधिहरु मतदाता हुनेछन् ।
ङ) निर्वाचनका अन्य सबै प्रक्रिया र नियम निर्वाचन आयोगले तय गरे अनुसारको हुनेछ ।
च) भेला वा अधिवेशनबाट निर्वाचित समितिहरुले अनुसुचि ४ अनुसार सपथ ग्रहण लिनुपर्नेछ ।

परिच्छेद ७
धारा २५. संगठनात्मक सिद्धान्त
१ं) नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को निर्माण र संचालन जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा हुनेछ । व्यक्ति संगठनको मातहत, अल्पमत वहुमतको मातहत, तल्लो समिति माथिल्लो समितिको मातहत, सम्पूर्ण सदस्यहरु केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति अधिवेशनको मातहत हुनेछन् ।
२) सबै तहका समितिहरुमा सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको प्रणाली अपनाइनेछ ।
३) निर्णयपूर्व छलफलमा स्वतन्त्रता र निर्णय पश्चात काममा एकरुपताको सिद्धान्त अवलम्वन हुनेछ ।
४) आफु रहेको समितिमा छलफल गरेर निर्णय नगरिएका विषयहरुमा कसैले पनि आफ्ना विचार सार्वजनिक गर्न वा कार्यान्वयनको लागि निर्देशन दिन पाउने छैन । जिम्मेवार व्यक्तिले तत्काल घटेको घटनाबारे बोल्नु पर्दा त्यो व्यक्तिगत बिचार हुन्छ । त्यसको लागि आफु बसेको समितिप्रति जवाफ देही हुनुपर्नेछ ।
५) सबै नेतृत्वदायी समितिहरुले जनतामा जाउ, जनताका कुराहरु सुन, गलत कुराको खण्डन गर र सही कुरालाई स्वीकार गर भन्ने सैद्धान्तिक मान्यतालाई आत्मसात गर्नु पर्दछ र जनताको सुझाव र आलोचनालाई सुनि त्यसप्रति ध्यान दिई उचित निर्णय लिनुपर्दछ ।
परिच्छेद ८
धारा २६. आर्थिक व्यवस्था
नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को सबै तहमा एउटा आर्थिक कोष रहनेछ । समितिको निर्णय अनुसार कोषको परिचालन हुनेछ । कोषाध्यक्षले कोषको सम्पूर्ण आय–व्ययको अभिलेख राख्नु पर्दछ । कोषाध्यक्षले वैठक, परिषदको बैठक, भेला र अधिवेशनमा आम्दानी खर्चको प्रतिवेदन पेश गर्नुपर्दछ । कोषमा निम्न श्रोतहरुको रकम जम्मा हुनेछन् ।
क) सदस्यतावाट प्राप्त सदस्यता नविकरण शुल्क र मासिक सहयोग ।
ख) बिभिन्न संघ÷संस्थाबाट प्राप्त सहयोग ।
ग) बिभिन्न सहयोग दाताबाट प्राप्त सहयोग ।
घ) पुस्तक तथा प्रकाशन बिक्रि–बितरणवाट भएको आम्दानी ।
ङ) संगठनको पहलमा भएको रचनात्मक कामबाट प्राप्त आम्दानी ।
च) तल्ला समितिहरुबाट आर्थिक नियमावली अनुसार प्राप्त रकम ।
छ) श्रम शिवीरहरुबाट प्राप्त आम्दानी ।
ज) संगठनको पहलमा हुने बिशेष कार्यक्रहरुबाट संकलित रकम ।
झ) अन्य श्रोतबाट प्रांप्त रकम ।
ञ) मौसमी सहयोग, सा“स्कृतिक कार्यक्रम र अन्य सहयोग आदिबाट हुने आम्दानी ।
धारा २७. आर्थिक कार्य प्रणाली
१) प्रबेश शुल्क र सदस्यता पुरै केन्द्रीय समितिमा जम्मा हुनेछ ।
२) बिशेष कामको लागि उठेको सहयोग जुन कामको लागि उठेको हो त्यो काममा नै खर्च हुनेछ । बचत रहेमा केन्द्रमा ४० प्रतिशत, प्रदेशमा २० प्रतिशत र बॉकी सम्बन्धित जिल्लामा रहनेछ ।
३) जिल्ला समितिको अन्य आम्दानीको ३० प्रतिशत केन्द्रमा, २० प्रतिशत प्रदेशमा र बॉकी जिल्लामा रहनेछ ।
४) प्रादेशिक समितिले गरेका अन्य आम्दानीमा ३० प्रतिशत केन्द्रमा र ७० प्रतिशत सम्बन्धित प्रदेशमा खर्च हुनेछ ।
५) केन्द्रको कामको आवश्यकता अनुसार क्षेत्र र जिल्लाहरुलाई मासिक वा पटके दायित्व तोक्न सक्नेछ । कुनै पनि स्तरमा खर्च गर्ने निर्णय गर्ने वा निर्देशन दिने अधिकार सम्बन्धित समितिलाई हुनेछ ।
६) केन्द्र, प्रदेश र जिल्ला तहसम्म कार्यकर्ता कोषको व्यवस्था हुनेछ ।
७) केन्द्र, प्रदेश वा जिल्ला समितिको सम्पूर्ण आम्दानीको २० प्रतिशत सम्बन्धित तहको कार्यकर्ता कोषमा रहनेछ ।
धारा २८. लेखा परिक्षण
१) संगठनले निर्णय गरेअनुसार प्रत्येक वर्ष सबै तहको लेखा परिक्षण गरिनेछ ।
२) केन्द्रमा अधिवेशनद्वारा निर्वाचित लेखा परिक्षण समिति, प्रदेश, जिल्ला समिति र सो भन्दा तल निर्णयअनुसार उपल्लो समितिले लेखा परिक्षण गर्नेछ ।
परिच्छेद ९
धारा २९. विविध
विधान संशोधन
१) राष्ट्रिय अधिवेशनले बिधानको आवश्यक संशोधन र परिमार्जन गर्न वा बिधान बनाउन सक्नेछ ।
२) बिधानसंग नबाझिने गरी केन्द्रीय समितिले नियम तथा उपनियम बनाउन सक्नेछ ।
३) विधानको कुनै परिच्छेद, धारा वा उपधारामा कुनै विबाद सृजना भएमा त्यसको व्याख्या गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र रहनेछ ।
अनुसुचिहरु
अनुसुचि १
धारा ३ संग सम्बन्धित ः झण्डाः– २ः३ को आकारमा रातो पृष्ठभुमिमा बीचमा पा“च कुने सेतो चम्किलो तारा हुुनेछ ।
अनुसुचि २
धारा ४ संग सम्बन्धित ः छापः– गोलो घेरामा माथिबाट नेपाली नाम र तलबाट अंगे्रजी नाम लेखिएको हुनेछ । घेराको बीच भागको माथिल्लो भागमा २ः३ आकारको झण्डाको बीचमा पा“च कुने तारा भएको लोगो हुनु पर्ने छ र संगठनको तह पनि लेखिएको हुनु पर्नेछ । छापको नमुना राख्ने
अनुसुचि ३
धारा ६ उपधारा १० संग सम्बन्धित ः
(सदस्यता प्राप्त गर्ने व्यक्तिले लिने सपथ)
नेपालको गौरवशाली क्रान्तिकारी संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)को सदस्यमा संगठित भएको यस महत्वपूर्ण घडीमा संगठनको झण्डा सामु उभिएर म निम्न प्रतिज्ञा गर्दछु ः
– नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)को घोषणा पत्र, विधान, नीति–नियम र कार्यक्रमलाई निशर्त रुपमा पालना गर्नेछु ।
– माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ्ग विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्दछु ।
– देशको राष्ट्रियताको संरक्षण र नयॉ जनवादी गणतन्त्र स्थापनाको लागि जुनसुकै वलिदान दिन पनि तयार छु ।
– नयॉ जनवादी क्रान्ति विरोधी सबैखाले दुस्मनहरुसंग डटेर मुकावला गर्नेछु र जनताको पक्षमा संधै अग्रमोर्चामा रहेर संघर्ष गर्नेछु ।
– राष्ट्रिय आत्मसमर्पणवाद, विसर्जनवाद, दक्षिणपन्थी तथा उग्रवामपन्थी अवसरवाद वा सबैखाले अवसरवादका विरुद्ध संघर्ष गर्नेछु ।
– सबैखाले साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध संघर्ष गर्नेछु ।
– शहिदहरुको सपना साकार पार्न जहिले पनि र जहॉ पनि कटिबद्ध हुनेछु ।
– नया“ जनवादी, समाजवादी, साम्यवादी क्रान्ति– जिन्दावाद
– वीर शहिद– लाल सलाम
अनुसुचि ४
धारा २४को उपधारा (च) संग सम्बन्धित ः
समितिले लिने सपथ
नेपालको गौरवशाली क्रान्तिकारी संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को केन्द्रीय समिति÷प्रादेशिक समिति÷जिल्ला समिति÷गाउ“,ईलाका,एरिया,वडा समितिमा संगठित भएको यस महत्वपूर्ण घडीमा संगठनको झण्डासामु उभिएर म निम्न प्रतिज्ञा गर्दछु ः
– नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को घोषणा पत्र, विधान, नीति÷नियम र कार्यक्रमलाई निशर्त रुपमा पालना गर्नेछु ।
– माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ्ग विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्दछु ।
– देशको राष्ट्रियताको संरक्षण र नयॉ जनवादी गणतन्त्र स्थापनाको लागि जुनसुकै वलिदान दिन पनि तयार छु ।
– नयॉ जनवादी क्रान्ति विरोधी सबैखाले दुस्मनहरुसंग डटेर मुकावला गर्नेछु र जनताको पक्षमा संधै अग्रीम मोर्चामा रहेर संघर्ष गर्नेछु ।
– राष्ट्रिय आत्मसमर्पणवाद, विसर्जनवाद, दक्षिणपन्थी, उग्रवामपन्थी तथा सबैखाले अवसरवादका विरुद्ध संघर्ष गर्नेछु ।
– सबैखाले साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध संघर्ष गर्नेछु ।
– शहिदहरुको सपना साकार पार्न जहिले पनि र जहॉ पनि कटिवद्ध हुनेछु ।
– नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत)– जिन्दावाद
– नया“ जनवादी, समाजवादी, साम्यवादी क्रान्ति – जिन्दावाद
– वीर शहिद – लाल सलाम
समाप्त