Search This Blog

Wednesday, February 3, 2010

दिगोपनाः हाम्रो चुनौति, हाम्रो भविष्य

अग्रगति साप्ताहिक, वर्ष ४, अंक १
२०६६ सावन २९

अन्तराष्र्टिय नवौ युवा दिवस २००९


यो सन्दर्भमा हामीले दिगोपना एउटा सीमा, घेरा र नियममा परिभाषित गर्न खोजेका छौ । यो आफैमा मुर्त अर्थदिने अभियान भए पनि अनन्तहिन र भेगीय छ । सानो व्याख्याले मात्र यसको सन्दर्भको चर्चा पुग्दैन ।

दिगोपनलाई गतिशिलतासंग जोडेर बुझ्न र बुझाउ“न आवश्यक छ । मानवसभ्यताको विकासको चरणको सापेक्षिक अवस्था र त्यस अनुसारको कुशल व्यवस्थापन नै दिगोपना हो । दिगोपनालाई यथास्थिति, मुर्दा शान्ति, विश्व परिवेशमा समाजको आवश्यक गसतिशिलतालाई पगड्न नसक्ने सामाजिक अवस्था, उत्पादन, वितरण र उपभोगको क्षेत्रमा भड्किएको असमानता तथा गडवडि र उच्श्रृखलता तथा उपभोगवादी विकृतिमा व्याख्या गर्न सकिन्न । यसो गर्नु महामुर्खपना हुनेछ, प्रकृतिको विकृत प्रयोग हुनेछ ।


१६ औ शताब्दितिर कामना गर्ने दिगोपना र २१ औ शताब्दिमा कामना गरिएको दिगोपनाको सार र भावना मुलतः प्राय एउटै अर्थमा थियो, छ भन्दा अक्तित्युक्ति नहोला । माक्र्स र एगेल्सको “कम्युनिस्ट घोषण–पत्र” सन् १८४८ मा जारी भएदेखि दिगोपना र समृद्धि प्राप्त गर्ने परिभाषामा वस्तुगत र व्यवहारिकरुपले नै फरक–फरक कोणबाट सोचिन थालियो, प्रयास र प्रयोग गरिन थालियो । मैले १२ अगस्ट २००९ युवा दिवसको अन्तराष्ट्रिय नारा “दिगोपनाः हाम्रो चुनौति, हाम्रो भविष्य” भन्ने विषय र यसको सन्दर्भमा ऐतिहासिक उत्खननको महत्वलाई प्रसंगवश उठान गर्न खोजेको छु । जारी २१ औ शताब्दिको मानवसभ्यताको चर्चा गरिरहदा ऐतिहासिक कालखण्डमा मानवसमाजले भोगेको र तय गरेको उतरचढाव र त्यसका कारणहरुको बारेमा पनि यो सन्दर्भमा चर्चा गर्न आवश्यक छ ।


हाम्रो मानवसभ्यता प्रकृति र प्राकृतिक वस्तुहरुलाई व्यैयक्तिक सम्पति मानि बा“डफा“ट नगरिएको देखि इन्च–इन्च र टुक्रा–टुक्रामा विभक्त गरि प्रकृतिलाई ग्रहण गर्दै असहिष्णु प्रतिस्पर्धाको होडबाजी र दाउबाजी गरेर अगाडी बढिरहेको मानव सभ्यताबाट हामी गुज्रिरहेका छौ र यो बीचमा सम्पतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नु पर्छ भन्ने दृष्टिकोणका संवाहक शक्तिहरुद्वारा अलग प्रयोग र प्रयास गरिएको दृष्टान्त पनि हाम्रो सामु छ ।


आदिम सभ्यता बाहेक अहिलेसम्मै व्यैयक्तिक सम्पतिको बा“डफा“ड र त्यसलाई प्राप्त गर्ने प्रतिस्पर्धाको प्रयोगबाट नै यो समाज धेरै जसो गुज्रियो । प्रतिस्पर्धाका विभिन्न रुप र ढं्रगहरु प्रयोग भए र अहिलेसम्म नै जारी छ । यसैको निरन्तरताभित्र मानवसभ्यताले दिगोपनाको परिभाषा खोजिरहेको छ । आज पनि संसार यसैको लागि लडाई लडिरहेको छ, जंग छेडिरहेको छ, जीवन बम बनेर पड्किरहेको छ ।


अलिकति इतिहासतिर जाऔ । उत्पादन, वितरण र उपभोग प्रणालीमा परिवर्तन आउने क्रमले एउटा व्यवस्थाको अन्त्य र अर्को व्यवस्थाको सुनिश्चितता दिशामा यो समाज दु्रतगतिमा अगाडी बढ्यो । उत्पादन र उपभोग प्रणालीमा आएको परवर्तनसंगै सन् १९३० मा विश्वले विश्व महामन्दीको चक्र व्यहो¥यो, जतिखेर पूर्ण ब्यक्तिगत प्रतिस्पर्धात्मक पू“जीवादी मान्यतालाई अर्थव्यवस्थाको मुल गोरेटो मानिएको थियो । यसबाट यो साबित भयो कि यो प्रकारको मान्यता र यसले सृजना गर्ने दानबीय नीति, एकाधिकारवादको निश्चित जन्म र प्रवलताले मानव सभ्यता चल्नै सक्दैन । हिजोका त्यस्ता दृष्टिकोण राख्नेहरुले ९० डिग्रीमा आफ्ना विचार बदल्नु प¥यो । राज्यको भुमिका वा सामुहिकताको समन्वयकारी भुमिकाको आवश्यकतालाई महत्व दिइयो, जसलाई किन्सियन अवधारणा भनिन्छ । यो धारणाले वा दृष्टिकोणले पनि मानव सभ्यताको गतिशिलतालाई व्याख्या गर्न सक्दैन भन्ने माक्र्सवादी दृष्टिकोण पनि शसक्त अस्तित्व निर्माणको अवस्थामा रहेको थियो । सन् १९१७ देखि रुसमा सन् १९४८ देखि चीनमा समाजवादी अभियान चलिहेको थियो, जो तत्कालिन विश्वमा नौलो र छुट्टै प्रयास थियो ।


अहिले विश्वमा ९९ प्रतिशत किन्सियन अवधारणा वा त्यस्तै प्रकारका अवधारणा र दृष्टिकोण अनुसारको प“ूजीवादी व्यवस्थाको मान्यताबाट मानवसभ्यता गुज्रिरहेको छ । यसको निरन्तरताभित्र मानवसभ्यताले ठूला–ठूला चक्रहरु व्यहोरिरहेको छ । सन् १९८७ को ”सप्लाई शक” र अहिले देखिइरहेको विश्व मन्दीलाई महत्वका साथ लिन सकिन्छ । यसको अनकारात्मक असरको कारण बेरोजगार अत्यधिक बढेर गएको छ । मानिसहरुको चैनर निंद हराम भएको छ । यस्तो स्थिति आउनमा आम मानिसको हातबाट सीमित व्यक्तिमा स्रोत र साधनको केन्द्रीकरण भएर जानु नै हो । अहिले पनि उत्पादनको समस्या होइन ।


अहिलेको विश्व मन्दी करिब–करिब महामन्दीको दिशातिर लम्किरहेको छ । प“ूजीवादी दृष्टिकोण अनुसारको मुल्यमान्यताबाट अगाडि बढिरहेको विश्व परिघट्नालाई मिहिन तरिकाले विश्लेषण गर्ने हो भने हत्या–हिंसा, अपराध, लुटपाट, डकैति, असमानता, विश्व प्राकृतिक स्रोत–साधनलाई कब्जामा लिने होडबाजी, दानबीय युद्ध, अस्तित्व विषेधको आक्रमण, आम मानवबस्तीमा बा“च्नलाई कष्टदायी परिस्थिति, ठूलो संख्यामा शरणार्थी , हाहाकार, क्रोधका चिच्याहट, प्रतिवाद, मानव नैसर्गीक अधिकार विपरितका परिदृष्यहरु हाम्रो हामु बग्रेल्ती ठूलो मात्रामा भएको र निरन्तरतामा रहेको पाउ“दछौ । यस्ता परिदृष्यहरु अझ बढ्दै गइ अत्यन्त नरसंहारकारी दिशामा अगाडी बढेको पाउछौ । यस्ता परिघट्नाको विद्यमानता र निरन्तरताभित्र दिगोपनाको कुरा फलाक्नु मिथ्या र झुटो हुन्छ , छलकपटपूर्ण चालबाजी हुन्छ ।


आज समाजवादी अर्थनीतिलाई मार्गदर्शक मान्ने व्यवस्था ढलेका छन्, अस्तित्व रक्षामा छन् भने किन्सियन पू“जीवादी व्यवस्था हावी छ , तर आजको विश्वको मानवसभ्यता माथि उल्लेख गरिएको चित्रबाट गुज्रिरहको छ । शान्ति र दिगोपनाको नाममा मानव युद्धलाई निरन्तरता दिइएको छ । विश्वका १० प्रतिशत मानिसले करिब ८४ प्रतिशत संसाधन उपभोग गरेका छन् भने बा“की विश्वका मानिसहरु अत्यन्त कष्टदायी, असमनता र दमनबाट पीडित छन् । यसबाट यो सहज निस्कर्ष निस्कन्छ कि यो प्रकारको मानसभ्यता, नीति–नियम र दानवीय व्यवहारिकता धेरै समय टिक्ने अवस्थामा छैन । यो प्रकारको प्रणालीले मानिसको माग र अवश्यकतालाई धान्ने सक्ने अवस्थाको दिशामा छैन । जताततै प्रतिवाद, प्रत्याक्रमण, प्रतिरोध र विकल्पको बारेमा विश्व बहस भैरहेको छ । जुनै प्रकारको आक्रमण भए र बचावट भए पनि त्यहि स्तरको प्रतिवाद, प्रत्याक्रमण तथा विकल्पहरुका पक्षहरुलाई नै यो परस्थितिले अगाडी बढाइरहेको छ ।


पूजीवादले सबै चीज वा स्वयं मानिसलाई नै माल बनाउने र फाइदा लुट्ने निरन्तरताको जन्म गराउने भएकोले यसले व्यक्ति–व्यक्तिमा, समुह–समुहमा, देश–देशमा असमानतालाई अझ बढाएर लगिरहेको छ । यसले स्पष्टरुपले पू“जीवादी एकाधिकारवादलाई नै जन्म दिइरहेको छ । त्यहि नालायक र कंशकारी सन्तानको कारण मानव सभ्यताको विकासक्रममा नया“ विकल्प खोजिन्छ ।
माल र फाइदाको कारोबार भएको व्यवस्था वा मानवसभ्यताले अराजक प्रतिस्पर्धाको जन्म गराउ“छ , केहि व्यक्तिहरु र राष्ट्रहरुको पोल्टामा सम्पूर्ण प्रकृयाहरु केन्द्रीत हुन थाल्छन्, सम्पूर्ण प्राकृतिक स्रोत र संसाधनलाई व्यैयक्तिक स्वार्थको प्रश्नसंग जोडिन्छ, मल्युमान्यता व्यक्तिगत र उपभोगवादी भएर जान्छन्, सृजित प्रविधिलाई त्यसैको लागि प्रयोग गर्ने गरिन्छ। जसले व्यापक असमानता जन्मन्छ , हिंसाको जन्म हुन्छ, वेरोजगार, अवसरमा वंचीतिकरण, भोगमरी आदिको जन्म गराउछ, एक प्रकारको कुचक्रको निरन्तरतालाई प्रश्रय दिइनै रहन्छ । त्यसैले अहिले हामीले भेगिरहेको यथार्थताबाट मुक्त हुन र मानव सभ्यतालाई मुक्त गराउन अर्को शसक्त विकल्पमा हामी नगइै धरै छैन । दिगोपनाको र सुनिश्चित भविष्यको कुरा गरिरहदा अर्को शसक्त विकल्पमा नै बहस गरिदा उचित र न्यायपूर्ण हुन्छ ।

कुनै पनि व्यवस्थाको मुख्य आधार उत्पादन, वितरण र उपभोग सम्बन्ध तथा त्यससंग अन्तरसम्बन्धित भइरहने सांस्कृतिक मुल्यमान्यताहरु नै हुन । यसको समुचो रुप नै व्यवस्था हो । अहिलेको विश्वको व्यवस्थाको निरन्तरताभित्र आफ्ना परिधिका गतिविधीहरु माल उत्पादन गर्ने प्रक्रियातिर व्यस्त छन्, शिक्षा, मानिसका संस्कृति, सृजना अथवा सम्पूर्ण गतिविधीहरु त्यहि अनुकुल बनाउने दमनात्मक कोशिस गरिएको छ । एक देश र सीमानाका व्यक्तिहरुलाई माल उत्पादन गर्न अर्को देशतिर खरिद–विक्रि गरिएको छ । दासता र अन्यायपूर्ण श्रम गर्न बाध्य बनाइएको छ । श्रम गर्नेको जीवन जोखिमपूर्ण छ । यस्ता दृष्टान्तहरुबाट यो चित्रित हुन्छ कि यो प्रकारको व्यवस्था अत्यन्त जोखिमपूर्ण र अस्थिर छ । यो यथार्थताको निरन्तरतामा दिगोपनाको बहस गर्नु बेकार जस्तै हुन्छ । किनभने यो सभ्यताको सुधारबाट पनि केहि हुनेवाला छैन । यो यसरी नै यो अवस्था लिएर धेरै समय टिकिरहन सक्दै सक्दैन । विश्वस्तर मै क्रान्तिकारी संकट पैदा भएको छ । अहिलेको विश्व मन्दी यसैको संकेत हो भन्दा अक्तित्युत्ति नहोला । त्यसैले साम्यवादी विकल्प अनिवार्य छ ।
त्यो विकल्प फेरि पनि पुनर्जीवन सहितको समाजवाद र साम्यवादी नै हुन्छ । सधैको लागि मानवसभ्यताको दिगोपना , विद्यमानमा आइपर्ने चुनैति र हाम्रो सुनिश्चित भविष्यको बहस गरिरहदा यो दिशा नै उपयुक्त विकल्प हुनसक्छ । त्यसैले हाम्रो संगठन यो दिशामा जान र प्रयास गरिन ढिला गरिनु हुदैन भन्ने तर्क अगाडी वढाउन चाहन्छ ।

नेपाल अहिले संविधान लेखन गर्ने अभियानबाट गुज्रिरहेको छ । यो परिवेशमा हामी सबै यो दिशामा जाऔ । नेपालको कदम विश्व समुदायको लागि नमुना बन्न सकोस । त्यसैले चुनौति राजनीतिक व्यवस्थाको हो । यसको उपचार ठिक दृष्टिकोणका साथ राज्य व्यवस्थामा ठिक उपयुक्त प्रणालीलाई अंगीकार गर्नु नै हो । चुनौतिलाई सामना गर्ने दिगोपना र समृद्धितिर लम्कौ, हातेमालो गरौ ।


No comments:

Post a Comment