Search This Blog

Wednesday, February 3, 2010

शैक्षिक आन्दोलन
वर्ष २, अंक १
२०६६ असोज,प्रकाशक अखिल (एकीकृत)
जिल्ला समिति, रुपन्देही

हरेक क्रान्तिकारी आन्दोलनमा युवाहरु
उदय राई
जीवन र मरणको त्यो अवधी जुन अवधीमा मानिसको मृगतृष्णारुपी सिर्जनशिलता र क्रियाशिल उमेर हुन्छ, त्यो १६–४० वर्ष बीचको अवधीको बोद्यक शब्द नै युवा हो । जीवनको त्यो अवधीमा नै मानव समाजमा समाजको महत्वपूर्ण सभ्यता निर्माणमा एउटा मानिसले इतिहास रचेको छ । विज्ञानलाई अझ परिस्कृत, समुन्नत र पर्दा बाहिर ल्याउन किन उसले चुनौतिपूर्ण जोखिम मोल्न नपरेको होस, तर पनि हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन तयार हुन्छ, उ नै युवा हो ।

दश हजार वर्षको मानवसभ्यता निर्माणको अवधी बीच आजको मानवसभ्यताको चरण र युग आउदासम्म युवाको जोस वा साहस, चुनौतिपूर्ण संघर्ष, राम्रो र सत्य कुराको लागि बलिदानीपुर्ण त्याग, प्रतिक्रियावादीहरु विरुद्ध संगठित प्रतिरोधको श्रृंखला र निरन्तरता नभएको एक क्षण पनि छैन । त्यसैको निरन्तरताको पात्र हो युवा । आज पनि मानिस प्रकृति कै व्यवस्थापन गर्ने क्रम र चरणमा क्रियाशिल छ । त्यसको लागि चुनौतिपूर्ण जोखिम र विजय प्राप्त गर्ने संघर्षको मैदानमा लागेका हुन्छन, त्यो हिजो पनि थियो र आज पनि निरन्तर सकृय छन् । हिजोको सापेक्षिक विश्व परिघट्नाको इतिहास र आजको सापेक्षिक विश्व परिघट्नाको वास्तविकतालाई हेर्दा र वुझ्दा तथ्यहरु हाम्रा अगाडि यसरी आउछन् कि क्रान्तिकारी आन्दोलनले मानवसभ्यताको रुपान्तरण अनिवार्य बनाएको छ, त्यसमा युवाहरुको ठूलो हिस्साको नेतृत्व र सघर्ष बर्करार छ ।

हिजोको आदिमयुग, दासयुग र सामन्तवादी युग आजको विश्वमा केहि अवशेष बाहेक कहि कतै नरहने स्थितिमा पुगेको छ । यि युगमा मानवसभ्यताको व्यवस्थापनका संघर्षहरु, त्यो दँैरँनमा विकास गरिएका उत्पादक शक्ति, साधन र उत्पादन सम्बन्ध, प्रविधीहरुको उत्खनन र व्यवस्थापन आदि सबै क्षेत्रमा मानिसले आफ्नो जीवनको युवा अवधी कै उमेरमा उल्लेखनीय इतिहास राखेका छन् । यि सबै क्षेत्रमा नेतृत्व युवाहरुले नै गरेका थिए, छन् भन्दा अतियुक्ति नहोला ।

समाज विज्ञानको विश्लेषणको आधार उत्पादक शक्ति र उत्पादन सम्बन्ध हो । यसको अर्थ उत्पादनका साधनको अपनत्व वा स्वामित्व कसको हातमा रहने र उत्पादित उपयोगी बस्तुहरुको वितरण र उपभोग कसरी गरिन्छ उक्त विषय नै सघंर्षको आधार हो । यहि आधारबाट सिर्जित मानव समाजमा भएका भिषण संघर्षहरुको जन्मको निरन्तरताले सापेक्षिक उन्नत पू“जीवादी र समाजवादी व्यवस्थाहरुको. अस्तित्व रह्यो । यो प्रशंगमा माक्र्स र एंगेल्सको सटिक निष्कर्ष उल्लेखनीय छ, “आदिम साम्यवादी समाज बाहेक अहिलेसम्मको मानवसभ्यताको इतिहास वर्ग संघर्षको इतिहास हो ।” इतिहासलाई बुझ्दा धेरै समयसम्म उत्पीडित वर्गले आफ्नो वर्गको पक्षमा संगठित रुपले संघर्ष गरेन । धेरै बर्ष मानिसले राज्य वा भुगोल विस्तारको लागि लड्यो । यसको अर्थ त्यो बेलामा वर्ग संघर्ष थिएन भन्ने होइन । जब करिब–करिब त्यो प्रकारको राज्य विस्तारको लडाई प्रायः स्थिरीकरणको अवस्थामा आएको थियो, दासहरुले दास मालिकको विरुद्ध शसक्त र उल्लेखनीय रुपले संगठित प्रतिवाद गरे, दास मालिकहरुको शासन र राज्यलाई चकनाचुर पार्ने दिशामा दासहरु सफल भए । त्यहिदेखि नै मानवसभ्यता निर्माणको संघर्षको स्वरुप गुणात्मकरुपले बदलिन पुग्यो । क्रमशः सामन्तवादीहरुबाट उत्पीडित मानवसमाज उत्पीडितहरुको संगठित प्रतिवादले पू“जीवादलाई जन्मायो भने पू“जीवादीहरुद्वारा उत्पीडित समुदायले समाजवाद स्थापना गर्न पुृगे र यसरी वर्गहरुले नै राज्य संचालन र त्यस माताहतमा रहेका उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आफ्नो नियन्त्रण कायम राख्न पुगे । यसरी उत्पादक शक्ति, उत्पादन सम्बन्ध र राष्ट्रको विद्यमान शासकीय स्वरुप बीच कहिले भिषण संघर्ष र कहिले अस्तित्वमा सहजीकरण भएर रहने कुरालाई माक्र्सले बैज्ञानिक र अलग ढंगले पहिलोपल्ट व्याख्या गर्न पुगे । त्यसपछि मानवसभ्यता आफ्नो समुदाय र सबैको लागि वर्ग संघर्र्षमा व्यवस्थित ढंगले प्रवेश ग¥यो, शासक र शोषित बीच संगठित भिषण संघर्षको दिशामा मानवसभ्यता प्रवेश ग¥यो ।

माक्र्सले मानवसभ्यता विकास विज्ञानको त्यतिखेर विश्लेषण गरिरहेका थिए जतिखेर मानवसभ्यता विकासको एउटा पुरानो अध्यायको अन्त्य र नया“ अध्याय शुरुवातको दिशा प्रशस्त हुन गइरहेको थियो । माक्र्स यो सत्यलाई तोडमोड नगरिकन भन्छन् कि “मेरो हकमा भन्ने हो भने आधुनिक समाजमा वर्गहरुको विद्यमानताको उद्घाटन गरेको श्रेय मलाई छैन, न त यि वर्गहरुबीच पारस्परिक संघर्षको उद्घाटन गरेको श्रेय नै मलाई छ । मैले भन्दा धेरै पहिले नै पू“जीजीवी इतिहासविदहरुले यस वर्ग संघर्षको ऐतिहासिक विकास क्रमको वर्णन गरिसकेका थिए, पू“जीजीवी अर्थशास्त्रीहरुले वर्गको आर्थिक संरचना पत्ता लगाइसकेका थिए । मैले थपेको कुनै नया“ कुरा छ भने त्यो निम्न कुरा प्रमाणित गर्ने तर्क मात्र हो– १) वर्गहरुको विद्यमानता मात्र उत्पादन विकासको निश्चित ऐतिहासिक चरणसित सम्बन्धित छ, २) वर्ग संघर्षले अनिवार्य सर्वहारा वर्गको अधिनायकत्व तर्फ डो¥याउछ, ३) यो अधिनायकत्व स्वयमेव सबै वर्गहरुको उन्मुलन तर्फको संक्रमण हो...।” ( योजेफ वेइमेयरलाई पत्र, सन् ५ मार्च १८५२ ) यसरी इतिहासको व्यँख्या एक प्रकारले भइरहेको थियो र त्यसैलाई निरन्तरता दिने शासकहरुको दमनपूर्ण अवस्थालाई अलग र बैज्ञानिक ढंगले जवाफ दिईन थालियो, संसारलाई वदल्न भिषण बलिदानीपूर्ण संघर्षतिर आफ्ना अभियान संचालन गर्न थालियो, माक्र्स र एंगेल्सले सन् १८४८ मा “कम्युनिस्ट म्यानुफेस्टो” लेख्नु भन्दा केहि वर्ष अगाडिदेखि नै त्यस्तो अभियान शुरु गरेका थिए ।
प्रायः सबै देशहरुमा सामन्तवादी राज्यसत्ता विद्यमान रहेको अवस्थालाई १९ औ देखि २० औ शताब्दीको अन्त्यतिर आइपुग्दा पू“जीवादी र समाजवादी राज्यसत्ता अस्तित्वमा आए । यि दुबै ठूलाठूला क्रान्तिकारी परिवर्तनको नेतृत्व पनि युवाहरुले नै गरेका थिए ।

अहिलेको विश्व पू“जीवादी र त्यसको विकसित रुप साम्राज्यवादी राज्यसत्ता वर्चश्व रहेको विश्व हो । असल समाजवादी राज्यसत्ता अहिलेको विश्वमा अस्तित्वमा नरहे पनि समाजवादी विचार र त्यस्तो राज्यसत्ता प्राप्तिको लागि भिषण संघर्षहरु जारी छन् । यसको अर्थ समाजवादी राज्यसत्ता शोभियत संघ र चीनमा विघटन भए पनि माक्र्स र एंगेल्सको विश्लेषण भन्दा बाहिर अहिले पनि विश्वको क्रान्तिकारी आन्दोलनले अलग मोड लिएकोे छैन । माक्र्सवादलाई नबुझ्नेहरुले प्रतिक्रियावादी कोणबाट माक्र्सवाद विफल भयो भनेर चिच्याइरहेका छन्, हल्ला गरिरहेका छन् । तर वुर्जुवा पू“जीवादी र साम्राज्यवादी राज्यसत्ता र दृष्टिकोण कति कमजोर हु“दै गएको छ, मरणशिल अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा उसको आणविक दमनबाट नै प्रस्ट हुन्छ । शोषणमुलक राज्यसत्ता टिक्दैन ( सामाजिक लोकतन्त्र नै अनिवार्य बन्नजान्छ ) भन्ने कुरा दास र सामन्तवादी युगको पतनबाट नै प्रस्ट हुन्छ ।

१९ औ देखि २० औ शताब्दीको उत्तरार्धसम्म प्रायः संसारैभरि पू“जीवादी क्रान्तिको लागि भिषण वर्ग संघर्ष कायम रहे । यद्यपी केहि वर्ष समाजवादी राज्यसत्ता रहेपनि शोभियत संघ र चीनमा पनि पू“जीवादी क्रान्ति रह्यो । यतिमात्र फरक थियो कि यो क्रान्तिको नेतृत्व खाली समाजवादीहरुले गरेका थिए, किनभने पू“जीवादी क्रान्तिको नेतृत्व समाजवादीहरुले नै गर्नु पर्ने वस्तुगत अवस्था विद्यमान थियो । अहिले संसारैभरि पू“जीवादी क्रान्ति पुरा हुने दिशातिर वर्ग संघर्ष अगाडि बढिरहेको छ । (वर्ग संघर्षबिना यो क्रान्ति पनि संभव नहुने सत्यलाई यहा“ सबैले बुझ्न जरुरी छ) । यो प्रकारको संघर्षको निरन्तरताले अनिवार्य रुपमा समाजवादी क्रान्तिको बाटो प्रशस्त हु“दै गएको छ, बुर्जुवा पू“जीवाद र साम्राज्यवादी नीति प्रायः असफल ह“ुदै गएको छ, गंभिर संकटबाट गुज्रिरहेको छ, समाजवादी तथा साम्यवादी क्रान्तिको लागि क्रान्तिकारी संकट पैदा हु“दै गएको छ । यसर्थ फेरि पनि समाजवादी र साम्यवादी क्रान्ति विकल्प रहित बन्दै गएको छ, किनभने बुर्जुवा पू“जीवादी र साम्राज्यवादी नीति र व्यवस्थाले अन्याय, भेदभाव, चर्को शोषण, दानवीय हिंस्रक दमन, बेरोजगार र महामन्दी, विश्व जनसंख्याको ठूलो पाटोमा भोकमरी, केहिलाई चैन र विलाशिताको निरन्तरतालाई प्रश्रय दिइरहेको छ । जसरी दमनपूर्ण दास मालिक र सामन्तीहरुको व्यवस्था टिक्न सकेन त्यसरी नै यो व्यवस्था पनि टिक्न नसक्ने तथ्य दिनको घाम झै छर्लङ्गै छ ।

राजनीति र उत्पादन शक्ति तथा सम्बन्धमा ठूलाठूला क्रान्तिकारी परिवर्तन भए र भइरहेका छन् । यि दुबै क्षेत्रमा क्रान्तिकारी परिवर्तन यो कारणले संभव भयो र भइरहेको छ कि त्यहा“ क्रान्तिकारी युवा शक्तिको नेतृत्व छ, उनीहरुले नै ठूलाठूला चुनौति झेलेर भए पनि परिवर्तनलाई साकार रुप दिन चुकेका छैनन् । अहिलेको विद्यमानतामा युवाहरुले यो कुरा बुझ्न आवश्यक छ कि यो त्यतिखेर संभव भयो जतिखेर युवा शक्ति प्रकृतिको बस्तुगत नीयम र मानवसभ्यताको वर्ग संघर्षको नीयमलाई ठीक ढंगले बुझ्न सक्नुको साकाररुपी प्रतिफल हो । अहिले पनि विद्यमान विश्व माक्र्सवादी विश्लेषणको आधारबाट नै अगाडि बढिरहेको छ । प्रविधिको विकासको दिशालाई हेर्दा साम्यवादी मानव सभ्यताको आधार प्रशस्त हु“दै गएको छ । मानवसभ्यताको विकास र गतिको तथ्य र वास्तविकतालाई बुझ्ने हो भने आजका हामी युवाहरुको बाटो समाजवादी तथा साम्यवादी क्रान्ति नै हुनेछ ।
मानव सभ्यताले २०० वर्षमा जुन स्तरको विकास हात लगायो, अव त्यो भन्दा चौगुणा विकास १०० वर्षको दौरानमा गर्न सक्ने तागत वा शक्ति प्राप्त गरेको छ । राजनीतिक परिवर्तनको साथ यो शक्तिको व्यवस्थापन आजको मुख्य आवश्यकता हो । यस्तो आवश्यकतालाई पुरा गर्ने अविभारा फेरि पनि युवाहरुको नै हो र गर्ने नै छन् ।

नेपाल कै राजनीतिक परिवर्तनको इतिहासलाई हेर्ने हो भने पनि एउटाकालसम्म राजालाई विष्णुको अवतार मान्ने र मनाउने समाजदेखि गणतन्त्र घोषणा गर्ने अवस्थासम्म आइपुगेको छ । यस्तो अवस्था ल्याउनका लागि लडेर मरेका शहिदहरु प्रायः युवाहरु नै थिए । ०६२÷६३ सालको आन्दोलनलाई हेर्ने हो भने पनि शहिद बनेका महान व्यक्तित्वहरु प्रायः सबै युवाहरु नै थिए । कुनै पनि तानाशाहहरु जसरी संसारभरि नै टिक्न नसके जस्तै नेपालको त्यस्तो राज्य व्यवस्था पनि क्रमश निषेध हु“दै गएको छ ।

अब्राहम लिंकनले दास मालिकहरुको विरुद्ध संघर्ष गरिरहदा, माक्र्सले समाज विज्ञानको विश्लेषण र संघर्ष गरिरहदा, लेनिनले समाजवादको पक्षमा र जारशाही तथा साम्राज्यवादी विरुद्ध लडाइ लडिरहदा, माओले साम्राज्यवाद र सामन्तशाही विरुद्ध समाजवादी अभियान शुरु गरिरहदा सबै युवा उमेरका नै थिए । यि सबै तथ्यबाट यो सत्य अगाडि आउछ कि आजको विश्वलाई बुझेर, किनभने विज्ञानलाई सही तरिकाले बुझ्ने क्षमता र सहि कुराको प्राप्तिको लागि चुनौतिपूर्ण संघर्षमा होमिन सक्ने साहस युवाहरु कै हुन्छ, क्रान्तिकारी परिवर्तनमा जुट्ने संवाहक योद्धाहरु फेरि पनि युवाहरु नै हुन् र हुन्छन् । यो तथ्य सबै युवाहरुले ठिक तरिकाले बुझौं ।

No comments:

Post a Comment