अग्रगति साप्ताहिक
वर्ष ३, अंक २३
२०६५ माघ २३ मा प्रकाशित
नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकता वा एकीकरणमाथि एक संक्षिप्त टिप्पणी
विषय प्रबेशः– आधारभुत रुपमा भिन्दाभिन्नै चरित्र बोकेका दुई पार्टी नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीच गत ०६५÷०९÷२९ गते पार्टी एकता औपचारिक घोषणा भयो । यो नेपाली राजनीतिमा देखिएको एक महत्वपूर्ण र विश्लेषणयोग्य राजनीतिक घट्ना हो । यो एकतालाई कसरी हेर्ने ? पार्टी एकता सम्बन्धि माक्र्सवादी दृष्टिकोण के हो ? बहस र छलफल गर्न आवश्यक छ । बहस र छलफल मात्र होईन माक्र्सवादका सच्चा अनुयायीहरुले कुन रुख अपनाउने, कुन प्रकारको भुमिका वहन गर्ने साथै समकालिन राजनीतिक परिस्थितिमा कसरी उत्तर दायित्व निर्वाह गर्ने भन्ने प्रश्नहरु अहम् महत्वको विषय बनाइनुपर्छ ।वर्ष ३, अंक २३
२०६५ माघ २३ मा प्रकाशित
नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकता वा एकीकरणमाथि एक संक्षिप्त टिप्पणी
२) एकता र विरोधः– माक्र्सवादीहरुले एकता र विरोध हरेक घट्ना वा चीजको सार्वभौमिक र निरपेक्ष नियम मान्दछ । एकता बल हो, शक्ति हो भने विरोध प्रतिरोधको नियम हो जसको योगबाट रुपान्तरणको जन्म हुन्छ । जुन चीजमा एकता र विरोधको गतिशिलता हुदैन त्यहा“ रुपान्तरणको कल्पना गर्न पनि सकिदैन, तर एकता र विरोधले दुई वटा पक्षलाई जन्म दिन्छ । प्रथम, सिर्जनात्मक वा रचनात्मक रुपान्तरण, दोस्रो, ध्वंसात्मक रुपान्तरण । यसको अर्थ निषेधित बस्तुमा भएको दुई मुख्य चरित्रको आधारभुत कुरामा भर पर्दछ । द्वण्द्वात्मक भौतिकवादीले रुपान्तरणलाई गुणात्मक परिवर्तनसंग जोडेर हेर्छ भने अधिभुतवादी दृष्टिकोणले यथास्थितिवादलाई आत्मसाथ गर्दछ । तर, एकता र विरोधलाई नियम शासित नियमभन्दा बाहिर सोचिन्छ भने त्यो कृतिम वा देखावटी हुन्छ र गुणात्मक परिवर्तन असंभावी हुन्छ । जस्तैनुनबाट सुन, सुनबाट घिउ, घिउबाट चा“दी बन्दैन, किनकि नुन, सुन, घिउ र चा“दीको एकत्व र घर्षण फरक फरक हुन्छ । तर सोडियम र क्लोराइडलाई निश्चित घर्षण दिदा नुन बन्दछ । पितल र सुनलाई कृतिम तरिकाले मिलाउन त सकिन्छ तर कसीमा लगाएर जा“च्ने हो भने त्यो सजिलै पत्ता लगाउन सकिन्छ । एकता र विरोध भौतिक संसारमा अनन्तसम्म चलिरहने विश्रृंखलताको नियम हो । रसायन शास्त्रमा ऋणात्मक र धनात्मक शक्ति, जीव विज्ञानमा जन्म र मरण, समाजशास्त्रमा वर्गसंघर्ष भन्दा बाहिर चीजलाई हे¥यौ भने दार्शनिक दरिद्रताको शिकार भइन्छ ।
३) वर्ग संघर्षमा एकता र विरोधः– माक्र्सवादले जबसम्म वर्ग रहन्छ, वर्ग संघर्षलाई चलायमान, गतिशिल र सक्रिय तत्वको रुपमा स्वीकार गर्दछ । इतिहासको निर्माण वर्गसंघर्षबाटै भएको मान्दछ । एकता जीत हो, विरोध हार र जीतको समिश्रण हो भने रुपान्तरण नया“ चरणको जीतको प्रतिविम्ब हो । अपवाद बाहेक रुपान्तरण उधोगतितिर होइन उभोगतितिरै हुने गर्दछ । जसरी अन्य विज्ञानमा अन्तरविरोध विद्यमान र सार्वभौम भएजस्तै समाज विज्ञानमा पनि अन्तरविरोध आफ्नै विशिष्ट नियमभित्र हुन्छ ।
ऐतिहासिक भौतिकवादी दृष्टिकोण समाजविज्ञानलाई ठीक ढंङ्गले विश्लेषण गर्ने, बुझ्ने, व्याख्या गर्ने र दिशानिर्देश गर्ने सोचाई पद्दति हो । यो रसायनिक विज्ञान जस्तै छिटो र तीब्र गतिशिल भने छैन । जस्तो कि बारुदमा आगो लाग्ने वित्तिकै पड्किने साथै हाइड्रोजन र अक्सिजनको निश्चित मात्रामा तापक्रम दिने वित्तिकै पानी बन्ने । तर, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण समाज विज्ञानमा ऐतिहासिक ढङ्गले लागू हुने निश्चिततालाई नजरअन्दाज गर्न नसकिने मात्र होइन बाध्यकारी हुने कुरालाई पनि माक्र्सले उजागर र औल्याउनु भएको छ ।
वर्गीय समाजमा प्रंकारान्तरले राजनीतिक पार्टीहरु दुई वर्ग (मालिक र श्रमिक) का राजनीतिक एजेन्ट हुन् । यि दुवै वर्ग नै राजनीतिक लडाइ“का स्रोतहरु हुन् तर दार्शनिक निखरताको अभावले वा समाजमा ऐतिहासिक कालखण्डमा देखा पर्ने भुइ“फुट्टा वर्गहरुको जन्मले तिनका प्रतिनिधि स्वरुप अस्थायी किसिमका प्रतिनिधि, एजेन्ट, समुह वा पार्टीहरु देखा परिरहेका हुन्छन् र तर लडाइ“को अन्तिम चरणमा द्वैतवादी चरित्र निस्तेज र विलय भएर जान्छ ।
त्यसैले समाजमा देखिने ध्रुविकरण वा एकता–विरोधको प्रश्न पनि लामो ऐतिहासिक प्रक्रियाबाट नै गुज्रिरहेको हुन्छ । अन्ततः त्यो दुई वर्गको राजनीतिक लडाई भन्दा बाहिर भने हुदैन ।
माओले समाजमा अन्तरविरोध दुई किसिमका हुन्छन् भन्नु भएको छ, प्रधान र गौण । प्रधान आधारभुत प्रकारको लडाइ“मा हुन्छ, भने गौण विशिष्टिकरण हुन्छ । वर्ग संघर्षको लडाइ“लाई कहा“ केन्द्रीत र कसरी समायोजन गर्ने भन्ने कुरा अन्तरविरोधको मुख्य पहलु बन्दछ । वर्ग संघर्षको लडाइ“मा मुख्य दुश्मन, कमजोर दुश्मन, तटस्थ, मुख्य दुश्मनको विरुद्ध प्रयोग गर्न सकिने शक्ति, सहयोगी तथा मित्र र सहगुणीय शक्तिलाई खुट्याउन र विशिष्टिकृत गर्नु पर्ने मुख्य विषय बन्दछ । प्रतिक्रियावादी र दुश्मनसंग संघर्ष–एकता–संघर्ष र जनता र जनताको अन्तरविरोध बीच एकता–संघर्ष–एकताको रुख अपनाउने कुरा अन्तरविरोधको मुख्य गुदि कुरा बन्दछ ।
माओले दुश्मन वा प्रतिक्रियावादी शक्तिस“ग पनि विशिष्ट चरण जहा“ एकता नगरि हुदैन, एकता गर्न चुक्नु र ढीला गर्नु हुदैन भन्ने कुरालाई पनि जोड दिनुभएको छ । तत्कालिन जापनी साम्राज्यवादी आक्रमणको लडाइ“मा च्याङ्काइसेकस“ग अस्थायी, मोर्चाबन्दी र संघर्षीय एकता (पार्टी एकता होइन) गर्नु भएको थियो । निश्चित उद्देश्य पुरा भइसकेपछि त्यो प्रकारको एकता भङ्ग हुन्छ, संघर्ष शुरु हुन्छ । तर, जनता र प्रगतिशिल समुदायस“ग प्रमुख गरेर एकता हुन्छ, सहयोग लेनदेन हुन्छ, अन्तरविरोधलाई मित्रवत टुंग्याइन्छ, फेरि सहकार्य हुन्छ, एकता हुन्छ ।
४) संगठन वा पार्टीहरु बीच एकताः– माक्र्सले “संसारभरका मजदुर एक हौ ।” भन्ने नारा दिनुभयो । यो नाराले उठाएको मुख्य सार (क) सैद्धान्तिक, (ख) राजनीतिक, (ग) सांगठनिक र (घ) कार्यक्रमिक एकता नै हो । यि चार कुरालाई मुख्य आधार बनाएर नै एकता र ध्रुविकरणको अभियानलाई ठीकस“गले अगाडि बढाइनुपर्छ । त्यसमध्ये पनि माक्र्सले सिद्धान्तमाथिको समान बुझार्ईको एकतालाई मुख्य जोड दिनुभएको छ । यो कुरा सन् १८७५ मा दुई समुह आयजेनाखवादी र लासालवादीहरुको गोथामा सम्पन्न एकताको कार्यक्रमको आलोचनाबाट प्रस्ट हुन्छ जुन सामान्य प्रकारको कार्यक्रमिक र सांगठनिक एकता थियो । सैद्धान्तिक र बैचारिक एकता थिएन । लेनिनले उक्त गोथा कार्यक्रमलाई सर्वसंग्रहवादी, अवसरवादी र घोर प्रतिगामी एकता मान्नुभएको छ ।
लेनिनले ‘मजदुर वर्गको एकता बारे’ मा सारत निम्न कुरा अगाडि सार्दछन्, (क) सर्वहारा वर्गीय विश्व दृष्टिकोण राख्ने वर्ग चेतन शक्ति बीच अनिवार्य एकता जरुरी छ जुन संगठित माक्र्सहरुले गर्नु पर्दछ, (ख) एकता इमान्दारिताका साथ हुनपर्दछ र इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्दछ, (ग) एकता संघर्षमा होमिएर प्राप्त गर्नुपर्दछ, (घ) एकता संगठित गतिशिलताबाटै गरिनुपर्दछ न कि केही वुद्धिजीविहरुको ‘सम्झौता’ बाट ‘पैदा’ हुन्छ । फ्रेडरिक एंगेल्सले ‘जर्मनमा किसान युद्ध’ भुमिकामा राजनीतिक र आर्थिक मात्र होइन, सैद्धान्तिक एकतालाई पनि उत्तिकै जोड दिनुपर्ने आवश्यकतालाई प्रष्ट्याउनु भएको छ । लेनिनले ‘एक पाइला अगाडि दुई पाइला पछाडि’ भन्ने लेखमा माक्र्सवादी सिद्धान्तले उसमा पैदा गरेको बैचारिक एकता र त्यस्तो संगठनको भौतिक एकतालाई क्रान्तिकारी संगठनको एकताको महŒवस“ग जोडेर व्याख्या गरेका छन् । एकतालाई अनुशासित र नियमबद्ध लडाइ“ वा संघर्ष मान्ने त्यस्तो संगठन जसले सर्वहारा वर्गीय क्रान्तिकारी दृष्टिकोण राख्ने उचाईको रुपमा निर्माण गर्नु पर्छ साथै निम्न पू“जीजिवी अराजकतावाद, वामपन्थी लफ्फाजी, दक्षिणपन्थी सुधारवाद वा सबैखाले अवसरवादीको विरुद्ध पनि त्यतिकै कडा संघर्षलाई स“गस“गै अपनाएर सर्वहारा वर्गीय दृष्टिकोण अनुसारको सा“च्चै एकतालाई निरन्तरता दिनुपर्दछ भन्ने कुरालाई जोड दिनु भएको छ । सैद्धान्तिक एकरुपता विनाको एकता अवसरवादी एकता हुन्छ भन्नु भएको छ । आधुनिक संशोधनवादीसंग निर्मम संघर्ष गरेरै मात्र क्रान्तिकारी एकतालाई सुदृढ पार्न सकिन्छ भन्ने कुरालाइ पनि जोड दिनु भएको छ । (हेर्नुहोस, ‘वामपन्थी कम्युनिज्म–एक वचकना मर्ज’ र ‘गद्धार काउत्स्की’ लेनिन) ।
५) नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकताः– यि दुई पार्टी बीच एकता हुदा धेरै संगत र समान बुझाई नहुदानहुदै, यहासम्म कि आधारभुत प्रस्तावनामा नै विवाद छ, एकता भएको छ । निम्न कुरालाई हेरौ !
क) माओवाद तथा प्रचण्डपथ र माओत्सेतुङ्ग विचारधारलाई कृतिम मिलावट गरिएको छ, जुन कुरालाई केटाकेटीको भाडाकुटी खेलाई जस्तो हल्का विषय बनाइएको छ । तर , यो कुरा केटाकेटीको भाडाकुटी खेलाई जस्तो हल्का विषय भने हुदैहोइन । माक्र्सवाद र लेनिनवादलाई कसरी बुझ्ने अहम् महत्वको विषय हो, ले गहन वहस र छलफलको माग गर्दछ ।
ख) तत्कालिन कार्यदिशाको सवालमा पनि उनीहरुको बुझाई राजनीतिक हिसावले एक ठाउमा छैन । वर्तमान परिस्थितिमा माओेवादीले महाधिवेशन गरेका छैनन् । उनीहरु यो भन्दा अगाडिको महाधिवेशन वा राष्ट्रिय भेलाको निर्धारित लाइनभित्र छन्, लाई स्थगित, त्यागेको वा निरन्तरता भित्रै छन्, त्यो अझै निक्र्यौल भएको छैन । अहिले उनीहरु प्राविधिक निर्णयको फेजमा छन् ।
ग) माओवादीको जन्म पश्चात उनीहरुले घटाएका राजनीतिक घट्ना, संघर्षको चरित्र, सैद्धान्तिक र राजनीतिक विश्लेषण वा दुवैले अपनाएका रुखको आधारमा आलोचना र आत्मालोचना साथै सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक विषयहरुका बारेमा बैज्ञानिक समिक्षा गरिएको छैन ।
घ) आगामी कार्यक्रम र एजेन्डाहरुमा पनि उनीहरु एक ठाउमा छैनन्, जस्तो कि राज्यको पुनःसंरचनाको विषय, आत्मनिर्णयको अधिकार र जातीय नामाकरणको आधारमा संघीयताको मोडल, एक्काइशौ शताब्दीको जनवाद, बहुदलीय प्रतिस्पर्धा, जनमुखी गणतन्त्रको बारेमा । राजनीतिक क्रान्ति कि आर्थिक क्रान्ति अन्यौलमा छन् उनीहरु । अझ भनौ राज्यको पुनःसंंरचना र आत्मनिर्णयको अधिकार र जातिय नामाकरणको आधारमा संघीयताको प्रश्नबारे तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) मा पार्टीगत ठोस धारणा नै थिएन ।
ङ) यो अस्थायी सरकार र संविधानसभाप्रति कस्तो रुख अपनाउने भन्ने कुरामा दुवै पार्टीहरु अन्यौल र सम्झौतापरस्त बन्दै गएका छन् । अझ यथास्थिति मै कठांग्रिएर रहने जालोभित्र भरपुर रमेका छन् उनीहरु । तर, माक्र्सवादीहरु वर्तमान सत्ताको बारेमा प्रष्ट हुन आवश्यक छ ।
५) निस्कर्षः– माक्र्सवादी दृष्टिकोण अनुसारको जनवादी पूजीवादी क्रान्तिलाई अपभ्रंस बनाउने मात्र होइन, त्यसका आधारभुत कुरालाई तिलाञ्जली दिने दिशामा उन्मुख माओवादी र पीध नभएको लोटा जस्तो रहेको नेकपा (एकताकेन्द्र–मसाल) बीच पार्टी एकता भएको छ । यि माथि उल्लेखित सबै कोणबाट हेर्दा उनीहरु बीचको ‘एकता’ ठूलै प्रचार गरेता पनि मुख्य गरेर दुवैले अवसर र उपभोगवादी प्रकारको वौद्धिक सम्झौत गरेजस्तो देखिन्छ । सैद्धान्तिक, राजनीतिक, सांगठनिक र कार्यक्रमिक हिसाबले आधारभुत विषयमा समान बुझाई नभएको एकता संसारभरि नै अवसरवादी र संशोधनवादी प्रकारको भएको दृष्टान्त हाम्रो अगाडि प्रस्ट छ । नेपालको सन्दर्भमा नेकपा (एमाले) लाई हेरे हुन्छ ।
No comments:
Post a Comment