Search This Blog

Friday, February 5, 2010

जनवादी केन्द्रीयताको प्रसङ्ग र माक्र्सवाद

अग्रगति साप्ताहिक
वर्ष ३, अंक ११
२०६५ कात्तिक २८
जनवादी केन्द्रीयताको प्रसङ्ग र माक्र्सवाद


१) विषय प्रवेशः– सन्तुलनकारी विचार–दृष्टिकोण, गतिविधि–व्यवहार, लक्ष्यकेन्द्रीत आधारभुत मुल्य–मान्यता, सहमति र समझदारी तथा विश्लेषणका एउटै आधार (द्वण्दात्मक भौतिकवादी) हरुको अभाव र न्युनताको प्रतिविम्ब नै संकिर्णतावाद, उदारवाद, अराजकतावाद तथा अन्य प्रकारका असंगति र विजातीय चिन्तन र व्यवहारिक गतिविधिका प्रकट रुप हुन् र हुन जान्छन् । संकीर्णता, उदारता, र अराजकताका प्रकट रुपहरु फरक फरक भए पनि बैचारिक स्रोत भने एउटै हुन्छ, त्यो हो अधिभुतवादी विश्व दृष्टिकोण जसले सामुहिकतावादको प्रत्यक्ष वा परोेक्षरुपले आक्रमण र ध्वंस्त पार्ने काम गरिरहेको हुन्छ ।

लेनिन माक्र्सवादलाई बुझ्ने र प्रयोग वा कार्यान्वयन गर्ने प्रश्नमा यसरी निचोड निकाल्छन् कि द्वण्द्वात्मक भौतिकवाद, वर्गीय अर्थशास्त्र र साम्यवादी सामाजिक दर्शनलाई ठोस बस्तु वा परिस्थितिको ठोस विश्लेषणको आधारमा वा गतिशिल ऐतिहासिक भौतिकवादी सही व्याख्या र विश्लेषण गरेर ठीक नीति अख्तियार गरी मानव समाजको सभ्यता निर्माण गर्ने प्रश्नमा डटेर संघर्ष गरी सापेक्षित सत्य र न्यायको पक्षमा जानु नै हो ।


बस्तुगत यथार्थलाई बुझ्न नसक्नु, बुझे पनि अतिरञ्जित रुपमा लिनु, तीब्र महत्वकांक्षालाई जसरी पनि लागू गराउन खोज्नु, संगठनात्मक वा सामुहिक अनुशासनलाई बेवास्ता गर्नु, ढुलमुल र अस्थिर चरित्र अपनाउनु, नारावाजी र वामपन्थी लङ्खफाजी गतिविधिमा आजादी देख्नु, ठीक रणनीतिक र राजनीतिक कार्यदिशालाई पक्रन नसक्नु, आर्थिक व्यवस्थाको सही व्यस्थापनमा वर्गीय प्रतिनिधित्वमा सक्रियता र सहभागितामा गडबढी मच्चाई दिनु, एउटा अतिवादबाट अर्को अतिवादमा क्रियाशिल रहनु, साथै आधारभुत प्रस्तावनालाई बेढंगले प्रयोग गर्न खोज्नु जस्ता चारित्रिक गतिविधि र प्रवृति गतिशिल सामाजिक विकासमा विद्यमान रहने कुराको उजागर गर्दै लेनिन, “वामपन्थी बचपना वा टुटपू“जीया मनोवृति” भन्ने लेखमा माक्र्सवादमाथि आक्रमण गर्ने विभिन्न खालका भड्कावको व्याख्या र विश्लेषण गर्दै त्यसप्रकारका कार्याकलाप माक्र्सवादसम्मत नहुने कुरालाई प्रस्ट पार्दछन् । माक्र्सवादी आन्दोलनमा संगसंगै रहने साथै हतपत र सजिलै पहिचान गर्न नसकिने प्रवृतिको विरुद्ध पनि कठोर संघर्ष गर्नु पर्ने आवश्यकतालाई उठान गर्न खोजिएको छ । संकीर्णता, उदारता र अराजकता माक्र्सवादका विजातीय प्रबृतिहरु हुन् भन्ने प्रसंगलाई विभिन्न उद्धरणका साथ उल्लेख गरिएको छ ।

यि माथि उल्लेखित चारित्रिक विशेषताको रुप र असरहरुको बार्ेमा सामान्य विषय उठान गरौ ।

२) संकीर्णताः– संकीर्णता विचार र व्यवहारमा देखिने कठमुल्लावाद हो । यो प्र्रवृतिले विषयबस्तुलाई सहज र सकारात्मक रुपमा लिनै मान्दैन । गहिराईमा गई समस्या बुझ्न र त्यस अनुरुपको समाधानको दिशामा जादै जादैन । आङ्खनो बुझाईमा लेडे ढिपी गर्दछ र विषयबस्तुलाई बुझे झै भान गराउन कोशिस गर्दछ । दार्शनिक रुपमा संकीर्णता मनोगतवाद हो भने व्यवहारिक रुपले बेलचक र एकलकांटे प्रवृति हो साथै जडशुत्रवादको एक प्रतिविम्ब पनि हो । सर्वहारा विश्व दृष्टिकोण र त्यो अनुसारको सैद्धान्तिक मुल्य मान्यतालाई आत्मसाथ गर्ने र आफुलाई त्यो अनुरुप बदल्ने भन्दा आफु अनुसार विषय बस्तुलाई बुझ्ने–बुझाउने काम गर्दछ । तर यो प्रवृति माक्र्सवादी साहित्य अनुसार सामाजिक सभ्यताको सामन्तवादी संस्कृतिको एउटा अंश हो । सामान्य रुपमा भन्दा संकीर्णता ज्ञानको सा“घुरोपन हो । माओले “ज्ञानको सिद्धान्त र व्यवहारबारे” मा विभिन्न प्रशंगमा यसबारे चर्चा र विषय उठान गरेका छन् । साथै संकीर्णता माक्र्सवादको घुमाउरो शत्रु हो भन्ने कुरा उजागर गर्न खोजिएको छ । निष्कर्षमा संकीर्णताले बहुआयमिक नकारात्मक सम्बन्धलाई जन्म दिन्छ ।


३) उदारवादः–
माक्र्सवादी साहित्यमा संकीर्णता उदारताको विपरितार्थ आसय बोक्ने शब्द संयोजन हो । दार्शनिक रुपमा उदारता मनोगतवादको जन्म हो भने व्यवहारिक रुपमा संशोधनवाद पनि हो । विपरित र मिल्न नसक्ने वा टकरावयुक्त अन्तरविरोधको विरक्तिमा उदारवादको प्रायः जन्म हुन्छ । सामाजिक अन्तरविरोधमा सर्वहारा वर्ग र पू“जीपति तथा निम्न र उच्च वर्गको समन्वयकारी भुमिकामा उदारवाद फस्टाउने मौका पाउछ र त्यो अवस्था रहुञ्जेल त्यो चरित्रको भुमिका बोलवाला हुन्छ ।


उदारताबारे माओले “उदारवादको विरोध गर” भन्ने लेखमा उदारवादको मुख्य चरित्रहरु बारेमा उल्लेख गर्दै “उदारवादले विचारधारात्मक संघर्षलाई इन्कार गर्दछ साथै सिद्धान्तहिन शान्तिको समर्थन गर्दछ । यसले एउटा सडेगलेको अधकचरो रुखको जन्म दिन्छ ।” त्यस्तै “व्यक्ति स्पष्ट गलत छ तर पुरानो जान–पहिचान छ, एउटै हेलामा छ, घनिष्ट मित्र छ, प्रियजन छ, आङ्खनो मातहतमा छ, सिद्धान्त र कामको आधारमा तर्क गरिन्न, मुर्दा मित्रता बनाउने प्रवृति राख्छ वा संगठनको लक्ष्यलाई मुख्य मानिन्न ।” यसलाई माओले पहिलो प्रकारको उदारवाद भनेका छन् ।


उदारवाद सुधारवादको पहिलो खुड्किलो हो जसले मुख्य राजनैतिक प्रस्तावनालाई दिग्भ्रमित र पथभ्रस्ट बनाउने काम गर्दछ साथै दक्षिणपन्थी बाटोको शुभारम्भ गर्दछ । त्यसैले माओ भन्दछन्, “क्रान्तिकारी संगठनको लागि उदारवाद अत्यन्त हानिकारक हुन्छ । वास्तवमा उदारवाद यस्तो काम नलाग्ने घुन हो जसले एकतालाई खान्छ, भाइचारा कमजोर बनाउछ, निष्क्रियतालाई प्रोत्साहन दिन्छ साथै मतभेद पैदा गर्दछ । क्रान्तिकारी संगठन र कठोर अनुशासनबाट बञ्चित गर्दछ, नीतिलाई पूर्णतया लागू गर्न रोक्छ र पार्टीलाई जनताबाट अलग गराउछ । उदारवादको जन्म निम्न पू“जीवादी स्वार्थबाट हुन्छ ।”


लेनिन “सर्वहारा क्रान्ति र गद्दार काउत्सी” भन्ने लेखमा भित्र र बाहिर चल्ने वर्ग संघर्ष र सत्तामा वर्ग अधिनायकत्वको प्रश्न, सुधारवादका रुखहरुको पहिचान र यिनीहरुसंगको संघर्ष, टुटपू“जीया राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादको सम्बन्धमा माक्र्सवादीहरुले चनाखो हुनु पर्ने विषयलाई उठान गर्दै माक्र्सवाद माथिको घुमाउरो आक्रमणको विरुद्ध लड्ने, योजना बनाउने र सहि नीति अपनाउनु पर्ने कुरामा जोड दिन्छन् ।


४) अराजकतावादः–
जुन कुरा जहा“ आवश्यक छ जसको अस्तित्व विना र स्वीकार्यबिना त्यो कुरा हुनै सक्दैन, लाई बेवास्ता गर्ने र बेढंगले तथा जथाभावी तरिकाले आङ्खना पूर्वाग्रही महत्वाकांक्षालाई पुरा गराउन सक्रिय कार्यान्वयनमा जाने प्रवृतिलाई माक्र्स र एगेल्सले अराजकवादको संज्ञाले सम्बोधन गरेका छन् । एगेल्स लेख्दछन्, “अराजकतावादीहरुले ठीक क्रान्तिलाई, त्यसको उठान र विकासलाई, बल प्रयोग, सत्ता, अधिकार वा राज्यको सम्बन्धमा विशेष कार्याभारलाई देख्न चाहदैनन् ।”


जे.वी. स्टालिनले “अराजकतावाद या समाजवाद ?” भन्ने लेखमा द्वण्द्वात्मक भौतिकवादी दर्शन, समाजवाद र त्यस अनुसारको राजनीतिक अर्थशास्त्रका अन्तरसम्बन्धित आयमहरुलाई जोडेर अराजकतावादका प्रवृतिहरुको बारेमा विश्लेषणात्मक व्याख्या गरेका छन् । सुधारवाद र माक्र्सवाद तथा अराजकतावाद र माक्र्सवादबीच तुलनात्मक विश्लेषण गर्दा सुधारवाद खिइदै तथा समाजवादसंग नाता तोड्दै गएको विचारको रुपमा मान्दछन् भने माक्र्सवाद र अराजकतावादको सम्बन्धमा भने यो भन्न मिल्दैन भन्ने कुरालाई अगाडि सार्दछन् । सारतः अराजकतावादले बस्तु वा परिस्थितिको गतिशिलतालाई बुझ्न सक्दैन । बस्तुतः त्यसले देब्रे वा दाहिने मोड लिन्छन् । “अराकतावादीहरु विचारमा ‘द्वण्द्वात्मक अधिभौतिकवाद हुन्’ र उनीहरुले ‘अधिभौतिकवादबाट विज्ञानलाई र धार्मिक रुढीवादबाट दर्शनलाई मुक्त गर्न चाहन्छन् ।” माक्र्सले ‘दर्शनको दरिद्रता’ मा प्रु“धोको ‘शास्वत न्याय’ को सिद्धान्तलाई अधिभौतिकवादी मुर्खता बाहेका अरु केहि होईन भनेर आलोचना गरेका छन् ।


यि माथि उल्लेखित प्रशंगहरुबाट संकीर्णता, उदारता र अराजकता माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने कुरामा बा“धा पु¥याउने मुख्य प्रवृति नै हुन भन्ने अर्थलाई नै प्रष्ट पार्दछ । यि प्रवृतिहरु नेपालको कम्युनिस्ट आन्दोलनमा जबरजस्त उपस्थितिका साथ ठूलो नकारात्मक प्रभाव पार्ने स्तरमा रहदै आएको छ र विद्यमान पनि छ । जनमुक्तीको लागि चालिएको र शुरु गरिएको संघर्ष दक्षिणपन्थी र पलायनवादी दिशामा गएर अन्त भएका छन् । एक प्रकारको अतिवादले अर्को किसिमको अतिवाद र दुस्परिणामलाई जन्माउने खतराबाट विश्व कम्युनिस्ट आन्दोलनहरु गुज्रिरहेका छन् । यस प्रकारले सर्वहारावादी विश्व दृष्टिकोण, सत्ताको प्रश्न, क्रान्तिकारी संगठन तथा साम्यवादी समाजको निर्माणको प्रश्नमा ठूला चुनौतिहरु थपिएका छन् ।


५) जनवादी केन्द्रीयताः–
जनवादी केन्द्रीयता प्रयोगसिद्ध सफल भएको लेनिनवादी संगठनात्मक पद्दति हो भने संगठन लक्ष्य हासिल गर्ने साधन हो । साधन जति बलियो चुस्त दुरुस्त हुन्छ त्यति नै सजिलै सम्बन्धित काम गर्न सकिने ध्रुव सत्य पनि हो । लेनिनवादी संगठनात्मक पद्दति भनेको सबैलाई विना सर्वहारावादी विश्व दृष्टिकोण मन मिलाउने, सबै खुसि पार्ने है † है † र थै † थै † को मुल्य मान्यता पनि होइन ।


सन् १९२१ मा कम्युनिस्ट इन्टरनेशनलको तेस्रो महाधिवेशनबाट पारित संगठनात्मक सिद्धान्त, संगठन र त्यसको बनौट तथा सर्वहारा विश्व दृष्टिकोण अनुसार यसको प्रयोगको बारेमा बृहत छलफल र निस्कर्षहरुलाई लेनिनवादी संगठनात्मक पद्दति भनेर अगाडि बढाइरहेको छ । मुलतः यो पद्दति पार्टीभित्र जन्मिने सबैखाले भड्काव र अवसरवाद विरुद्ध लड्ने र जीत हासिल पार्ने पद्दति मात्र होईन, सबै खाले वर्गीय दुश्मनलाई परास्त गर्ने मजबुत अस्त्रको रुपमा पनि लिइन्छ, पार्टी संगठनमा सिद्धान्तहरु ‘कम्युनिस्ट पार्टीको संगठन र बनौट’ सन् १९२१ मा कम्युनिस्ट इन्टरनेशनलको तेस्रो महाधिवेशनमा पारित मस्यौदामा जनवादी केन्द्रीयताको सम्बन्धमा “कम्युनिस्ट पार्टी संगठनमा जनवादी केन्द्रीयता एउटा वास्तविक सश्लेषण, केन्द्रीयता र सर्वहारा जनवादको समिश्रण हुनपर्दछ । यो समिश्रण सम्पूर्ण संगठनको निरन्तर समान कार्य, निरन्तर समान संघर्षको आधारमा मात्र प्राप्त गर्न सकिन्छ ।” यो प्रशंगबाट सहजै यो अर्थ लाग्छ कि जनवादले विचार वा दृष्टिकोणलाई धुरीमा राख्दै उद्देश्य प्राप्तिको लागि समान संघर्ष र सक्रियताको घुलनमा मात्र यो सत्य हो । जनवाद भनेको खाली नेतृत्वको प्रतिस्पर्धा मात्र होइन, न कि विचारको दमन नै हो । तर विजातीय विचार, गतिविधि, संस्कार र संस्कृति विरुद्धको निर्मम संघर्ष हो । अझ अगाडि लेखिन्छ कि “कम्युनिस्ट पार्टी संगठनमा केन्द्रीयताको अर्थ औपचारिक र यान्त्रिक केन्दं्रीयता होइन, बरु कम्युनिस्ट क्रियाकलापहरुको केन्द्रीकरण हो अर्थात युद्धको निम्ति तयार र साथै हरेक किसिमको परिस्थितिमा आफुलाई त्यस अनुकुल बदल्ने क्षमता भएको दरिलो नेतृत्वको निर्माण हो ।”


संगठनमा नोकरशाही र औपचारिक जनवाद दुबै होइन । पू“जीवादी जनवादलाई द्वैतवादी प्रकृतिको संज्ञा दिदै भनिएको छ “पू“जीवादी वातावरणको यो घातक प्रभावको कारण कार्यहरुको पृथकिकरण हुन्छ, साझा प्रयत्नको जीवन सहचार्यको ठाउमा बाझो औपचारिक जनवादले लिन्छ र सत्य कार्यकर्ताहरु निस्कृय जनसमुहमा विभाजित हुन्छन्, ...संगठनमा केवल औपचारिक जनवादले न नोकरशाहीलाई न त अराजकतावादी प्रवृतिहरुलाई हटाउन सकिन्छ । यि प्रवृतिहरुले खास त्यहि जनवादको मलिलो भुमि पाएर जरा गाडेका हुन्छन् । त्यसकारण संगठनको केन्द्रीयता अर्थात दरिलो नेतृत्व निर्माण गर्ने उद्देश्य औपचारिक जनवादको आधारमा पुरा गर्ने प्रयत्न गरिएको खण्डमा सफल हुन सक्दैन ।”


६) निस्कर्षः– माथि उल्लेखित प्रशंगहरुबाट यो निचोड निस्कन्छ कि संगठन एक दरिलो हतियार हो सर्वहारा वर्गीय राजनीतिको लागि । यसको दरिलो र धारिलोपनाको लागि नीति, सिद्धान्त र परिस्थिति अनुसारको बदलिन र आधार समात्न सक्ने हुन पर्दंछ । कुनै पनि पद्दति र प्रणाली अपनाउदा मनोगतवादी स्वच्छन्दवादबाट मुक्त भई एक प्रकारको अतिवादबाट पीडित भई अर्को अतिवादको भड्खालोमा फस्ने प्रकारको हुनहुदैन । हाम्रा सबै पद्दति र प्रणालीहरु सर्वंहारा वर्गीय राजनीतिलाई बढाउन र सफलताको दिशामा लाने किसिमको हुनपर्दछ ।


No comments:

Post a Comment