Search This Blog

Thursday, October 21, 2010

प्रेस वक्तब्य

प्रेस वक्तब्य

म नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को अध्यक्ष उदय राई हु“ । म आफु लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रह“दै (पुर्व नेकपा (मसाल) र हाल आएर नेकपा (एकीकृत), आएको थिए“ । नेकपा (एकीकृत) को स्थापना सही विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट शक्तिहरुसंग एकता र ध्रुविकरण गर्दै र हु“दै जाने उद्देश्यका साथ भएको थियो । पार्टीको सातौ महाधिवेशनले पनि यो अभियानलाई अझ सशक्त बनाउने भन्ने पास गरेको थियो तर बिडम्बना नेतृत्वमा पूर्वाग्रह, संकिर्णता तथा वामपन्थी लफ्फाजी प्रवृति हाबी हुन गयो । कम्युनिस्ट आन्दोलन भित्र एकता–संघर्ष–एकतालाई जोड दिदै जानुको सट्टा नेतुत्वले पुर्वाग्रह र विपक्षतावादलाई कार्यक्रमिक योजना बनाउने काम प्रायः दिनचर्या नै बनायो । समान सङ्घर्षको लागि अलग अस्तित्व बनाउनै पर्छ भन्ने मानसिकताबाट जगडियो । यो प्रकारको प्रवृति पनि कम्युनिस्ट आन्दोलनको लागि अति नै घातक थियो र हुने कुरालाई हृदयंगम गर्दै आधारभुत माक्र्सवादी विचार भएको गौरवशाली पार्टी एनेकपा (माओवादी) संग एकता र ध्रुविकरण नै अहिलेको आवश्यकता महशुस गर्दै म आफु आजैको मितिदेखि यो पार्टीमा समाहित भएको घोषणा गर्दछू र म नेकपा (एकीकृत ) भित्र रहेका सबै क्रान्तिकारी साथीहरु र देशभरि छरिएर रहेका देश भक्त तथा क्रान्तिकारी साथीहरुलाई पनि यो गौरवशाली पार्टीमा एकता र ध्रुविकरण हुन हार्दिक आव्हान गर्दछु ।

मितिः– २०६७÷०६÷०४
उदय राई
नोटः यो बक्तव्य पार्टी एकता कार्यक्रममा एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष द्वय किरण र बावुराम भट्टराईहरुको सम्मुस्थितीमा बाचन गरिएको वक्तब्य हो । यो कार्यक्रम पेरिस डा“डा माओवादीको केन्द्रीय कार्यालयमा यही ०६७÷०६÷०४ गते सम्पन्न भएको थियो ।

मैले किन नेकपा (एकीकृत) परित्याग गरे !


देशप्रेम साप्ताहिक,वर्ष १२, अंक २५,०६७ असोज १७, आइतबार
गतिबोध साप्ताहिक,वर्ष ३, अंक १२,०६७ असोज २१
नयॉ संचार दर्शन,वर्ष ३, अंक ८,०६७ असोज १८





मैले किन नेकपा (एकीकृत) परित्याग गरे !

उदय राई
पूर्व अध्यक्ष
नेपाल युवा कम्युनिस्ट संघ(एकीकृत)
०६७÷०४÷०७
सर्वप्रथम म नेकपा (एकीकृत) कोमैले किन नेकपा (एकीकृत) परित्याग गरे ! स्थापना वा गठनबारे थोरै चर्चा गर्न चाहन्छु । तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) मा ०६२÷६३ को जनआन्दोलनपछिको फुट पश्चात बनेको एउटा समुह जसको नेतृत्व क. रामसिंह श्रीषले गरेका थिए, ०६३ पौष फाल्गुण १४ गते त्यो समुहले नेकपा (एकीकृत) गठन गर्यो । त्यसपछि सी.पीं मैनालीबाट विद्रोह गरेको एउटा समुह ०६३ पौष र नेकपा (मालेमाकेन्द्र) को एउटा समुह ०६३ असोज पुनगर्ठन प्रक्रियामा सामेल भए ।

हामीले तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) भित्र अन्तरसंघर्ष चलाईरहदा, १) विशेषत कार्यनीतिक प्रश्न, २) कम्युनिस्ट आन्दोलनभित्र रहेका कम्युनिस्ट विजातीय चरित्र पुर्वाग्रहिता, संकीर्णता, लफ्फाजी तथा दाहिने र देब्रे भड्काववादी चरित्र विरुद्धको प्रश्न नै ज्वलन्त विषयहरु थिए । नेकपा (एकीकृत) को पुनर्गठनको आधारमा हामीले भनेका थियौ दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्काव विरुद्ध मात्र होईन कम्युनिस्ट आन्दोलनमा देखिएका छद्म क्रान्तिकारिता, विसर्जनवाद, संकीर्णतावाद, व्यक्तिवाद र जडशुत्रवाद विरुद्ध समेत जोडतोडले संघर्ष गर्न आवश्यक छ । कम्युनिस्ट आन्दोलनभित्र यो प्रकारको समस्या भईरहने हो भने कम्युनिस्ट शक्तिको शसक्तिकरण, ध्रुविकरण, एकता र क्रान्ति संभव छैन भन्ने बुझाईलाई शसक्तरुपमा अगाडि बढाईएको थियो । यि माथि उठाईएका आधार र आजसम्म नेकपा (एकीकृत) बाट हामीले गरेका गतिविधी तथा पार्टीको अवस्था र यथार्थतालँई विश्लेषण गर्दा यसको अस्तित्वको औचित्यता बारे सामान्य चर्चा गरौ ।

कार्यनीतिक प्रश्नः– कार्यनीतिक प्रश्नमा ध्यानदिनु पर्ने विशेषतः तीन पाटाहरु हुन्छन्, १) सरकार गठन, विघटन र निर्माणसंग लगातार जोडिएको प्रश्न, २) समाजको गतिलाई दिशादिन सामाजिक जटिलता, विकृति विरुद्धको निरन्तर संघर्षको प्रश्न, ३) मोर्चाबन्दीको प्रश्न । यि तीनै पाटाहरुको कोणबाट पार्टीको गतिविधि हेर्ने हो भने सदनभित्रको सामान्य संघर्षलाई पनि ठीकढंगले उठान गर्न यो पार्टीले सकेन र स्पष्ट पक्षपोषण पनि लिन सकेन । सारा साम्राज्यवादी तथा विस्तारवादी, अवसरवादी तथा दक्षिणपन्थी र सबैखाले प्रतिक्रियावादीहरुको सरकार गठन, विघटनमा मोर्चाबन्दी स्पष्ट देखिरहेको स्थितिमा पनि त्यो विरुद्धको संघर्षमा स्पष्ट कित्तावन्दी, मोर्चाबन्दी वा ध्रुविकरण पार्टीले प्रस्ट्याउनु पर्नेमा विचारमा स्खलनको कारण कहिले तथस्टता र अन्य समयमा व्यग्रता तथा आग्रही प्रतिक्षा बाहेक केही भुमिका रहेन । यो संग जोडिएका अन्य गतिविधिमा प्राय निस्कृय भुमिका रह्यो । राष्ट्रपतिको चुनावमा पनि मज्जालिने काम गरियो । संभावनाका सबै राजनीतिक घट्नाहरु उदासिनताको शिकार बनाइयो ।

दोश्रो सन्दर्भमा कुरा गर्ने हो भने मेचीमहाकाली जनजागरण अभियान–०६६ बाहेक अन्य सन्दर्भमा वा कार्यक्रमहरुमा झारा टार्ने शिबाय केही गरिएन । पार्टीको गतिलिने कामलाई भन्दा औपचारिकतालाई प्राय प्रश्रय दिईयो ।

कम्युनिस्ट आन्दोलनको सत्ताप्राप्तिको अभियानमा मोर्चाबन्दी रणनैतिक विषयको ज्वलन्त कार्यनीतिक योजना बन्नु पर्दछ । तर पार्टी यो विषयमा क, ख नजाने झै प्रस्तुत भयो, नेकपा (एकीकृत) ले यो विषयमा न आफुलाई कहिल्यै समयमा नै स्पष्ट उभ्याउन सक्यो, न त नेतृत्व गर्न नै । ढुलमुले भुमिका र अस्पष्ट दृष्टिकोण तथा परिणामको प्रतिक्षा गर्ने काम प्राय गर्यो । परिस्थितिलाई काबुमा ल्याउने भुमिका त कहा“ हो कहा“ गैरमाक्र्सवादी तरिका अपनायो ।

कार्यनीतिक प्रश्नका यि तीन पाटाहरुको चर्चा बाहेक पार्टी जीवनका महत्वपूर्ण पक्षको पनि संक्षिप्त चर्चा गरौ ।
१) पार्टीको सातौ महाधिवेशनले सैद्धान्तिक दृष्टिकोणमा स्पष्टता ल्याए पनि नेतृत्व तहमा त्यो सम्बन्धि समान्य बुझाई (common understanding) पनि नरहेको स्थिति गुजार्नु पर्यो पार्टीले । यो सन्दर्भमा नेतृत्वमा सामान्य बुझाई मात्र काफी छैन परिपक्व बुझाई (mutual understanding ) हुन आवश्यक छ । यसर्थ पार्टीको नीति–सिद्धान्त ठीक भएर मात्र हुदैन, यसका संचालक र नेतृत्व कामयावी हुन जरुरी छ । नेतृत्व त्यो स्थितिमा छैन र पार्टी चारतिर फर्किएको स्थितिमा छ ।
२) पार्टी वामपन्थी लफ्फाजीको शिकार भयो । पार्टी स्थापनादेखि अहिलेसम्म पार्टीले गरेका सम्पूर्ण गतिविधी, गतिशिलताका पक्षबाट विश्लेषण गर्ने हो भने यो तथ्य स्पष्ट देखा पर्छ । आजसम्मका परिणाम र उपलब्धिहरुले यहि सिद्ध गर्दछ । यसको सिधा परिणाम पार्टीमा दक्षिणपन्थी रुझान अत्यधिक छ । २, ४ वटा गतिविधीले मात्र पार्टी क्रान्तिकारी रहन सक्दैन भन्ने कुरा आम पार्टी पंक्तिले जान्न आवश्यक छ ।
३) माले र मालेमाकेन्द्रसंग पार्टी एकता पश्चात पार्टी पंक्ति पुर्वाग्रही आन्दोलनतिर अभिमुख भयो । त्यो पार्टी नेतृत्वबाटै सघनरुपले चलाईयो, ब्यक्त गरियो र कार्यान्वयन गरियो । त्यसको शिकार विभिन्न जनवर्गीय संगठनहरुमा स्पष्ट देखिए । अहिले आएर पार्टीमा सुस्त वा लुप्त संकीर्णता हावी छ । यसले ठूलो रुप लिनेवाला छ ।
४) पार्टी नेतृत्व आफु बाहेक कार्यकर्ताको सन्दर्भमा उदासिनता, योजनाविहिनता र मतलबी छ । यो तरिका पार्टी जीवनको लागि अत्यन्त घातक र गैरजिम्मेवार तरिका हो । यो दक्षिणपन्थी कार्यशैलिको भद्दा रुप हो ।
५) पार्टी नेतृत्व अत्यन्त अक्षम अवस्थामा रहेको छ । सम्पुर्णरुपले कामकाजी प्रकारको छैन । यो अवस्थाले पार्टीभित्र विभिन्न खाले अन्तरविरोधले जन्म लिई नै रहन्छ । अन्ततः पार्टी विलयको अवस्थामा लैजाने वा पार्टीलाई दक्षिपन्थी दिशामा नै धकेल्ने काम गर्दछ । यो पक्षलाई उठान गर्दै विभिन्न समयमा लगातार पार्टी फुटले निरन्तरता पाई नै रह्यो ।
६) आधारभुत रुपमा माक्र्सवादी शक्तिहरुसंग ध्रुविकरण र एकता गर्दै जाने पार्टीको सामान्य नीति पार्टीको सातौ महाधिबेशनले दिशानिर्देश गरेको छ । तर पार्टीले अहिलेको स्पष्ट आवश्यकताबाट विमुख हुने काम गरेको छ भने केहि टोहलिने र टोपलिने काम बाहेक उल्लेखनीय काम गरेको छैन । कहिले माक्र्सवादी र संयुक्त माक्र्सवादीसंग पार्टी एकताको गफ गरेर कार्यकर्तालाई भ्रममा राखेका छन् त कहिले मणी थापाको नेकपा क्रान्तिकारीसंग एकता कै कुरा गरेर दिन विताइएको छ । यो एक किसिमको गाईजात्रे प्रवृति पार्टी पंक्तिले अंगाल्दै आएको छ । तर अहिले नेपाली कम्युनिस्ट आन्दोलनको बस्तुगत अवस्थालाई सहि विश्लेषण गर्ने हो भने एनेकपा (माओवादी) संग सहकार्य र पार्टी एकता नै मुख्य पक्ष हो, तर पार्टी नेतृत्वको विभिन्न प्रवृति र स्वार्थको कारण वामपन्थी आन्दोलनको अहिलेको मुलधारसंग विपक्षता अपनाउने काम गरियो । यो सामान्य माक्र्सवादी नैतिकता भित्र पनि पर्दैन ।

यो सानोलेख मार्फत सबै पक्षहरुको चर्चा गर्न त संभव छैन, तर यि माथिका मुख्य पक्षहरुको बारेमा चर्चा गरिसके पछि यो निस्कर्ष निकाल्न सकिन्छ कि हामीले पार्टी स्थापना गर्दा जुन ध्येयका साथ गरेका थियौ त्यो यो नेतृत्व र पार्टीबाट संभव छैन र यि नै गतिविधीको आधारमा यो पार्टीको औचित्यता पनि समाप्त हुदै गएको स्थिति हो । आधारभुत रुपमा एकठाउमा हुदाहुदै अलग अस्तित्वको आवश्यक ठान्नु अस्तित्ववादी दृष्टिकोण हो जुन माक्र्सवादी दृष्टिकोण होईन । आधारभुतरुपमा माक्र्सवादी शक्तिहरुसंग एकता–संघर्ष–एकता नै हो जुन हामी माओको बुझाईको स्तरबाट वा द्वण्द्वात्मक भौतिकवादी दृष्टिकोणको आधार अनुसार लागू गरिनु पर्छ, तर नेकपा (एकीकृत) अधकचरो वा अधबेसुरो अवस्थाबाट गुज्रिरहेको छ । त्यसैले यि विभिन्न तथ्यहरुको कारणले नेकपा (एकीकृत) मैले परित्याग गरेको हो र आधारभुतरुपमा माक्र्सवादी शक्ति एनेकपा (माओवादी) नै अहिलेको ध्रुविकृत हुनुपर्ने शक्तिको ध्रुुव ठान्दै म आफु यो पार्टीमा समाहित भएको हु“ । अन्तरसंघर्ष आधारभुत कुरा मिल्नेसंग हो भने अन्तरविद्रोह त्यसको ठीक उल्टो हो । तर अहिलेको आवश्यकता अलग अस्तित्ववादी चलखेलबाट होईन आधारभुत रुपमा एक ठाउमा रहन सक्ने शक्तिहरु एक ठाउमा भएर अन्तरसंघर्ष अगाडी बढाउनु नै सहि निस्कर्ष हो । म कम्युनिस्ट आन्दोलनभित्रका सबै क्रान्तिकारी समुदाय र व्यक्तिहरु यो दिशामा अगाडि बढ्न आवश्यक ठान्दछु ।

Wednesday, March 31, 2010

के सरकार क्रान्तिकारी मोर्चा हुनसक्छ ? –४

अग्रगति साप्ताहिक
अंक ४२, वर्ष ३, २०६६ असार ११
उदय राई
के सरकार क्रान्तिकारी मोर्चा हुनसक्छ ? –४
सामाजिक क्रान्तिको युगमा जुन माक्र्सवादी जन्मको प्राराम्भिक चरणमा मात्र छैन, पण्डित्याई छाट्नु मात्र चै छलकपट र पाखण्डपन मात्र हुन्छ, माक्र्सवादको प्रयोग र विकासमा मन्द विष हुन्छ, बकवास हुन्छ, लप्mफाजी हुन्छ र अन्ततः परिणामको कोणबाट प्रतिक्रियावादी सत्ताको सच्चा सेवा हुन्छ ।

निश्चितै रुपले बोल्शेविकहरुले पनि उक्त परिस्थितिमा क्रान्ति सम्पन्न गर्दा यो लेख लेखे जस्तो सहज र सजिलो परिस्थिति भने पक्केै थिएन । सत्य कुरा यो हो कि उनीहरुको उच्च साहस र सैद्धान्तिक दृढताभित्र तत्कालिन सामाजिक अन्तरविरोधलाई क्रान्तिकारी दिशातिर उन्मुख गराउने सफल सचेतता, सकृय इच्छा शक्ति र त्यहि अनुसारको कर्म थियो । परिस्थितिलाई ठीक तरिकाले बुझ्न सक्ने सक्षमता, उद्देश्य प्राप्तिको लागि सकृयता र तत्परता, त्यो अनुसारको ठीक कार्यनीतिक नाराको निरुपणता, आन्दोलनकारी शक्तिसंगको एकता र सचेत नेतृत्वको कारण साम्राज्यवादी र देशी प्रतिक्रियावादी शक्तिहरु आमने सामानेको प्रत्यक्ष र निर्णायक लडाईमा नाकामसिद्ध भए । विजय “अक्टुबर क्रान्ति” भयो ।

यहि प्रसंगमा चिनी कम्युनिस्ट पार्टीले अपनाएको मार्ग र विशिष्टिकृत नाराको प्रकृति र उल्लेखनीय पक्षलाई पनि ध्यान दिऔ । तत्कालिन जनयुद्धको निरन्तरतामा २४ अप्रिल सन् १९४५ मा माओले पार्टीको सातौ महाधिवेशनमा प्रस्तुत गर्नु भएको “संयुक्त सरकार” को प्रस्ताव, त्यसको मार्गचित्र र आवश्यकताको पक्षलाई निकै महत्वका साथ लिन सकिन्छ । विशिष्टिकृतरुपमा रुसी क्रान्तिभन्दा अलग ढंगले अगाडि बढेको चिनी क्रान्ति आधारभुत अन्तरविरोधको कोणबाट हेर्दा केहि कुरामा बाहेक समान प्रकारको विश्व अन्तरविरोधीय युगमा रुसी र चिनी क्रान्ति सम्पन्न भए पनि यि दुई देशको क्रान्तिको कार्यदिशा अलग थियो । यसो हुनुमा आ–आफ्नो देशको विशिष्टिकृत अन्तरविरोधको पक्ष नै मुल कारण थियो । यदि रुसी क्रान्ति भन्दा अलग ढंगले चिनी क्रान्तिलाई अगाडि नबढाएको भए चिनी क्रान्ति असंभव प्रायः हुन्थ्यो । यसबाट यो स्पष्ट हुन्छ कि समाजको विशिष्टिकृत अन्तरविरोधलाई खुट्याउ‘न नसक्ने हो भने क्रान्तिकारी आन्दोलनको कुरा गर्नु दिवास्वप्न मात्र हुन्छ । भद्धा कार्यदिशाले ठाउ‘ लिन्छ । क्रान्ति अनिश्चित भविष्यको कठघरामा कैद बन्न पुग्दछ ।

माओको उक्त प्रस्तावले खास गरेर आन्दोलन कै बीचबाट आन्दोलन कै बृहत संघर्षीय मोर्चा बनाउने कार्यदिशाको आवश्यकतालाई अगाडि सारेको थियो । एकातिर चिनमाथि साम्राज्यवादी खुनी आक्रमण तीब्र थियो भने अर्कोतिर युद्ध सरदार तथा प्रतिक्रियावादी सत्ता र न्यायप्रेमी जनता बीच तीब्र अन्तरविरोध थियो । यो अवस्थामा गृहयुद्धलाई रोक्न र सम्पूर्ण आन्तरिक शक्तिहरुलाई सम्मालेर साम्राज्यवादी शक्ति विरुद्ध केन्द्रीत गरी पूर्णरुपमा परास्त गर्नु थियो । उक्त प्रस्तावले यि समस्याहरुलाई समेट्न सक्ने अवस्था सृजना गर्दथियो । यो प्रस्ताव र कार्यदिशा तुरुन्त लागू भयो त ? यसको महत्व त्यो कु्रामा मात्र छैन कि यो कुन प्रयोजनका निम्ति सैद्धान्तिक अवधारणा बढाईएको थियो भन्ने कुरा पनि महत्वको विषय हो ।
उक्त प्रस्तावमा “निम्नत्तम कार्यक्रमहरु” को स्पष्ट खाका समेत थियो, १) तत्कालिन गृहयुद्धलाई तुरुन्त स्थगित गरी साम्राज्यवादी आक्रमणको विरुद्ध ध्रुविकृत हुनसक्ने सबै शक्तिहरुको संयुक्त मोर्चा बनाउ‘ने, २) धरासायी भएको आर्थिक अवस्था र सामन्तवादी आर्थिक प्रणाली निषेध गर्नु, आर्थिक औपनिवेशिक अवस्था र वर्गीय खाडललाई न्युनीकरण गर्दै व्यवस्थिति पू‘जीवादी क्रान्तिको उन्मुखतालाई सुनिश्चित गर्नु, ३) श्रम र पू‘जीमा भएको सामन्त र नोकरशाही पू‘जीपतिहरुको पराम्परागत अधिनायकत्वलाई ध्वंस्त गरी लोकतन्त्रको नयॉ आधार सृजना गर्नु, ५) जमिनमा जसको जोत उसैको पोत लागू गर्नु र नयॉ शक्ति सन्तुलनमा जानु आदि ।

अब प्रश्न उठ्छ, बोल्शेविकहरुले सन् १९०५ मा प्रस्तावित गरेको “अस्थायी क्रान्तिकारी सरकार” र चिनी कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको सन् १९४५ को “सयुक्त सरकार” को कार्यदिशा सैद्धान्तिक र परिणामको हिसाबले सन् १९१७ मा सम्पन्न “अक्टुबर क्रान्ति” र सन् १९४९ मा सम्पन्न चिनी “जनवादी क्रान्ति” बीच अन्तरसम्बन्धित र अन्तरविरोधीत कार्यदिशा दुबै कोणबाट थियो कि थिएन ? निम्नत्तम कार्यक्रमको प्याकेजले यो प्रस्ट पार्दछ कि दुबै कार्यदिशा “जनवादी क्रान्ति” उन्मुख कार्यदिशा थियो । त्यतिखेर पनि आप्mना मातहतमा रहेका जनमुक्ति सेनाहरुलाई अझ आम जनताको उद्देश्य प्राप्तिको लागि अझ शसक्त र जुझारु बनाउ‘ने र विकास तथा विस्तारमा ध्यान दिनु पर्ने आवश्यकतालाई जोड दिएको थियो । यसबाट यो बुझ्न कति पनि कठिनाई छैन कि सरकार बनाउ‘ने र सरकारका जाने मात्र पार्टीको कार्यदिशा थिएन, अपितु सत्ता प्राप्त गरी जनताको अधिनायकत्वमा स्थापित गर्नुमा नै जोड थियो । यदि यस्तो नहुदो हो त सत्ता प्राप्त गर्ने क्रान्ति नभई सम्झौता, व्यक्तिको महत्वाकांक्ष र स्वार्थमा जनताको साहसिक आन्दोलन तुहिन्थ्यो । त्यहि विन्दुमा पार्टीका जनमुक्ति सेना र पार्टीलाई पश्चगामी वा प्रतिक्रियावादी सरकार र त्यसका संयन्त्रहरुमा विलय गराईन्थ्यो । तर त्यसो किन भएन ? किनकि पार्टीको “जनवादी क्रान्ति” को कार्यदिशा प्रस्ट थियो ।

यो ऐतिहासिक कालमा यि दुई कम्युनिस्ट पार्टीहरुले आफ्नो संघर्षकालमा सरकार सम्बन्धि एजेण्डालाई माक्र्सवादी मुल्यमान्यता अनुसार कसरी लागू गर्न सकिन्छ भन्ने कुरा मात्र अगाडि सारेन, अझ दोस्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनप्रति ध्यान दिन आग्रह पनि ग¥यो । केहि गर्न नसक्ने रटिरटाउ विसर्जनवादलाई तुरुन्त रोक्नु पर्ने आवश्यकतालाई अत्यन्त गंभिरताका साथ अगाडि बढायो ।
कुरा धेरै पुरानो भए पनि यसको सैद्धान्तिक महत्व अत्यन्त छ भन्नुमा दुविधा छैन । यसबाट यो प्रस्ट हुन्छ कि वर्ग संघर्षलाई कसरी अगाडि बाउन सकिन्छ, वर्ग संघर्षको सन्तुलन कहॉनेर कुन विन्दुमा हुनसक्छ, वर्ग संघर्षको बाटोलाई कसरी सफा र फराकिलो बनाएर लान सकिन्छ भन्ने विषय नै मुख्य कुरा हो । वास्तवमा माक्र्सवादको सैद्धान्तिक पक्षको प्रस्टता भईसकेपछि यो सिद्धान्तलाई सामाजिक क्रान्तिमा कसरी प्रयोग र विकास गर्ने पक्ष नै महत्वपूर्ण प्रश्न हो । यसैमा अलमलता र अस्पस्टताको कारण भड्काववाद र अन्य अवसरवादले जन्म लिने र मौलाउ‘ने वातावरण पाउ‘छ । अहिलेको विश्व कम्युनिस्ट आन्दोलनलाई उग्रवामपन्थ र वामपन्थी लफ्फाजीले पनि अत्यन्त नकारात्मक असर पारेको छ भने त्यो भन्दा कयौ गुणा बढी नकारात्मक असर दक्षिणपन्थी अवसरवादबाट भएको र गरिएको खुलेआम र निकृष्ट तोडमोड र संशोधनले पारेको छ । यसो हुनुमा यो पक्षलाई देख्न नसक्नु सैद्धान्तिक दृष्टिकोणले मात्र काम गरेको छईन, अपितु सामाजिक क्रान्तिमा क्रान्तिकारी आन्दोलनकारीहरुले वर्ग संघर्षको नियमलाई द्वन्द्वात्मक भौतिकवादी सचेतता अनुसार हल गर्न नसक्नु पनि हो ।
आज कम्युनिस्ट आन्दोलनका संवाहक शक्तिहरु विश्वभरि नै क्रियाशिल छन् । यो क्रियाशिलताले एकातिर दाहिने र देब्रे भड्कावका विरुद्ध देश र काल विशेष निरन्तरता दिएको छ भने अर्कोतिर प्रतिक्रियावादी सत्ता र शक्तिहरु विरुद्ध पनि निरन्तर धावा बोलिरहेको छ । पहिलेको तुलनामा चुनौतिहरुका साथसाथै क्रान्तिकारी आन्दोलनका आधारहरु अत्यन्त बढेर गएको छ । यहिबेलामा, तर सत्य यो पनि हो कि विश्व कम्युनिस्ट आन्दोलन विभिन्न भड्कावको शिकार भएको छ । अहिलेको मुल समस्या दक्षिणपन्थी कार्यदिशा नै हो । विशेष गरेर यो कुरा सरकार सम्बन्धि विषयमा नै देखिएको छ । सहि क्रान्तिकारीहरुको विश्वसनीय आधार बन्न सकेको छैन । यो प्रश्नमा क्रान्तिकारीहरु छरपस्टिएका छन्, तर यहि प्रश्नमा अवसरवादीहरु क्रान्तिकारी हु भन्नेहरु भन्दा संगठीत र तत्काल व्यवस्थित छन् ।

सत्ताको कारण र सत्तालाई प्रयोग गर्ने शिलशिलामा वर्ग विभाजित समाज सत्ताको लागि नै फेरि पनि एक भएको छ । यो सत्यको सान्दर्भिकतालाई राम्ररी बुझ्न आवश्यक छ । त्यसैले यो सत्यलाई केन्द्रमा राखेर राजनीतिक लडाईलाई व्यवस्थित बनाउ‘न आवश्यक छ । नत्र माछा–माछा भ्यागुतो भन्ने उखानले छाड्ने छैन । बदलिरहेको संसारमा पहिलेको तुलनामा कयौ गुणा बढी आजको समाजमा जनताहरु संवेदनशिल छन् । सत्ता र सरकारको सम्बन्धमा तुरुन्त प्रतिक्रिया आउ‘ने गरेको छ । यो सम्बन्धमा मानिसहरु अत्यन्त संक्रमणकालिन चेतमा छन् । त्यसकारण यो समाजमा आएको उच्च राजनीतिक चेतना र गतिशिलता अनुसार नै हाम्रा राजनीतिक लडाईलाई व्यवस्थित गर्न सक्नुपर्दछ । नत्र विज्ञानलाई गलत तरिकाले प्रयोग गर्दै या त दुस्साहसतिरको अनन्तहिन संघर्षको गलत पात्र भईने छ, या त घुमाउ‘रो तरिकाले भए पनि प्रतिक्रियावादीहरुको सेवक बनिने छ । कहिल्यै पार नपाउ‘ने अवसरवादी समिकरणमा तल्लिन भई नै रहने छ ।

आजको विश्वमा पू‘जीवादको विकास र यसले जन्माएको प्रविधिको कारण समाजको रहनसहन अत्यन्त बदलिएको छ । प्रविधिको विकासले जीवन यापनलाई एकातिर सहज बनाएको छ भने अर्कोतिर यस्ता प्रविधिहरुलाई मुठ्ठिभर मानिसहरुको हातमा केन्द्रीत गर्ने दुस्साहस गरिएको छ । यो कारण मानव समाजमा असमानताको खाडल अत्यन्त बढेर गएको छ । वर्गीय खाडल बढाउ‘ने कामलाई अत्यधिक प्रश्रय दिएको छ । साम्राज्यवादी तथा प्रभुत्ववादी शाक्तिहरुले यो विकासलाई दानवीय दमन र शोषण गर्ने काममा प्रयोग गरिरहेका छन् । त्यसले अझ वर्गीय अन्तरविरोधलाई बढाउ‘दै लगेको छ । शोषणलाई अत्यधिक बढाउने काममा प्रयोग गरिएको छ र यसले गर्दा अत्यधिक विश्वको जनसंख्या सर्वहारा वर्गमा परिणत भईरहका छन् । यो प्रक्रियाले निरन्तर क्रान्तिकारी संकट पैदा गरिरहेको छ । शोषणकारी पू‘जीवादी व्यवस्थाले आफ्नै व्यवस्था माथि संकटापन्न अवस्था सृजना गर्दै लगिरहेको छ । आजको मानिसमा आएको चेतना, उनीहरुको आवश्यकता, स्वाभिमानप्रतिको लडाई, शोषणप्रति घृणा र त्यो अनुसारको मागको कारण यो व्यवस्थाले व्यवस्थापन गर्नै नसक्ने अवस्थालाई निम्त्याईरहेको छ । नयॉ ढंगको व्यवस्थापकीय विकल्पमा नगई धरै छैन भन्ने बाध्यकारी र आवश्यकीय बैकल्पिक सोचको विकास गराईरहको छ । त्यो विकल्प व्यवस्थित समाजवाद नै हुने छ ।

पू‘जीवादी व्यवस्था सफल व्यवस्था भन्नका लागि यो व्यवस्थामा आधारित विकसित राष्ट्रहरुले अन्य अल्पविकसित वा विकासोन्मुख राष्ट्रहरुका प्राकृतिक र मानवीय स्रोतहरुलाई खुलेआम हस्तक्षेप गरी सफल राष्ट्रको बनावटी र झुटो विबरण दिदै फोस्रो व्याख्या गरिरहेको भए ता पनि ऐतिहासिक दृष्टान्तहरुले यो बकबासलाई खण्डित गर्दछ । यस्तो बकबास पनि धेरै दिन चल्नेवाला छैन । किनभने अब प्रत्येक देशका जनताहरुमा सचेतता पैmलने क्रम अत्यन्त तीब्र छ । राष्ट्रवादी, भाईचारा अन्तर्राष्ट्रियवादी र स्वाभिमानी संघर्षले विश्वभरि नै तीब्रता पाईरहेको छ । यो अवस्थाको विजयले साम्राज्यवादी र शोषणकारी पू‘जीवादी व्यवस्था धरासायी बन्ने दिशामा अगाडि बढिरहेको छ । समाजवादी व्यवस्थाको मार्ग प्रशस्त हुदै गइरहेको छ ।

यहि विश्व परिस्थितिमा नेपालको राजनीतिक आन्दोलन पनि अन्योन्याश्रित सम्बन्धबाट अगाडि बढिरहेको छ । प्रत्येक देशका जनताहरु राष्ट्रमुक्ति, स्वाभिमान, स्वतन्त्रताको पक्षमा र शोषण, अन्याय, असमानताको विरुद्धमा बलिदानी लडाई लडिरहेका छन् । हाम्रो देशमा पनि यि नै मुद्धाहरुलाई लिएर ठूलाठूला आन्दोलन गर्ने निरन्तरता टुटेको छैन । तर यो तितो यथार्थतिर पनि हाम्रो ध्यान जान आवश्यक छ कि बारम्बारको त्यस्ता मुक्तिकामी आन्दोलनको सदुपयोग क्रान्तिकारी माक्र्सवादीहरुले गर्न नसकेर किन कुनै न कुनै प्रकारका प्रतिक्रियावादी र अवसरवादी शाक्तिहरुले दुरुपयोग गर्ने स्थिति पैदा भएको छ ? यस्ता कारणहरुको सहि पहिचान गर्न नसक्ने हो भने क्रान्तिकारी परिवर्तन शब्द हाम्रो मुखको रसिलो र सौखिन शब्द हुने छ । अर्कालाई दोष लगाउनुको कुनै न्यायोचित र बैज्ञानिक अर्थ रहने छैन ।

Thursday, March 4, 2010

अपिल




राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निर्माणका निम्ति मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–०६६ सफल पारौ

राष्ट्रप्रेमी सम्पूर्ण जनसमुदायहरु
सर्वप्रथम ने.क.पा.(एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले “सीमा अतिक्रमण र वैदेशीक हस्तक्षेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान †” भन्ने मुल नाराका साथ मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान संचालन गर्न गइरहेको कुरा यहा“हरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ । हामीले यो राष्ट्रिय जनजागरण अभियान संचालन किन गर्न गइरहेका छौ ? भन्ने कुरा स्पष्ट गर्न चाहन्छांै ।

आज देशको राष्ट्रियताको अवस्था अत्यन्त नाजुक छ । राष्ट्रिय स्वाधिनताको रक्षा अहम् सवाल बनेको छ । हाम्रो मुलुक कहिल्यै विदेशी शक्तिहरुको अधिनमा परेन । विगतमा हाम्रा पूर्खाहरुले बैदेशिक हस्तक्षेप विरुद्ध लडेर मुलुकको राष्ट्रियताको जगेर्ना गर्न सके । यो दृष्टान्त सवैले गर्व गर्न सकिने प्रकारको छ । तर आज हाम्रो मुलुक विरुद्ध बैदेशिक दबाव र हस्तक्षेप तिब्र बढेको छ । विगत लामो समयदेखि कालापानीमा भारतीय सेनाको उपस्थिति कायमै छ । सन् १९५० लगायत विगतका कयौ असमान सन्धि–सम्झौताहरुका कारणले मुलुकले मुख्यतः भारतीय विस्तारवादी दवाव झेल्दै आएकोमा हाल आएर सुपुर्दगी सन्धि गर्न, सीमा नक्शामा हस्ताक्षर गर्न र हवाई मार्शल राख्नका लागि समेत भारतले दवाव दिदैआएको छ । आज हाम्रो देशको ताप्लेजुङ, कुनौली, ठोरी, सुस्ता, कोइलाबासदेखि ब्रह्मदेवमन्डी र कालापानी लगायत ५४ भन्दा बढी स्थानमा भारतद्वारा ६० हजार हेक्टर नेपाली भुमि अतिक्रमण गरिएको छ । सीमानामा भारतद्वारा अन्तर्राष्ट्रिय कानुन र प्रचलनका विरुद्ध बा“धिएका बा“धका कारण कयांै नेपाली भू–भाग डुबानमा परेर धनजनको क्षति ह“ुदै आएको छ । यी सबैका बारेमा संसदीय समितिले आधिकारिक रुपले प्रतिवेदन दिएर वा प्रमाणित गरेर सीमा मिचिएको वा बा“धका कारण नेपालमा व्यापक क्षति पुगेको ठहर गर्दासम्म पनि सरकार मौन रहनु आश्चर्यको कुरा भएको छ । त्यसैले यी सबै बैदेशिक अतिक्रमण, दवाब र थिचोमिचो विरुद्ध जुध्नु नेपालका हिमाल, पहाड, तराई र सबैतिर बसोबास गर्ने स्वाभिमानी नेपालीको कर्तव्य बन्दछ ।

एकातिर राष्ट्रियताको स्थिति यस्तो छ भने अर्कोतिर लोकतन्त्र पनि खतरामा पर्दै गएको छ । जनताको अदम्य साहस र बलिदानबाट संविधानसभाको निर्वाचन र संघीय गणतन्त्र स्थापना भएपनि संविधान निर्माण कार्य सुस्त प्रायः भएको छ । सत्ताधारी र प्रतिपक्षमा रहेका प्रमुख दलहरुको बेमेल, असहमति र बेग्लाबेग्लै स्वार्थ र सरकारको नेतृत्वको लागि हानथापका कारण संसद अवरुद्ध छ । शान्ति प्रकृया र सेना समायोजनको प्रश्न पनि जटिल बन्दै गएको छ । राष्ट्रपतिको असंबैधानिक कदम र त्यो कदम सच्याउ“न भएको ढिलाई र प्रमुख प्रतिपक्षको त्यस विरुद्धको कडा रबैयाका कारणहरुले पनि निकास अवरुद्ध हु“दै गएको छ । यथार्थमा नया“ संविधान निर्माणका निम्ति बेग्लाबेग्लै सिद्धान्त, नीति बोकेका भए पनि संघीय गणतन्त्र स्थापनाका पक्षधर शक्तिहरु बीच न्युनत्तम सवालहरुमा सहमति हुनु पर्ने हो, त्यो भएको छैन । पूर्वी पहाडका केही क्षेत्र र तराईका पनि कतिपय भू–भागमा राजनीतिक लेपमा कतिपय अपराधिक तत्वहरुको चलखेल बढेको छ । समग्रमा देश मुठभेड र हिंसात्मक भिडन्ततिर जाने खतरा पुनः बढेको छ । यी सबै गतिविधीहरुका कारण निर्धारित समयमा अग्रगामी संविधान निर्माणको कार्य पनि प्रभावित भएको छ । हालै मात्र संविधानसभाको कार्यतालिका छैठौ पटक संशोधित भयो । यि सबै प्रकारका गतिविधि समयमै अग्रगामी संविधान नबन्ने लक्षणहरु हुन् । अग्रगामी संविधान समयमा नबनेमा देशमा पुनः प्रतिगामी शक्ति वा विभिन्न खाले तानाशाही शासनको उदय हुने खतरा बढेको छ । अतः समयमा अग्रगामी संविधान निर्माणका निम्ति पनि चौतर्फी दवाव आजको अहम् राष्ट्रिय कार्यभार हो ।
आज नेपाली जनताले दैनिक जीवनयापनका सन्दर्भमा पनि अत्यन्त कठिन अवस्थाको सामना गर्नु परेको छ । देशका विशेष गरी हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न अभाव र हैजाको प्रकोपबाट जनता आक्रान्त छन् । यता जलवायु परिवर्तनको असरले तराईम्ाँ पनि खाद्यान्न कम हुने अवस्था छ । कोशी पीडितहरुको राहत र पुनस्र्थापनाको प्रश्न पनि समाधान हुन सकेको छैन । उपभोग्य र उपयोगि सामानहरुको अत्यन्त बढ्दो मुल्य वृद्धि र बस्तुहरुको अभावले आम जनजीवन कष्टकर बनेको छ ।

एकातिर जनताको यस्तो अवस्था छ भने माधव कुमार नेपाल नेतृत्वको गठवन्धन सरकारले जम्बो आकारमा मन्त्रिमण्डल विस्तार गरेका कारण राष्ट्रिय ढुकुटीको ठूलो हिस्सा भत्ता र सुविधाका फजुल खर्चमा गएको छ भने जनताको जनजीविलाई सुविस्तायुक्त बनाउ“न सरकारको कुनै चासो र चिन्ता देखिदैन । यसरी समग्रमा जनताको दैनिक जिविकालाई यस्ता अवान्छित गतिविधिले अझ कष्टकर बनाउदै लगेको छ । त्यसलाई रोक्नका निम्ति जनजागरण र दवाबमुलक संघर्ष आवश्यक छ । यसरी समग्रमा उपरोक्त स्थितिमा मूलत ः राष्टिय स्वाधिनताको रक्षा, सीमा अतिक्रमणको विरोध, समयमै अग्रगामी संविधानको निर्माण र जनजीविकाको सुगमताका लागि देशव्यापी दवाव श्रृजना गर्न र जनचेतना जगाउ“न हामीले यो मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–२०६६ संचालन गर्न गइरहेका छौ । हाम्रो यो राष्ट्रिय अभियानको दौरानमा गोष्ठी, अन्तरक्रिया, सभा, पर्चा वितरण, वालपेन्टिङ र मंसीर १० गतेदेखि २१ गतेसम्म मेची–महाकाली मोटरसाइकल ¥याली गरि देशव्यापी अभियान संचालन हुनेछ । हाम्रो यो जनजागरण कार्यक्रममा सयौं नेता÷कार्यकर्ता र हजारौ जनताको सहभागिता हुनेछ । हाम्रो यो कार्यक्रमलाई सफल बनाउ“न सदा झै देशका बुद्धिजीवी, युवा, महिला, मजदुर, किसान, विद्यार्थी, उद्यमी व्यवसायी सबैबाट सहयोगको अपेक्षा गरेका छौ र सवैसूग कार्यक्रम सफल पारिदिन हार्दिक आह्वान गर्दछौ ।
नाराहरm
सीमा अतिक्रमण– बन्द गर ।
अतिक्रमित भूमि– फिर्ता गर ।
भारतीय सेना कुटियाङ्दी– पारी जाऊ ।
१९५० लगायतका असमान सन्धी–सम्झौता– खारेज गर ।
राष्ट्रघाती महाकाली सन्धि– खारेज गर ।
निर्धारित समयमा अग्रगामी संविधान– जारी गर ।
मुल्यवृद्धि– नियन्त्रण गर ।
तस्कर तथा कालाबजारियाहरुलाई– कडा कारवाही गर ।
जनआन्दोलनका दोषीहरुमाथि — कारवाही गर ।
कोशी लगायतका बाढी पीडितहरुलाई राहत र पुर्नस्थापनको– व्यवस्था गर ।
युवा वेरोजगार– अन्त्य गर ।
जातीय, क्षेत्रीय भेदभाव– अन्त्य गर ।
साम्प्रदायिक सद्भाव– कायम गर ।
प्रचार प्रसार विभाग
मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–०६६
मितीः २०६६÷६÷१


प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती
नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को केन्द्रीय समितिको आयोजनामा मकवानपुर जिल्लाको हेटौंडामा २०६६ भदौ १२ देखि १४ गते सम्म राष्ट्रिय प्रशिक्षण भेला र केन्द्रीय समितिको विस्तारित वैठक सम्पन्न भएको छ । देशका ५१ जिल्लाबाट प्रतिनिधित्व भएको हाम्रो संगठनकोे ३ दिने ऐतिहासिक हेटौंडा नगरीको कार्यक्रममा १२ र १३ गतेको प्रशिक्षण शेशनमा १० वटा निम्न महत्वपुर्ण विषयमा प्रशिक्षण भयो । समसामयिक राजनीतिक परिस्थिति र संगठनको भुमिका तथा संगठनात्मक पद्धतिको बारेमा ने.क.पा.(एकीकृत) का केन्द्रीय महासचिव क. रामसिंह श्रीस्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको वर्तमान परिस्थिति र आजको माक्र्सवादी आन्दोलन साथै पार्टी, वर्गीय संगठन र जन÷वर्गीय संगठनको आन्दोलनमा भुमिका बारे अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा के.स. तेज प्रसाद कडेल, दर्शन र कम्युनिष्ट आन्दोलनमा “वाद” र “विचारधारा” को विषयमा विवाद र वास्तविकता वारेमा पोलिटव्युरो सदस्य कमल चौधरी, युवा आन्दोलनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे के.स. डाचाराज वाग्ले, राज्यको नयाँ संरचना र सार्थक संविधानको निर्माणको प्रश्न साथै पार्टी एकीकरण, धु्रवीकरण र जनवादी क्रान्तिबारे प्रचार–प्रसार विभाग प्रमुख तथा के.स. टंक राई, संस्कृति, सांस्कृतिक आन्दोलन र माक्र्सवादी दृष्टिकोण बारेमा संगठनका सल्लाहकार तथा के.स. चिरन पुनहरुले प्रशिक्षण दिनुभएको थियो । १४ गतेको केन्द्रीय समितिको विस्तारित वैठकले राष्ट्रियताबारे मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान र तोकिएकै समयमा सार्थक संविधान बन्नु पर्छ भन्ने प्रश्नमा राष्ट्रव्यापी दवावमुलक कार्यक्रम मंसिर महिनाको अन्तिमतिरबाट थालिने निर्णय गरेको छ । यो कार्यक्रमको तयारीको लागि जिल्ला संगठनहरु गठन र पुर्नगठनको कामलाई शसक्तता र निरन्तरता दिइने निर्णय गरेको छ । कार्यक्रमको ढाँचा र रुटको बारेमा विस्तृत रुपमा संगठनको सचिवालयको आगामी वैठकले निर्णय गर्नेछ । तीन दिने कार्यक्रमको लागि हाम्रो आर्थिक अभियानलाई आर्थिक र भौतिक सहयोग दिएर क्रान्तिका संवाहक हामी युवाहरुको कार्यक्रमलाई सम्पन्न गर्न सवै प्रकारको सहयोग गरिदिनु हुने सम्पुर्ण मकवानपुरका सहयोगदाताहरुप्रति हाम्रो केन्द्रीय समिति आभार र धन्यवाद व्यक्त गर्दछ । धन्यवाद ।
.......
(उदय राई)
अध्यक्ष

अपिल

अपिल
आदरणीय जनसमुदाय
सर्वप्रथम ने.क.पा.(एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले “सीमा अतिक्रमण र वैदेशीक हस्तक्षेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान †” भन्ने मुल नाराका साथ मेची–महाकाली जनजागरण अभियान संचालन गर्न गइरहेको कुरा यहा“हरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ । यो जनजागरण अभियानले मुलतः १) राष्ट्रियता, तथा २) जनजीविका र जनतन्त्रको सवालमा देशभरि जनजागरण र सचेतता निर्माण गर्ने मात्र नभई यसका निम्ति संघर्ष उठान गर्ने सवालमा पनि कोशेढुंगा सावित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

आज देशको राष्ट्रियताको अवस्था अत्यन्त नाजुक छ । राष्ट्रिय स्वाधिनताको रक्षा अहम् सवाल बनेको छ । हाम्रो मुलुकको सार्वभौमिकता र स्वतन्त्र अस्तित्व विरुद्ध बैदेशिक दबाव र हस्तक्षेप तिब्ररुपले बढेको छ । विगत लामो समयदेखि कालापानीमा भारतीय सेनाको उपस्थिति कायमै छ । सन् १९५० लगायत विगतका कयौ असमान सन्धि–सम्झौताहरुका कारणले मुलुकले दवाव झेल्दै आएकोमा हाल आएर सुपुर्दगी सन्धि गर्न, सीमा नक्शामा हस्ताक्षर गर्न र हवाई मार्शल राख्नका लागि समेत भारतले दवाव दिदैआएको छ । ताप्लेजुङ, कुनौली, ठोरी, सुस्ता, कोइलाबासदेखि ब्रह्मदेवमाडी र कालापानीसम्मका ५४ भन्दा बढी स्थानमा भारतद्वारा करिब ६० हजार हेक्टर नेपाली भुमि अतिक्रमण गरिएको छ । सीमानामा भारतद्वारा अन्तर्राष्ट्रिय कानुन र प्रचलनका विरुद्ध बा“धिएका बा“धका कारण कयांै नेपाली भू–भाग डुबानमा परेर धनजनको क्षति हुदै आएको छ । त्यसैले यि सबै बैदेशिक अतिक्रमण, दवाब र थिचोमिचो विरुद्ध जुध्नु नेपालका हिमाल, पहाड, तराई र सबैतिर बसोबास गर्ने स्वाभिमानी नेपालीको कर्तव्य बन्दछ ।

एकातिर राष्ट्रियताको स्थिति यस्तो छ भने अर्कोतिर लोकतन्त्र पनि खतरामा पर्दै गएको छ । जनताको अदम्य साहस र बलिदानबाट संविधानसभाको निर्वाचन र संघीय गणतन्त्र स्थापना भएपनि सार्थक संविधान निर्माण कार्य सुस्त प्रायः भएको छ । सत्ताधारी र प्रतिपक्षमा रहेका प्रमुख दलहरुको बेमेल, असहमति र बेग्लाबेग्लै स्वार्थ र हानथापका कारण संसद अवरुद्ध छ । शान्ति प्रकृया र सेना समायोजनको प्रश्न पनि जटिल बन्दै गएको छ ।

राष्ट्रपतिको असंबैधानिक कदम, त्यो कदम सच्याउ“न भएको ढिलाई, अवसरवादीहरुको कुर्ची मोह, यथास्थितिवादीहरुको तिब्र ध्रुविकरण, साम्राज्यवादी र विस्तारवादीहरुको बलियो उपस्थिति र उनीहरुको विभिन्न पार्टीमा बलियो प्रभाव तथा प्रतिगामी सामन्ति तत्वहरुको प्रतिगमनका निम्ति सकृय उपस्थितिका कारण सार्थक संविधान निर्माणको निकास अवरुद्ध ह“ूदै गएको छ । यथार्थमा नया“ संविधान निर्माणका निम्ति बेग्लाबेग्लै सिद्धान्त, नीति बोकेका भए पनि संघीय गणतन्त्र स्थापनाका पक्षधर शक्तिहरु बीच न्युनत्तम सवालहरुमा सहमति हुनु पर्ने हो, त्यो भएको छैन । पूर्वी पहाड र तराईका केहि क्षेत्रहरुमा राजनीतिक लेपभित्र कतिपय अपराधिक तत्वहरुको चलखेल बढिरहेको छ । समग्रमा देश मुठभेडतिर जाने खतरा पुनः बढेको छ । यि र यस्ता प्रकारका गतिविधिहरुका कारण निर्धारित समयमा अग्रगामी संविधान निर्माणको कार्य पनि प्रभावित भएको छ । हालै मात्र संविधानसभाको कार्यतालिका छैठौ पटक संशोधित भएको छ । यि सबै प्रकारका गतिविधिहरु समयमै अग्रगामी संविधान नबन्ने लक्षणहरु हुन् । अग्रगामी संविधान समयमा नबनेमा देशमा पुनः प्रतिगामी वा विभिन्नखाले तानाशाही शक्ति शासन हत्याउने खेलमा प्रकारान्तरले सफल हुदै जानेछन् । अतः समयमा अग्रगामी सार्थक संविधान निर्माणका निम्ति पनि चौतर्फी जनदवाव आजको अहम् राष्ट्रिय कार्यभार हो ।

आज नेपाली जनताले दैनिक जीवनयापन गर्ने सवालमा पनि अत्यन्त कठिन अवस्थाको सामना गर्नु परेको छ । देशका विशेष गरी हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न अभाव र हैजाको प्रकोपबाट जनता आक्रान्त छन् । यता जलवायु परिवर्तनको असरले तराईम्ाँ पनि खाद्यान्न कम हुने अवस्था छ । पश्चिम नेपालका बाढी पीडित र कोशी पीडितहरुको राहत र पुनस्र्थापनाको प्रश्न पनि समाधान हुन सकेको छैन । उपभोग्य र उपयोगि सामानहरुको अत्यन्त बढ्दो मुल्यवृद्धि र बस्तुहरुको अभावले आम जनजीवन कष्टकर बनेको छ ।

एकातिर जनताको यस्तो अवस्था छ भने अर्काेतिर माधव कुमार नेपालको नेतृत्वको सरकार जम्बो र देशको लागि महंगो मात्र भएको छैन, अझ यो प्रकारको गठबन्धनीय सरकार शान्ति प्रक्रियालाई अबरुद्ध र परिवर्तनको दिशालाई सुनिश्चित गर्न नचाहने गतिविधितिर उन्मुख भएको देखिन्छ । देशको ढुकुटीको ठूलो हिस्सा भत्ता र सुविधाका फजुल खर्चमा गएको छ भने जनताको जनजीविकालाई सुविस्तायुक्त बनाउ“न सरकारको कुनै चासो र चिन्ता देखिदैन । यी प्रकारका अबान्छित गतिविधिहरुलाई रोक्नका निम्ति पनि जनजागरण र दवाबमुलक संघर्षको आवश्यक छ । यसरी समग्रमा उपरोक्त स्थितिमा मूलतः राष्टिय स्वाधिनताको रक्षा, सीमा अतिक्रमणको विरोध, समयमै अग्रगामी सार्थक संविधानको निर्माण र जनजीविकाको सुगमताका लागि देशव्यापी दवाव श्रृजना गर्न र जनचेतना जगाउ“न हामीले यो “मेची–महाकाली जनजागरण अभियान–२०६६” संचालन गर्न गइरहेका छौ । माथि उल्लेखित विषयहरु कुनै एक व्यक्ति वा पार्टीको मात्र सरोकारको विषय नभएकोले यो कार्यक्रमको महत्वलाई आत्मसाथ गर्दै सम्पूर्ण न्यायप्रेमी तथा देशभक्तहरुको सहभागिता पनि रहने कुरामा कार्यक्रम आयोजक विश्वस्त छ । हाम्रो पार्टी नेकपा (एकीकृत) ले विगत समयमा नेकपा (एमाले), माओवादी एवं नेपाली का“ग्रेसका सत्ता लिप्साको विरोध गर्दै राष्ट्रियता र जनजीविका तथा जनतन्त्रका लागि एकल तथा संयुक्त दवाबमुलक र रचनात्मक कार्यक्रमहरु, सिंहदरबार घेराउ, मसाल जुलुस, कोणसभाहरु, अन्तरक्रिया तथा गोष्ठी कार्यक्रमहरु, नेपाल तथा उपत्यका बन्द, सरकारी अफिसमा छड्के निगारानी, हैजा पीडित क्षेत्रमा तुरुन्त सरकारी सेवाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ, जनतन्त्रका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र दिने आदि कार्यक्रमहरु गर्दै आइरहेको छ । यो राष्ट्रिय जनजागरण अभियानमा पनि राष्ट्रियता तथा जनजीविका र जनतन्त्रको पक्षमा रचनात्मक र दबावमुलक दुबै कार्यक्रमहरु संचालन हुनेछ । यो दौरानमा गोष्ठी, अन्तरक्रिया, सभा, पर्चा वितरण, वालपेन्टिङ र मंसीर १० गतेदेखि २२ गतेसम्म मेची–महाकाली मोटरसाइकल ¥याली गरि देशव्यापी अभियान संचालन गरिनेछ । हाम्रो यो जनजागरण कार्यक्रममा सयौं नेता÷कार्यकर्ता र हजारौ जनताको सहभागिता हुनेछ । यस कार्यक्रमलाई सफल बनाउ“न सदा झै देशका बुद्धिजीवी, युवा, महिला, मजदुर, किसान, विद्यार्थी, उद्यमी व्यवसायी सबैबाट सहयोगको अपेक्षा गरेका छौ र सवैस“ग कार्यक्रम सफल पारिदिन हार्दिक आह्वान गर्दछौ ।
नाराहरु
सीमा अतिक्रमण– बन्द गर ।
अतिक्रमित भूमि– फिर्ता गर ।
भारतीय सेना कुटियाङ्दी– पारी जा ।
१९५० लगायतका असमान सन्धी– सम्झौता– खारेज गर ।
राष्ट्रघाती महाकाली सन्धि– खारेज गर ।
निर्धारित समयमा अग्रगामी संविधान– जारी गर ।
मुल्यवृद्धि– नियन्त्रण गर ।
तस्कर तथा कालाबजारियाहरुलाई– कडा कारवाही गर ।
जनआन्दोलनका दोषीहरुमाथि — कारवाही गर ।
कोशी लगायतका बाढी पीडितहरुलाई राहत र पुर्नस्थापनको– व्यवस्था गर ।
युवा वेरोजगार– अन्त्य गर ।
जातीय, क्षेत्रीय भेदभाव– अन्त्य गर ।
साम्प्रदायिक सद्भाव– कायम गर ।
कार्यक्रमको विबरणः–
उद्घाटनः–०६६ मंसीर १० गते महेन्द्रनगर गड्डाचौकी,
रामसिंह श्रीस, महासचिव, नेकपा (एकीकृत)
समापनः–०६६ मंसीर २२ गते झापा का“कडभित्ता,
ऋषिराम शर्मा कट्टेल, अध्यक्ष, नेकपा (एकीकृत)
अभियानको कार्यक्रम र रुटहरु
०६६ मंसीर १० गते
उद्घाटनः–०६६ मंसिर १० बजे विहान कन्चनपुरको महेन्द्रनगर गड्डा चौकी, अतरीया–कोणसभा, कैलालीको धनगढी–अन्तरक्रिया र कोणसभा, लमकी–कोणसभा, टीकापुर–कोणसभा ।
०६६ मंसिर ११ गते
बर्दियाको राजापुर–कोणसभा, गुलरिया–कोणसभा, बा“केको
खजुरा–कोणसभा, नेपालगञ्ज–अन्तरक्रिया, कोहलपुर–कोणसभा ।
०६६ मंसीर १२ गते
दाङको इमलिया–कोणसभा, तुल्सीपुर–कोणसभा, घोराही–कोणसभा र अन्तरक्रिया, लमही र भालुवाङ–कोणसभा, प्युठानको बाङ्गेसाल–कोणसभा ।
०६६ मंसिर १३ गते
कपिलबस्तुको चनौटा–कोणसभा, गोरुसिंगे–कोणसभा, तौलिहवा–कोणसभा, ४ नं–कोणसभा, पर्सा चौराह–कोणसभा, रुपन्देहीको रुद्रपुर–सभा ।
०६६ मंसिर १४ गते
रुपन्देहीको बुटवल–कोणसभा र अन्तरक्रिया, भैरहवा–कोणसभा, नवलपरासीको सुनौली–कोणसभा, परासी–कोणसभा, महेशपुर–कोणसभा, सुस्ता–कोणसभा, त्रिवेणी–कोणसभा,बर्दघाट–कोणसभा ।
०६६ मंसीर १५ गते
नवलपरासीको चोरमारा–कोणसभा, कावासोती–कोणसभा, गैडाकोट–कोणसभा, चितवनको नारायणघाट–कोणसभा, भरतपुर–अन्तरक्रिया, टा“डी–कोणसभा, पर्सा–कोणसभा र मकवानपुरको हेटौडा–कोणसभा ।
०६६ मंसीर १६ गते
बाराको सिमरा–कोणसभा, जितपुर–कोणसभा, परवानीपुर–कोणसभा, पर्साको विरगञ्ज–अन्तरक्रिया र कोणसभा, बाराको कलैया–कोणसभा, बडहरवा–कोणसभा, निजगढ–कोणसभा, रौतहटको चपुुर–कोणसभा, सन्तपुर–कोणसभा, गडुरा–कोणसभा, गौर–कोणसभा ।
०६६ मंसीर १७ गते
रौतहटको चन्द्रनिगाहपुर–कोणसभा, सर्लाहीको हरिवन–अन्तरक्रियात्मक सभा, नवलपुर–कोणसभा, मलंगवा–कोणसभा, लालवन्दी–कोणसभा, महोत्तरीको बर्दीबास–अन्तरक्रियात्मक सभा, हात्तिलेट–कोणसभा ।
०६६ मंसिर १८ गते
महोत्तरीको रामगोपालपुर–कोणसभा, जलेश्वर–कोणसभा, धनुषाको जनकपुर–अन्तरक्रियात्मक सभा, महेन्द्रनगर–कोणसभा, ढल्केबर–कोणसभा, वीरेन्द्रबजार–कोणसभा, गोदार–कोणसभा, सिराहाको वस्तीपुर–कोणसभा, मिरचैया–कोणसभा, माडर–कोणसभा, गोलबजार–अन्तरक्रियात्मक सभा ।
०६६ मंसीर १९ गते
सिराहाको लाहान–अन्तरक्रियात्मक सभा, सप्तरीको कद्माह–कोणसभा, कल्याणपुर–कोणसभा, रुपनी–कोणसभा, राजविराज–कोणसभा, हनुमाननगर–कोणसभा, भारदह–कोणसभा, सुनसरीको भण्टावारी–कोणसभा, इनहरुवा–कोणसभा, इटहरी–कोणसभा,
धरान–कोणसभा ।
०६६ मंसिर २० गते
सुनसरीको धरान–अन्तरक्रिया, तरहरा–कोणसभा, दुहवी–कोणसभा, मोरङको विराटनगर–अन्तरक्रिया र कोणसभा, झोराहाट–कोणसभा, नेताचोक–कोणसभा, बेलवारी–कोणसभा, पथरी–कोणसभा,
उर्लावारी–कोणसभा, झापाको दमक–कोणसभा ।
०६६ मंसिर २१ गते
झापाको दुधे–कोणसभा, सुरु¨ा–कोणसभा, बिर्तामोड–कोणसभा, भद्रपुर–कोणसभा, चारआली–कोणसभा, धुलाबारी–कोणसभा, का“कडभित्ता समापन ।
अन्य कार्यक्रमहरुः
प्रचार–प्रसार, वालपेन्टिङ, पत्रकार भेटघाट, विचारगोष्ठी तथा जनभेटघाटहरु हुनेछन् ।

प्रचार प्रसार विभाग
मेची–महाकाली जनजागरण अभियान–०६६
मितीः २०६६÷७÷२५

Wednesday, March 3, 2010

पार्टीबाट व्यक्ति वा समुहको बहिर्गमन र आगमनलाई कसरी हेर्ने ?

अग्रगति साप्ताहिक
वर्ष २, अंक ४७, २०६५ सावन १६, विहिबार
पार्टीबाट व्यक्ति वा समुहको बहिर्गमन र आगमनलाई कसरी हेर्ने ?
उदय राई
कुनै पनि घट्ना घट्नको पछाडि कारण हुन्छ । एउटा घट्नाको परिघट्ना कारण हुने र अर्कोलाई प्रभाव पार्ने कारण हुन सक्दछ । तर त्यसको मुलकारण मुख्य पक्ष हो । संसारमा घट्नाहरु दुई ढंगले घट्ने गर्दछ, १. आवश्यकता र २. आकस्मिकता ढंगबाट ।

कुनै चीज वा प्रक्रियाको नियमशासित आन्तरिक विकासको कारण अनिवार्य र आवश्यकीय रुपमा घट्नाहरु घट्नैपर्छ । बाटोमा हिडिरहेको मानिसलाई गाडिले किच्नु आकस्मिकता हो, किनभने त्यो घट्नु पर्ने घट्ना होईन । चट्याङ्गले मान्छे मार्नु, असिनाले बाली विगार्नु आदि । तर दुबै घट्नाहरु कारणरहित भने हुदैन् । आवश्यकताले कहिलेकाही आफुलाई आकस्मिकताको रुपमा व्यक्त गर्दछ । जस्तै क्रान्ति आवश्यकता हो, तर क्रान्तिले विद्यमान परिस्थिति अनुसार अस्थिर विशेषताहरु सहित अलग–अलग आकस्मिक घट्नाहरुको रुपमा आफुलाई व्यक्त गर्दछ । त्यसैगरी घट्नालाई सारतत्व र दृष्यरुप वा अन्तरबस्तु र रुप पक्षबाट हेर्न र बुझ्न जरूरी छ ।

सारतत्व र दृष्यरुप बस्तु र प्रकृयाहरुमा दुई पक्ष हुन् जुन एक अर्कासंगसंगै अस्तित्वमा रहन्छ । सारतत्व आन्तरिक पक्ष हो भने दृष्यरुप बाह्य पक्ष हो जसलाई प्रत्यक्ष सजिलै देख्न, हेर्न र अनुभव गर्न सकिन्छ । घट्ना घट्दा दृष्यरुपले सारतत्वलाई प्रदर्शित गर्ने गर्दछ । लेनिन आङ्खनो दार्शनिक नोटबुकमा यो सम्बन्धि टिप्पणी गर्दा “अप्रमुख, देखौवा, सतही पक्ष अक्सर गरेर विलाएर जान्छ र त्यो सारतत्व झै जबरजस्त रहदैन, त्यति दह्रो रुपमा रहदैन” भन्दछन् ।

सारतत्व र दृष्यरुप एक–अर्कोमा फेरिन्छन् र सारतत्वले आङ्खनो अस्तित्व दृष्यरुपमा व्यक्त गर्दछ । त्यसो नगरेमा त्यसको अस्तित्वको अभिव्यक्तिको संभव छैन । अर्कोतिर दृष्यरुपको सारतत्व पनि हुन्छ । विकासको शिलसिलामा सारतत्वको परिवर्तन हुने गर्दछ । त्यसको परिवर्तनका साथसाथै अनिवार्य रुपमा दृष्यरुपमा पनि परिवर्तन हुने गर्दछ । जस्तै दासप्रथा, सामन्ति अर्थव्यवस्था, पूजीवादी व्यवस्था, साम्राज्यवादी व्यवस्था वा समाजवादी व्यवस्था । त्यसरी नै अन्तरबस्तु र रुपको सवालमा पनि यहि कुरा सत्य हो । अन्तरबस्तु र रुपको द्वण्द्ववादी तथ्य यो हुन्छ कि ति दुईको विकास एकसाथ एकैनासले वा गतिमा हुदैन । रुपसित अन्तरबस्तुको संघर्ष र अन्तरबस्तुसित रुपको संघर्ष निरन्तर हुने गर्दछ । रुपलाई फाल्न अन्तरबस्तुको रुपान्तरण हुने हुन्छ ।

माथि उल्लेखित द्वण्द्ववादी सत्य हरेक घट्ना विशेषमा पनि सत्य हुन्छ । पार्टीको निर्माण पनि यहि सत्यको परिघट्नाभित्र भएको हुन्छ । वर्गीय समाजमा पार्टी पनि वर्गीय हुन्छ । चिन्तन वा दृष्टिकोण वर्गीय हुन्छ । व्यक्ति वा समुदाय वर्गको प्रतिनिधित्व गर्ने रुप हुन्छन् ।

आज विश्व दुई विश्वदृष्टिकोणमा विभक्त छ ः द्वन्द्वात्मक भौतिकवादी र अधिभुतवादी दृष्टिकोणमा । द्वण्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणले सर्वहारा वर्गीय वर्गसंघर्षलाई आत्मसाथ गर्दछ भने अधिभुतवादी दृष्टिकोणले वीर पुरुष वा व्यक्तिवाद, चेतना, भाग्यवाद, अलौकिक शक्ति, वर्गीय असमानताको निरन्तरता, छलकपट, अवसरवाद, संकीर्णवाद आदि कुरालाई आत्मसाथ गर्दछ । सारतः मानिसहरुको पार्टीबाट बहिर्गमन र पार्टीभित्र आगमनको प्रश्न पनि यसैको पेरिफेरि भित्र नै केन्द्रीत हुने गर्दछ । हामीले सतही रुपमा पार्टीबाट केही मान्छे जाने वा आउने भन्ने प्रश्नमा छलफल गर्दा त्यो व्यक्तिको विभिन्न कोणबाट टिप्पणी गर्ने गर्दर्छौ । फलानो व्यक्ति यो यो कुराले राम्रो, इमान्दार, सरल, विद्वान थियो । त्यस्तै अर्को ध्रुवबाट कुरा गर्दा फलानो व्यक्ति छट्टु, बेइमान, अनैतिक, फटाहा, हाम्रो पार्टीमा बस्न अयोग्य आदि । यस्ता गतिविधिको टिप्पणी गर्ने तरिकाल,े विश्लेषण गर्ने, मुल्यांकन गर्ने तरिकाले एक किसिमको प्रभाव र प्रभावित गर्ने काम गर्दछ । तर अन्ततः एउटा व्यक्ति दुईध्रुव मध्ये कुन ध्रुवमा उभिन्छ र उभिनेछ भन्ने कुरा नै प्रमुख हुन्छ । त्यसको प्रतिविम्ब स्वरुप विभिन्न दृष्य र रुपबाट व्यक्त हुने गर्दछ । यस्ता रुपबाट व्यक्त हुने परिघट्नाहरु त्यति नै बेला र परिस्थितिमा आवश्यक र आकस्मिक दुबै रुपमा घट्ने गर्दछ । तर त्यस घट्नाको निश्चित नियमसंगत कारण भने अवश्य हुन्छ । एउटा व्यक्तिको गतिविधिको सवालमा पनि ऊ आफैको आन्तरिक पक्ष नै प्रमुख हो कि विश्वदृष्टिकोणप्रति कतिको दृढता, स्पष्टता, संघर्षशिलता छ ।

संसारभरी नै राजनीतिक र सैद्धान्तिक हिसावले यि दुईध्रुवमा रहेता पनि त्यसको दृष्यरुप वा रुपपक्ष भने विभिन्न वा अलगअलग भु–राजनीतिमा अलगअलग भएको पाउछौ । नेपालको राजनीति परिदृष्यलाई हेरौ । वि.सं. २००६ सालदेखि औपचारिक रुपमा कम्युनिस्ट पार्टीको जन्मपछि मुलत राजनीतिक लडाई दुई कित्ता ः शोषणरहित र शोषणसहितको राज्य निर्माणमा राजनीतिक पार्टीहरु कार्यरत छन् । अहिले हामी देख्न सक्छौ कि यि दुई कित्ताको राजनीति भएपनि पार्टीहरु भने धेरै छन् । अहिलेको नेपालको राजनीतिमा ने.का.ले शोषणमुलक राज्यको स्थायित्वको लागि नेतृत्व वा संघर्ष गरिरहेको छ भने सच्चा कम्युनिस्ट पार्टीले शोषणरहित राज्यको निर्माणको लागि नेतृत्व वा सघर्ष गरिरहेका छन् । अन्ततः यि दुई राजनीतिक ध्रुवमा नै व्यक्ति वा समुहको बहिर्गमन र आगमनको तीब्र निरन्तरता र संघर्षबीच राजनीतिक, आर्थिक र सांस्कृतिक लडाईले वर्गीय पक्षधरताको अभिव्यक्त गरेको छ ।
पार्टीबाट व्यक्ति वा समुदायको बहिर्गमन वा पार्टीमा विकर्षण र आर्कषण पक्षको विश्लेषण र विशिष्टिकृत शंस्लेषण गर्दा निम्न बुदाहरु हाम्रा अगाडि निर्धक्क उभिन्छन् ।

१. दार्शनिक र सैद्धान्तिक पक्ष ः दार्शनिक र सैद्धान्तिक पक्षमा अलमलता, अस्पष्टता, दृढता, संघर्षशिलता र निरन्तरताका साथै योजनाबद्ध र सचेततायुक्त लगावको अभावको कारण विचलन आउनु वा आउछ ।
२. अन्तरविरोधको पक्ष ः अन्तरविरोध दुई किसिमका प्रमुख र गौण हुन्छन् । दुई विपरित तत्वको संघर्ष नै अन्तरविरोधको नियम हो । तर अन्तरविरोध सामान्य र विशिष्टिकृत स्वरुपमा घट्ना र परिघट्नामा देखा पर्छ । प्रमुख दुई विपरित तत्व वा आधारभुत तत्वबीचको लडाईले गुणसहित परिमाणात्मक रुपान्तरणमा आफुलाई व्यक्त गर्दछ । यो कुरा हरेक गतिशिल बस्तु, पदार्थ, समाज वा सांसरिक जगतमा लागू भइरहने ध्रुव सत्य हो र अन्तरविरोधले विशिष्टिकृत रुप लिदा दृष्यरुपमा घट्नाहरु र परिघट्नाहरु देखा पर्दछन् । यो सबन्धमा हरेक अन्तरविरोधको चुरो कुरा बुझ्न र सापेक्षिक गतिशिलतामा विशिष्टिकृत दुृष्यरुपलाई परिचान गर्न नसक्दा हाम्रा सोचाईहरु भड्कावयुक्त हुन्छन् ।

३. बस्तुगत र मनोगत पक्ष ः
दार्शनिक र सैद्धान्तिक पक्ष स्पष्टता हुदाहुदै पनि वस्तुगत परिस्थिति र शक्ति आ“कलनमा विचलन वा मनोगन पक्ष तीत्र्र महत्वाकांक्षी हुदा सम्बन्धित पार्टीप्रति व्यक्ति वा समुहको द्वुविधायुक्त प्रवृति देखा पर्नु वा पर्छ ।
४. अवसरवादी, सत्ता केन्द्रीत, मिलेरावादी चिन्तन पक्ष ः सत्ता केन्द्रीत अवसरवादी चिन्तन सत्ताको अवशेष रहुन्जेल देखिने मानवीय प्रवृति हुन्छ । यो प्रवृतिले ध्रुव सत्य के हो ? र कसरी त्यो प्राप्त गर्ने भन्ने भन्दा तत्काल उसलाई के र कति फाइदा हुन्छ भन्ने कुरा प्रमुखताका साथ लिन्छ । जुनसुकै शक्ति केन्द्रसित पनि सम्झौता गर्नु वा मिल्न कुनै आइतबार पर्खन यो प्रवृतिले मान्दैन । अत्यन्त अस्थिर हुन्छ ।

५. वातावरणीय प्रभाव र आत्मसमर्पण पक्षः वातावरणीय प्रभावमा दुई पक्ष विद्यमान रहन्छ, भोलापन वा इमान्दारिता र अवसरवादी धोकेवाजी प्रवृति । भोलापन वा इमान्दारितामा सुझबुझ, सचेतता, स्पष्टता, संघर्षशिलताको अभाव हुन सक्छ । जस्तै चीन र सोभियतसंघमा कम्युनिस्ट सत्ता रहदा विश्वमा धेरै मुलुकमा यसको सकारात्मक असर परेको थियो । अहिले माओवादीले चुनावी परिणाम अन्य दलको भन्दा धेरै ल्याएपछि मानिसमा त्यो राजनीतिक पार्टीप्रति आकर्षण बढेको छ ।

आत्मसर्पण पक्षमा पनि दुई प्रवृति रहेको हन्छ । एउटा पक्ष विषयबस्तुलाई गहिराईसम्म बुझ्न चाहदैन र बुझेजस्तो गर्दछ भने अर्को पक्ष जो विषय बस्तुलाई बुझ्छ । तर सही निष्कर्षको पक्षमा दृढतापूर्वक संघर्ष गर्दैन जसले अन्ततः शासक वर्गको कित्तामा नै आफुलाई उभ्याइरहेको हुन्छ ।

६. व्यवहारिक पक्ष ः
व्यक्ति–व्यक्तिसंग जोडिएका दैनिक उठबस, लेनदेन र अन्य प्रकारका सम्बन्धले दार्शनिक तथा सैद्धान्तिक पक्ष गौण भएको हुन्छ । यि व्यक्तिहरुका लागि व्यवहारवाद प्रमुख हुन्छ वा सिद्धान्तविनाको व्यवहारिक सम्बन्धले ऊ अन्धो भएको हुन्छ ।

७. पार्टीको वर्तमान अवस्था र त्यससंग आवद्ध नेतृत्वको राजनैतिक तथा सांस्कृतिक स्तर पक्ष ः शक्ति सन्तुृलनमा पार्टीको अवस्थाले पनि यस पक्षको निर्धारण गर्दछ । एकै प्रकारको दर्शन र राजनीति भएपनि ती मध्ये पनि कुन पार्टीको कति शक्ति छ भन्ने कुरालाई प्रधानता दिइन्छ । दार्शनिक विभाजन अनुसार त्यससंग सम्बन्धित पार्टी र पार्टीमा आवद्ध नेतत्वको राजनैतिक तथा सांस्कृतिक स्तरले व्यक्ति वा समुदायलाई आकर्षण र विकर्षण गर्ने गर्दछ । संघर्षशिल सक्रियता कति छ ? कुन वर्गीय पक्षधरताप्रति कति इमान्दार छ भन्ने कुराले पनि यो पक्षलाई प्रकारान्तरमा प्रभाव पारिरहेको हुन्छ ।

८. संकीर्ण, जडशुत्र, अराजकता, उदारता तथा संशोधनवादी प्रवृति पक्ष ः यि शब्दकोश अलगअलग शब्दार्थ राख्ने शब्दहरु भएपनि एकअर्कामा नजिकको सम्बन्ध र अन्तरविरोध राख्दछ । संकीर्ण प्रवृति व्यक्ति विशेष र व्यक्ति केन्द्रीत हुन्छ । यो ढोकाबन्द प्रवृति हो र साथै यो प्रवृतिले चरम पूर्वाग्रह राख्दछ । त्यसैगरी जडशुत्रवादले व्यक्ति र समुह विशेष आफुलाई व्यक्त गर्दछ । सामाजिक चेतना, परिस्थितलाई ध्यान नदिई शुत्र वा घट्नालाई समाउछ र सृजनात्मक कार्यान्वयनलाई बेवास्ता गर्दछ । अतः अति भड्काव स्वरुप संशोधनवादले जन्म लिन्छ जसले मुल नीति वा कार्यक्रमलाई तिलाञ्जली दिन्छ । त्यसैगरी उदारवाद र अराजकतावादका समस्याहरु पनि संगसंगै देखा पर्दछन् । उदारवादले आङ्खनो मुल उद्देश्य र कार्यक्रमलाई क्षयीकरण गर्ने गर्छ जहा विषय वस्तुलाई हल्का र सतही रुपमा लिइन्छ भने अराजकतावादले आङ्खनो महात्वाकांक्षा पुरा गर्न परिस्थिति र शक्तिको आकलन गर्दैन र आङ्खना गतिविधी त्यसरी नै केन्द्रीत गर्छ । मुलत यि माथि उल्लेखित कारण र कार्यहरु बीच व्यक्ति वा समुदाय र वर्गहरु दुई ध्रुवमा विभाजित हुन्छन् ः कम्युनिस्ट र गैरकम्युनिस्ट आन्दोलनबीच ।

नेपालको कम्युनिस्ट आन्दोलनको स्थापना कालदेखि वर्तमान समयावधीको गतिविधीलाई विश्लेषण गर्दा हामी यो निष्कर्षमा पुग्न सक्छौ कि व्यक्ति वा समुहको आगमन र बहिर्गमनले क्रान्तिकारी परिवर्तनमा तात्विक असर र भिन्नता दिने प्रभाव देखाउन सकेको छैन । मुलत सम्बन्धित पार्टीको मुलशक्तिको दार्शनिक र सैद्धान्तिक पक्ष कस्तो छ भन्ने कुराले नै यस सम्बन्धि निर्णायक अर्थ राख्दछ र राखेको छ ।

एउटाको लागि आगमन अर्काका लागि बहिर्गमन हो । यस प्रकृयालाई जतिवेला पनि जुनसुकै परिस्थितिमा गलत हो भनेर हेर्न भने मिल्दैन । यो कुरालाई गतिशिलता र सापेक्षिकतामा हेर्न आवश्यक छ । तर नेपालको राजनीतिमा यो प्रकृयालाई नेतृत्व तहमा बसेका र जिम्मेवारी निर्वाह गरेको व्यक्तिबाट नै जनस्तर स्वसरह नै लिने र बुझ्ने घृणित खेल देखिन्छ । सन्दर्भ एमाले र माओवादीको लिऔ । एमालेले उसको पाचौ महाधिवेशनपछि औपचारिक रुपबाटै वर्ग समन्वयकारी संशोधनवादी धार स्पष्टताका साथ अगाडि सा¥यो । यो कुरा सही क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको लागि ठीक थिएन । तथापि लामो समयसम्म कम्युनिस्ट आन्दोलनमा कार्यरत व्यक्तिहरु पनि एमालेमा समाहित भए । यो क्रम जनस्तरबाट पनि उल्लेखनीय रह्यो । वि.सं. ०५१ सालको संसदको मध्यावधि चुनावपछि सबभन्दा ठूलो पार्टीको रुपमा स्थापित भयो । यो पार्टीभित्र समाहित सबै व्यक्ति वा समुृहले एमालेलाई सत्तामा पु¥याउन कुनै न कुनै रुपमा योगदान गरे । विभिन्न पार्टीबाट त्यो पार्टीमा जाने र गोलबद्ध हुने क्रम पनि तीत्र्र थियो । तर जनताले अपेक्षा गरे अनुसार र त्यहा लागेका इमान्दार कार्यकर्ताले सोचे अनुसार घट्नाक्रम र परिणाम देखिएन । त्यो अपेक्षा अनुसार हुनै सक्दैन थियो । किनभने त्यो पार्टीले बोकेको नीति तथा सिद्धान्त मुलत बुर्जूवा प्रकारको नै थियो । फाइदा लुटे त त्यहि वर्गले र अझै लुटिरहेका छन् । यसबाट सजिलै यो अर्थ निस्कन्छ कि पार्टीबाट बहिर्गमन र आगमन क्रान्तिकारी परिवर्तनको लागि मुख्य कुरा होईन । पार्टीले लिएको सिद्धान्त, नीति तथा त्यो अनुरुपको कार्यक्रमहरु नै मुख्य हो ।

त्यो पार्टीमा आवद्ध सहि र इमान्दार कार्यकर्ताहरु र नेताहरुले त्यहाभित्र सहि नीति तथा सिद्धान्तको पक्षमा बेलाबेलामा संघर्ष नचलाएको भने फेरि पनि होइन तर त्यहाभित्रको मुलशक्ति भने संशोधनवादी दक्षिणपन्थी कित्तामा स्पष्टताकासाथ उभिएका छन् । त्यो पार्टीभित्रका केही इमान्दार कार्यकर्ता र नेतृत्वले अन्तरपार्टी संघर्ष चलाएपनि सही दिशालिने संभावना भने छैन । साथै त्यो पार्टीलाई दिशा र सही शक्तिमा रुपान्तरण गर्न अलग पार्टीबाट त्यहा प्रवेश गरेर अन्तरसंघर्ष चलाउने कुरा ढुंगालाई सुन बनाउछु भने जस्तै हो । कुनै बस्तु वा चीज बन्नका लागि आधारभुत गुण हुन अति आवश्यक छ ।

त्यसैगरी माओवादी पार्टीलाई पनि माथि उल्लेखित कोणबाट हेर्न आवश्यक छ । एमालेको दक्षिणपन्थी लाईन खुलेआम पाचौ महाधिवेशनबाट आयो । तर माओवादीको लागि भने यो कुरा अहिलेनै संभव छैन । किनभने त्यो पार्टीले नया जनवादी क्रान्तिको लागि भनेर युवाहरुलाई १० वर्षसम्म हतियारबन्द लडाई लडायो । यो शक्ति खुलेआम दक्षिणपन्थी दिशामा नगई छद्मभेषी र अर्धरुपी हुदै अगाडि बढरहेको देखिन्छ । कम्युनिस्ट सिद्धान्तको सारलाई दिग्भ्रमित पार्ने विचार अगाडि आइरहेका छन् । बुर्जुवा प्रतिस्पर्धालाई स्वीकार्ने, २१ औ शताब्दीको जनवादको नाममा अभिजात वर्ग र समुदायलाई आङ्खनो पार्टीमा समाहितका साथै स–सम्मान राख्ने, राजनीतिक लडाई भन्दा आर्थिक क्रान्तिको मुद्दा प्रमुख ठान्ने, कम्युनिस्ट शक्तिलाई फुटाउ र विलय गर भन्ने नीति लिने र प्रतिक्रियावादी शक्तिसंग साखिलो बन्ने जुन नीन्दा र आलोचना योग्य गतिविधी गरेका छन्, यो कम्युनिस्ट सिद्धान्त भन्दा धेरै परको विषय हो । कम्युनिस्ट आन्दोलनको दिशालाई सही गोरेटोमा लान विभिन्न कम्युनिस्ट घटक र वामपन्थी शक्तिसंग सहकार्य, मोर्चावन्दी संघर्ष, र सौहार्द छलफल, वार्ता र ठोस निष्कर्ष निकाल्दै विषय असंगत भड्काव र कमजोरीहरु हटाउनुका साथै बृहत कम्युनिस्ट शक्तिको ध्रुविकरणको दिशामा जानुको सट्टा परिणामको पछाडि कुद्ने अवसरवादी व्यक्ति वा समुदायलाई आफुतिर समाहित गरेर ध्रुविकरणको मुद्दालाई विश्वक्रान्तिसंग जोड्दै विकृत र उपभोगवादी अर्थमा प्रयोग गरेको देखिन्छ । त्यसैले माओवादी शक्तिले यस्ता गितिविधीलाई किन तीब्रता दिएको छ, साथै त्यो पार्टीका किन व्यक्ति वा समुहको आकर्षण छ र त्यो पार्टीमा समाहित हुने क्रम छ, यसलाई माओवादीले कसरी लिएको छ भन्ने कुरा यो परिस्थितिमा अर्थपूर्ण छ । यसबाट स्वाभाविक तीन ओटा निष्कर्ष निस्कन्छन् ।

१. मास पार्टी बनाउने ः
यसका लागि सबै वर्ग र समुदायका मान्छेहरुलाई सहर्ष निशर्त समाहित गर्ने ।
२. सामाजिक समाजवादी पार्टी बनाउने र सत्ताको रसास्वादन गर्ने, सर्वहारा वर्गीय मुद्दालाई भुत्ते बनाउने ।
३. कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने र भ्रम दिने ।

यो सन्दर्भमा माओवादी पार्टीभित्र प्रवेश गरी मुलत माक्र्सवादी लेनिनवादी र माओत्सेतुङ्ग विचारधारा र मालेमावाद तथा प्रचण्डपथको प्रस्तावनामा छलफल र बहस गर्ने कुरा प्रायः निरर्थक छ । किनभने यो पार्टीले एउटा निश्चित बाटो, सोचाइ, पद्धति र सांगठानिक हैसियत प्राप्त गरिसकेको छ । अव त्यहा गएर संघर्ष गर्न सकिन्छ, संघर्ष जहा पनि विद्यमान छ भनेर हलुका निष्कर्ष निकाली कदम अगाडि बढाउनु हुन्छ भने तपाई हाम्रो बुझाईको शुरुवात हुदा नहुदै पार्टी विभाजन भइसकेको हुन्छ । किनभने एउटा अतिवाद समान्य नियममा आउनै चाहदैन ।

उल्लेखित चुनौतिहरुसंग जुझ्न एउटा सही क्रान्तिकारी कम्युनिस्ट योद्धाहरुले संस्थागत, संगठित पद्धतिसंगत, दृढतापूर्वक र योजनाबद्ध लडाई र अन्तरसंघर्षलाई अगाडि बढाउन जरुरी छ । यताबाट उता र उताबाट यता गर्दैमा कम्युनिस्ट आन्दोलन सही दिशामा जादैन । यसका लागि माथि उल्लेखित बुदाहरुलाई समय सापेक्ष सही र सन्तुलित तरिकाले बुझ्न आवश्यक छ ।

Saturday, February 27, 2010

एमालेको आसन्न महाधिवेशन र कम्युनिष्ट आन्दोलनको प्रश्न

अग्रगति साप्ताहिक
वर्ष ३, अंक २४
२०६५ फागुन १ मा प्रकाशित
एमालेको आसन्न महाधिवेशन र कम्युनिष्ट आन्दोलनको प्रश्न
नेपाली कम्युनिष्ट आन्दोलन करिब ६० र विश्व कम्युनिष्ट आन्दोलन करिब १६२ बर्षको अभियानबाट गुज्रिरहेको छ । यो ऐतिहासिक कालखण्डमा विश्व कम्युनिष्ट आन्दोलनले विभिन्न आरोहअवरोह बीच मानवमुक्तिको गाथालाई जवरजस्त रुपमा स्थापित गर्दै गौरवमय इतिहास निर्माण गरेको छ । विश्वको एक भागबाट सुरु भएको कम्युनिष्ट आन्दोलन आज आएर संसारभरि नै फैलिएको छ । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनलाई विश्व कम्युनिष्ट आन्दोलनको एउटा अंशको रmपमा बुझ्न जरुरी छ । तसर्थ नेकपा (एमाले) बारे व्याख्या, विश्लेषण गर्दा पनि विश्व कम्युनिष्ट आन्दोलनको निर्माण र विकास, वैचारिक र व्यवहारिक पक्षमा देखाएका द्वन्द्व तथा विश्व दृष्टिकोणको प्रश्नमा देखिएको आधारभुत मतभेदभन्दा पर र अलग्गै राखेर हेरिन्छ भने हामीहरु कम्युनिष्ट आन्दोलनको बारे अनभिग्य छौ भन्दा अतियुक्ति नहोला ।

एमालेले पाचौ महाधिवेशन पश्चात जनताको बहुदलीय जनवाद (जबज) को कार्यदिशा अंगिकार गरेको छ । यसले जबजको कार्यदिशालाई माक्र्सवादको सृजनात्मक प्रयोग र संसारको कम्युनिष्ट आन्दोलनमा नौलो आयाम हो भनेर नेपाली कम्युनिष्ट आन्दोलनमा व्यापक प्रचार–प्रसार गरेको छ । तर यो कार्यदिशा सृजनात्मक प्रयोग र माक्र्सवादमा नौलो आयाम हो कि होइन भन्ने कुरा बुझ्न विश्वकम्युनिष्ट आन्दोलनमा भएको सम्झौताहिन वैचारिक र राजनीतिक लडाइको सिंहावलोकन गर्दा प्रष्ट हुन्छ ।


विश्व राजनीतिक आन्दोलनको श्रोत वस्तुतः द्वन्द्वात्मक भौतिकवादी र अध्यात्मवादी विश्वदृष्टिकोणमा आधारित छ । यी दुइ विश्वदृष्टिकोण भन्दा बाहिर अरु कुनै विश्वदृष्टिकोण सत्य नहुने कुरा माक्र्सद्वारा उजागर भयो । बस्तुत मानवसमाज विज्ञानलाई मिहिन तरिकाले अध्ययन गर्ने हो भने यो सत्य भन्दा बाहिर इतिहासमा कुनै पनि राजनीतिक लडाई भएकै छैन । यि दुई मध्ये द्वण्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणले शोषणरहित उन्नत र समृद्ध मानवसभ्यताको पक्षपोषण गर्दछ । यस्तो मानवसभ्यता ऐतिहासिक कालखण्डमा अनिवार्य रुपमा स्थापित हुने कुरा पनि माक्र्सले ठोकुवा नै गर्नुभएको छ । यो लेखमा साम्यवादी समाजको पक्षमा चालिएका कदम, बैचारिक र राजनीतिक संघर्षको संक्षिप्त सिंहावलोकन गर्न खोजेको छु ।


साम्यवादी समाजको पक्षमा चालिएको कदमलाई दुई चरणमा हेर्न आवश्यक छ । माक्र्सवादको उदय हुनुभन्दा अगाडिको काल्पनिक साम्यवादी दृष्टिकोण जुन दृष्टिकोणले एउटा कुनै समाजको एकाइबाट केहि बौद्धिक व्यक्तिको पहलबाट शुरु गर्ने र संसारैभरि यो मान्यतालाई स्थापित गराउने सोच राख्दथे, र केहि ठाउमा पहलकदमी पनि भएको पाउछौ । माक्र्सवाद भन्दा पछाडिको चरण जुन दृष्टिकोणले वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व, सत्तालाई वर्गीय अधिनायकत्वको साधनको रुपमा मान्ने, वर्ग र राज्यको विलोपीकरणलाई बैज्ञानिकढंगले ठोस बस्तुको ठोस विश्लेषणसहित अगाडि बढाउने अनिवार्यतालाई स्वीकार ग¥यो ।


माक्र्सले वर्गसंघर्षलाई मानवसमाज सभ्यताको विकासको चलायमान र उर्जाशिल कडीको रुपमा मान्नु हुन्छ, जुन लडाई मानवसमाजमा तवसम्म रहन्छ, जबसम्म वर्ग र सत्ताको विलोपीकरण हुदैन भन्ने सच्याइमा आधारित छ । यो सत्यको बैज्ञानिक व्याख्या, विश्लेषण र सश्लेषण माक्र्स र एगेल्सद्वारा आङ्खनो जीवनकालभरि गरी नै रहनुभयो । उहाहरुको पहलमा जर्मनमा सन् १८४७ मा कम्युनिस्ट लीगको स्थापना गरियो र त्यसैको निर्णयको आधारमा माक्र्स र एंगेल्सले सन् १८४८ मा संसारभरिका मजदुर, मेहनतकश जनता र न्यायप्रेमी समुदायलाई “कम्यनिस्ट घोषणापत्र” दिन सफल भए । यो कदमले संसारभरि नै सनसनी फैलायो । त्यस पश्चात सन् १८६४ मा बृटिश तथा फ्रान्सका मजदुृर र माक्र्स, एंगेल्सको पहलमा पहिलो इन्टरनेशनल गठन गरियो जुन सन् १८७६ सम्म रह्यो । यो अवधिमा बैज्ञानिक सत्यमाथि बाहिर र भित्रबाट भएको आक्रमणको विरुद्ध निर्मम र सम्झौताहिन संघर्ष गर्नु परेको थियो । प्रतिक्रियावादी शक्ति, साम्यवादी दृष्टिकोण नेराघेरामा देखिएका काल्पनिक साम्यवादी, अराजकतावादी, अवसर र संशोधनवादी दृष्टिकोणको विरुद्ध अथक लडाई गर्नु परेको थियो । ब्लांकी (सन् १८०५–८१), त्यस्ता काल्पनिक समाजवादी क्रान्तिकारी व्यक्ति थिए, षडयन्त्रकारी योजनाबाट सानातिना दल निर्माण गरेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने विश्वास राख्दथे । उनको नेतृत्वमा फ्रान्समा सन् १८७१ मा विद्रोह सफल भयो, तर ७२ दिनसम्म पनि पेरिस कम्युन नटिक्दै ढल्यो । माक्र्सले यो घट्नाको आलोचना, समालोचना वा विश्लेषण र शस्लेषण गर्दै शास्वत सत्यः “मजदुर नेतृत्व संगठित हुनुपर्छ, यसको मातहतमा योजना हुनुपर्छ र सत्ताको आधारभुत अंगमाथि नियन्त्रण गर्ने सशस्त्र दस्ता हुनुपर्छ, नत्र सर्वहारा वर्गले सत्ता गुमाउनुपर्छ भन्दै “मजदुर वर्गले बनीबनाउ राज्य–मशिनरीमा केवल कब्जा गरेर उसले आङ्खनो उद्देश्यको लागि सदुपयोग गर्न सक्दैन ।” (सन् १८७२ जर्मन संस्करणको भुमिका) भन्ने कुरा औल्याउनु भयो । बाकुनिन (सन् १८१४–७६), प्रुंदो (सन् १८०९–६५) जस्ता व्यक्तिहरुले तात्कालिन समयमा माक्र्स र ऐगेल्सका बैज्ञानिक विचारमाथि आक्रमण गर्ने र भ्रम दिने कोशिस गरे । उनीहरु खास गरेर सांगठनिक योजना र सत्ताको प्रयोगको प्रश्नलाई साम्यवादी उद्देश्य प्राप्तिको लागि तालमेलमा विश्वास राख्दैनथे । उनीहरु विचारमा अराजकतावादी अधिभौैतिकवादी थिए भने व्यवहारमा असंगत प्रवृति थियो । त्यसरी नै अवसरवादी प्रवृति पनि उल्लेखनीय नै थियो । सन् १८७५ मा बेवेल र लासालले नेतृत्व गरेको दुई पार्टी बीच एकता भएको ‘गोथा कार्यक्रम’ र सन् १८९१ मा जर्मनमा भएको ‘एफ्र्रट कार्यक्रम’ को आलेचनाबाट सजिलै थाहा पाउन सकिन्छ । त्यो एकताले बैचारिक र सैद्धान्तिक पक्षलाई ओझेलमा पारेको थियो । अझ भनौ, सर्वहारा अधिनायकत्वको प्रश्नलाई तिलाञ्जली दिएको थियो र सन् १८८३ मा माक्र्सको मृत्युपश्चात फेरि सन् १८८९ मा दोस्रो इन्टरनेशनल स्थापित गरियो र सन् १८९५ सम्म ऐगेल्सले कम्युनिस्ट आन्दोलनको आधारभुत प्रस्तावनाको रक्षा गर्दै अवसरवादी र प्रतिक्रियावादी आक्रमणको विरुद्ध अनवरत संघर्ष गर्नुभयो । उहाको मृत्यु पश्चात खास गरेर दोस्रो इन्टरनेशनलमा सुधारवादी, अवसरवादी हस्तीहरु काउत्स्की (सन् १८६४–१९३८), वर्नस्टीन (सन् १८५०–१९३२), बेवेल (सन् १८४०–१९१३), लासाल (सन् १८२५–१८६४) हरुको बोलवाला रह्यो । उनीहरुले खुलेआम दक्षिणपन्थीकोणबाट वर्गसंघर्षको नियमलाई गलत गरिकाले व्याख्या गर्ने, राज्यलाई वर्गसमन्वयको संयन्त्र मान्ने, मजदुरहरुको नेतृत्व अस्वीकार गर्ने, संसदीय संघर्षलाई संघर्षको उच्चत्तम रुप मान्ने, प्रतिक्रियावादीसंग मिलेर बहुमत र अल्पमतको सरकारको वकालत गर्ने, माक्र्सलाई अराजकवादी सिद्धान्तका प्रवर्तक भनेर आलोचना गर्ने काम गरे । वर्नस्टीन भन्दछन्, ‘आन्दोलन सब थोक हो, अन्तिम उद्देश्य त केही होइन ।’ यि नै तत्व र प्रवृतिको असरका कारण कम्युनिस्ट आन्दोलन लामो समयसम्म ओझेलमा प¥यो । त्यतिखेरसम्म विश्व राजनीतिक आन्दोनमा ठूलो उथलपुथल भइसकेको थियो । सन् १९१४–१८ सम्म पहिलो विश्वयुद्ध चर्कियो । त्यसबाट उत्पन्न परिस्थितिको कारण दोस्रो इन्टरनेशनल विघटन भयो । फेरि केही वर्षको अन्तरालपछि सन् १९१९ मा मस्कोमा तेस्रो इन्टरनेशनल स्थापित गरियो । फेरि दोस्रो इन्टरनेशनलका केहि नेताहरु तेस्रो इन्टरनेशनलमा समावेश भए । यि सबै राजनीतिक र बैचारिक वा सैद्धान्तिक संघर्ष साथै मानवसमाज परिवर्तनका परिघट्नाहरु यि दुबै विश्वदृष्टिकोण मै आधारित थियो ।


सन् १८९८ मा रुसी समाजवादी–जनवादी मजदुर पार्टीको केन्द्रीय समितिको निर्णयद्वारा तत्कालिन जारशाहीलाई शासनसत्ताबाट च्युत गराउने ‘रुसी घोषणापत्र’ जारी गरियो । लेनिनले सन् १९०० मा ‘इस्क्रा’ पत्रिकाको प्रकाशन गरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई दिग्भ्रमित पार्ने, तोडमोड गर्ने, अवसरवादी र संशोधनवादीहरु विरुद्धको संघर्षलाई योजनाबद्ध अगाडि बढाउनु भयो । अवसरवादी, संशोधनवादी बर्नस्टीन र कार्ल काउत्स्कीको राजनीतिक बेइमानीलाई लेनिनले पतित र गद्धार घोषित गर्दै निम्नपूजीजिवीहरु, संसदीय पागलपनाका मतियारहरु भनेर आलोचना गर्नुभयो । उतिखेर रुसी आन्दोलनमा काउत्स्की र बर्नस्टीनको राजनीतिक प्रभाव भने त्यति थिएन तर पनि विश्व राजनीतिको बैचारिक लडाइलाई लेनिनले महत्वपूर्ण तरिकाले अगाडि बढाउन तेस्रो इन्टरनेशनलको नेतृत्व गर्नु भयो ।


सन् १९०३ मा रुसी कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन ताका पार्टी बैचारिक रुपले फुट्यो र लेनिनले नेतृत्व गर्नु भएको पार्टी बोल्शेभिकले चिनिन थाल्यो भने अर्को गुट मेन्शेभिक भनेर चिनन थाल्यो जसको नेतृत्वमा मार्तोव र प्लेखानोभहरु थिए । त्यसबेला पार्टी फुटको मुख्य कारण भने मजदुरहरुको नेतृत्वलाई मान्ने कि नमान्ने, सर्वहारा अधिनायकत्व स्वीकार गर्ने कि नगर्ने, वर्गसंघर्षलाई साम्यवादी उद्देश्यसंग जोड्ने कि नजोड्ने भन्ने कुरा नै मुख्य थियो । लेनिनले वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, साम्यवादी राजनीति अर्थशास्त्र अनुसारको राज्य–व्यवस्था, यि तीन मुख्य तत्वलाई माक्र्सवादको कडीको रुपमा स्वीकार गर्नु हुन्थ्यो । उहाकै नेतृवमा रुसमा सन् १९१७ मा अक्टुबरमा समाजिक जनवादी क्रान्ति सफल भयो र सन् १९५३ सम्म स्टालिनको नेतृत्वमा सोभियतसंघमा समाजवादी राज्यव्यवस्था ऐतिहासिक इतिहास निर्माण गरेर कायम रह्यो । रुसमा समाजवादी क्रान्तिकालमा दक्षिणपन्थी र वामपन्थीकोणबाट हुने दाहिने र देब्रे आक्रमणको विरुद्ध पनि उत्तिकै निर्मम संघर्ष गर्नु परेको थियो ।

त्यसरी नै सन् १९४९ मा माओको नेतृत्वमा चिनी क्रान्ति सफल भयो । उहाले समाजवादी क्रान्तिकाल सन् १९६६ देखि ‘सर्वहारा सा“स्कृतिक क्रान्ति’ जुन पूजीजिवीहरुमाथिको आक्रमण थियो, लाई आङ्खनो जीवनकाल सन् १९७६ सम्म जारी राख्नु भयो ।

खासगरि यि दुबै क्रान्तिकालमा कम्युनिस्ट आन्दोलनको नेराघेरामा बसेर जसले सर्वहारा अधिनायकत्व र सम्पतिको सामाजिकरणलाई मान्दैनन् थे, उनीहरु नै पछि गएर प्रतिक्रान्तिमा खुल्लेआम र छद्मभेषी रुपमा लागि नै रहे । रुसमा सन् १९५३ पछि ख्रुश्चेव तथा ब्रेझनेभ र चीनमा ल्यु स्याओ चि र देङ्गसाओ पेङ्गहरुको उदय पश्चात वर्गसंघर्ष र सर्वहारा अधिनायकत्वलाई आतंककारी र हिंसात्मक राजनीतिको श्रोत मानियो साथै शान्तिपूर्ण संघर्ष, कानुनी राज्य तथा संसदीय पद्दतिका सार र रुपलाई अंगिकार गरियो । वर्गसमन्वयवादी नीतिले जन्माएको प्रतिक्रियावादी कार्यदिशाको कारण अहिले शोभियत संघ विघटन भएको छ भने चीन पूजीवादमा भासिएको छ र संसारमा धेरै सहि कम्युनिस्ट पार्टीहरु अस्तित्व रक्षामा छन् ।

विश्वको दुईतीहाई भागमा कम्युनिस्ट नेतृत्व भएको सत्ता शान्तिपूर्ण संघर्ष, सहअस्तित्व, उत्पादक शक्तिमा जोड भन्नेहरुले नै समाजवादी सत्ताको पतन गराएको इतिहास छ । त्यतिमात्र होइन, माओको नेतृत्वमा चलेको समाजवादी क्रान्तिकालमा उनीहरुद्वारा घुमाउरो र प्रत्यक्षरुपले नै आक्रमण गरेको इतिहास पनि छ (खास गरेर रुस चीनका सन्दर्भमा¬¬) ।

माथि उल्लेखित दृष्टान्तहरुबाट निम्न कुराहरु स्पष्ट हुन्छन्, १) समाजमा वर्ग छ, वर्गीय संघर्ष अनिवार्य रुपमा चल्छ, २) माक्र्सवाद सत्तामा सर्वहारा अधिनायकत्व कायम गर्दै अगाडि बढ्छ, ३) सत्ता वर्गीय शोषणको उच्चतम यन्त्र हो, ४) साम्यवादी समाज अनिवार्य स्थापित हुन्छ, ५) समाजवादी र साम्यवादी समाज सामान्य सुधारात्मक शान्तिमय र संसदीय संघर्षबाट प्राप्त हुदैन, शसस्त्र धक्का अनिवार्य छ, ६) वर्गसमन्वयकारी राजनीतिक कार्यदिशा नया कार्यदिशा हुदैहोइन । यो गद्धार बर्नस्टीन र काउत्स्कीवादी लाईनको बासी विचार हो, ७) समाजवादी र साम्यवादी समाज निर्माणको लागी अर्को कुनै दोस्रो बाटा नै छैन जहा सर्वहारा अधिनायकत्व नभएको होस् । यसको कुनै अरु विकल्प प्रतिक्रियावादी र प्रतिगामी कदम हुन्छ अथवा यो भन्दा अर्को तरिका वाइयात र छलकपटपूर्ण हुन्छ ।


एमालेको जबजको लाइन पनि माथि उल्लेखित चरित्र भन्दा फरक र नौलो भने छैन । फेरी पनि (एमाले) ले त्यहि कार्यदिशालाई नै यो आसन्न महाधिवेशनबाट पनि निरन्तरता दिने प्राय निश्चित छ र यो लाइनको मुख्य आधार उनीहरुले निम्नानुसार सार्दछन्, १) राजनीतिक लडाइमा वर्गसंघर्षलाई अस्वीकार गर्नु वा वर्ग समन्वयको नीति लिनु, २) संसदीय संघर्ष नै संघर्षको उच्चत्तम रुप मान्नु, ३) बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष अनुसार सत्ता साझेदारी अपनाउनु, ४) मानव अधिकार र कानुनी राज्यको वकालत गर्नु आदि ।


माथि उल्लेखित बुदाहरु माक्र्स, ऐगेल्स, लेनिन, स्टालिन, माओको बुझाई अनुसारको व्याख्या–विश्लेषण भने पटक्कै होइन । अझ भनौ उहाहरुले यो कार्यदिशाको विरुद्ध आङ्खनो जीवनकाल भरि नै लड्नु परेको थियो । यो कार्यदिशा निम्नपूजीजिवी र पूजीजिवी बर्नस्टीन र काउत्स्कीहरु कै प्रतिक्रियावादी र अवसरवादी राजनीतिक एजेण्डाहरु हुन् । यस्ता एजेण्डाहरुलाई आत्मसात गरेर कम्युनिस्ट नाम लिनु अत्यन्तै कपटपूर्ण र डकैति शैली हो । यो माक्र्सवादप्रतिको खुलेआम बलात्कार हो । उनीहरुको आसन्न महाधिवेशनले यो लाईनलाई निरन्तरता दिने नै छन् । जसको कारण नेपालको कम्युनिस्ट आन्दोलनेले ठूलो मुल्य चुकाउनु पर्नेछ । तर यसको छिट्टै पर्दाफास हुदैजाने नै छ । यो पार्टी निम्न पूजीजिवीहरुको पार्टी भएकोले र्वसंघर्षको नियममा यसको निर्णायक अस्तित्व रहदैन । यो सत्यभन्दा बाहिर यो पार्टीको पतन हुनै सक्दैन । या त यो पार्टी प्रतिक्रियावादी शक्तिहरुसित काध मिलाउछ या त सर्वहारा वर्गीय आन्दोलनमा निम्छरो भएर तानिने छ । झुटको खेती गर्ने पार्टीलाई नाङ्गेझार पारेर मात्रै माक्र्सवादी आन्दोलन सहि दिशामा जान्छ । माक्र्सवादका सच्चा अनुयायीहरुले यो कार्यदिशाको तीब्ररुपमा भण्डाफोर गर्न आवश्यक छ ।


Saturday, February 6, 2010

पार्टी निर्माणको सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु–२

अग्रगति साप्ताहिक
वर्ष ३, अंक ४६ र ४८, २०६६ सावन १५ र २२
पार्टी निर्माणको सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु–२

माओ यो सत्यतिर हाम्रो ध्यान आकृष्ट गर्दछन् कि सिद्धान्ततः अवसरवादीहरु आफुले गरेको कमजोरीहरु स्वीकार गर्न सक्दैनन् र मान्दैनन् । उनी भन्दछन्, “जनतालाई (सामान्य मान्छेलाई) त्यतिबेलासम्म बोल्न दिनुहोस् जतिबेलासम्म उनीहरुको बोल्ने कुरा सकिदैन । उनीहरुले तपाईका बारेमा कुरा काट्न छाडे भने त्यतिखेर तपाई बुझ्नुहोस् कि तपाई सच्चिनु भयो ।” यसबाट यो सहज निस्कर्ष निस्कन्छ कि अवसरवादीहरुले अपनाउने एकता र फुट तथा पार्टी निर्माणको लक्ष्य तत्कालिन व्यवहारिक फाइदासंग जोडिएको हुन्छ । माक्र्सवादीहरुले पार्टी एकता र फुट सिद्धान्तको आधारमा अर्थात सर्वहारा विश्व दृष्टिकोणको आधारमा गर्नु पर्दछ । एउटा व्यक्तिसंगको सम्बन्ध र सरोकारको विषयमा उदारता र कठोरताको द्घण्द्घात्मक व्यवहार उनीहरुको पक्षधरता, विश्व दृष्टिकोण र व्यवहारिक गतिविधि अनुसार हामी माक्र्सवादीहरुले व्यवहारतः लागू गर्न सक्नु पर्दछ न कि भावनात्मक र विचारामा । यसरी माओले अनुशासन र एकताको बारेमा धेरै प्रसंगका साथ धेरै सन्दर्भहरुमा पेश गर्नु भएको छ ।

जनवादी केन्द्रीयताको प्रश्नमा माओ भन्दछन्, “पार्टीभित्र होस् वा बाहिर होस् पूर्णतः जनवादी जीवन हुनु पर्दछ, यो भन्नुको अर्थ जनवादी केन्द्रीयतालाई सचेतताका साथ लागू गर्नु हो ।...आलोचना एउटा विधि हो,...के हो त केन्द्रीयता ? पहिलो कुरा, यो सहि विचारहरुको केन्द्रीकरण हो जसको बुझाई, नीति, योजना, नेतृत्व र काममा एकता कायम हुन्छ ।” यो उद्धहरणबाट यो कुरा उजागर हुन्छ कि एउटा माक्र्सवादी व्यक्तिले जनवादी र केन्द्रीयतालाई ठीक ढंगले बुझ्नु पर्दछ । तर हामी देख्दछौ कि आफुलाई भैंकर बुझेका र जानेका छौ भन्नेहरुले यसको अन्तरसम्बन्धलाई बुझ्न नसकेको वा बुझेर पनि आफ्नो व्यक्तिगत उद्देश्यमा लगातार उन्मुख र परिणत भएको । उनीहरुमा एकता, आलोचना, आत्मालोचना, जनवादी केन्द्रीयताको प्रश्नहरुमा सर्वहारा विश्व दृष्टिकोणको आधार हुदैन । जनवादी केन्द्रीयताको बारेमा माओ भन्दछन्, “जनवादी केन्द्रीयताले दवाउनेहरु हुन्, जमिन्दार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरु, कम्युनिस्ट विरोधी दक्षिणपन्थी तत्वहरु र गलत तत्वहरु ।” वर्ग संघर्षको राजनीतिक लडाइमा दया, माया, सम्बन्ध, उठबस, पुरानो साथी वा गठबन्धन र सहाकार्य आदि प्रश्नहरुलाई पनि सर्वहारावादी विश्व दृष्टिकोण कै आधारमा हेरिनु पर्दछ । गलत विचार जो कसैलै प्रवाह गरे पनि आलोचनात्मक सृजनशिलता अपनाइनु पर्दछ । वास्तवमा हामं्रो गल्ति भनेको हामीसंग जे छ, जे गर्न सकिन्छ र जे गर्न आवश्यक छ त्यो भन्दा बढी फुर्तिफार्ति गर्नु हो ।

हाम्रो पार्टीको केहि कामरेडहरुले माओवादीसंग पार्टी एकताको आधार खोज्ने र पार्टी एकीकरण गर्न सकिन्छ भन्ने तर्कहरु दिइरहनु भएको छ । यस प्रसंगमा उल्लेखनीय पक्षतिर ध्यान दिन र गंभिर छलफल गर्न आवश्यक छ । राजनीतिक लडाइमा सैद्धान्तिक पक्ष र त्यसले पार्ने दुरगामी असर पक्षको कति महत्व छ भन्ने कुरा माथि संक्षिप्त उल्लेख गरिसकियो । अब माओवादी र हाम्रो पार्टीको सैद्धान्तिक, नेपाली क्रान्तिको कार्यादिशाको बुझाई र आफ्नो पार्टीको सैद्धान्तिक बुझाई अनुसारको क्रियाकलाप र व्यवहारिक रुखतिर ध्यान दिऔं ।

नेपाली कम्युनिस्ट आन्दोलनमा मुलतः “माओवादी” वाक्यांशको प्रयोग ०५१ देखि ०५२ सालको समयावधिदेखि चलन चल्तिमा ल्याइयो । त्यो भन्दा अगाडि “वाद” संग जोडिएको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र लिइन्थ्यो । माओको नेतृत्वमा माओ कै जीवनकालमा पनि माओको विचार र योगदानलाई “वाद” वा के मान्ने बहस चल्यो । चीनको कम्युनिस्ट पार्टीले उनले माक्र्सवादी आन्दोलनमा गरेको योगदान र विचार प्रवाहलाई “विचारधारा” मान्न सकिन्छ भन्ने उच्च मुल्यांकनका साथ टुंग्यायो ।

यो वाक्यांशको प्रवेश मुलतः षडयन्त्रकारी लीन प्याओ र त्यस्तै पात्र वा पदका भोकाहरुले माओले बैकल्पिक नेतृत्वको आवश्यकताको विषयमा विचार प्रवाह गर्न थालिरहेको अवस्थामा विशेषत माओको चाकरी गर्ने र नेतृत्व हत्याउने गलत मनसायले. ल्याएका थिए । “वाद” को प्रश्न दार्शनिक र सैद्धान्तिक छलफलसंग जोडेर ल्याएका थिएनन् । उनीहरुले नेतृत्व हत्याउन अन्तिम अवस्थासम्म माओले बोलेका शब्द शब्दलाई अतिर िञ्जत ढंगले बढाइचढाई गरिनै रहे । तर यो विषयमा आम बहस गरिसकेपछि चिनीया कम्युनिस्ट पार्टीले ठीक विश्लेषणका साथ यो समस्यालाई टुंग्यायो । तर उनीहरुको षडयन्त्रकारी र भद्धा निम्न पूजीवादी चरित्र त्यतिखेर उदाङ्गो भयो जतिखेर माओको हत्या गर्ने योजना विफल भयो । यसबाट यो स्पष्ट हुन्छ कि कुनै पनि चीज र बस्तुस्थिति तथा त्यसप्रति अपनाइने रुखको प्रश्नमा दार्शनिक र सैद्धान्तिक प्रश्न जोडिएको हुन्छ र अवसरवादीहरुले व्यक्तिगत उद्देश्यको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा दिनको घाम झै छर्लङ्गै हुन्छ । एउटा समयावधिमा विश्वास गरेका लीन प्याओ र त्यस्तै अन्य पात्रहरुको त्यससंग जोडिएका सैद्धान्तिक र दार्शनिक तथा उनीहरुका निम्न पूजीवादी चिन्तन र प्रवृतिको पछि माओले खुलेरै भण्डाफोर गरे । जतिखेर लीन प्याओहरुले माओलाई “महामानव” को रुपमा मान्नु पर्दछ भनेर बढिचढाई व्याख्या गरिरहेका थिए । यसो गर्नुमा उनीहरुमा सैद्धान्तिक र दार्शनिक पक्षमा आएको भड्कावलाई उजागर गर्नु थियो ।

माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा संंशोधनवादी तथा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको हावी भयो । त्यो अवस्थालाई सैद्धान्तिक प्रतिवाद गर्न कतिपय व्यक्ति र समुहले राम्रै मनसायले पनि प्रतिक्रियावादी अवसरवाद र संशोधनवाद विरुद्ध माओले चलाएको सांस्कृतिक क्रान्तिको उच्च मुल्यांकन गर्दै “माओवाद” वाक्यांशको प्रयोग पनि गर्ने गरियो । तर त्यस विरुद्धको सहि प्रतिवाद गर्न “माओवाद” शब्दको प्रयोग ठीक थिएन । बरु सहि नीति र कार्यनीतिको निरन्तर प्रयोग नै हुनुपर्दथ्यो ।

अब “वाद” वाक्यांशको व्यष्टि र समष्टि विश्लेषणतिर जाऔ । “वाद” अंग्रेजीको “ism” हो । “ism” को शाब्दिक अर्थ विज्ञान पनि हो । विज्ञानले कुनै पनि चीज र बस्तुस्थितिको तथ्यसंगत व्याख्या, विश्लेषण र संश्लेषण गर्दछ । विज्ञानका अध्ययन क्षेत्र वृहत भए पनि व्यष्टिगत रुपले एउटा आधारलाई अध्ययनको क्षेत्र बनाउन सकिन्छ । त्यसैले निश्चित अवस्था र अवधिको समाजिक सभ्यताको बैज्ञानिक व्याख्या र त्यस अवधिको क्रान्तिको समग्र व्याख्या “ism” वा “वाद” हो । त्यसैले यसमा चुरो कुरा यो छ कि “वाद” ले समाजिक अवस्था र चरणको समाजिक क्रान्तिको सापेक्षिक व्याख्या गर्दछ । अथवा “वाद” एउटा सामाजिक अवस्था र चरणमा समाजिक क्रान्तिको बस्तुगत व्याख्या र विश्लेषण तथा त्यसप्रतिको प्रक्रियागत व्याख्या हो । त्यसैले शब्दहरुको पं्रयोगमा हामी रुखलाई घर, घरलाई गाडि, गाडिलाई साडि भन्न सकिदैन, त्यसरी नै “वाद” वाक्यांशको ठाउमा “विचारधारा” वा विचारधाराको ठाउमा “वाद” भन्न सकिदैन । किनभने त्यसले निश्चित बोझिलो र गहकिलो दार्शनिक अर्थ वोकेको हुन्छ वा यो यस्तो शब्द हो जो आफैमा दार्शनिक अर्थ छ । यदि त्यस्तो नहुदो हो त वा दार्शनिक पक्षबाट बुझ्ने भिन्नता नहुदो हो त तत्कालिन गतिविधिमा आकास जमिनको फरक हुदैन थियो । एउटा मान्छे निर्देशित हुने कुरा भनेकै उसको दार्शनिक पक्ष नै हो । त्यसैले ‘माओवाद’ को व्याख्या, विश्लेषण गर्ने शक्तिहरुद्धारा गर्ने असफल कोशिस मात्र हो । नेपालको सन्दर्भमा वास्तवमा यो वाक्यांशको स्थापकद्धारा जसरी दार्शनिक भड्काव र व्यवहारिक अवसरवादी कोणद्धारा प्रयोग गर्ने योजनाबाट ल्याइएको थियो । अहिले पनि विश्व कम्युनिस्ट आन्दोलनमा भड्काववादी दृष्टिदोषद्धारा नै प्रयोग गर्ने निरन्तरता छ ।

केहि साथीहरुले जो माओवादीसंग पार्टी एकता गर्न सकिन्छ र त्यहिभित्र बसेर पनि माक्र्सवादी आन्दोलनको लागि योगदान र संघर्ष जारी राख्न सकिन्छ भनेर माओवादीले गरेको गंभिर सैद्धान्तिक र बैचारिक भड्काव विरुद्धको संघर्षप्रति नजरअन्दाज गर्ने षडयन्त्रकारी धोकाधढी प्रवृति मौलाउन प्रश्रय दिनु भएको छ । यो माक्र्सवादप्रतिको धोका हो । “वाद” वा “विचारधारा” एउटै हो । विचारधारा÷माओवाद राखेर पार्टी एकता गर्न सकिन्छ भनेर उद्दार पक्षको जिकीर सुन्न पाईन्छ । उनीहरुले यो जिकीर गर्न सकेका छैनन् कि यदि यो प्रश्न एउटै हो भने माओवादीहरु विचारधारात्मक संंघर्षमा पछि विचारधारा मान्न सक्छन वा सैद्धान्तिक लडाईमा आफु ‘माओवाद’ तथा ‘प्रचण्डपथ’ पनि मान्न सक्छौ । तर यस्तो नभने पनि यो कुरा सहज सतहमा आउदछ कि यो प्रश्नमा व्यक्तिवादी व्यवहारिक सम्झौतातिर क्रान्तिकारीताको नाममा जाने बौद्धिक कसरत हो ।

वास्तवमा माओवादीहरुले माओको पछाडि “वाद” थप्नु पर्ने कारण नै ‘प्रचण्डपथ’ जोड्नलाई नै थियो भन्ने कुरा दिनको घाम झै छर्लङ्गै भएको छ । माओवादी र जनमोर्चा, नेपालबीच पार्टी एकता हुदा ‘प्रचण्डपथ’ शब्दलाई “हाइड” गर्ने सहमति भएको थियो । तर उनीहरुका कयौ कार्यालयहरुमा स्पष्टरुपमा ‘प्रचण्डपथ’ जिन्दावाद लेखिएको छ । यसबाट यो बुझिन्छ कि मानीलिऔ, यदि यो विषयलाई छलफल गर्ने उच्च निकायमा लाने हो भने बहुमतले नै यो विचारलाई निरन्तरता दिने निश्चित छ किनभने यो बुझाईको निन्तरताको श्रृंखला टुटेकै हुदैन । जहा बसेर पनि संघर्ष गर्न सकिन्छ भन्ने महान उदारतामा जाने हो भने सहि माक्र्सवादीहरुको अलग पार्टीको आवश्यकता पर्दैन थियो । कांग्रेस वा एमाले पार्टीमा बसेर पनि संघर्ष गर्न सकिने थियो । भड्काववादी सोचहरुबाट भएको पार्टी निर्माण आज आएर फेरी अर्को भड्कावमा गएर अवसान हुने देखिन्छ । यो पार्टी यस्तो जटिल मोडबाट गुज्रिरहेको छ, सेना साथमा छ तर राजनीतिक कार्यदिशा भने दक्षिणपन्थी संशोधनवादी दिशातिरको उन्मुखतामा क्रमश गइरहेको छ । यस्तो स्थिति यो मात्रामा संसारमा विरलै हुने गर्दछ । तर माओवादीहरु त्यो दिशामा नजाउन भन्नका लागि हामीले नेपाल कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र बैचारिक लडाईलाई दृढताका साथ अगाडि बढाउन आवश्यक छ । यद्यपी यो प्रश्नले धेरै कामरेडमा भ्रम दिएको छ, अलमलता ल्याइदिएको छ । यदि यो पक्षलाई मिहिन तरिकाले बुझ्न नखोज्ने हो भने अबको आधुनिक संशोधनवादलाई परास्त र भण्डाफोर गर्न सकिदैन । यसो नगर्ने हो भने देखि माक्र्सवादी मर्ममाथि वा आन्दोलनप्रति धोका हुन्छ । संशोधनवादीहरुको चलबाजीको शिकार हुइन्छ । यो कुरा पनि सबैले बुझ्न आवश्यक छ कि पार्टीभित्र रडाको मच्याएर, खैलावैला गरेर, अनुशासनहिन काम गरेर, बैचारिक स्तर कम भएकालाई लविङ्ग गरेर पार्टी एकता हुदैन । विचार र कार्यक्रमको सामिप्यताले नै पार्टी एकीकरणको दिशामा लैजान्छ । त्यसैले अहिलेको आवश्यकता पार्टी निर्माण पनि हो । बैचारिक संघर्षहिन निरपेक्ष पार्टी एकीकरणको हामीले विरोध गरेर जानु पर्छ

Friday, February 5, 2010

नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकता वा एकीकरणमाथि एक संक्षिप्त टिप्पणी

अग्रगति साप्ताहिक
वर्ष ३, अंक २३
२०६५ माघ २३ मा प्रकाशित
नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकता वा एकीकरणमाथि एक संक्षिप्त टिप्पणी

1.विषय प्रबेशः– आधारभुत रुपमा भिन्दाभिन्नै चरित्र बोकेका दुई पार्टी नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीच गत ०६५÷०९÷२९ गते पार्टी एकता औपचारिक घोषणा भयो । यो नेपाली राजनीतिमा देखिएको एक महत्वपूर्ण र विश्लेषणयोग्य राजनीतिक घट्ना हो । यो एकतालाई कसरी हेर्ने ? पार्टी एकता सम्बन्धि माक्र्सवादी दृष्टिकोण के हो ? बहस र छलफल गर्न आवश्यक छ । बहस र छलफल मात्र होईन माक्र्सवादका सच्चा अनुयायीहरुले कुन रुख अपनाउने, कुन प्रकारको भुमिका वहन गर्ने साथै समकालिन राजनीतिक परिस्थितिमा कसरी उत्तर दायित्व निर्वाह गर्ने भन्ने प्रश्नहरु अहम् महत्वको विषय बनाइनुपर्छ ।

२) एकता र विरोधः– माक्र्सवादीहरुले एकता र विरोध हरेक घट्ना वा चीजको सार्वभौमिक र निरपेक्ष नियम मान्दछ । एकता बल हो, शक्ति हो भने विरोध प्रतिरोधको नियम हो जसको योगबाट रुपान्तरणको जन्म हुन्छ । जुन चीजमा एकता र विरोधको गतिशिलता हुदैन त्यहा“ रुपान्तरणको कल्पना गर्न पनि सकिदैन, तर एकता र विरोधले दुई वटा पक्षलाई जन्म दिन्छ । प्रथम, सिर्जनात्मक वा रचनात्मक रुपान्तरण, दोस्रो, ध्वंसात्मक रुपान्तरण । यसको अर्थ निषेधित बस्तुमा भएको दुई मुख्य चरित्रको आधारभुत कुरामा भर पर्दछ । द्वण्द्वात्मक भौतिकवादीले रुपान्तरणलाई गुणात्मक परिवर्तनसंग जोडेर हेर्छ भने अधिभुतवादी दृष्टिकोणले यथास्थितिवादलाई आत्मसाथ गर्दछ । तर, एकता र विरोधलाई नियम शासित नियमभन्दा बाहिर सोचिन्छ भने त्यो कृतिम वा देखावटी हुन्छ र गुणात्मक परिवर्तन असंभावी हुन्छ । जस्तैनुनबाट सुन, सुनबाट घिउ, घिउबाट चा“दी बन्दैन, किनकि नुन, सुन, घिउ र चा“दीको एकत्व र घर्षण फरक फरक हुन्छ । तर सोडियम र क्लोराइडलाई निश्चित घर्षण दिदा नुन बन्दछ । पितल र सुनलाई कृतिम तरिकाले मिलाउन त सकिन्छ तर कसीमा लगाएर जा“च्ने हो भने त्यो सजिलै पत्ता लगाउन सकिन्छ । एकता र विरोध भौतिक संसारमा अनन्तसम्म चलिरहने विश्रृंखलताको नियम हो । रसायन शास्त्रमा ऋणात्मक र धनात्मक शक्ति, जीव विज्ञानमा जन्म र मरण, समाजशास्त्रमा वर्गसंघर्ष भन्दा बाहिर चीजलाई हे¥यौ भने दार्शनिक दरिद्रताको शिकार भइन्छ ।

३) वर्ग संघर्षमा एकता र विरोधः– माक्र्सवादले जबसम्म वर्ग रहन्छ, वर्ग संघर्षलाई चलायमान, गतिशिल र सक्रिय तत्वको रुपमा स्वीकार गर्दछ । इतिहासको निर्माण वर्गसंघर्षबाटै भएको मान्दछ । एकता जीत हो, विरोध हार र जीतको समिश्रण हो भने रुपान्तरण नया“ चरणको जीतको प्रतिविम्ब हो । अपवाद बाहेक रुपान्तरण उधोगतितिर होइन उभोगतितिरै हुने गर्दछ । जसरी अन्य विज्ञानमा अन्तरविरोध विद्यमान र सार्वभौम भएजस्तै समाज विज्ञानमा पनि अन्तरविरोध आफ्नै विशिष्ट नियमभित्र हुन्छ ।

ऐतिहासिक भौतिकवादी दृष्टिकोण समाजविज्ञानलाई ठीक ढंङ्गले विश्लेषण गर्ने, बुझ्ने, व्याख्या गर्ने र दिशानिर्देश गर्ने सोचाई पद्दति हो । यो रसायनिक विज्ञान जस्तै छिटो र तीब्र गतिशिल भने छैन । जस्तो कि बारुदमा आगो लाग्ने वित्तिकै पड्किने साथै हाइड्रोजन र अक्सिजनको निश्चित मात्रामा तापक्रम दिने वित्तिकै पानी बन्ने । तर, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण समाज विज्ञानमा ऐतिहासिक ढङ्गले लागू हुने निश्चिततालाई नजरअन्दाज गर्न नसकिने मात्र होइन बाध्यकारी हुने कुरालाई पनि माक्र्सले उजागर र औल्याउनु भएको छ ।

वर्गीय समाजमा प्रंकारान्तरले राजनीतिक पार्टीहरु दुई वर्ग (मालिक र श्रमिक) का राजनीतिक एजेन्ट हुन् । यि दुवै वर्ग नै राजनीतिक लडाइ“का स्रोतहरु हुन् तर दार्शनिक निखरताको अभावले वा समाजमा ऐतिहासिक कालखण्डमा देखा पर्ने भुइ“फुट्टा वर्गहरुको जन्मले तिनका प्रतिनिधि स्वरुप अस्थायी किसिमका प्रतिनिधि, एजेन्ट, समुह वा पार्टीहरु देखा परिरहेका हुन्छन् र तर लडाइ“को अन्तिम चरणमा द्वैतवादी चरित्र निस्तेज र विलय भएर जान्छ । त्यसैले समाजमा देखिने ध्रुविकरण वा एकता–विरोधको प्रश्न पनि लामो ऐतिहासिक प्रक्रियाबाट नै गुज्रिरहेको हुन्छ । अन्ततः त्यो दुई वर्गको राजनीतिक लडाई भन्दा बाहिर भने हुदैन ।

माओले समाजमा अन्तरविरोध दुई किसिमका हुन्छन् भन्नु भएको छ, प्रधान र गौण । प्रधान आधारभुत प्रकारको लडाइ“मा हुन्छ, भने गौण विशिष्टिकरण हुन्छ । वर्ग संघर्षको लडाइ“लाई कहा“ केन्द्रीत र कसरी समायोजन गर्ने भन्ने कुरा अन्तरविरोधको मुख्य पहलु बन्दछ । वर्ग संघर्षको लडाइ“मा मुख्य दुश्मन, कमजोर दुश्मन, तटस्थ, मुख्य दुश्मनको विरुद्ध प्रयोग गर्न सकिने शक्ति, सहयोगी तथा मित्र र सहगुणीय शक्तिलाई खुट्याउन र विशिष्टिकृत गर्नु पर्ने मुख्य विषय बन्दछ । प्रतिक्रियावादी र दुश्मनसंग संघर्ष–एकता–संघर्ष र जनता र जनताको अन्तरविरोध बीच एकता–संघर्ष–एकताको रुख अपनाउने कुरा अन्तरविरोधको मुख्य गुदि कुरा बन्दछ ।

माओले दुश्मन वा प्रतिक्रियावादी शक्तिस“ग पनि विशिष्ट चरण जहा“ एकता नगरि हुदैन, एकता गर्न चुक्नु र ढीला गर्नु हुदैन भन्ने कुरालाई पनि जोड दिनुभएको छ । तत्कालिन जापनी साम्राज्यवादी आक्रमणको लडाइ“मा च्याङ्काइसेकस“ग अस्थायी, मोर्चाबन्दी र संघर्षीय एकता (पार्टी एकता होइन) गर्नु भएको थियो । निश्चित उद्देश्य पुरा भइसकेपछि त्यो प्रकारको एकता भङ्ग हुन्छ, संघर्ष शुरु हुन्छ । तर, जनता र प्रगतिशिल समुदायस“ग प्रमुख गरेर एकता हुन्छ, सहयोग लेनदेन हुन्छ, अन्तरविरोधलाई मित्रवत टुंग्याइन्छ, फेरि सहकार्य हुन्छ, एकता हुन्छ ।

४) संगठन वा पार्टीहरु बीच एकताः– माक्र्सले “संसारभरका मजदुर एक हौ ।” भन्ने नारा दिनुभयो । यो नाराले उठाएको मुख्य सार (क) सैद्धान्तिक, (ख) राजनीतिक, (ग) सांगठनिक र (घ) कार्यक्रमिक एकता नै हो । यि चार कुरालाई मुख्य आधार बनाएर नै एकता र ध्रुविकरणको अभियानलाई ठीकस“गले अगाडि बढाइनुपर्छ । त्यसमध्ये पनि माक्र्सले सिद्धान्तमाथिको समान बुझार्ईको एकतालाई मुख्य जोड दिनुभएको छ । यो कुरा सन् १८७५ मा दुई समुह आयजेनाखवादी र लासालवादीहरुको गोथामा सम्पन्न एकताको कार्यक्रमको आलोचनाबाट प्रस्ट हुन्छ जुन सामान्य प्रकारको कार्यक्रमिक र सांगठनिक एकता थियो । सैद्धान्तिक र बैचारिक एकता थिएन । लेनिनले उक्त गोथा कार्यक्रमलाई सर्वसंग्रहवादी, अवसरवादी र घोर प्रतिगामी एकता मान्नुभएको छ ।

लेनिनले ‘मजदुर वर्गको एकता बारे’ मा सारत निम्न कुरा अगाडि सार्दछन्, (क) सर्वहारा वर्गीय विश्व दृष्टिकोण राख्ने वर्ग चेतन शक्ति बीच अनिवार्य एकता जरुरी छ जुन संगठित माक्र्सहरुले गर्नु पर्दछ, (ख) एकता इमान्दारिताका साथ हुनपर्दछ र इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्दछ, (ग) एकता संघर्षमा होमिएर प्राप्त गर्नुपर्दछ, (घ) एकता संगठित गतिशिलताबाटै गरिनुपर्दछ न कि केही वुद्धिजीविहरुको ‘सम्झौता’ बाट ‘पैदा’ हुन्छ । फ्रेडरिक एंगेल्सले ‘जर्मनमा किसान युद्ध’ भुमिकामा राजनीतिक र आर्थिक मात्र होइन, सैद्धान्तिक एकतालाई पनि उत्तिकै जोड दिनुपर्ने आवश्यकतालाई प्रष्ट्याउनु भएको छ । लेनिनले ‘एक पाइला अगाडि दुई पाइला पछाडि’ भन्ने लेखमा माक्र्सवादी सिद्धान्तले उसमा पैदा गरेको बैचारिक एकता र त्यस्तो संगठनको भौतिक एकतालाई क्रान्तिकारी संगठनको एकताको महŒवस“ग जोडेर व्याख्या गरेका छन् । एकतालाई अनुशासित र नियमबद्ध लडाइ“ वा संघर्ष मान्ने त्यस्तो संगठन जसले सर्वहारा वर्गीय क्रान्तिकारी दृष्टिकोण राख्ने उचाईको रुपमा निर्माण गर्नु पर्छ साथै निम्न पू“जीजिवी अराजकतावाद, वामपन्थी लफ्फाजी, दक्षिणपन्थी सुधारवाद वा सबैखाले अवसरवादीको विरुद्ध पनि त्यतिकै कडा संघर्षलाई स“गस“गै अपनाएर सर्वहारा वर्गीय दृष्टिकोण अनुसारको सा“च्चै एकतालाई निरन्तरता दिनुपर्दछ भन्ने कुरालाई जोड दिनु भएको छ । सैद्धान्तिक एकरुपता विनाको एकता अवसरवादी एकता हुन्छ भन्नु भएको छ । आधुनिक संशोधनवादीसंग निर्मम संघर्ष गरेरै मात्र क्रान्तिकारी एकतालाई सुदृढ पार्न सकिन्छ भन्ने कुरालाइ पनि जोड दिनु भएको छ । (हेर्नुहोस, ‘वामपन्थी कम्युनिज्म–एक वचकना मर्ज’ र ‘गद्धार काउत्स्की’ लेनिन)

५) नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकताः– यि दुई पार्टी बीच एकता हुदा धेरै संगत र समान बुझाई नहुदानहुदै, यहासम्म कि आधारभुत प्रस्तावनामा नै विवाद छ, एकता भएको छ । निम्न कुरालाई हेरौ !
क) माओवाद तथा प्रचण्डपथ र माओत्सेतुङ्ग विचारधारलाई कृतिम मिलावट गरिएको छ, जुन कुरालाई केटाकेटीको भाडाकुटी खेलाई जस्तो हल्का विषय बनाइएको छ । तर , यो कुरा केटाकेटीको भाडाकुटी खेलाई जस्तो हल्का विषय भने हुदैहोइन । माक्र्सवाद र लेनिनवादलाई कसरी बुझ्ने अहम् महत्वको विषय हो, ले गहन वहस र छलफलको माग गर्दछ ।
ख) तत्कालिन कार्यदिशाको सवालमा पनि उनीहरुको बुझाई राजनीतिक हिसावले एक ठाउमा छैन । वर्तमान परिस्थितिमा माओेवादीले महाधिवेशन गरेका छैनन् । उनीहरु यो भन्दा अगाडिको महाधिवेशन वा राष्ट्रिय भेलाको निर्धारित लाइनभित्र छन्, लाई स्थगित, त्यागेको वा निरन्तरता भित्रै छन्, त्यो अझै निक्र्यौल भएको छैन । अहिले उनीहरु प्राविधिक निर्णयको फेजमा छन् ।
ग) माओवादीको जन्म पश्चात उनीहरुले घटाएका राजनीतिक घट्ना, संघर्षको चरित्र, सैद्धान्तिक र राजनीतिक विश्लेषण वा दुवैले अपनाएका रुखको आधारमा आलोचना र आत्मालोचना साथै सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक विषयहरुका बारेमा बैज्ञानिक समिक्षा गरिएको छैन ।
घ) आगामी कार्यक्रम र एजेन्डाहरुमा पनि उनीहरु एक ठाउमा छैनन्, जस्तो कि राज्यको पुनःसंरचनाको विषय, आत्मनिर्णयको अधिकार र जातीय नामाकरणको आधारमा संघीयताको मोडल, एक्काइशौ शताब्दीको जनवाद, बहुदलीय प्रतिस्पर्धा, जनमुखी गणतन्त्रको बारेमा । राजनीतिक क्रान्ति कि आर्थिक क्रान्ति अन्यौलमा छन् उनीहरु । अझ भनौ राज्यको पुनःसंंरचना र आत्मनिर्णयको अधिकार र जातिय नामाकरणको आधारमा संघीयताको प्रश्नबारे तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) मा पार्टीगत ठोस धारणा नै थिएन ।
ङ) यो अस्थायी सरकार र संविधानसभाप्रति कस्तो रुख अपनाउने भन्ने कुरामा दुवै पार्टीहरु अन्यौल र सम्झौतापरस्त बन्दै गएका छन् । अझ यथास्थिति मै कठांग्रिएर रहने जालोभित्र भरपुर रमेका छन् उनीहरु । तर, माक्र्सवादीहरु वर्तमान सत्ताको बारेमा प्रष्ट हुन आवश्यक छ ।

५) निस्कर्षः– माक्र्सवादी दृष्टिकोण अनुसारको जनवादी पूजीवादी क्रान्तिलाई अपभ्रंस बनाउने मात्र होइन, त्यसका आधारभुत कुरालाई तिलाञ्जली दिने दिशामा उन्मुख माओवादी र पीध नभएको लोटा जस्तो रहेको नेकपा (एकताकेन्द्र–मसाल) बीच पार्टी एकता भएको छ । यि माथि उल्लेखित सबै कोणबाट हेर्दा उनीहरु बीचको ‘एकता’ ठूलै प्रचार गरेता पनि मुख्य गरेर दुवैले अवसर र उपभोगवादी प्रकारको वौद्धिक सम्झौत गरेजस्तो देखिन्छ । सैद्धान्तिक, राजनीतिक, सांगठनिक र कार्यक्रमिक हिसाबले आधारभुत विषयमा समान बुझाई नभएको एकता संसारभरि नै अवसरवादी र संशोधनवादी प्रकारको भएको दृष्टान्त हाम्रो अगाडि प्रस्ट छ । नेपालको सन्दर्भमा नेकपा (एमाले) लाई हेरे हुन्छ ।

नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकता वा एकीकरणमाथि एक संक्षिप्त टिप्पणी

अग्रगति साप्ताहिक
वर्ष ३, अंक २३
२०६५ माघ २३ मा प्रकाशित

नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकता वा एकीकरणमाथि एक संक्षिप्त टिप्पणी

विषय प्रबेशः– आधारभुत रुपमा भिन्दाभिन्नै चरित्र बोकेका दुई पार्टी नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीच गत ०६५÷०९÷२९ गते पार्टी एकता औपचारिक घोषणा भयो । यो नेपाली राजनीतिमा देखिएको एक महत्वपूर्ण र विश्लेषणयोग्य राजनीतिक घट्ना हो । यो एकतालाई कसरी हेर्ने ? पार्टी एकता सम्बन्धि माक्र्सवादी दृष्टिकोण के हो ? बहस र छलफल गर्न आवश्यक छ । बहस र छलफल मात्र होईन माक्र्सवादका सच्चा अनुयायीहरुले कुन रुख अपनाउने, कुन प्रकारको भुमिका वहन गर्ने साथै समकालिन राजनीतिक परिस्थितिमा कसरी उत्तर दायित्व निर्वाह गर्ने भन्ने प्रश्नहरु अहम् महत्वको विषय बनाइनुपर्छ ।

२) एकता र विरोधः– माक्र्सवादीहरुले एकता र विरोध हरेक घट्ना वा चीजको सार्वभौमिक र निरपेक्ष नियम मान्दछ । एकता बल हो, शक्ति हो भने विरोध प्रतिरोधको नियम हो जसको योगबाट रुपान्तरणको जन्म हुन्छ । जुन चीजमा एकता र विरोधको गतिशिलता हुदैन त्यहा“ रुपान्तरणको कल्पना गर्न पनि सकिदैन, तर एकता र विरोधले दुई वटा पक्षलाई जन्म दिन्छ । प्रथम, सिर्जनात्मक वा रचनात्मक रुपान्तरण, दोस्रो, ध्वंसात्मक रुपान्तरण । यसको अर्थ निषेधित बस्तुमा भएको दुई मुख्य चरित्रको आधारभुत कुरामा भर पर्दछ । द्वण्द्वात्मक भौतिकवादीले रुपान्तरणलाई गुणात्मक परिवर्तनसंग जोडेर हेर्छ भने अधिभुतवादी दृष्टिकोणले यथास्थितिवादलाई आत्मसाथ गर्दछ । तर, एकता र विरोधलाई नियम शासित नियमभन्दा बाहिर सोचिन्छ भने त्यो कृतिम वा देखावटी हुन्छ र गुणात्मक परिवर्तन असंभावी हुन्छ । जस्तैनुनबाट सुन, सुनबाट घिउ, घिउबाट चा“दी बन्दैन, किनकि नुन, सुन, घिउ र चा“दीको एकत्व र घर्षण फरक फरक हुन्छ । तर सोडियम र क्लोराइडलाई निश्चित घर्षण दिदा नुन बन्दछ । पितल र सुनलाई कृतिम तरिकाले मिलाउन त सकिन्छ तर कसीमा लगाएर जा“च्ने हो भने त्यो सजिलै पत्ता लगाउन सकिन्छ । एकता र विरोध भौतिक संसारमा अनन्तसम्म चलिरहने विश्रृंखलताको नियम हो । रसायन शास्त्रमा ऋणात्मक र धनात्मक शक्ति, जीव विज्ञानमा जन्म र मरण, समाजशास्त्रमा वर्गसंघर्ष भन्दा बाहिर चीजलाई हे¥यौ भने दार्शनिक दरिद्रताको शिकार भइन्छ ।

३) वर्ग संघर्षमा एकता र विरोधः– माक्र्सवादले जबसम्म वर्ग रहन्छ, वर्ग संघर्षलाई चलायमान, गतिशिल र सक्रिय तत्वको रुपमा स्वीकार गर्दछ । इतिहासको निर्माण वर्गसंघर्षबाटै भएको मान्दछ । एकता जीत हो, विरोध हार र जीतको समिश्रण हो भने रुपान्तरण नया“ चरणको जीतको प्रतिविम्ब हो । अपवाद बाहेक रुपान्तरण उधोगतितिर होइन उभोगतितिरै हुने गर्दछ । जसरी अन्य विज्ञानमा अन्तरविरोध विद्यमान र सार्वभौम भएजस्तै समाज विज्ञानमा पनि अन्तरविरोध आफ्नै विशिष्ट नियमभित्र हुन्छ ।

ऐतिहासिक भौतिकवादी दृष्टिकोण समाजविज्ञानलाई ठीक ढंङ्गले विश्लेषण गर्ने, बुझ्ने, व्याख्या गर्ने र दिशानिर्देश गर्ने सोचाई पद्दति हो । यो रसायनिक विज्ञान जस्तै छिटो र तीब्र गतिशिल भने छैन । जस्तो कि बारुदमा आगो लाग्ने वित्तिकै पड्किने साथै हाइड्रोजन र अक्सिजनको निश्चित मात्रामा तापक्रम दिने वित्तिकै पानी बन्ने । तर, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण समाज विज्ञानमा ऐतिहासिक ढङ्गले लागू हुने निश्चिततालाई नजरअन्दाज गर्न नसकिने मात्र होइन बाध्यकारी हुने कुरालाई पनि माक्र्सले उजागर र औल्याउनु भएको छ ।
वर्गीय समाजमा प्रंकारान्तरले राजनीतिक पार्टीहरु दुई वर्ग (मालिक र श्रमिक) का राजनीतिक एजेन्ट हुन् । यि दुवै वर्ग नै राजनीतिक लडाइ“का स्रोतहरु हुन् तर दार्शनिक निखरताको अभावले वा समाजमा ऐतिहासिक कालखण्डमा देखा पर्ने भुइ“फुट्टा वर्गहरुको जन्मले तिनका प्रतिनिधि स्वरुप अस्थायी किसिमका प्रतिनिधि, एजेन्ट, समुह वा पार्टीहरु देखा परिरहेका हुन्छन् र तर लडाइ“को अन्तिम चरणमा द्वैतवादी चरित्र निस्तेज र विलय भएर जान्छ ।

त्यसैले समाजमा देखिने ध्रुविकरण वा एकता–विरोधको प्रश्न पनि लामो ऐतिहासिक प्रक्रियाबाट नै गुज्रिरहेको हुन्छ । अन्ततः त्यो दुई वर्गको राजनीतिक लडाई भन्दा बाहिर भने हुदैन ।
माओले समाजमा अन्तरविरोध दुई किसिमका हुन्छन् भन्नु भएको छ, प्रधान र गौण । प्रधान आधारभुत प्रकारको लडाइ“मा हुन्छ, भने गौण विशिष्टिकरण हुन्छ । वर्ग संघर्षको लडाइ“लाई कहा“ केन्द्रीत र कसरी समायोजन गर्ने भन्ने कुरा अन्तरविरोधको मुख्य पहलु बन्दछ । वर्ग संघर्षको लडाइ“मा मुख्य दुश्मन, कमजोर दुश्मन, तटस्थ, मुख्य दुश्मनको विरुद्ध प्रयोग गर्न सकिने शक्ति, सहयोगी तथा मित्र र सहगुणीय शक्तिलाई खुट्याउन र विशिष्टिकृत गर्नु पर्ने मुख्य विषय बन्दछ । प्रतिक्रियावादी र दुश्मनसंग संघर्ष–एकता–संघर्ष र जनता र जनताको अन्तरविरोध बीच एकता–संघर्ष–एकताको रुख अपनाउने कुरा अन्तरविरोधको मुख्य गुदि कुरा बन्दछ ।

माओले दुश्मन वा प्रतिक्रियावादी शक्तिस“ग पनि विशिष्ट चरण जहा“ एकता नगरि हुदैन, एकता गर्न चुक्नु र ढीला गर्नु हुदैन भन्ने कुरालाई पनि जोड दिनुभएको छ । तत्कालिन जापनी साम्राज्यवादी आक्रमणको लडाइ“मा च्याङ्काइसेकस“ग अस्थायी, मोर्चाबन्दी र संघर्षीय एकता (पार्टी एकता होइन) गर्नु भएको थियो । निश्चित उद्देश्य पुरा भइसकेपछि त्यो प्रकारको एकता भङ्ग हुन्छ, संघर्ष शुरु हुन्छ । तर, जनता र प्रगतिशिल समुदायस“ग प्रमुख गरेर एकता हुन्छ, सहयोग लेनदेन हुन्छ, अन्तरविरोधलाई मित्रवत टुंग्याइन्छ, फेरि सहकार्य हुन्छ, एकता हुन्छ ।

४) संगठन वा पार्टीहरु बीच एकताः– माक्र्सले “संसारभरका मजदुर एक हौ ।” भन्ने नारा दिनुभयो । यो नाराले उठाएको मुख्य सार (क) सैद्धान्तिक, (ख) राजनीतिक, (ग) सांगठनिक र (घ) कार्यक्रमिक एकता नै हो । यि चार कुरालाई मुख्य आधार बनाएर नै एकता र ध्रुविकरणको अभियानलाई ठीकस“गले अगाडि बढाइनुपर्छ । त्यसमध्ये पनि माक्र्सले सिद्धान्तमाथिको समान बुझार्ईको एकतालाई मुख्य जोड दिनुभएको छ । यो कुरा सन् १८७५ मा दुई समुह आयजेनाखवादी र लासालवादीहरुको गोथामा सम्पन्न एकताको कार्यक्रमको आलोचनाबाट प्रस्ट हुन्छ जुन सामान्य प्रकारको कार्यक्रमिक र सांगठनिक एकता थियो । सैद्धान्तिक र बैचारिक एकता थिएन । लेनिनले उक्त गोथा कार्यक्रमलाई सर्वसंग्रहवादी, अवसरवादी र घोर प्रतिगामी एकता मान्नुभएको छ ।

लेनिनले ‘मजदुर वर्गको एकता बारे’ मा सारत निम्न कुरा अगाडि सार्दछन्, (क) सर्वहारा वर्गीय विश्व दृष्टिकोण राख्ने वर्ग चेतन शक्ति बीच अनिवार्य एकता जरुरी छ जुन संगठित माक्र्सहरुले गर्नु पर्दछ, (ख) एकता इमान्दारिताका साथ हुनपर्दछ र इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्दछ, (ग) एकता संघर्षमा होमिएर प्राप्त गर्नुपर्दछ, (घ) एकता संगठित गतिशिलताबाटै गरिनुपर्दछ न कि केही वुद्धिजीविहरुको ‘सम्झौता’ बाट ‘पैदा’ हुन्छ । फ्रेडरिक एंगेल्सले ‘जर्मनमा किसान युद्ध’ भुमिकामा राजनीतिक र आर्थिक मात्र होइन, सैद्धान्तिक एकतालाई पनि उत्तिकै जोड दिनुपर्ने आवश्यकतालाई प्रष्ट्याउनु भएको छ । लेनिनले ‘एक पाइला अगाडि दुई पाइला पछाडि’ भन्ने लेखमा माक्र्सवादी सिद्धान्तले उसमा पैदा गरेको बैचारिक एकता र त्यस्तो संगठनको भौतिक एकतालाई क्रान्तिकारी संगठनको एकताको महŒवस“ग जोडेर व्याख्या गरेका छन् । एकतालाई अनुशासित र नियमबद्ध लडाइ“ वा संघर्ष मान्ने त्यस्तो संगठन जसले सर्वहारा वर्गीय क्रान्तिकारी दृष्टिकोण राख्ने उचाईको रुपमा निर्माण गर्नु पर्छ साथै निम्न पू“जीजिवी अराजकतावाद, वामपन्थी लफ्फाजी, दक्षिणपन्थी सुधारवाद वा सबैखाले अवसरवादीको विरुद्ध पनि त्यतिकै कडा संघर्षलाई स“गस“गै अपनाएर सर्वहारा वर्गीय दृष्टिकोण अनुसारको सा“च्चै एकतालाई निरन्तरता दिनुपर्दछ भन्ने कुरालाई जोड दिनु भएको छ । सैद्धान्तिक एकरुपता विनाको एकता अवसरवादी एकता हुन्छ भन्नु भएको छ । आधुनिक संशोधनवादीसंग निर्मम संघर्ष गरेरै मात्र क्रान्तिकारी एकतालाई सुदृढ पार्न सकिन्छ भन्ने कुरालाइ पनि जोड दिनु भएको छ । (हेर्नुहोस, ‘वामपन्थी कम्युनिज्म–एक वचकना मर्ज’ र ‘गद्धार काउत्स्की’ लेनिन)

५) नेकपा (माओवादी) र (एकताकेन्द्र–मसाल) बीचको एकताः– यि दुई पार्टी बीच एकता हुदा धेरै संगत र समान बुझाई नहुदानहुदै, यहासम्म कि आधारभुत प्रस्तावनामा नै विवाद छ, एकता भएको छ । निम्न कुरालाई हेरौ !
क) माओवाद तथा प्रचण्डपथ र माओत्सेतुङ्ग विचारधारलाई कृतिम मिलावट गरिएको छ, जुन कुरालाई केटाकेटीको भाडाकुटी खेलाई जस्तो हल्का विषय बनाइएको छ । तर , यो कुरा केटाकेटीको भाडाकुटी खेलाई जस्तो हल्का विषय भने हुदैहोइन । माक्र्सवाद र लेनिनवादलाई कसरी बुझ्ने अहम् महत्वको विषय हो, ले गहन वहस र छलफलको माग गर्दछ ।
ख) तत्कालिन कार्यदिशाको सवालमा पनि उनीहरुको बुझाई राजनीतिक हिसावले एक ठाउमा छैन । वर्तमान परिस्थितिमा माओेवादीले महाधिवेशन गरेका छैनन् । उनीहरु यो भन्दा अगाडिको महाधिवेशन वा राष्ट्रिय भेलाको निर्धारित लाइनभित्र छन्, लाई स्थगित, त्यागेको वा निरन्तरता भित्रै छन्, त्यो अझै निक्र्यौल भएको छैन । अहिले उनीहरु प्राविधिक निर्णयको फेजमा छन् ।
ग) माओवादीको जन्म पश्चात उनीहरुले घटाएका राजनीतिक घट्ना, संघर्षको चरित्र, सैद्धान्तिक र राजनीतिक विश्लेषण वा दुवैले अपनाएका रुखको आधारमा आलोचना र आत्मालोचना साथै सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक विषयहरुका बारेमा बैज्ञानिक समिक्षा गरिएको छैन ।
घ) आगामी कार्यक्रम र एजेन्डाहरुमा पनि उनीहरु एक ठाउमा छैनन्, जस्तो कि राज्यको पुनःसंरचनाको विषय, आत्मनिर्णयको अधिकार र जातीय नामाकरणको आधारमा संघीयताको मोडल, एक्काइशौ शताब्दीको जनवाद, बहुदलीय प्रतिस्पर्धा, जनमुखी गणतन्त्रको बारेमा । राजनीतिक क्रान्ति कि आर्थिक क्रान्ति अन्यौलमा छन् उनीहरु । अझ भनौ राज्यको पुनःसंंरचना र आत्मनिर्णयको अधिकार र जातिय नामाकरणको आधारमा संघीयताको प्रश्नबारे तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) मा पार्टीगत ठोस धारणा नै थिएन ।
ङ) यो अस्थायी सरकार र संविधानसभाप्रति कस्तो रुख अपनाउने भन्ने कुरामा दुवै पार्टीहरु अन्यौल र सम्झौतापरस्त बन्दै गएका छन् । अझ यथास्थिति मै कठांग्रिएर रहने जालोभित्र भरपुर रमेका छन् उनीहरु । तर, माक्र्सवादीहरु वर्तमान सत्ताको बारेमा प्रष्ट हुन आवश्यक छ ।

५) निस्कर्षः– माक्र्सवादी दृष्टिकोण अनुसारको जनवादी पूजीवादी क्रान्तिलाई अपभ्रंस बनाउने मात्र होइन, त्यसका आधारभुत कुरालाई तिलाञ्जली दिने दिशामा उन्मुख माओवादी र पीध नभएको लोटा जस्तो रहेको नेकपा (एकताकेन्द्र–मसाल) बीच पार्टी एकता भएको छ । यि माथि उल्लेखित सबै कोणबाट हेर्दा उनीहरु बीचको ‘एकता’ ठूलै प्रचार गरेता पनि मुख्य गरेर दुवैले अवसर र उपभोगवादी प्रकारको वौद्धिक सम्झौत गरेजस्तो देखिन्छ । सैद्धान्तिक, राजनीतिक, सांगठनिक र कार्यक्रमिक हिसाबले आधारभुत विषयमा समान बुझाई नभएको एकता संसारभरि नै अवसरवादी र संशोधनवादी प्रकारको भएको दृष्टान्त हाम्रो अगाडि प्रस्ट छ । नेपालको सन्दर्भमा नेकपा (एमाले) लाई हेरे हुन्छ ।