Search This Blog

Wednesday, March 31, 2010

के सरकार क्रान्तिकारी मोर्चा हुनसक्छ ? –४

अग्रगति साप्ताहिक
अंक ४२, वर्ष ३, २०६६ असार ११
उदय राई
के सरकार क्रान्तिकारी मोर्चा हुनसक्छ ? –४
सामाजिक क्रान्तिको युगमा जुन माक्र्सवादी जन्मको प्राराम्भिक चरणमा मात्र छैन, पण्डित्याई छाट्नु मात्र चै छलकपट र पाखण्डपन मात्र हुन्छ, माक्र्सवादको प्रयोग र विकासमा मन्द विष हुन्छ, बकवास हुन्छ, लप्mफाजी हुन्छ र अन्ततः परिणामको कोणबाट प्रतिक्रियावादी सत्ताको सच्चा सेवा हुन्छ ।

निश्चितै रुपले बोल्शेविकहरुले पनि उक्त परिस्थितिमा क्रान्ति सम्पन्न गर्दा यो लेख लेखे जस्तो सहज र सजिलो परिस्थिति भने पक्केै थिएन । सत्य कुरा यो हो कि उनीहरुको उच्च साहस र सैद्धान्तिक दृढताभित्र तत्कालिन सामाजिक अन्तरविरोधलाई क्रान्तिकारी दिशातिर उन्मुख गराउने सफल सचेतता, सकृय इच्छा शक्ति र त्यहि अनुसारको कर्म थियो । परिस्थितिलाई ठीक तरिकाले बुझ्न सक्ने सक्षमता, उद्देश्य प्राप्तिको लागि सकृयता र तत्परता, त्यो अनुसारको ठीक कार्यनीतिक नाराको निरुपणता, आन्दोलनकारी शक्तिसंगको एकता र सचेत नेतृत्वको कारण साम्राज्यवादी र देशी प्रतिक्रियावादी शक्तिहरु आमने सामानेको प्रत्यक्ष र निर्णायक लडाईमा नाकामसिद्ध भए । विजय “अक्टुबर क्रान्ति” भयो ।

यहि प्रसंगमा चिनी कम्युनिस्ट पार्टीले अपनाएको मार्ग र विशिष्टिकृत नाराको प्रकृति र उल्लेखनीय पक्षलाई पनि ध्यान दिऔ । तत्कालिन जनयुद्धको निरन्तरतामा २४ अप्रिल सन् १९४५ मा माओले पार्टीको सातौ महाधिवेशनमा प्रस्तुत गर्नु भएको “संयुक्त सरकार” को प्रस्ताव, त्यसको मार्गचित्र र आवश्यकताको पक्षलाई निकै महत्वका साथ लिन सकिन्छ । विशिष्टिकृतरुपमा रुसी क्रान्तिभन्दा अलग ढंगले अगाडि बढेको चिनी क्रान्ति आधारभुत अन्तरविरोधको कोणबाट हेर्दा केहि कुरामा बाहेक समान प्रकारको विश्व अन्तरविरोधीय युगमा रुसी र चिनी क्रान्ति सम्पन्न भए पनि यि दुई देशको क्रान्तिको कार्यदिशा अलग थियो । यसो हुनुमा आ–आफ्नो देशको विशिष्टिकृत अन्तरविरोधको पक्ष नै मुल कारण थियो । यदि रुसी क्रान्ति भन्दा अलग ढंगले चिनी क्रान्तिलाई अगाडि नबढाएको भए चिनी क्रान्ति असंभव प्रायः हुन्थ्यो । यसबाट यो स्पष्ट हुन्छ कि समाजको विशिष्टिकृत अन्तरविरोधलाई खुट्याउ‘न नसक्ने हो भने क्रान्तिकारी आन्दोलनको कुरा गर्नु दिवास्वप्न मात्र हुन्छ । भद्धा कार्यदिशाले ठाउ‘ लिन्छ । क्रान्ति अनिश्चित भविष्यको कठघरामा कैद बन्न पुग्दछ ।

माओको उक्त प्रस्तावले खास गरेर आन्दोलन कै बीचबाट आन्दोलन कै बृहत संघर्षीय मोर्चा बनाउने कार्यदिशाको आवश्यकतालाई अगाडि सारेको थियो । एकातिर चिनमाथि साम्राज्यवादी खुनी आक्रमण तीब्र थियो भने अर्कोतिर युद्ध सरदार तथा प्रतिक्रियावादी सत्ता र न्यायप्रेमी जनता बीच तीब्र अन्तरविरोध थियो । यो अवस्थामा गृहयुद्धलाई रोक्न र सम्पूर्ण आन्तरिक शक्तिहरुलाई सम्मालेर साम्राज्यवादी शक्ति विरुद्ध केन्द्रीत गरी पूर्णरुपमा परास्त गर्नु थियो । उक्त प्रस्तावले यि समस्याहरुलाई समेट्न सक्ने अवस्था सृजना गर्दथियो । यो प्रस्ताव र कार्यदिशा तुरुन्त लागू भयो त ? यसको महत्व त्यो कु्रामा मात्र छैन कि यो कुन प्रयोजनका निम्ति सैद्धान्तिक अवधारणा बढाईएको थियो भन्ने कुरा पनि महत्वको विषय हो ।
उक्त प्रस्तावमा “निम्नत्तम कार्यक्रमहरु” को स्पष्ट खाका समेत थियो, १) तत्कालिन गृहयुद्धलाई तुरुन्त स्थगित गरी साम्राज्यवादी आक्रमणको विरुद्ध ध्रुविकृत हुनसक्ने सबै शक्तिहरुको संयुक्त मोर्चा बनाउ‘ने, २) धरासायी भएको आर्थिक अवस्था र सामन्तवादी आर्थिक प्रणाली निषेध गर्नु, आर्थिक औपनिवेशिक अवस्था र वर्गीय खाडललाई न्युनीकरण गर्दै व्यवस्थिति पू‘जीवादी क्रान्तिको उन्मुखतालाई सुनिश्चित गर्नु, ३) श्रम र पू‘जीमा भएको सामन्त र नोकरशाही पू‘जीपतिहरुको पराम्परागत अधिनायकत्वलाई ध्वंस्त गरी लोकतन्त्रको नयॉ आधार सृजना गर्नु, ५) जमिनमा जसको जोत उसैको पोत लागू गर्नु र नयॉ शक्ति सन्तुलनमा जानु आदि ।

अब प्रश्न उठ्छ, बोल्शेविकहरुले सन् १९०५ मा प्रस्तावित गरेको “अस्थायी क्रान्तिकारी सरकार” र चिनी कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको सन् १९४५ को “सयुक्त सरकार” को कार्यदिशा सैद्धान्तिक र परिणामको हिसाबले सन् १९१७ मा सम्पन्न “अक्टुबर क्रान्ति” र सन् १९४९ मा सम्पन्न चिनी “जनवादी क्रान्ति” बीच अन्तरसम्बन्धित र अन्तरविरोधीत कार्यदिशा दुबै कोणबाट थियो कि थिएन ? निम्नत्तम कार्यक्रमको प्याकेजले यो प्रस्ट पार्दछ कि दुबै कार्यदिशा “जनवादी क्रान्ति” उन्मुख कार्यदिशा थियो । त्यतिखेर पनि आप्mना मातहतमा रहेका जनमुक्ति सेनाहरुलाई अझ आम जनताको उद्देश्य प्राप्तिको लागि अझ शसक्त र जुझारु बनाउ‘ने र विकास तथा विस्तारमा ध्यान दिनु पर्ने आवश्यकतालाई जोड दिएको थियो । यसबाट यो बुझ्न कति पनि कठिनाई छैन कि सरकार बनाउ‘ने र सरकारका जाने मात्र पार्टीको कार्यदिशा थिएन, अपितु सत्ता प्राप्त गरी जनताको अधिनायकत्वमा स्थापित गर्नुमा नै जोड थियो । यदि यस्तो नहुदो हो त सत्ता प्राप्त गर्ने क्रान्ति नभई सम्झौता, व्यक्तिको महत्वाकांक्ष र स्वार्थमा जनताको साहसिक आन्दोलन तुहिन्थ्यो । त्यहि विन्दुमा पार्टीका जनमुक्ति सेना र पार्टीलाई पश्चगामी वा प्रतिक्रियावादी सरकार र त्यसका संयन्त्रहरुमा विलय गराईन्थ्यो । तर त्यसो किन भएन ? किनकि पार्टीको “जनवादी क्रान्ति” को कार्यदिशा प्रस्ट थियो ।

यो ऐतिहासिक कालमा यि दुई कम्युनिस्ट पार्टीहरुले आफ्नो संघर्षकालमा सरकार सम्बन्धि एजेण्डालाई माक्र्सवादी मुल्यमान्यता अनुसार कसरी लागू गर्न सकिन्छ भन्ने कुरा मात्र अगाडि सारेन, अझ दोस्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनप्रति ध्यान दिन आग्रह पनि ग¥यो । केहि गर्न नसक्ने रटिरटाउ विसर्जनवादलाई तुरुन्त रोक्नु पर्ने आवश्यकतालाई अत्यन्त गंभिरताका साथ अगाडि बढायो ।
कुरा धेरै पुरानो भए पनि यसको सैद्धान्तिक महत्व अत्यन्त छ भन्नुमा दुविधा छैन । यसबाट यो प्रस्ट हुन्छ कि वर्ग संघर्षलाई कसरी अगाडि बाउन सकिन्छ, वर्ग संघर्षको सन्तुलन कहॉनेर कुन विन्दुमा हुनसक्छ, वर्ग संघर्षको बाटोलाई कसरी सफा र फराकिलो बनाएर लान सकिन्छ भन्ने विषय नै मुख्य कुरा हो । वास्तवमा माक्र्सवादको सैद्धान्तिक पक्षको प्रस्टता भईसकेपछि यो सिद्धान्तलाई सामाजिक क्रान्तिमा कसरी प्रयोग र विकास गर्ने पक्ष नै महत्वपूर्ण प्रश्न हो । यसैमा अलमलता र अस्पस्टताको कारण भड्काववाद र अन्य अवसरवादले जन्म लिने र मौलाउ‘ने वातावरण पाउ‘छ । अहिलेको विश्व कम्युनिस्ट आन्दोलनलाई उग्रवामपन्थ र वामपन्थी लफ्फाजीले पनि अत्यन्त नकारात्मक असर पारेको छ भने त्यो भन्दा कयौ गुणा बढी नकारात्मक असर दक्षिणपन्थी अवसरवादबाट भएको र गरिएको खुलेआम र निकृष्ट तोडमोड र संशोधनले पारेको छ । यसो हुनुमा यो पक्षलाई देख्न नसक्नु सैद्धान्तिक दृष्टिकोणले मात्र काम गरेको छईन, अपितु सामाजिक क्रान्तिमा क्रान्तिकारी आन्दोलनकारीहरुले वर्ग संघर्षको नियमलाई द्वन्द्वात्मक भौतिकवादी सचेतता अनुसार हल गर्न नसक्नु पनि हो ।
आज कम्युनिस्ट आन्दोलनका संवाहक शक्तिहरु विश्वभरि नै क्रियाशिल छन् । यो क्रियाशिलताले एकातिर दाहिने र देब्रे भड्कावका विरुद्ध देश र काल विशेष निरन्तरता दिएको छ भने अर्कोतिर प्रतिक्रियावादी सत्ता र शक्तिहरु विरुद्ध पनि निरन्तर धावा बोलिरहेको छ । पहिलेको तुलनामा चुनौतिहरुका साथसाथै क्रान्तिकारी आन्दोलनका आधारहरु अत्यन्त बढेर गएको छ । यहिबेलामा, तर सत्य यो पनि हो कि विश्व कम्युनिस्ट आन्दोलन विभिन्न भड्कावको शिकार भएको छ । अहिलेको मुल समस्या दक्षिणपन्थी कार्यदिशा नै हो । विशेष गरेर यो कुरा सरकार सम्बन्धि विषयमा नै देखिएको छ । सहि क्रान्तिकारीहरुको विश्वसनीय आधार बन्न सकेको छैन । यो प्रश्नमा क्रान्तिकारीहरु छरपस्टिएका छन्, तर यहि प्रश्नमा अवसरवादीहरु क्रान्तिकारी हु भन्नेहरु भन्दा संगठीत र तत्काल व्यवस्थित छन् ।

सत्ताको कारण र सत्तालाई प्रयोग गर्ने शिलशिलामा वर्ग विभाजित समाज सत्ताको लागि नै फेरि पनि एक भएको छ । यो सत्यको सान्दर्भिकतालाई राम्ररी बुझ्न आवश्यक छ । त्यसैले यो सत्यलाई केन्द्रमा राखेर राजनीतिक लडाईलाई व्यवस्थित बनाउ‘न आवश्यक छ । नत्र माछा–माछा भ्यागुतो भन्ने उखानले छाड्ने छैन । बदलिरहेको संसारमा पहिलेको तुलनामा कयौ गुणा बढी आजको समाजमा जनताहरु संवेदनशिल छन् । सत्ता र सरकारको सम्बन्धमा तुरुन्त प्रतिक्रिया आउ‘ने गरेको छ । यो सम्बन्धमा मानिसहरु अत्यन्त संक्रमणकालिन चेतमा छन् । त्यसकारण यो समाजमा आएको उच्च राजनीतिक चेतना र गतिशिलता अनुसार नै हाम्रा राजनीतिक लडाईलाई व्यवस्थित गर्न सक्नुपर्दछ । नत्र विज्ञानलाई गलत तरिकाले प्रयोग गर्दै या त दुस्साहसतिरको अनन्तहिन संघर्षको गलत पात्र भईने छ, या त घुमाउ‘रो तरिकाले भए पनि प्रतिक्रियावादीहरुको सेवक बनिने छ । कहिल्यै पार नपाउ‘ने अवसरवादी समिकरणमा तल्लिन भई नै रहने छ ।

आजको विश्वमा पू‘जीवादको विकास र यसले जन्माएको प्रविधिको कारण समाजको रहनसहन अत्यन्त बदलिएको छ । प्रविधिको विकासले जीवन यापनलाई एकातिर सहज बनाएको छ भने अर्कोतिर यस्ता प्रविधिहरुलाई मुठ्ठिभर मानिसहरुको हातमा केन्द्रीत गर्ने दुस्साहस गरिएको छ । यो कारण मानव समाजमा असमानताको खाडल अत्यन्त बढेर गएको छ । वर्गीय खाडल बढाउ‘ने कामलाई अत्यधिक प्रश्रय दिएको छ । साम्राज्यवादी तथा प्रभुत्ववादी शाक्तिहरुले यो विकासलाई दानवीय दमन र शोषण गर्ने काममा प्रयोग गरिरहेका छन् । त्यसले अझ वर्गीय अन्तरविरोधलाई बढाउ‘दै लगेको छ । शोषणलाई अत्यधिक बढाउने काममा प्रयोग गरिएको छ र यसले गर्दा अत्यधिक विश्वको जनसंख्या सर्वहारा वर्गमा परिणत भईरहका छन् । यो प्रक्रियाले निरन्तर क्रान्तिकारी संकट पैदा गरिरहेको छ । शोषणकारी पू‘जीवादी व्यवस्थाले आफ्नै व्यवस्था माथि संकटापन्न अवस्था सृजना गर्दै लगिरहेको छ । आजको मानिसमा आएको चेतना, उनीहरुको आवश्यकता, स्वाभिमानप्रतिको लडाई, शोषणप्रति घृणा र त्यो अनुसारको मागको कारण यो व्यवस्थाले व्यवस्थापन गर्नै नसक्ने अवस्थालाई निम्त्याईरहेको छ । नयॉ ढंगको व्यवस्थापकीय विकल्पमा नगई धरै छैन भन्ने बाध्यकारी र आवश्यकीय बैकल्पिक सोचको विकास गराईरहको छ । त्यो विकल्प व्यवस्थित समाजवाद नै हुने छ ।

पू‘जीवादी व्यवस्था सफल व्यवस्था भन्नका लागि यो व्यवस्थामा आधारित विकसित राष्ट्रहरुले अन्य अल्पविकसित वा विकासोन्मुख राष्ट्रहरुका प्राकृतिक र मानवीय स्रोतहरुलाई खुलेआम हस्तक्षेप गरी सफल राष्ट्रको बनावटी र झुटो विबरण दिदै फोस्रो व्याख्या गरिरहेको भए ता पनि ऐतिहासिक दृष्टान्तहरुले यो बकबासलाई खण्डित गर्दछ । यस्तो बकबास पनि धेरै दिन चल्नेवाला छैन । किनभने अब प्रत्येक देशका जनताहरुमा सचेतता पैmलने क्रम अत्यन्त तीब्र छ । राष्ट्रवादी, भाईचारा अन्तर्राष्ट्रियवादी र स्वाभिमानी संघर्षले विश्वभरि नै तीब्रता पाईरहेको छ । यो अवस्थाको विजयले साम्राज्यवादी र शोषणकारी पू‘जीवादी व्यवस्था धरासायी बन्ने दिशामा अगाडि बढिरहेको छ । समाजवादी व्यवस्थाको मार्ग प्रशस्त हुदै गइरहेको छ ।

यहि विश्व परिस्थितिमा नेपालको राजनीतिक आन्दोलन पनि अन्योन्याश्रित सम्बन्धबाट अगाडि बढिरहेको छ । प्रत्येक देशका जनताहरु राष्ट्रमुक्ति, स्वाभिमान, स्वतन्त्रताको पक्षमा र शोषण, अन्याय, असमानताको विरुद्धमा बलिदानी लडाई लडिरहेका छन् । हाम्रो देशमा पनि यि नै मुद्धाहरुलाई लिएर ठूलाठूला आन्दोलन गर्ने निरन्तरता टुटेको छैन । तर यो तितो यथार्थतिर पनि हाम्रो ध्यान जान आवश्यक छ कि बारम्बारको त्यस्ता मुक्तिकामी आन्दोलनको सदुपयोग क्रान्तिकारी माक्र्सवादीहरुले गर्न नसकेर किन कुनै न कुनै प्रकारका प्रतिक्रियावादी र अवसरवादी शाक्तिहरुले दुरुपयोग गर्ने स्थिति पैदा भएको छ ? यस्ता कारणहरुको सहि पहिचान गर्न नसक्ने हो भने क्रान्तिकारी परिवर्तन शब्द हाम्रो मुखको रसिलो र सौखिन शब्द हुने छ । अर्कालाई दोष लगाउनुको कुनै न्यायोचित र बैज्ञानिक अर्थ रहने छैन ।

No comments:

Post a Comment