Search This Blog

Wednesday, June 8, 2011

हिन्दु राष्ट्रवादः वास्तविकता र आवश्यकता

नयॉ सञ्चार दर्शन, साप्ताहिक
वर्ष ३ , अंक ३९, २०६८ जेष्ठ २३, काभ्रे
हिन्दु राष्ट्रवादः वास्तविकता र आवश्यकता
उदय राई
राष्ट्रवादसंग जोडिएका र जोड्ने प्रयास भएका राजनीतिक रुपहरुका इतिहासदेखि वर्तमानसम्मका तथ्य र योसंग सम्बन्धित अन्तरसम्बन्धलाई खुट्याउने हो भने हाम्राअगाडि निम्नानुसारका यथार्थता वा तथ्यहरु प्रस्ट आउछन् । यसलाई सामान्यत नेपाल राष्ट्रको निर्माणकाल र त्यसपछिका कालखण्डको आधारमा हेर्ने प्रयास गरौ ।

१. नेपाल राष्ट्रको निर्माणकालः
अहिलेको नेपालको भुगोलीय क्षेत्रको हिसाबले विभिन्न टुक्रे राज्यहरु भएको हाम्रो इतिहास हो । विशेषत पृथ्वीनारायण शाहको नेतृत्वमा अहिलेको नेपालको निर्माणको अभियान मुलतः दुई प्रकारको रणनीतिबाट संभव भएको देखिन्छ । एक, टुक्रे राज्यलाई आक्रमणपछि जीतेर, दोस्रो सम्झौता वा समझदारीका आधारमा अन्य टुक्रे राज्यहरुलाई एकीकरण अभियानमा समाबेश गराएर । (आधुनिक नेपालको शुरुवात ) तर पृथ्वीनारयण शाह एउटा निश्चित सीमासम्म शक्तिको हिसाबले सफल भएपछि तत्कालिन नेपाललाई “असील हिन्दुस्तान” देश घोषणा गर्न पुगे । त्यहा“देखि नै राष्ट्रवादको व्याख्या एउटा जात, एउटा धर्म, एउटा संस्कृति (भाषा–भाषी, रीतिरिवाज, भेषभुषा) को सा“घुरो घेराभित्र व्याख्या गर्न थालियो । त्यो त्यतिखेर संभव भयो जतिखेर सेना, पुलिस, न्यायालय वा राज्यका सबै अंगहरुमा निश्चित अवधिसम्ममा आफ्नो बर्चश्व कायम गर्न सके । तर बृहत नेपाल निर्माण र एकीकरणमा जो अलगढंगले वा जीत–हार नभई सम्मानका साथ समाहित भएका थिए, हरुका लागि अत्यन्त धोकापूर्ण घोषणा र कदम थियो । त्यहॉदेखि नै राष्ट्रवादलाई हिन्दुवादसंग व्याख्या गर्ने वा सा“घुरो घेराभित्र कैद गर्ने काम तत्कालिन सत्ताधारी, विशेषत एक जाति वा शक्तिहरुबाट भयो । यसको मार आम नेपाली जनता जो हिन्दुवादभन्दा बाहिर थिए, ले तितो र निर्मम ढंगबाट विभिन्न तरिकाले प्रताडित हुनुपर्यो । यो प्रकारको अभियानलाई तत्कालिन सत्ताबाट सुनियोजित ढंगले व्यवस्थित गर्दै लगियो, जहॉ शासकहरुको निर्मम दमनको कारण अन्य धर्म, संस्कृति मान्ने मान्छेहरु त्यस्तो दमन खप्न नसकेर आफ्नो धर्म र संस्कृति बदल्न बाध्य भए । कोही जहॉ धेरै दमन भयो त्यहॉबाट भागेर अलिक सुरक्षित ठाउ‘मा बसाई सरे । यसको जिवित यथार्थता हामी अहिले पनि पाउछौ । हामी देख्न सक्छौ, जहॉ खसहरुको ज्यादा दमन र अत्याचार भयो त्यहॉ बसोबास गरेका जनजातिहरुका भाषा, संस्कृति, धर्म लोप भएर गएका छन् । त्यसप्रकार दमन, अत्याचार, भेदभावहरु शासकहरुबाट व्यवहारतः मात्र लागू गरिएन कि दण्ड, दमन, अत्याचार राष्ट्रको नियम–कानुनमा पनि सुनिश्चित गरेर गरियो, खासगरी खस ईतरका जाती, धर्मावलम्बिहरुले कठोर पीडा व्यहोर्नु पर्यो । त्यतिमात्र होईन कि नेपालमा हिन्दुत्वको प्रभाव यसरी फैलाईयो, खसभित्रको जातहरु कामी, दमाई, सार्की आदिलाई पनि भेदभावको परिधिभित्र राखियो । यि जातीहरु हिन्दु धर्मावलम्बिहरु नै हुन तर पनि शासकको प्रवृति दमनात्मक र भेदभावपूर्ण साथै पशुत्व प्रकारको रहेकोले यि जातीहरु पनि अत्याचारको शिकारमा परे । यसरी हिन्दुवादको विकासक्रममा यसले मानवजीवनका वहुआयमिक पक्षहरुमा प्रभाव र प्रभुत्व छाड्न सफल भयो र पारियो । ( नोट–हिन्दुत्वको प्रभाव भारतका ईतिहासमा पनि बुझ्न सक्छौ ) । (क) आर्थिकपक्षः जल, जमिन, अन्यस्रोतसाधन र सत्ताका अंगप्रत्यांगमा एक जाति, भाषा, धर्म, र संस्कृति अरु जाती र भाषामाथि लादियो जसको कारण अन्य समुदायको आर्थिक स्थिति र जीवनयापन अत्यन्त नाजुक भएर गयो, (ख) सामाजिकपक्षः सामाजिक मुल्यमान्यता त्यसरी नै निर्माण गर्ने काम भयो, जसले अन्य समुदायहरुले पशुको हैसियतमा बॉच्नु प¥यो जस्तै तल्ला जात वा अछुतमा भनिएकाहरु घरदैलोभित्र पस्न नपाउने, दलितलाई बाटोमुनी–बाटोमाथिको नियम लागू गरियो । नियम, कानुन र भोग जात अनुसार निर्माण गरिए । (ग) श्रम र संस्कृतिपक्षः एउटा जाति श्रम र उत्पादनशक्तिबाट टाढिदै जाने तर उत्पादन साधनमा अन्य समुदाय र जातलाई च्युत गराउने स्थिति सिर्जना गरियो । सांस्कृतिक पक्ष राज्यको आफ्नो हितानुकुल बने घ) राजनीतिकपक्षः राज्यको नीतिभित्र त्यी जातीहरु परेनन्, राज्यबाट प्राप्त हुन अवसर र अधिकार बन्चित गरियो ।

२. राणा शासनकाल ः सामन्तहरुको टकरावले जन्मिएको तत्कालिन राणाहरुले सामन्तीय सम्बन्धहरुलाई न्युनीकरण गर्ने प्रश्नै आउदैन थियो, झन शसक्त बनाउने काम भयो । सन् १८६२ मा हिन्दुहरु र हिन्दु संस्कृतिको बचाव गर्दै जंगबहादुर भन्दछन्, “हामीसंग हाम्रो आफ्नै देश छ, हिन्दु अधिराज्य छ, जहा“ कानुनले गौ बध विषेध गरेको छ, न त महिला ब्राह्मणलाई मृत्युदण्द नै दिइन्छ, ... यो कलियुगमा यो एउटा मात्र देश हो, जहा“ हिन्दुहरुले शासन गरेको छ ।” (शर्मा २०४४ः२५) । यसरी एउटै जाति बाहुन, क्षेत्री (राणा, ठकुरी), एउटै भाषा (खस भाषा), एउटै संस्कृति (हिन्दु), एउटै लिङ्ग (उच्च जातीय पुरुष) को दृष्टिकोणलाई निरन्तरता दिने काम भयो । यो पनि हिन्दु राष्ट्रवाद कै विकासक्रममा भएको थियो । राणाहरुले राष्ट्रवादलाई केही भिन्न राजनीतिक शक्तिसंगको सहकार्यमा अगाडि बढाउने कोशिस गरे, तर उनीहरुको त्यस्तो प्रयासबाट पनि सत्ताको निरन्तरतालँई जोगाउन सकेनन्, अन्तमा तत्कालिन राजनीतिक बदलावको कारण राणाकालीन राष्ट्रवाद पनि संगसंगै अन्त्य भयो ।

३. पञ्चायतकाल ः
राणाहरुको पतन सामन्तहरुको टकराव र प्रजातान्त्रिक शक्तिहरुको उदयबाट संभव भयो । २००७ सालको आन्दोलन तत्कालिन शक्तिहरुको शक्ति सन्तुलनको फलस्वरुप राजसंस्थालाई निरन्तरता दिने सम्झौतामा टुंगियो । तर आधुनिक नेपालको शुरुवात त्यहीबाट अलग ढंगले भएको हो । त्यतिखेरसम्ममा सामाजिक प्रगतिशिल शक्तिहरुको उदय भैसकेको थियो ।
वि.सं. २०१७ सालदेखि सीमित प्रजातन्त्रलाई पनि देख्न नसक्ने राजसंस्थाले निरन्तरतामा रहेको पुरानै राष्ट्रवादलाई पुनर्ताजकी गर्दै फेरी एकलौटीरुपमा राजतन्त्रात्मक शासन लादियो । त्यो बेला पनि राष्ट्रवाद जनतालाई तानाशाह र राजतन्त्रको मनपरी गर्ने माध्यायम बनाईयो । यो कालमा पनि आफ्नो बर्चश्व गुम्न नदिन राष्ट्रहित विपरित असमान सन्धि सम्झौता भने नभएको होईन । तर क्रमशः सामन्तवादीहरुको सीमित चौघेरामा मात्र कथित “राष्ट्रवादी आन्दोलन” को निरन्तरता रहन सक्दैन भन्ने आधारहरु र परिस्थिति सृजना भईसकेका थियो । विश्व परिस्थितिमा आएको बदलावसंगसंगै देशमा आमुृल परिवर्तन चाहने शक्तिहरुको शसक्त उपस्थिति र अस्तित्वको साथै सामान्य परिवर्तनकारी शक्तिहरुको सकृय उपस्थिति बढदै गएको कारण २०४६ पछि सामन्तहरुको राष्ट्रवाद
“छद्मभेषी पञ्चायतकाल” मा सीमित हुन पुग्यो । छद्मभेषी पञ्चायतकाल राजा विरेन्द्रले नेतृत्व गर्न खोजे तर राजसंस्था र सामन्तवादको आन्तरिक तर अत्यन्त चर्को टकरावको कारण राजा विरेन्द्रको “बंशनाश” र राजा ज्ञानेन्द्रको नेतृत्व संभव भएको थियो । उनले पनि राष्ट्रवाद कै लेपबाट राज्य संचालन गर्ने जमर्को त गरे तर सामन्तवादी राष्ट्रवादबाट अबको विश्व परिस्थितिमा राज्यसत्ता संचालन गर्न सकिन्छ भनेर दुस्साहस मात्र के गरेका थिए, अपितु प्रयासको छोटो अवधिमा नै उनको सोचाई र बल मिच्याई अवसान हुन पुग्यो

४. गणतान्त्रिक नेपालको शुरुवातकाल ः २०४६ सालदेखि ०६२÷६३ सालको समयावधिमा आम जनसमुदायको चेतनामा आमुल परिवर्तनकारी सोचाई पद्दति ठूलो मात्रामा जागृत भएको पाउछौ । पंचायतको उत्तरार्धकाल मै जनजाती र दलित आन्दोलनले गति लिन थालेको थियो । सबै प्रकारको दमन ( वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक ) को विरुद्ध सचेत आवाजहरु उठ्न थालेका थिए । यथास्थितिवादलाई शान्तिपूर्ण र शसस्त्र जनयुद्धद्वारा प्रहार गरियो । त्यी शक्तिहरुको गतिले शसक्त राजनीतिक रुप ग्रहण गरेपछि २०६२÷६३ को जनआन्दोलनसंगसंगै बहुआयमिक रुपान्तरणका मुद्धाहरुकासाथ जनताले आफ्ना अधिकारहरुलाई सतह बाहिर ल्याए । वास्तवमा २०६२÷६३ को महान जनआन्दोलन र त्यसपछिका टुक्रे आन्दोलनहरु नै सबै प्रकारका राजनीतिक पक्षको बहुआयमिक अभिव्यक्ति थियो । त्यसैबीच संघीयताको मुद्धा जोडदार रुपले उठे ।

संघीयताको विरोध – संघीयताको विरोध पनि विभिन्न कोणबाट भए र भईरहेका छन् । यो विषयमा मुलत सामन्तवादी, सुधारवादी तथा यथास्थितिवादीहरुका तर्कका कोणहरु केही फरक भएतापनि परिणामत फेरि आम जनताका समस्याहरुलाई संबोधन गर्न नसक्ने छन् । जसले हिजोको नेपालको शासकीय संरचना र स्वरुपलाई नै सारत निरन्तरता दिने जीकीर गर्दछन् । यसले नया“ नेपाल निर्माणको खा“कालाई आमुल परिवर्तनसंग जोड्न चाहदैन । घिसेपिटे सुधारमा नै आमुल परिवर्तन देख्छ । अर्को पक्ष जसले आमुल परिवर्तनको कुरा गर्छ तर व्यवहारत उही पुरानै नेपालको शासकीय संरचना र स्वरुपलाई भावी समृद्ध नेपालको बाधा देख्दैन । यि दुई पक्षहरुको तर्कको आधार मात्रामा फरक फरक भए पनि कार्यनीतिक र परिणामको प्रश्नमा यि शक्ति वा समुह एक ठाउ“मा रहन्छन् ।

संघीयताको पक्ष–
संघीयताका पक्षधरहरु तीन कोणहरुबाट प्रस्तुत भएका छन् । एउटा पक्षले अतिवादी कोणबाट आफुलाई प्रस्तुत गर्छ, आफ्नो समुहलाई मात्र संबोधन गर्न खोज्छ जस्तै विशुद्ध जातीवादी संगठनहरु । यसरी आफुलाई प्रस्तुत गर्दा अर्काको अस्तित्वलाई निषेध गर्ने वा नदेख्ने, आफुलाई समग्रतामा व्याख्या गर्ने र ऐतिहासिक तथा बैज्ञानिक आधारमा नआउने गर्दछ । जसले बैज्ञानिकता र न्यायोचितताको आधारमा उभिने संघीयता पक्षधरतालाई ओझेलमा पार्ने वा मुद्धाहरुलाई विषयान्तर गर्ने समस्या ल्याउ“छ । दोश्रो पक्ष जसले संघीयताको पक्षमा आफुलाई प्रस्तुत गर्दा विषयबस्तुलाई लमसममा लिने गर्दछ । सम्रगता र विशिष्टता बीचको ठूलो खाडल रहन पुग्छ । यो दृष्टिकोण समाज विकासका विभिन्न पक्षहरुलाई संबोधन गर्न नसक्ने हुन्छ । विशेष गरेर यस्तो दृष्टिकोण कांग्रेसको मुलधार वा सुधारवादी शक्तिहरु र परोक्षमा पुरातनवादी शक्तिको पनि समर्थन रहेको पाईन्छ । तेस्रो पक्ष विशिष्टता र समग्रता दुबैलाई संबोधन गर्ने दृष्टिकोणमा आधारित छ । विशेष गरेर एनेकपा (माओवादी) र नेकपा एकीकृतले यो दृष्टिकोणको आधारलाई अगाडि बढाएका छन् ।

ईतिहासकालदेखि शासकवर्गले जुनप्रकारले सामाजिक उपरिसंरचनाको विकास गरेर जनतामाथि शासन गरे त्यसको राजनीतिक अभिब्यक्ति अझै हाम्रा सामु आईरहेका छन् । त्यसैले यि पक्षहरुलाई राज्यले संबोधन गर्न आवश्यक छ । अझै पनि राजावादीहरु, हिन्दु धार्मिक संघसंस्थाहरुले हिन्दु राष्ट्रको माग गरिहेका छन् भने केही जनजाती संघसंस्थाहरुले यसको विरोध मात्र गरिरहेका छैनन् अलग अस्तित्वसम्मको कुरा पनि गरेको पाईन्छ । यि दुबै समुहमा अतिवादी दृष्टिकोण प्रचुर छ । वास्तव यि दुबै शक्तिहरु भनेका आजसम्म शासन गर्ने शासक वर्गले हाम्रो समाजलाई छोडेको दुरगामी प्रकारको एक आयाम हो । यसलाई ठीक ढंगले संबोधन गरिएन भने देशको सार्वभौमिकतालाई नै नकारात्मक असर पार्नेछ ।

राष्ट्रवादी आन्दोलनको नारा वास्तवमा अहिले पनि सरकार गठन र विघटन तथा सत्ता परिवर्तनको सवालमा अत्यन्त चर्चामा रहने गरेको छ । गठन र विघटन दुबै अवस्थामा किन यसरी चर्चामा हुन्छ यो विषय ?
यो सत्य हो कि यो अत्यन्त गंभिर र नेपाली जनताको भविष्यसंग जोडिएको विषय हो । नेपाली जनताले यो वास्तविकता भोगी पनि रहेका छन् जो स्वाभिमानीहरुले चाहदैनन् । माथिका कालखण्डहरुमा विभिन्न स्वरुपमा राष्ट्रवादलाई नेपाली जनताले देखे र भोगे पनि । राणाशासनको राष्ट्रवाद, दलाल नोकरशाह तथा कथित खुकुलातन्त्रवादीहरुको राष्ट्रवाद पनि देखे । तीन ओटै राष्ट्रवादभित्रको पिसाईको निरन्तरतामा नेपालको वर्तमान आएर अडिएको छ । पछिल्लो छिटो समयभित्र चर्चामा आएको
“एक मधेष एक प्रदेश” साथै चुरेभावर तथा छोटे राष्ट्रवादको विषय पनि जनताले बुझेका छन् । यि प्रवृतिहरु रहेको राष्ट्रवाद देशको लागि मात्र होईन विश्व मानवसभ्यताका कै लागि खतरनाक हुनेछन् भन्ने कुरामा दुविधामा पर्न हुदैन, जस्तै मुस्लिम राष्ट्रवादलाई हेर्न सक्छौ ।

यि माथिका दृष्टान्तहरुलाई सही किसिमले विश्लेषण गरी अब हामी यस्तो राष्टवादमा जानै पर्छ, त्यो नेपालको विशिष्टता र सबै जनताको आत्मस्वाभिमानलाई उचो राख्ने खालको हुनुपर्दछ न कि एक अंशलाई पच्य हुने नत सरकार गठन र विघटनको हतियार बनाउने । यो सम्बन्धि सबै जनताको एकै भावना, बुझाई र अन्तराष्ट्रिय सम्बन्धमा एउटै दृष्टिकोण हुन आवश्यक छ । त्यसैले निश्चित राजनीतिक भुगोलभित्र र बाहिरका सम्पूर्ण समुदाय, देशहरुको सहअस्तित्व र परस्पर साझेदारी तथा सहकार्यको दिशामा अगाडि बढेको राष्ट्रवाद हुनुपर्नेछ र त्यसको आधारमा मानव मुक्तिको आवाज बोकेको अन्तराष्ट्रियवाद जोडिएको हुनुपर्दछ, जसले वर्गसंघर्षको पक्षमा र असमानता विरुद्ध वा समग्रमा न्याय पक्ष र अन्यायको अन्तरविरोधलाई संघर्षको आधार बनाएको हुनुपर्नेछ । सीमित आधारमा टिकेको राष्ट्रवादले नेपाली समाजमा रहेको अन्तरविरोधलाई समाधान गर्न सक्दैन, बरु त्यसले भिडन्तको जन्म गराउने भने निश्चित छ । राजनीतिक आन्दोलनको यो एउटा अहंम मुद्धा हो जो समाधान गर्नु पर्नेछ ।

अहिलेको साम्राज्यवाद र उत्पीडित राष्ट्र बीचको राष्ट्रमुक्ति आन्दोलन र घरेलु प्रतिक्रियावादी तथा अवसरवादी प्रवृति र दृष्टिकोणको विरुद्धको संघर्षबाट नै मानवसभ्यता निर्माणको आधार बनाइनु पर्दछ, न कि संघर्षका उद्देश्य र आधारलाई अन्य दिशातिर विषयान्तर गरेर नै हुनेछ । नेपाली समाज धेरै अगाडि बढिरहेको पुष्ठभुमीमा हिन्दु राष्ट्रवाद वा अन्य अतिशयोक्ति विचारहरु पश्चगामी हुनेछ ।

Thursday, October 21, 2010

प्रेस वक्तब्य

प्रेस वक्तब्य

म नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को अध्यक्ष उदय राई हु“ । म आफु लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रह“दै (पुर्व नेकपा (मसाल) र हाल आएर नेकपा (एकीकृत), आएको थिए“ । नेकपा (एकीकृत) को स्थापना सही विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट शक्तिहरुसंग एकता र ध्रुविकरण गर्दै र हु“दै जाने उद्देश्यका साथ भएको थियो । पार्टीको सातौ महाधिवेशनले पनि यो अभियानलाई अझ सशक्त बनाउने भन्ने पास गरेको थियो तर बिडम्बना नेतृत्वमा पूर्वाग्रह, संकिर्णता तथा वामपन्थी लफ्फाजी प्रवृति हाबी हुन गयो । कम्युनिस्ट आन्दोलन भित्र एकता–संघर्ष–एकतालाई जोड दिदै जानुको सट्टा नेतुत्वले पुर्वाग्रह र विपक्षतावादलाई कार्यक्रमिक योजना बनाउने काम प्रायः दिनचर्या नै बनायो । समान सङ्घर्षको लागि अलग अस्तित्व बनाउनै पर्छ भन्ने मानसिकताबाट जगडियो । यो प्रकारको प्रवृति पनि कम्युनिस्ट आन्दोलनको लागि अति नै घातक थियो र हुने कुरालाई हृदयंगम गर्दै आधारभुत माक्र्सवादी विचार भएको गौरवशाली पार्टी एनेकपा (माओवादी) संग एकता र ध्रुविकरण नै अहिलेको आवश्यकता महशुस गर्दै म आफु आजैको मितिदेखि यो पार्टीमा समाहित भएको घोषणा गर्दछू र म नेकपा (एकीकृत ) भित्र रहेका सबै क्रान्तिकारी साथीहरु र देशभरि छरिएर रहेका देश भक्त तथा क्रान्तिकारी साथीहरुलाई पनि यो गौरवशाली पार्टीमा एकता र ध्रुविकरण हुन हार्दिक आव्हान गर्दछु ।

मितिः– २०६७÷०६÷०४
उदय राई
नोटः यो बक्तव्य पार्टी एकता कार्यक्रममा एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष द्वय किरण र बावुराम भट्टराईहरुको सम्मुस्थितीमा बाचन गरिएको वक्तब्य हो । यो कार्यक्रम पेरिस डा“डा माओवादीको केन्द्रीय कार्यालयमा यही ०६७÷०६÷०४ गते सम्पन्न भएको थियो ।

मैले किन नेकपा (एकीकृत) परित्याग गरे !


देशप्रेम साप्ताहिक,वर्ष १२, अंक २५,०६७ असोज १७, आइतबार
गतिबोध साप्ताहिक,वर्ष ३, अंक १२,०६७ असोज २१
नयॉ संचार दर्शन,वर्ष ३, अंक ८,०६७ असोज १८





मैले किन नेकपा (एकीकृत) परित्याग गरे !

उदय राई
पूर्व अध्यक्ष
नेपाल युवा कम्युनिस्ट संघ(एकीकृत)
०६७÷०४÷०७
सर्वप्रथम म नेकपा (एकीकृत) कोमैले किन नेकपा (एकीकृत) परित्याग गरे ! स्थापना वा गठनबारे थोरै चर्चा गर्न चाहन्छु । तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) मा ०६२÷६३ को जनआन्दोलनपछिको फुट पश्चात बनेको एउटा समुह जसको नेतृत्व क. रामसिंह श्रीषले गरेका थिए, ०६३ पौष फाल्गुण १४ गते त्यो समुहले नेकपा (एकीकृत) गठन गर्यो । त्यसपछि सी.पीं मैनालीबाट विद्रोह गरेको एउटा समुह ०६३ पौष र नेकपा (मालेमाकेन्द्र) को एउटा समुह ०६३ असोज पुनगर्ठन प्रक्रियामा सामेल भए ।

हामीले तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) भित्र अन्तरसंघर्ष चलाईरहदा, १) विशेषत कार्यनीतिक प्रश्न, २) कम्युनिस्ट आन्दोलनभित्र रहेका कम्युनिस्ट विजातीय चरित्र पुर्वाग्रहिता, संकीर्णता, लफ्फाजी तथा दाहिने र देब्रे भड्काववादी चरित्र विरुद्धको प्रश्न नै ज्वलन्त विषयहरु थिए । नेकपा (एकीकृत) को पुनर्गठनको आधारमा हामीले भनेका थियौ दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्काव विरुद्ध मात्र होईन कम्युनिस्ट आन्दोलनमा देखिएका छद्म क्रान्तिकारिता, विसर्जनवाद, संकीर्णतावाद, व्यक्तिवाद र जडशुत्रवाद विरुद्ध समेत जोडतोडले संघर्ष गर्न आवश्यक छ । कम्युनिस्ट आन्दोलनभित्र यो प्रकारको समस्या भईरहने हो भने कम्युनिस्ट शक्तिको शसक्तिकरण, ध्रुविकरण, एकता र क्रान्ति संभव छैन भन्ने बुझाईलाई शसक्तरुपमा अगाडि बढाईएको थियो । यि माथि उठाईएका आधार र आजसम्म नेकपा (एकीकृत) बाट हामीले गरेका गतिविधी तथा पार्टीको अवस्था र यथार्थतालँई विश्लेषण गर्दा यसको अस्तित्वको औचित्यता बारे सामान्य चर्चा गरौ ।

कार्यनीतिक प्रश्नः– कार्यनीतिक प्रश्नमा ध्यानदिनु पर्ने विशेषतः तीन पाटाहरु हुन्छन्, १) सरकार गठन, विघटन र निर्माणसंग लगातार जोडिएको प्रश्न, २) समाजको गतिलाई दिशादिन सामाजिक जटिलता, विकृति विरुद्धको निरन्तर संघर्षको प्रश्न, ३) मोर्चाबन्दीको प्रश्न । यि तीनै पाटाहरुको कोणबाट पार्टीको गतिविधि हेर्ने हो भने सदनभित्रको सामान्य संघर्षलाई पनि ठीकढंगले उठान गर्न यो पार्टीले सकेन र स्पष्ट पक्षपोषण पनि लिन सकेन । सारा साम्राज्यवादी तथा विस्तारवादी, अवसरवादी तथा दक्षिणपन्थी र सबैखाले प्रतिक्रियावादीहरुको सरकार गठन, विघटनमा मोर्चाबन्दी स्पष्ट देखिरहेको स्थितिमा पनि त्यो विरुद्धको संघर्षमा स्पष्ट कित्तावन्दी, मोर्चाबन्दी वा ध्रुविकरण पार्टीले प्रस्ट्याउनु पर्नेमा विचारमा स्खलनको कारण कहिले तथस्टता र अन्य समयमा व्यग्रता तथा आग्रही प्रतिक्षा बाहेक केही भुमिका रहेन । यो संग जोडिएका अन्य गतिविधिमा प्राय निस्कृय भुमिका रह्यो । राष्ट्रपतिको चुनावमा पनि मज्जालिने काम गरियो । संभावनाका सबै राजनीतिक घट्नाहरु उदासिनताको शिकार बनाइयो ।

दोश्रो सन्दर्भमा कुरा गर्ने हो भने मेचीमहाकाली जनजागरण अभियान–०६६ बाहेक अन्य सन्दर्भमा वा कार्यक्रमहरुमा झारा टार्ने शिबाय केही गरिएन । पार्टीको गतिलिने कामलाई भन्दा औपचारिकतालाई प्राय प्रश्रय दिईयो ।

कम्युनिस्ट आन्दोलनको सत्ताप्राप्तिको अभियानमा मोर्चाबन्दी रणनैतिक विषयको ज्वलन्त कार्यनीतिक योजना बन्नु पर्दछ । तर पार्टी यो विषयमा क, ख नजाने झै प्रस्तुत भयो, नेकपा (एकीकृत) ले यो विषयमा न आफुलाई कहिल्यै समयमा नै स्पष्ट उभ्याउन सक्यो, न त नेतृत्व गर्न नै । ढुलमुले भुमिका र अस्पष्ट दृष्टिकोण तथा परिणामको प्रतिक्षा गर्ने काम प्राय गर्यो । परिस्थितिलाई काबुमा ल्याउने भुमिका त कहा“ हो कहा“ गैरमाक्र्सवादी तरिका अपनायो ।

कार्यनीतिक प्रश्नका यि तीन पाटाहरुको चर्चा बाहेक पार्टी जीवनका महत्वपूर्ण पक्षको पनि संक्षिप्त चर्चा गरौ ।
१) पार्टीको सातौ महाधिवेशनले सैद्धान्तिक दृष्टिकोणमा स्पष्टता ल्याए पनि नेतृत्व तहमा त्यो सम्बन्धि समान्य बुझाई (common understanding) पनि नरहेको स्थिति गुजार्नु पर्यो पार्टीले । यो सन्दर्भमा नेतृत्वमा सामान्य बुझाई मात्र काफी छैन परिपक्व बुझाई (mutual understanding ) हुन आवश्यक छ । यसर्थ पार्टीको नीति–सिद्धान्त ठीक भएर मात्र हुदैन, यसका संचालक र नेतृत्व कामयावी हुन जरुरी छ । नेतृत्व त्यो स्थितिमा छैन र पार्टी चारतिर फर्किएको स्थितिमा छ ।
२) पार्टी वामपन्थी लफ्फाजीको शिकार भयो । पार्टी स्थापनादेखि अहिलेसम्म पार्टीले गरेका सम्पूर्ण गतिविधी, गतिशिलताका पक्षबाट विश्लेषण गर्ने हो भने यो तथ्य स्पष्ट देखा पर्छ । आजसम्मका परिणाम र उपलब्धिहरुले यहि सिद्ध गर्दछ । यसको सिधा परिणाम पार्टीमा दक्षिणपन्थी रुझान अत्यधिक छ । २, ४ वटा गतिविधीले मात्र पार्टी क्रान्तिकारी रहन सक्दैन भन्ने कुरा आम पार्टी पंक्तिले जान्न आवश्यक छ ।
३) माले र मालेमाकेन्द्रसंग पार्टी एकता पश्चात पार्टी पंक्ति पुर्वाग्रही आन्दोलनतिर अभिमुख भयो । त्यो पार्टी नेतृत्वबाटै सघनरुपले चलाईयो, ब्यक्त गरियो र कार्यान्वयन गरियो । त्यसको शिकार विभिन्न जनवर्गीय संगठनहरुमा स्पष्ट देखिए । अहिले आएर पार्टीमा सुस्त वा लुप्त संकीर्णता हावी छ । यसले ठूलो रुप लिनेवाला छ ।
४) पार्टी नेतृत्व आफु बाहेक कार्यकर्ताको सन्दर्भमा उदासिनता, योजनाविहिनता र मतलबी छ । यो तरिका पार्टी जीवनको लागि अत्यन्त घातक र गैरजिम्मेवार तरिका हो । यो दक्षिणपन्थी कार्यशैलिको भद्दा रुप हो ।
५) पार्टी नेतृत्व अत्यन्त अक्षम अवस्थामा रहेको छ । सम्पुर्णरुपले कामकाजी प्रकारको छैन । यो अवस्थाले पार्टीभित्र विभिन्न खाले अन्तरविरोधले जन्म लिई नै रहन्छ । अन्ततः पार्टी विलयको अवस्थामा लैजाने वा पार्टीलाई दक्षिपन्थी दिशामा नै धकेल्ने काम गर्दछ । यो पक्षलाई उठान गर्दै विभिन्न समयमा लगातार पार्टी फुटले निरन्तरता पाई नै रह्यो ।
६) आधारभुत रुपमा माक्र्सवादी शक्तिहरुसंग ध्रुविकरण र एकता गर्दै जाने पार्टीको सामान्य नीति पार्टीको सातौ महाधिबेशनले दिशानिर्देश गरेको छ । तर पार्टीले अहिलेको स्पष्ट आवश्यकताबाट विमुख हुने काम गरेको छ भने केहि टोहलिने र टोपलिने काम बाहेक उल्लेखनीय काम गरेको छैन । कहिले माक्र्सवादी र संयुक्त माक्र्सवादीसंग पार्टी एकताको गफ गरेर कार्यकर्तालाई भ्रममा राखेका छन् त कहिले मणी थापाको नेकपा क्रान्तिकारीसंग एकता कै कुरा गरेर दिन विताइएको छ । यो एक किसिमको गाईजात्रे प्रवृति पार्टी पंक्तिले अंगाल्दै आएको छ । तर अहिले नेपाली कम्युनिस्ट आन्दोलनको बस्तुगत अवस्थालाई सहि विश्लेषण गर्ने हो भने एनेकपा (माओवादी) संग सहकार्य र पार्टी एकता नै मुख्य पक्ष हो, तर पार्टी नेतृत्वको विभिन्न प्रवृति र स्वार्थको कारण वामपन्थी आन्दोलनको अहिलेको मुलधारसंग विपक्षता अपनाउने काम गरियो । यो सामान्य माक्र्सवादी नैतिकता भित्र पनि पर्दैन ।

यो सानोलेख मार्फत सबै पक्षहरुको चर्चा गर्न त संभव छैन, तर यि माथिका मुख्य पक्षहरुको बारेमा चर्चा गरिसके पछि यो निस्कर्ष निकाल्न सकिन्छ कि हामीले पार्टी स्थापना गर्दा जुन ध्येयका साथ गरेका थियौ त्यो यो नेतृत्व र पार्टीबाट संभव छैन र यि नै गतिविधीको आधारमा यो पार्टीको औचित्यता पनि समाप्त हुदै गएको स्थिति हो । आधारभुत रुपमा एकठाउमा हुदाहुदै अलग अस्तित्वको आवश्यक ठान्नु अस्तित्ववादी दृष्टिकोण हो जुन माक्र्सवादी दृष्टिकोण होईन । आधारभुतरुपमा माक्र्सवादी शक्तिहरुसंग एकता–संघर्ष–एकता नै हो जुन हामी माओको बुझाईको स्तरबाट वा द्वण्द्वात्मक भौतिकवादी दृष्टिकोणको आधार अनुसार लागू गरिनु पर्छ, तर नेकपा (एकीकृत) अधकचरो वा अधबेसुरो अवस्थाबाट गुज्रिरहेको छ । त्यसैले यि विभिन्न तथ्यहरुको कारणले नेकपा (एकीकृत) मैले परित्याग गरेको हो र आधारभुतरुपमा माक्र्सवादी शक्ति एनेकपा (माओवादी) नै अहिलेको ध्रुविकृत हुनुपर्ने शक्तिको ध्रुुव ठान्दै म आफु यो पार्टीमा समाहित भएको हु“ । अन्तरसंघर्ष आधारभुत कुरा मिल्नेसंग हो भने अन्तरविद्रोह त्यसको ठीक उल्टो हो । तर अहिलेको आवश्यकता अलग अस्तित्ववादी चलखेलबाट होईन आधारभुत रुपमा एक ठाउमा रहन सक्ने शक्तिहरु एक ठाउमा भएर अन्तरसंघर्ष अगाडी बढाउनु नै सहि निस्कर्ष हो । म कम्युनिस्ट आन्दोलनभित्रका सबै क्रान्तिकारी समुदाय र व्यक्तिहरु यो दिशामा अगाडि बढ्न आवश्यक ठान्दछु ।

Wednesday, March 31, 2010

के सरकार क्रान्तिकारी मोर्चा हुनसक्छ ? –४

अग्रगति साप्ताहिक
अंक ४२, वर्ष ३, २०६६ असार ११
उदय राई
के सरकार क्रान्तिकारी मोर्चा हुनसक्छ ? –४
सामाजिक क्रान्तिको युगमा जुन माक्र्सवादी जन्मको प्राराम्भिक चरणमा मात्र छैन, पण्डित्याई छाट्नु मात्र चै छलकपट र पाखण्डपन मात्र हुन्छ, माक्र्सवादको प्रयोग र विकासमा मन्द विष हुन्छ, बकवास हुन्छ, लप्mफाजी हुन्छ र अन्ततः परिणामको कोणबाट प्रतिक्रियावादी सत्ताको सच्चा सेवा हुन्छ ।

निश्चितै रुपले बोल्शेविकहरुले पनि उक्त परिस्थितिमा क्रान्ति सम्पन्न गर्दा यो लेख लेखे जस्तो सहज र सजिलो परिस्थिति भने पक्केै थिएन । सत्य कुरा यो हो कि उनीहरुको उच्च साहस र सैद्धान्तिक दृढताभित्र तत्कालिन सामाजिक अन्तरविरोधलाई क्रान्तिकारी दिशातिर उन्मुख गराउने सफल सचेतता, सकृय इच्छा शक्ति र त्यहि अनुसारको कर्म थियो । परिस्थितिलाई ठीक तरिकाले बुझ्न सक्ने सक्षमता, उद्देश्य प्राप्तिको लागि सकृयता र तत्परता, त्यो अनुसारको ठीक कार्यनीतिक नाराको निरुपणता, आन्दोलनकारी शक्तिसंगको एकता र सचेत नेतृत्वको कारण साम्राज्यवादी र देशी प्रतिक्रियावादी शक्तिहरु आमने सामानेको प्रत्यक्ष र निर्णायक लडाईमा नाकामसिद्ध भए । विजय “अक्टुबर क्रान्ति” भयो ।

यहि प्रसंगमा चिनी कम्युनिस्ट पार्टीले अपनाएको मार्ग र विशिष्टिकृत नाराको प्रकृति र उल्लेखनीय पक्षलाई पनि ध्यान दिऔ । तत्कालिन जनयुद्धको निरन्तरतामा २४ अप्रिल सन् १९४५ मा माओले पार्टीको सातौ महाधिवेशनमा प्रस्तुत गर्नु भएको “संयुक्त सरकार” को प्रस्ताव, त्यसको मार्गचित्र र आवश्यकताको पक्षलाई निकै महत्वका साथ लिन सकिन्छ । विशिष्टिकृतरुपमा रुसी क्रान्तिभन्दा अलग ढंगले अगाडि बढेको चिनी क्रान्ति आधारभुत अन्तरविरोधको कोणबाट हेर्दा केहि कुरामा बाहेक समान प्रकारको विश्व अन्तरविरोधीय युगमा रुसी र चिनी क्रान्ति सम्पन्न भए पनि यि दुई देशको क्रान्तिको कार्यदिशा अलग थियो । यसो हुनुमा आ–आफ्नो देशको विशिष्टिकृत अन्तरविरोधको पक्ष नै मुल कारण थियो । यदि रुसी क्रान्ति भन्दा अलग ढंगले चिनी क्रान्तिलाई अगाडि नबढाएको भए चिनी क्रान्ति असंभव प्रायः हुन्थ्यो । यसबाट यो स्पष्ट हुन्छ कि समाजको विशिष्टिकृत अन्तरविरोधलाई खुट्याउ‘न नसक्ने हो भने क्रान्तिकारी आन्दोलनको कुरा गर्नु दिवास्वप्न मात्र हुन्छ । भद्धा कार्यदिशाले ठाउ‘ लिन्छ । क्रान्ति अनिश्चित भविष्यको कठघरामा कैद बन्न पुग्दछ ।

माओको उक्त प्रस्तावले खास गरेर आन्दोलन कै बीचबाट आन्दोलन कै बृहत संघर्षीय मोर्चा बनाउने कार्यदिशाको आवश्यकतालाई अगाडि सारेको थियो । एकातिर चिनमाथि साम्राज्यवादी खुनी आक्रमण तीब्र थियो भने अर्कोतिर युद्ध सरदार तथा प्रतिक्रियावादी सत्ता र न्यायप्रेमी जनता बीच तीब्र अन्तरविरोध थियो । यो अवस्थामा गृहयुद्धलाई रोक्न र सम्पूर्ण आन्तरिक शक्तिहरुलाई सम्मालेर साम्राज्यवादी शक्ति विरुद्ध केन्द्रीत गरी पूर्णरुपमा परास्त गर्नु थियो । उक्त प्रस्तावले यि समस्याहरुलाई समेट्न सक्ने अवस्था सृजना गर्दथियो । यो प्रस्ताव र कार्यदिशा तुरुन्त लागू भयो त ? यसको महत्व त्यो कु्रामा मात्र छैन कि यो कुन प्रयोजनका निम्ति सैद्धान्तिक अवधारणा बढाईएको थियो भन्ने कुरा पनि महत्वको विषय हो ।
उक्त प्रस्तावमा “निम्नत्तम कार्यक्रमहरु” को स्पष्ट खाका समेत थियो, १) तत्कालिन गृहयुद्धलाई तुरुन्त स्थगित गरी साम्राज्यवादी आक्रमणको विरुद्ध ध्रुविकृत हुनसक्ने सबै शक्तिहरुको संयुक्त मोर्चा बनाउ‘ने, २) धरासायी भएको आर्थिक अवस्था र सामन्तवादी आर्थिक प्रणाली निषेध गर्नु, आर्थिक औपनिवेशिक अवस्था र वर्गीय खाडललाई न्युनीकरण गर्दै व्यवस्थिति पू‘जीवादी क्रान्तिको उन्मुखतालाई सुनिश्चित गर्नु, ३) श्रम र पू‘जीमा भएको सामन्त र नोकरशाही पू‘जीपतिहरुको पराम्परागत अधिनायकत्वलाई ध्वंस्त गरी लोकतन्त्रको नयॉ आधार सृजना गर्नु, ५) जमिनमा जसको जोत उसैको पोत लागू गर्नु र नयॉ शक्ति सन्तुलनमा जानु आदि ।

अब प्रश्न उठ्छ, बोल्शेविकहरुले सन् १९०५ मा प्रस्तावित गरेको “अस्थायी क्रान्तिकारी सरकार” र चिनी कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको सन् १९४५ को “सयुक्त सरकार” को कार्यदिशा सैद्धान्तिक र परिणामको हिसाबले सन् १९१७ मा सम्पन्न “अक्टुबर क्रान्ति” र सन् १९४९ मा सम्पन्न चिनी “जनवादी क्रान्ति” बीच अन्तरसम्बन्धित र अन्तरविरोधीत कार्यदिशा दुबै कोणबाट थियो कि थिएन ? निम्नत्तम कार्यक्रमको प्याकेजले यो प्रस्ट पार्दछ कि दुबै कार्यदिशा “जनवादी क्रान्ति” उन्मुख कार्यदिशा थियो । त्यतिखेर पनि आप्mना मातहतमा रहेका जनमुक्ति सेनाहरुलाई अझ आम जनताको उद्देश्य प्राप्तिको लागि अझ शसक्त र जुझारु बनाउ‘ने र विकास तथा विस्तारमा ध्यान दिनु पर्ने आवश्यकतालाई जोड दिएको थियो । यसबाट यो बुझ्न कति पनि कठिनाई छैन कि सरकार बनाउ‘ने र सरकारका जाने मात्र पार्टीको कार्यदिशा थिएन, अपितु सत्ता प्राप्त गरी जनताको अधिनायकत्वमा स्थापित गर्नुमा नै जोड थियो । यदि यस्तो नहुदो हो त सत्ता प्राप्त गर्ने क्रान्ति नभई सम्झौता, व्यक्तिको महत्वाकांक्ष र स्वार्थमा जनताको साहसिक आन्दोलन तुहिन्थ्यो । त्यहि विन्दुमा पार्टीका जनमुक्ति सेना र पार्टीलाई पश्चगामी वा प्रतिक्रियावादी सरकार र त्यसका संयन्त्रहरुमा विलय गराईन्थ्यो । तर त्यसो किन भएन ? किनकि पार्टीको “जनवादी क्रान्ति” को कार्यदिशा प्रस्ट थियो ।

यो ऐतिहासिक कालमा यि दुई कम्युनिस्ट पार्टीहरुले आफ्नो संघर्षकालमा सरकार सम्बन्धि एजेण्डालाई माक्र्सवादी मुल्यमान्यता अनुसार कसरी लागू गर्न सकिन्छ भन्ने कुरा मात्र अगाडि सारेन, अझ दोस्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनप्रति ध्यान दिन आग्रह पनि ग¥यो । केहि गर्न नसक्ने रटिरटाउ विसर्जनवादलाई तुरुन्त रोक्नु पर्ने आवश्यकतालाई अत्यन्त गंभिरताका साथ अगाडि बढायो ।
कुरा धेरै पुरानो भए पनि यसको सैद्धान्तिक महत्व अत्यन्त छ भन्नुमा दुविधा छैन । यसबाट यो प्रस्ट हुन्छ कि वर्ग संघर्षलाई कसरी अगाडि बाउन सकिन्छ, वर्ग संघर्षको सन्तुलन कहॉनेर कुन विन्दुमा हुनसक्छ, वर्ग संघर्षको बाटोलाई कसरी सफा र फराकिलो बनाएर लान सकिन्छ भन्ने विषय नै मुख्य कुरा हो । वास्तवमा माक्र्सवादको सैद्धान्तिक पक्षको प्रस्टता भईसकेपछि यो सिद्धान्तलाई सामाजिक क्रान्तिमा कसरी प्रयोग र विकास गर्ने पक्ष नै महत्वपूर्ण प्रश्न हो । यसैमा अलमलता र अस्पस्टताको कारण भड्काववाद र अन्य अवसरवादले जन्म लिने र मौलाउ‘ने वातावरण पाउ‘छ । अहिलेको विश्व कम्युनिस्ट आन्दोलनलाई उग्रवामपन्थ र वामपन्थी लफ्फाजीले पनि अत्यन्त नकारात्मक असर पारेको छ भने त्यो भन्दा कयौ गुणा बढी नकारात्मक असर दक्षिणपन्थी अवसरवादबाट भएको र गरिएको खुलेआम र निकृष्ट तोडमोड र संशोधनले पारेको छ । यसो हुनुमा यो पक्षलाई देख्न नसक्नु सैद्धान्तिक दृष्टिकोणले मात्र काम गरेको छईन, अपितु सामाजिक क्रान्तिमा क्रान्तिकारी आन्दोलनकारीहरुले वर्ग संघर्षको नियमलाई द्वन्द्वात्मक भौतिकवादी सचेतता अनुसार हल गर्न नसक्नु पनि हो ।
आज कम्युनिस्ट आन्दोलनका संवाहक शक्तिहरु विश्वभरि नै क्रियाशिल छन् । यो क्रियाशिलताले एकातिर दाहिने र देब्रे भड्कावका विरुद्ध देश र काल विशेष निरन्तरता दिएको छ भने अर्कोतिर प्रतिक्रियावादी सत्ता र शक्तिहरु विरुद्ध पनि निरन्तर धावा बोलिरहेको छ । पहिलेको तुलनामा चुनौतिहरुका साथसाथै क्रान्तिकारी आन्दोलनका आधारहरु अत्यन्त बढेर गएको छ । यहिबेलामा, तर सत्य यो पनि हो कि विश्व कम्युनिस्ट आन्दोलन विभिन्न भड्कावको शिकार भएको छ । अहिलेको मुल समस्या दक्षिणपन्थी कार्यदिशा नै हो । विशेष गरेर यो कुरा सरकार सम्बन्धि विषयमा नै देखिएको छ । सहि क्रान्तिकारीहरुको विश्वसनीय आधार बन्न सकेको छैन । यो प्रश्नमा क्रान्तिकारीहरु छरपस्टिएका छन्, तर यहि प्रश्नमा अवसरवादीहरु क्रान्तिकारी हु भन्नेहरु भन्दा संगठीत र तत्काल व्यवस्थित छन् ।

सत्ताको कारण र सत्तालाई प्रयोग गर्ने शिलशिलामा वर्ग विभाजित समाज सत्ताको लागि नै फेरि पनि एक भएको छ । यो सत्यको सान्दर्भिकतालाई राम्ररी बुझ्न आवश्यक छ । त्यसैले यो सत्यलाई केन्द्रमा राखेर राजनीतिक लडाईलाई व्यवस्थित बनाउ‘न आवश्यक छ । नत्र माछा–माछा भ्यागुतो भन्ने उखानले छाड्ने छैन । बदलिरहेको संसारमा पहिलेको तुलनामा कयौ गुणा बढी आजको समाजमा जनताहरु संवेदनशिल छन् । सत्ता र सरकारको सम्बन्धमा तुरुन्त प्रतिक्रिया आउ‘ने गरेको छ । यो सम्बन्धमा मानिसहरु अत्यन्त संक्रमणकालिन चेतमा छन् । त्यसकारण यो समाजमा आएको उच्च राजनीतिक चेतना र गतिशिलता अनुसार नै हाम्रा राजनीतिक लडाईलाई व्यवस्थित गर्न सक्नुपर्दछ । नत्र विज्ञानलाई गलत तरिकाले प्रयोग गर्दै या त दुस्साहसतिरको अनन्तहिन संघर्षको गलत पात्र भईने छ, या त घुमाउ‘रो तरिकाले भए पनि प्रतिक्रियावादीहरुको सेवक बनिने छ । कहिल्यै पार नपाउ‘ने अवसरवादी समिकरणमा तल्लिन भई नै रहने छ ।

आजको विश्वमा पू‘जीवादको विकास र यसले जन्माएको प्रविधिको कारण समाजको रहनसहन अत्यन्त बदलिएको छ । प्रविधिको विकासले जीवन यापनलाई एकातिर सहज बनाएको छ भने अर्कोतिर यस्ता प्रविधिहरुलाई मुठ्ठिभर मानिसहरुको हातमा केन्द्रीत गर्ने दुस्साहस गरिएको छ । यो कारण मानव समाजमा असमानताको खाडल अत्यन्त बढेर गएको छ । वर्गीय खाडल बढाउ‘ने कामलाई अत्यधिक प्रश्रय दिएको छ । साम्राज्यवादी तथा प्रभुत्ववादी शाक्तिहरुले यो विकासलाई दानवीय दमन र शोषण गर्ने काममा प्रयोग गरिरहेका छन् । त्यसले अझ वर्गीय अन्तरविरोधलाई बढाउ‘दै लगेको छ । शोषणलाई अत्यधिक बढाउने काममा प्रयोग गरिएको छ र यसले गर्दा अत्यधिक विश्वको जनसंख्या सर्वहारा वर्गमा परिणत भईरहका छन् । यो प्रक्रियाले निरन्तर क्रान्तिकारी संकट पैदा गरिरहेको छ । शोषणकारी पू‘जीवादी व्यवस्थाले आफ्नै व्यवस्था माथि संकटापन्न अवस्था सृजना गर्दै लगिरहेको छ । आजको मानिसमा आएको चेतना, उनीहरुको आवश्यकता, स्वाभिमानप्रतिको लडाई, शोषणप्रति घृणा र त्यो अनुसारको मागको कारण यो व्यवस्थाले व्यवस्थापन गर्नै नसक्ने अवस्थालाई निम्त्याईरहेको छ । नयॉ ढंगको व्यवस्थापकीय विकल्पमा नगई धरै छैन भन्ने बाध्यकारी र आवश्यकीय बैकल्पिक सोचको विकास गराईरहको छ । त्यो विकल्प व्यवस्थित समाजवाद नै हुने छ ।

पू‘जीवादी व्यवस्था सफल व्यवस्था भन्नका लागि यो व्यवस्थामा आधारित विकसित राष्ट्रहरुले अन्य अल्पविकसित वा विकासोन्मुख राष्ट्रहरुका प्राकृतिक र मानवीय स्रोतहरुलाई खुलेआम हस्तक्षेप गरी सफल राष्ट्रको बनावटी र झुटो विबरण दिदै फोस्रो व्याख्या गरिरहेको भए ता पनि ऐतिहासिक दृष्टान्तहरुले यो बकबासलाई खण्डित गर्दछ । यस्तो बकबास पनि धेरै दिन चल्नेवाला छैन । किनभने अब प्रत्येक देशका जनताहरुमा सचेतता पैmलने क्रम अत्यन्त तीब्र छ । राष्ट्रवादी, भाईचारा अन्तर्राष्ट्रियवादी र स्वाभिमानी संघर्षले विश्वभरि नै तीब्रता पाईरहेको छ । यो अवस्थाको विजयले साम्राज्यवादी र शोषणकारी पू‘जीवादी व्यवस्था धरासायी बन्ने दिशामा अगाडि बढिरहेको छ । समाजवादी व्यवस्थाको मार्ग प्रशस्त हुदै गइरहेको छ ।

यहि विश्व परिस्थितिमा नेपालको राजनीतिक आन्दोलन पनि अन्योन्याश्रित सम्बन्धबाट अगाडि बढिरहेको छ । प्रत्येक देशका जनताहरु राष्ट्रमुक्ति, स्वाभिमान, स्वतन्त्रताको पक्षमा र शोषण, अन्याय, असमानताको विरुद्धमा बलिदानी लडाई लडिरहेका छन् । हाम्रो देशमा पनि यि नै मुद्धाहरुलाई लिएर ठूलाठूला आन्दोलन गर्ने निरन्तरता टुटेको छैन । तर यो तितो यथार्थतिर पनि हाम्रो ध्यान जान आवश्यक छ कि बारम्बारको त्यस्ता मुक्तिकामी आन्दोलनको सदुपयोग क्रान्तिकारी माक्र्सवादीहरुले गर्न नसकेर किन कुनै न कुनै प्रकारका प्रतिक्रियावादी र अवसरवादी शाक्तिहरुले दुरुपयोग गर्ने स्थिति पैदा भएको छ ? यस्ता कारणहरुको सहि पहिचान गर्न नसक्ने हो भने क्रान्तिकारी परिवर्तन शब्द हाम्रो मुखको रसिलो र सौखिन शब्द हुने छ । अर्कालाई दोष लगाउनुको कुनै न्यायोचित र बैज्ञानिक अर्थ रहने छैन ।

Thursday, March 4, 2010

अपिल




राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निर्माणका निम्ति मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–०६६ सफल पारौ

राष्ट्रप्रेमी सम्पूर्ण जनसमुदायहरु
सर्वप्रथम ने.क.पा.(एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले “सीमा अतिक्रमण र वैदेशीक हस्तक्षेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान †” भन्ने मुल नाराका साथ मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान संचालन गर्न गइरहेको कुरा यहा“हरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ । हामीले यो राष्ट्रिय जनजागरण अभियान संचालन किन गर्न गइरहेका छौ ? भन्ने कुरा स्पष्ट गर्न चाहन्छांै ।

आज देशको राष्ट्रियताको अवस्था अत्यन्त नाजुक छ । राष्ट्रिय स्वाधिनताको रक्षा अहम् सवाल बनेको छ । हाम्रो मुलुक कहिल्यै विदेशी शक्तिहरुको अधिनमा परेन । विगतमा हाम्रा पूर्खाहरुले बैदेशिक हस्तक्षेप विरुद्ध लडेर मुलुकको राष्ट्रियताको जगेर्ना गर्न सके । यो दृष्टान्त सवैले गर्व गर्न सकिने प्रकारको छ । तर आज हाम्रो मुलुक विरुद्ध बैदेशिक दबाव र हस्तक्षेप तिब्र बढेको छ । विगत लामो समयदेखि कालापानीमा भारतीय सेनाको उपस्थिति कायमै छ । सन् १९५० लगायत विगतका कयौ असमान सन्धि–सम्झौताहरुका कारणले मुलुकले मुख्यतः भारतीय विस्तारवादी दवाव झेल्दै आएकोमा हाल आएर सुपुर्दगी सन्धि गर्न, सीमा नक्शामा हस्ताक्षर गर्न र हवाई मार्शल राख्नका लागि समेत भारतले दवाव दिदैआएको छ । आज हाम्रो देशको ताप्लेजुङ, कुनौली, ठोरी, सुस्ता, कोइलाबासदेखि ब्रह्मदेवमन्डी र कालापानी लगायत ५४ भन्दा बढी स्थानमा भारतद्वारा ६० हजार हेक्टर नेपाली भुमि अतिक्रमण गरिएको छ । सीमानामा भारतद्वारा अन्तर्राष्ट्रिय कानुन र प्रचलनका विरुद्ध बा“धिएका बा“धका कारण कयांै नेपाली भू–भाग डुबानमा परेर धनजनको क्षति ह“ुदै आएको छ । यी सबैका बारेमा संसदीय समितिले आधिकारिक रुपले प्रतिवेदन दिएर वा प्रमाणित गरेर सीमा मिचिएको वा बा“धका कारण नेपालमा व्यापक क्षति पुगेको ठहर गर्दासम्म पनि सरकार मौन रहनु आश्चर्यको कुरा भएको छ । त्यसैले यी सबै बैदेशिक अतिक्रमण, दवाब र थिचोमिचो विरुद्ध जुध्नु नेपालका हिमाल, पहाड, तराई र सबैतिर बसोबास गर्ने स्वाभिमानी नेपालीको कर्तव्य बन्दछ ।

एकातिर राष्ट्रियताको स्थिति यस्तो छ भने अर्कोतिर लोकतन्त्र पनि खतरामा पर्दै गएको छ । जनताको अदम्य साहस र बलिदानबाट संविधानसभाको निर्वाचन र संघीय गणतन्त्र स्थापना भएपनि संविधान निर्माण कार्य सुस्त प्रायः भएको छ । सत्ताधारी र प्रतिपक्षमा रहेका प्रमुख दलहरुको बेमेल, असहमति र बेग्लाबेग्लै स्वार्थ र सरकारको नेतृत्वको लागि हानथापका कारण संसद अवरुद्ध छ । शान्ति प्रकृया र सेना समायोजनको प्रश्न पनि जटिल बन्दै गएको छ । राष्ट्रपतिको असंबैधानिक कदम र त्यो कदम सच्याउ“न भएको ढिलाई र प्रमुख प्रतिपक्षको त्यस विरुद्धको कडा रबैयाका कारणहरुले पनि निकास अवरुद्ध हु“दै गएको छ । यथार्थमा नया“ संविधान निर्माणका निम्ति बेग्लाबेग्लै सिद्धान्त, नीति बोकेका भए पनि संघीय गणतन्त्र स्थापनाका पक्षधर शक्तिहरु बीच न्युनत्तम सवालहरुमा सहमति हुनु पर्ने हो, त्यो भएको छैन । पूर्वी पहाडका केही क्षेत्र र तराईका पनि कतिपय भू–भागमा राजनीतिक लेपमा कतिपय अपराधिक तत्वहरुको चलखेल बढेको छ । समग्रमा देश मुठभेड र हिंसात्मक भिडन्ततिर जाने खतरा पुनः बढेको छ । यी सबै गतिविधीहरुका कारण निर्धारित समयमा अग्रगामी संविधान निर्माणको कार्य पनि प्रभावित भएको छ । हालै मात्र संविधानसभाको कार्यतालिका छैठौ पटक संशोधित भयो । यि सबै प्रकारका गतिविधि समयमै अग्रगामी संविधान नबन्ने लक्षणहरु हुन् । अग्रगामी संविधान समयमा नबनेमा देशमा पुनः प्रतिगामी शक्ति वा विभिन्न खाले तानाशाही शासनको उदय हुने खतरा बढेको छ । अतः समयमा अग्रगामी संविधान निर्माणका निम्ति पनि चौतर्फी दवाव आजको अहम् राष्ट्रिय कार्यभार हो ।
आज नेपाली जनताले दैनिक जीवनयापनका सन्दर्भमा पनि अत्यन्त कठिन अवस्थाको सामना गर्नु परेको छ । देशका विशेष गरी हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न अभाव र हैजाको प्रकोपबाट जनता आक्रान्त छन् । यता जलवायु परिवर्तनको असरले तराईम्ाँ पनि खाद्यान्न कम हुने अवस्था छ । कोशी पीडितहरुको राहत र पुनस्र्थापनाको प्रश्न पनि समाधान हुन सकेको छैन । उपभोग्य र उपयोगि सामानहरुको अत्यन्त बढ्दो मुल्य वृद्धि र बस्तुहरुको अभावले आम जनजीवन कष्टकर बनेको छ ।

एकातिर जनताको यस्तो अवस्था छ भने माधव कुमार नेपाल नेतृत्वको गठवन्धन सरकारले जम्बो आकारमा मन्त्रिमण्डल विस्तार गरेका कारण राष्ट्रिय ढुकुटीको ठूलो हिस्सा भत्ता र सुविधाका फजुल खर्चमा गएको छ भने जनताको जनजीविलाई सुविस्तायुक्त बनाउ“न सरकारको कुनै चासो र चिन्ता देखिदैन । यसरी समग्रमा जनताको दैनिक जिविकालाई यस्ता अवान्छित गतिविधिले अझ कष्टकर बनाउदै लगेको छ । त्यसलाई रोक्नका निम्ति जनजागरण र दवाबमुलक संघर्ष आवश्यक छ । यसरी समग्रमा उपरोक्त स्थितिमा मूलत ः राष्टिय स्वाधिनताको रक्षा, सीमा अतिक्रमणको विरोध, समयमै अग्रगामी संविधानको निर्माण र जनजीविकाको सुगमताका लागि देशव्यापी दवाव श्रृजना गर्न र जनचेतना जगाउ“न हामीले यो मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–२०६६ संचालन गर्न गइरहेका छौ । हाम्रो यो राष्ट्रिय अभियानको दौरानमा गोष्ठी, अन्तरक्रिया, सभा, पर्चा वितरण, वालपेन्टिङ र मंसीर १० गतेदेखि २१ गतेसम्म मेची–महाकाली मोटरसाइकल ¥याली गरि देशव्यापी अभियान संचालन हुनेछ । हाम्रो यो जनजागरण कार्यक्रममा सयौं नेता÷कार्यकर्ता र हजारौ जनताको सहभागिता हुनेछ । हाम्रो यो कार्यक्रमलाई सफल बनाउ“न सदा झै देशका बुद्धिजीवी, युवा, महिला, मजदुर, किसान, विद्यार्थी, उद्यमी व्यवसायी सबैबाट सहयोगको अपेक्षा गरेका छौ र सवैसूग कार्यक्रम सफल पारिदिन हार्दिक आह्वान गर्दछौ ।
नाराहरm
सीमा अतिक्रमण– बन्द गर ।
अतिक्रमित भूमि– फिर्ता गर ।
भारतीय सेना कुटियाङ्दी– पारी जाऊ ।
१९५० लगायतका असमान सन्धी–सम्झौता– खारेज गर ।
राष्ट्रघाती महाकाली सन्धि– खारेज गर ।
निर्धारित समयमा अग्रगामी संविधान– जारी गर ।
मुल्यवृद्धि– नियन्त्रण गर ।
तस्कर तथा कालाबजारियाहरुलाई– कडा कारवाही गर ।
जनआन्दोलनका दोषीहरुमाथि — कारवाही गर ।
कोशी लगायतका बाढी पीडितहरुलाई राहत र पुर्नस्थापनको– व्यवस्था गर ।
युवा वेरोजगार– अन्त्य गर ।
जातीय, क्षेत्रीय भेदभाव– अन्त्य गर ।
साम्प्रदायिक सद्भाव– कायम गर ।
प्रचार प्रसार विभाग
मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–०६६
मितीः २०६६÷६÷१


प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती
नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को केन्द्रीय समितिको आयोजनामा मकवानपुर जिल्लाको हेटौंडामा २०६६ भदौ १२ देखि १४ गते सम्म राष्ट्रिय प्रशिक्षण भेला र केन्द्रीय समितिको विस्तारित वैठक सम्पन्न भएको छ । देशका ५१ जिल्लाबाट प्रतिनिधित्व भएको हाम्रो संगठनकोे ३ दिने ऐतिहासिक हेटौंडा नगरीको कार्यक्रममा १२ र १३ गतेको प्रशिक्षण शेशनमा १० वटा निम्न महत्वपुर्ण विषयमा प्रशिक्षण भयो । समसामयिक राजनीतिक परिस्थिति र संगठनको भुमिका तथा संगठनात्मक पद्धतिको बारेमा ने.क.पा.(एकीकृत) का केन्द्रीय महासचिव क. रामसिंह श्रीस्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको वर्तमान परिस्थिति र आजको माक्र्सवादी आन्दोलन साथै पार्टी, वर्गीय संगठन र जन÷वर्गीय संगठनको आन्दोलनमा भुमिका बारे अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा के.स. तेज प्रसाद कडेल, दर्शन र कम्युनिष्ट आन्दोलनमा “वाद” र “विचारधारा” को विषयमा विवाद र वास्तविकता वारेमा पोलिटव्युरो सदस्य कमल चौधरी, युवा आन्दोलनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे के.स. डाचाराज वाग्ले, राज्यको नयाँ संरचना र सार्थक संविधानको निर्माणको प्रश्न साथै पार्टी एकीकरण, धु्रवीकरण र जनवादी क्रान्तिबारे प्रचार–प्रसार विभाग प्रमुख तथा के.स. टंक राई, संस्कृति, सांस्कृतिक आन्दोलन र माक्र्सवादी दृष्टिकोण बारेमा संगठनका सल्लाहकार तथा के.स. चिरन पुनहरुले प्रशिक्षण दिनुभएको थियो । १४ गतेको केन्द्रीय समितिको विस्तारित वैठकले राष्ट्रियताबारे मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान र तोकिएकै समयमा सार्थक संविधान बन्नु पर्छ भन्ने प्रश्नमा राष्ट्रव्यापी दवावमुलक कार्यक्रम मंसिर महिनाको अन्तिमतिरबाट थालिने निर्णय गरेको छ । यो कार्यक्रमको तयारीको लागि जिल्ला संगठनहरु गठन र पुर्नगठनको कामलाई शसक्तता र निरन्तरता दिइने निर्णय गरेको छ । कार्यक्रमको ढाँचा र रुटको बारेमा विस्तृत रुपमा संगठनको सचिवालयको आगामी वैठकले निर्णय गर्नेछ । तीन दिने कार्यक्रमको लागि हाम्रो आर्थिक अभियानलाई आर्थिक र भौतिक सहयोग दिएर क्रान्तिका संवाहक हामी युवाहरुको कार्यक्रमलाई सम्पन्न गर्न सवै प्रकारको सहयोग गरिदिनु हुने सम्पुर्ण मकवानपुरका सहयोगदाताहरुप्रति हाम्रो केन्द्रीय समिति आभार र धन्यवाद व्यक्त गर्दछ । धन्यवाद ।
.......
(उदय राई)
अध्यक्ष

अपिल

अपिल
आदरणीय जनसमुदाय
सर्वप्रथम ने.क.पा.(एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले “सीमा अतिक्रमण र वैदेशीक हस्तक्षेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान †” भन्ने मुल नाराका साथ मेची–महाकाली जनजागरण अभियान संचालन गर्न गइरहेको कुरा यहा“हरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ । यो जनजागरण अभियानले मुलतः १) राष्ट्रियता, तथा २) जनजीविका र जनतन्त्रको सवालमा देशभरि जनजागरण र सचेतता निर्माण गर्ने मात्र नभई यसका निम्ति संघर्ष उठान गर्ने सवालमा पनि कोशेढुंगा सावित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

आज देशको राष्ट्रियताको अवस्था अत्यन्त नाजुक छ । राष्ट्रिय स्वाधिनताको रक्षा अहम् सवाल बनेको छ । हाम्रो मुलुकको सार्वभौमिकता र स्वतन्त्र अस्तित्व विरुद्ध बैदेशिक दबाव र हस्तक्षेप तिब्ररुपले बढेको छ । विगत लामो समयदेखि कालापानीमा भारतीय सेनाको उपस्थिति कायमै छ । सन् १९५० लगायत विगतका कयौ असमान सन्धि–सम्झौताहरुका कारणले मुलुकले दवाव झेल्दै आएकोमा हाल आएर सुपुर्दगी सन्धि गर्न, सीमा नक्शामा हस्ताक्षर गर्न र हवाई मार्शल राख्नका लागि समेत भारतले दवाव दिदैआएको छ । ताप्लेजुङ, कुनौली, ठोरी, सुस्ता, कोइलाबासदेखि ब्रह्मदेवमाडी र कालापानीसम्मका ५४ भन्दा बढी स्थानमा भारतद्वारा करिब ६० हजार हेक्टर नेपाली भुमि अतिक्रमण गरिएको छ । सीमानामा भारतद्वारा अन्तर्राष्ट्रिय कानुन र प्रचलनका विरुद्ध बा“धिएका बा“धका कारण कयांै नेपाली भू–भाग डुबानमा परेर धनजनको क्षति हुदै आएको छ । त्यसैले यि सबै बैदेशिक अतिक्रमण, दवाब र थिचोमिचो विरुद्ध जुध्नु नेपालका हिमाल, पहाड, तराई र सबैतिर बसोबास गर्ने स्वाभिमानी नेपालीको कर्तव्य बन्दछ ।

एकातिर राष्ट्रियताको स्थिति यस्तो छ भने अर्कोतिर लोकतन्त्र पनि खतरामा पर्दै गएको छ । जनताको अदम्य साहस र बलिदानबाट संविधानसभाको निर्वाचन र संघीय गणतन्त्र स्थापना भएपनि सार्थक संविधान निर्माण कार्य सुस्त प्रायः भएको छ । सत्ताधारी र प्रतिपक्षमा रहेका प्रमुख दलहरुको बेमेल, असहमति र बेग्लाबेग्लै स्वार्थ र हानथापका कारण संसद अवरुद्ध छ । शान्ति प्रकृया र सेना समायोजनको प्रश्न पनि जटिल बन्दै गएको छ ।

राष्ट्रपतिको असंबैधानिक कदम, त्यो कदम सच्याउ“न भएको ढिलाई, अवसरवादीहरुको कुर्ची मोह, यथास्थितिवादीहरुको तिब्र ध्रुविकरण, साम्राज्यवादी र विस्तारवादीहरुको बलियो उपस्थिति र उनीहरुको विभिन्न पार्टीमा बलियो प्रभाव तथा प्रतिगामी सामन्ति तत्वहरुको प्रतिगमनका निम्ति सकृय उपस्थितिका कारण सार्थक संविधान निर्माणको निकास अवरुद्ध ह“ूदै गएको छ । यथार्थमा नया“ संविधान निर्माणका निम्ति बेग्लाबेग्लै सिद्धान्त, नीति बोकेका भए पनि संघीय गणतन्त्र स्थापनाका पक्षधर शक्तिहरु बीच न्युनत्तम सवालहरुमा सहमति हुनु पर्ने हो, त्यो भएको छैन । पूर्वी पहाड र तराईका केहि क्षेत्रहरुमा राजनीतिक लेपभित्र कतिपय अपराधिक तत्वहरुको चलखेल बढिरहेको छ । समग्रमा देश मुठभेडतिर जाने खतरा पुनः बढेको छ । यि र यस्ता प्रकारका गतिविधिहरुका कारण निर्धारित समयमा अग्रगामी संविधान निर्माणको कार्य पनि प्रभावित भएको छ । हालै मात्र संविधानसभाको कार्यतालिका छैठौ पटक संशोधित भएको छ । यि सबै प्रकारका गतिविधिहरु समयमै अग्रगामी संविधान नबन्ने लक्षणहरु हुन् । अग्रगामी संविधान समयमा नबनेमा देशमा पुनः प्रतिगामी वा विभिन्नखाले तानाशाही शक्ति शासन हत्याउने खेलमा प्रकारान्तरले सफल हुदै जानेछन् । अतः समयमा अग्रगामी सार्थक संविधान निर्माणका निम्ति पनि चौतर्फी जनदवाव आजको अहम् राष्ट्रिय कार्यभार हो ।

आज नेपाली जनताले दैनिक जीवनयापन गर्ने सवालमा पनि अत्यन्त कठिन अवस्थाको सामना गर्नु परेको छ । देशका विशेष गरी हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न अभाव र हैजाको प्रकोपबाट जनता आक्रान्त छन् । यता जलवायु परिवर्तनको असरले तराईम्ाँ पनि खाद्यान्न कम हुने अवस्था छ । पश्चिम नेपालका बाढी पीडित र कोशी पीडितहरुको राहत र पुनस्र्थापनाको प्रश्न पनि समाधान हुन सकेको छैन । उपभोग्य र उपयोगि सामानहरुको अत्यन्त बढ्दो मुल्यवृद्धि र बस्तुहरुको अभावले आम जनजीवन कष्टकर बनेको छ ।

एकातिर जनताको यस्तो अवस्था छ भने अर्काेतिर माधव कुमार नेपालको नेतृत्वको सरकार जम्बो र देशको लागि महंगो मात्र भएको छैन, अझ यो प्रकारको गठबन्धनीय सरकार शान्ति प्रक्रियालाई अबरुद्ध र परिवर्तनको दिशालाई सुनिश्चित गर्न नचाहने गतिविधितिर उन्मुख भएको देखिन्छ । देशको ढुकुटीको ठूलो हिस्सा भत्ता र सुविधाका फजुल खर्चमा गएको छ भने जनताको जनजीविकालाई सुविस्तायुक्त बनाउ“न सरकारको कुनै चासो र चिन्ता देखिदैन । यी प्रकारका अबान्छित गतिविधिहरुलाई रोक्नका निम्ति पनि जनजागरण र दवाबमुलक संघर्षको आवश्यक छ । यसरी समग्रमा उपरोक्त स्थितिमा मूलतः राष्टिय स्वाधिनताको रक्षा, सीमा अतिक्रमणको विरोध, समयमै अग्रगामी सार्थक संविधानको निर्माण र जनजीविकाको सुगमताका लागि देशव्यापी दवाव श्रृजना गर्न र जनचेतना जगाउ“न हामीले यो “मेची–महाकाली जनजागरण अभियान–२०६६” संचालन गर्न गइरहेका छौ । माथि उल्लेखित विषयहरु कुनै एक व्यक्ति वा पार्टीको मात्र सरोकारको विषय नभएकोले यो कार्यक्रमको महत्वलाई आत्मसाथ गर्दै सम्पूर्ण न्यायप्रेमी तथा देशभक्तहरुको सहभागिता पनि रहने कुरामा कार्यक्रम आयोजक विश्वस्त छ । हाम्रो पार्टी नेकपा (एकीकृत) ले विगत समयमा नेकपा (एमाले), माओवादी एवं नेपाली का“ग्रेसका सत्ता लिप्साको विरोध गर्दै राष्ट्रियता र जनजीविका तथा जनतन्त्रका लागि एकल तथा संयुक्त दवाबमुलक र रचनात्मक कार्यक्रमहरु, सिंहदरबार घेराउ, मसाल जुलुस, कोणसभाहरु, अन्तरक्रिया तथा गोष्ठी कार्यक्रमहरु, नेपाल तथा उपत्यका बन्द, सरकारी अफिसमा छड्के निगारानी, हैजा पीडित क्षेत्रमा तुरुन्त सरकारी सेवाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ, जनतन्त्रका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र दिने आदि कार्यक्रमहरु गर्दै आइरहेको छ । यो राष्ट्रिय जनजागरण अभियानमा पनि राष्ट्रियता तथा जनजीविका र जनतन्त्रको पक्षमा रचनात्मक र दबावमुलक दुबै कार्यक्रमहरु संचालन हुनेछ । यो दौरानमा गोष्ठी, अन्तरक्रिया, सभा, पर्चा वितरण, वालपेन्टिङ र मंसीर १० गतेदेखि २२ गतेसम्म मेची–महाकाली मोटरसाइकल ¥याली गरि देशव्यापी अभियान संचालन गरिनेछ । हाम्रो यो जनजागरण कार्यक्रममा सयौं नेता÷कार्यकर्ता र हजारौ जनताको सहभागिता हुनेछ । यस कार्यक्रमलाई सफल बनाउ“न सदा झै देशका बुद्धिजीवी, युवा, महिला, मजदुर, किसान, विद्यार्थी, उद्यमी व्यवसायी सबैबाट सहयोगको अपेक्षा गरेका छौ र सवैस“ग कार्यक्रम सफल पारिदिन हार्दिक आह्वान गर्दछौ ।
नाराहरु
सीमा अतिक्रमण– बन्द गर ।
अतिक्रमित भूमि– फिर्ता गर ।
भारतीय सेना कुटियाङ्दी– पारी जा ।
१९५० लगायतका असमान सन्धी– सम्झौता– खारेज गर ।
राष्ट्रघाती महाकाली सन्धि– खारेज गर ।
निर्धारित समयमा अग्रगामी संविधान– जारी गर ।
मुल्यवृद्धि– नियन्त्रण गर ।
तस्कर तथा कालाबजारियाहरुलाई– कडा कारवाही गर ।
जनआन्दोलनका दोषीहरुमाथि — कारवाही गर ।
कोशी लगायतका बाढी पीडितहरुलाई राहत र पुर्नस्थापनको– व्यवस्था गर ।
युवा वेरोजगार– अन्त्य गर ।
जातीय, क्षेत्रीय भेदभाव– अन्त्य गर ।
साम्प्रदायिक सद्भाव– कायम गर ।
कार्यक्रमको विबरणः–
उद्घाटनः–०६६ मंसीर १० गते महेन्द्रनगर गड्डाचौकी,
रामसिंह श्रीस, महासचिव, नेकपा (एकीकृत)
समापनः–०६६ मंसीर २२ गते झापा का“कडभित्ता,
ऋषिराम शर्मा कट्टेल, अध्यक्ष, नेकपा (एकीकृत)
अभियानको कार्यक्रम र रुटहरु
०६६ मंसीर १० गते
उद्घाटनः–०६६ मंसिर १० बजे विहान कन्चनपुरको महेन्द्रनगर गड्डा चौकी, अतरीया–कोणसभा, कैलालीको धनगढी–अन्तरक्रिया र कोणसभा, लमकी–कोणसभा, टीकापुर–कोणसभा ।
०६६ मंसिर ११ गते
बर्दियाको राजापुर–कोणसभा, गुलरिया–कोणसभा, बा“केको
खजुरा–कोणसभा, नेपालगञ्ज–अन्तरक्रिया, कोहलपुर–कोणसभा ।
०६६ मंसीर १२ गते
दाङको इमलिया–कोणसभा, तुल्सीपुर–कोणसभा, घोराही–कोणसभा र अन्तरक्रिया, लमही र भालुवाङ–कोणसभा, प्युठानको बाङ्गेसाल–कोणसभा ।
०६६ मंसिर १३ गते
कपिलबस्तुको चनौटा–कोणसभा, गोरुसिंगे–कोणसभा, तौलिहवा–कोणसभा, ४ नं–कोणसभा, पर्सा चौराह–कोणसभा, रुपन्देहीको रुद्रपुर–सभा ।
०६६ मंसिर १४ गते
रुपन्देहीको बुटवल–कोणसभा र अन्तरक्रिया, भैरहवा–कोणसभा, नवलपरासीको सुनौली–कोणसभा, परासी–कोणसभा, महेशपुर–कोणसभा, सुस्ता–कोणसभा, त्रिवेणी–कोणसभा,बर्दघाट–कोणसभा ।
०६६ मंसीर १५ गते
नवलपरासीको चोरमारा–कोणसभा, कावासोती–कोणसभा, गैडाकोट–कोणसभा, चितवनको नारायणघाट–कोणसभा, भरतपुर–अन्तरक्रिया, टा“डी–कोणसभा, पर्सा–कोणसभा र मकवानपुरको हेटौडा–कोणसभा ।
०६६ मंसीर १६ गते
बाराको सिमरा–कोणसभा, जितपुर–कोणसभा, परवानीपुर–कोणसभा, पर्साको विरगञ्ज–अन्तरक्रिया र कोणसभा, बाराको कलैया–कोणसभा, बडहरवा–कोणसभा, निजगढ–कोणसभा, रौतहटको चपुुर–कोणसभा, सन्तपुर–कोणसभा, गडुरा–कोणसभा, गौर–कोणसभा ।
०६६ मंसीर १७ गते
रौतहटको चन्द्रनिगाहपुर–कोणसभा, सर्लाहीको हरिवन–अन्तरक्रियात्मक सभा, नवलपुर–कोणसभा, मलंगवा–कोणसभा, लालवन्दी–कोणसभा, महोत्तरीको बर्दीबास–अन्तरक्रियात्मक सभा, हात्तिलेट–कोणसभा ।
०६६ मंसिर १८ गते
महोत्तरीको रामगोपालपुर–कोणसभा, जलेश्वर–कोणसभा, धनुषाको जनकपुर–अन्तरक्रियात्मक सभा, महेन्द्रनगर–कोणसभा, ढल्केबर–कोणसभा, वीरेन्द्रबजार–कोणसभा, गोदार–कोणसभा, सिराहाको वस्तीपुर–कोणसभा, मिरचैया–कोणसभा, माडर–कोणसभा, गोलबजार–अन्तरक्रियात्मक सभा ।
०६६ मंसीर १९ गते
सिराहाको लाहान–अन्तरक्रियात्मक सभा, सप्तरीको कद्माह–कोणसभा, कल्याणपुर–कोणसभा, रुपनी–कोणसभा, राजविराज–कोणसभा, हनुमाननगर–कोणसभा, भारदह–कोणसभा, सुनसरीको भण्टावारी–कोणसभा, इनहरुवा–कोणसभा, इटहरी–कोणसभा,
धरान–कोणसभा ।
०६६ मंसिर २० गते
सुनसरीको धरान–अन्तरक्रिया, तरहरा–कोणसभा, दुहवी–कोणसभा, मोरङको विराटनगर–अन्तरक्रिया र कोणसभा, झोराहाट–कोणसभा, नेताचोक–कोणसभा, बेलवारी–कोणसभा, पथरी–कोणसभा,
उर्लावारी–कोणसभा, झापाको दमक–कोणसभा ।
०६६ मंसिर २१ गते
झापाको दुधे–कोणसभा, सुरु¨ा–कोणसभा, बिर्तामोड–कोणसभा, भद्रपुर–कोणसभा, चारआली–कोणसभा, धुलाबारी–कोणसभा, का“कडभित्ता समापन ।
अन्य कार्यक्रमहरुः
प्रचार–प्रसार, वालपेन्टिङ, पत्रकार भेटघाट, विचारगोष्ठी तथा जनभेटघाटहरु हुनेछन् ।

प्रचार प्रसार विभाग
मेची–महाकाली जनजागरण अभियान–०६६
मितीः २०६६÷७÷२५