Search This Blog

Friday, February 5, 2010

जनवादी केन्द्रीयताको प्रसङ्ग र माक्र्सवाद

अग्रगति साप्ताहिक
वर्ष ३, अंक ११
२०६५ कात्तिक २८
जनवादी केन्द्रीयताको प्रसङ्ग र माक्र्सवाद

१) विषय प्रवेशः– सन्तुलनकारी विचार–दृष्टिकोण, गतिविधि–व्यवहार, लक्ष्यकेन्द्रीत आधारभुत मुल्य–मान्यता, सहमति र समझदारी तथा विश्लेषणका एउटै आधार (द्वण्दात्मक भौतिकवादी) हरुको अभाव र न्युनताको प्रतिविम्ब नै संकिर्णतावाद, उदारवाद, अराजकतावाद तथा अन्य प्रकारका असंगति र विजातीय चिन्तन र व्यवहारिक गतिविधिका प्रकट रुप हुन् र हुन जान्छन् । संकीर्णता, उदारता, र अराजकताका प्रकट रुपहरु फरक फरक भए पनि बैचारिक स्रोत भने एउटै हुन्छ, त्यो हो अधिभुतवादी विश्व दृष्टिकोण जसले सामुहिकतावादको प्रत्यक्ष वा परोेक्षरुपले आक्रमण र ध्वंस्त पार्ने काम गरिरहेको हुन्छ ।

लेनिन माक्र्सवादलाई बुझ्ने र प्रयोग वा कार्यान्वयन गर्ने प्रश्नमा यसरी निचोड निकाल्छन् कि द्वण्द्वात्मक भौतिकवाद, वर्गीय अर्थशास्त्र र साम्यवादी सामाजिक दर्शनलाई ठोस बस्तु वा परिस्थितिको ठोस विश्लेषणको आधारमा वा गतिशिल ऐतिहासिक भौतिकवादी सही व्याख्या र विश्लेषण गरेर ठीक नीति अख्तियार गरी मानव समाजको सभ्यता निर्माण गर्ने प्रश्नमा डटेर संघर्ष गरी सापेक्षित सत्य र न्यायको पक्षमा जानु नै हो ।

बस्तुगत यथार्थलाई बुझ्न नसक्नु, बुझे पनि अतिरञ्जित रुपमा लिनु, तीब्र महत्वकांक्षालाई जसरी पनि लागू गराउन खोज्नु, संगठनात्मक वा सामुहिक अनुशासनलाई बेवास्ता गर्नु, ढुलमुल र अस्थिर चरित्र अपनाउनु, नारावाजी र वामपन्थी लङ्खफाजी गतिविधिमा आजादी देख्नु, ठीक रणनीतिक र राजनीतिक कार्यदिशालाई पक्रन नसक्नु, आर्थिक व्यवस्थाको सही व्यस्थापनमा वर्गीय प्रतिनिधित्वमा सक्रियता र सहभागितामा गडबढी मच्चाई दिनु, एउटा अतिवादबाट अर्को अतिवादमा क्रियाशिल रहनु, साथै आधारभुत प्रस्तावनालाई बेढंगले प्रयोग गर्न खोज्नु जस्ता चारित्रिक गतिविधि र प्रवृति गतिशिल सामाजिक विकासमा विद्यमान रहने कुराको उजागर गर्दै लेनिन, “वामपन्थी बचपना वा टुटपू“जीया मनोवृति” भन्ने लेखमा माक्र्सवादमाथि आक्रमण गर्ने विभिन्न खालका भड्कावको व्याख्या र विश्लेषण गर्दै त्यसप्रकारका कार्याकलाप माक्र्सवादसम्मत नहुने कुरालाई प्रस्ट पार्दछन् । माक्र्सवादी आन्दोलनमा संगसंगै रहने साथै हतपत र सजिलै पहिचान गर्न नसकिने प्रवृतिको विरुद्ध पनि कठोर संघर्ष गर्नु पर्ने आवश्यकतालाई उठान गर्न खोजिएको छ । संकीर्णता, उदारता र अराजकता माक्र्सवादका विजातीय प्रबृतिहरु हुन् भन्ने प्रसंगलाई विभिन्न उद्धरणका साथ उल्लेख गरिएको छ ।

यि माथि उल्लेखित चारित्रिक विशेषताको रुप र असरहरुको बार्ेमा सामान्य विषय उठान गरौ ।

२) संकीर्णताः– संकीर्णता विचार र व्यवहारमा देखिने कठमुल्लावाद हो । यो प्र्रवृतिले विषयबस्तुलाई सहज र सकारात्मक रुपमा लिनै मान्दैन । गहिराईमा गई समस्या बुझ्न र त्यस अनुरुपको समाधानको दिशामा जादै जादैन । आङ्खनो बुझाईमा लेडे ढिपी गर्दछ र विषयबस्तुलाई बुझे झै भान गराउन कोशिस गर्दछ । दार्शनिक रुपमा संकीर्णता मनोगतवाद हो भने व्यवहारिक रुपले बेलचक र एकलकांटे प्रवृति हो साथै जडशुत्रवादको एक प्रतिविम्ब पनि हो । सर्वहारा विश्व दृष्टिकोण र त्यो अनुसारको सैद्धान्तिक मुल्य मान्यतालाई आत्मसाथ गर्ने र आफुलाई त्यो अनुरुप बदल्ने भन्दा आफु अनुसार विषय बस्तुलाई बुझ्ने–बुझाउने काम गर्दछ । तर यो प्रवृति माक्र्सवादी साहित्य अनुसार सामाजिक सभ्यताको सामन्तवादी संस्कृतिको एउटा अंश हो । सामान्य रुपमा भन्दा संकीर्णता ज्ञानको सा“घुरोपन हो । माओले “ज्ञानको सिद्धान्त र व्यवहारबारे” मा विभिन्न प्रशंगमा यसबारे चर्चा र विषय उठान गरेका छन् । साथै संकीर्णता माक्र्सवादको घुमाउरो शत्रु हो भन्ने कुरा उजागर गर्न खोजिएको छ । निष्कर्षमा संकीर्णताले बहुआयमिक नकारात्मक सम्बन्धलाई जन्म दिन्छ ।

३) उदारवादः–
माक्र्सवादी साहित्यमा संकीर्णता उदारताको विपरितार्थ आसय बोक्ने शब्द संयोजन हो । दार्शनिक रुपमा उदारता मनोगतवादको जन्म हो भने व्यवहारिक रुपमा संशोधनवाद पनि हो । विपरित र मिल्न नसक्ने वा टकरावयुक्त अन्तरविरोधको विरक्तिमा उदारवादको प्रायः जन्म हुन्छ । सामाजिक अन्तरविरोधमा सर्वहारा वर्ग र पू“जीपति तथा निम्न र उच्च वर्गको समन्वयकारी भुमिकामा उदारवाद फस्टाउने मौका पाउछ र त्यो अवस्था रहुञ्जेल त्यो चरित्रको भुमिका बोलवाला हुन्छ ।

उदारताबारे माओले “उदारवादको विरोध गर” भन्ने लेखमा उदारवादको मुख्य चरित्रहरु बारेमा उल्लेख गर्दै “उदारवादले विचारधारात्मक संघर्षलाई इन्कार गर्दछ साथै सिद्धान्तहिन शान्तिको समर्थन गर्दछ । यसले एउटा सडेगलेको अधकचरो रुखको जन्म दिन्छ ।” त्यस्तै “व्यक्ति स्पष्ट गलत छ तर पुरानो जान–पहिचान छ, एउटै हेलामा छ, घनिष्ट मित्र छ, प्रियजन छ, आङ्खनो मातहतमा छ, सिद्धान्त र कामको आधारमा तर्क गरिन्न, मुर्दा मित्रता बनाउने प्रवृति राख्छ वा संगठनको लक्ष्यलाई मुख्य मानिन्न ।” यसलाई माओले पहिलो प्रकारको उदारवाद भनेका छन् ।

उदारवाद सुधारवादको पहिलो खुड्किलो हो जसले मुख्य राजनैतिक प्रस्तावनालाई दिग्भ्रमित र पथभ्रस्ट बनाउने काम गर्दछ साथै दक्षिणपन्थी बाटोको शुभारम्भ गर्दछ । त्यसैले माओ भन्दछन्, “क्रान्तिकारी संगठनको लागि उदारवाद अत्यन्त हानिकारक हुन्छ । वास्तवमा उदारवाद यस्तो काम नलाग्ने घुन हो जसले एकतालाई खान्छ, भाइचारा कमजोर बनाउछ, निष्क्रियतालाई प्रोत्साहन दिन्छ साथै मतभेद पैदा गर्दछ । क्रान्तिकारी संगठन र कठोर अनुशासनबाट बञ्चित गर्दछ, नीतिलाई पूर्णतया लागू गर्न रोक्छ र पार्टीलाई जनताबाट अलग गराउछ । उदारवादको जन्म निम्न पू“जीवादी स्वार्थबाट हुन्छ ।”

लेनिन “सर्वहारा क्रान्ति र गद्दार काउत्सी” भन्ने लेखमा भित्र र बाहिर चल्ने वर्ग संघर्ष र सत्तामा वर्ग अधिनायकत्वको प्रश्न, सुधारवादका रुखहरुको पहिचान र यिनीहरुसंगको संघर्ष, टुटपू“जीया राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादको सम्बन्धमा माक्र्सवादीहरुले चनाखो हुनु पर्ने विषयलाई उठान गर्दै माक्र्सवाद माथिको घुमाउरो आक्रमणको विरुद्ध लड्ने, योजना बनाउने र सहि नीति अपनाउनु पर्ने कुरामा जोड दिन्छन् ।

४) अराजकतावादः–
जुन कुरा जहा“ आवश्यक छ जसको अस्तित्व विना र स्वीकार्यबिना त्यो कुरा हुनै सक्दैन, लाई बेवास्ता गर्ने र बेढंगले तथा जथाभावी तरिकाले आङ्खना पूर्वाग्रही महत्वाकांक्षालाई पुरा गराउन सक्रिय कार्यान्वयनमा जाने प्रवृतिलाई माक्र्स र एगेल्सले अराजकवादको संज्ञाले सम्बोधन गरेका छन् । एगेल्स लेख्दछन्, “अराजकतावादीहरुले ठीक क्रान्तिलाई, त्यसको उठान र विकासलाई, बल प्रयोग, सत्ता, अधिकार वा राज्यको सम्बन्धमा विशेष कार्याभारलाई देख्न चाहदैनन् ।”

जे.वी. स्टालिनले “अराजकतावाद या समाजवाद ?” भन्ने लेखमा द्वण्द्वात्मक भौतिकवादी दर्शन, समाजवाद र त्यस अनुसारको राजनीतिक अर्थशास्त्रका अन्तरसम्बन्धित आयमहरुलाई जोडेर अराजकतावादका प्रवृतिहरुको बारेमा विश्लेषणात्मक व्याख्या गरेका छन् । सुधारवाद र माक्र्सवाद तथा अराजकतावाद र माक्र्सवादबीच तुलनात्मक विश्लेषण गर्दा सुधारवाद खिइदै तथा समाजवादसंग नाता तोड्दै गएको विचारको रुपमा मान्दछन् भने माक्र्सवाद र अराजकतावादको सम्बन्धमा भने यो भन्न मिल्दैन भन्ने कुरालाई अगाडि सार्दछन् । सारतः अराजकतावादले बस्तु वा परिस्थितिको गतिशिलतालाई बुझ्न सक्दैन । बस्तुतः त्यसले देब्रे वा दाहिने मोड लिन्छन् । “अराकतावादीहरु विचारमा ‘द्वण्द्वात्मक अधिभौतिकवाद हुन्’ र उनीहरुले ‘अधिभौतिकवादबाट विज्ञानलाई र धार्मिक रुढीवादबाट दर्शनलाई मुक्त गर्न चाहन्छन् ।” माक्र्सले ‘दर्शनको दरिद्रता’ मा प्रु“धोको ‘शास्वत न्याय’ को सिद्धान्तलाई अधिभौतिकवादी मुर्खता बाहेका अरु केहि होईन भनेर आलोचना गरेका छन् ।

यि माथि उल्लेखित प्रशंगहरुबाट संकीर्णता, उदारता र अराजकता माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने कुरामा बा“धा पु¥याउने मुख्य प्रवृति नै हुन भन्ने अर्थलाई नै प्रष्ट पार्दछ । यि प्रवृतिहरु नेपालको कम्युनिस्ट आन्दोलनमा जबरजस्त उपस्थितिका साथ ठूलो नकारात्मक प्रभाव पार्ने स्तरमा रहदै आएको छ र विद्यमान पनि छ । जनमुक्तीको लागि चालिएको र शुरु गरिएको संघर्ष दक्षिणपन्थी र पलायनवादी दिशामा गएर अन्त भएका छन् । एक प्रकारको अतिवादले अर्को किसिमको अतिवाद र दुस्परिणामलाई जन्माउने खतराबाट विश्व कम्युनिस्ट आन्दोलनहरु गुज्रिरहेका छन् । यस प्रकारले सर्वहारावादी विश्व दृष्टिकोण, सत्ताको प्रश्न, क्रान्तिकारी संगठन तथा साम्यवादी समाजको निर्माणको प्रश्नमा ठूला चुनौतिहरु थपिएका छन् ।

५) जनवादी केन्द्रीयताः–
जनवादी केन्द्रीयता प्रयोगसिद्ध सफल भएको लेनिनवादी संगठनात्मक पद्दति हो भने संगठन लक्ष्य हासिल गर्ने साधन हो । साधन जति बलियो चुस्त दुरुस्त हुन्छ त्यति नै सजिलै सम्बन्धित काम गर्न सकिने ध्रुव सत्य पनि हो । लेनिनवादी संगठनात्मक पद्दति भनेको सबैलाई विना सर्वहारावादी विश्व दृष्टिकोण मन मिलाउने, सबै खुसि पार्ने है † है † र थै † थै † को मुल्य मान्यता पनि होइन ।

सन् १९२१ मा कम्युनिस्ट इन्टरनेशनलको तेस्रो महाधिवेशनबाट पारित संगठनात्मक सिद्धान्त, संगठन र त्यसको बनौट तथा सर्वहारा विश्व दृष्टिकोण अनुसार यसको प्रयोगको बारेमा बृहत छलफल र निस्कर्षहरुलाई लेनिनवादी संगठनात्मक पद्दति भनेर अगाडि बढाइरहेको छ । मुलतः यो पद्दति पार्टीभित्र जन्मिने सबैखाले भड्काव र अवसरवाद विरुद्ध लड्ने र जीत हासिल पार्ने पद्दति मात्र होईन, सबै खाले वर्गीय दुश्मनलाई परास्त गर्ने मजबुत अस्त्रको रुपमा पनि लिइन्छ, पार्टी संगठनमा सिद्धान्तहरु ‘कम्युनिस्ट पार्टीको संगठन र बनौट’ सन् १९२१ मा कम्युनिस्ट इन्टरनेशनलको तेस्रो महाधिवेशनमा पारित मस्यौदामा जनवादी केन्द्रीयताको सम्बन्धमा “कम्युनिस्ट पार्टी संगठनमा जनवादी केन्द्रीयता एउटा वास्तविक सश्लेषण, केन्द्रीयता र सर्वहारा जनवादको समिश्रण हुनपर्दछ । यो समिश्रण सम्पूर्ण संगठनको निरन्तर समान कार्य, निरन्तर समान संघर्षको आधारमा मात्र प्राप्त गर्न सकिन्छ ।” यो प्रशंगबाट सहजै यो अर्थ लाग्छ कि जनवादले विचार वा दृष्टिकोणलाई धुरीमा राख्दै उद्देश्य प्राप्तिको लागि समान संघर्ष र सक्रियताको घुलनमा मात्र यो सत्य हो । जनवाद भनेको खाली नेतृत्वको प्रतिस्पर्धा मात्र होइन, न कि विचारको दमन नै हो । तर विजातीय विचार, गतिविधि, संस्कार र संस्कृति विरुद्धको निर्मम संघर्ष हो । अझ अगाडि लेखिन्छ कि “कम्युनिस्ट पार्टी संगठनमा केन्द्रीयताको अर्थ औपचारिक र यान्त्रिक केन्दं्रीयता होइन, बरु कम्युनिस्ट क्रियाकलापहरुको केन्द्रीकरण हो अर्थात युद्धको निम्ति तयार र साथै हरेक किसिमको परिस्थितिमा आफुलाई त्यस अनुकुल बदल्ने क्षमता भएको दरिलो नेतृत्वको निर्माण हो ।”

संगठनमा नोकरशाही र औपचारिक जनवाद दुबै होइन । पू“जीवादी जनवादलाई द्वैतवादी प्रकृतिको संज्ञा दिदै भनिएको छ “पू“जीवादी वातावरणको यो घातक प्रभावको कारण कार्यहरुको पृथकिकरण हुन्छ, साझा प्रयत्नको जीवन सहचार्यको ठाउमा बाझो औपचारिक जनवादले लिन्छ र सत्य कार्यकर्ताहरु निस्कृय जनसमुहमा विभाजित हुन्छन्, ...संगठनमा केवल औपचारिक जनवादले न नोकरशाहीलाई न त अराजकतावादी प्रवृतिहरुलाई हटाउन सकिन्छ । यि प्रवृतिहरुले खास त्यहि जनवादको मलिलो भुमि पाएर जरा गाडेका हुन्छन् । त्यसकारण संगठनको केन्द्रीयता अर्थात दरिलो नेतृत्व निर्माण गर्ने उद्देश्य औपचारिक जनवादको आधारमा पुरा गर्ने प्रयत्न गरिएको खण्डमा सफल हुन सक्दैन ।”

६) निस्कर्षः– माथि उल्लेखित प्रशंगहरुबाट यो निचोड निस्कन्छ कि संगठन एक दरिलो हतियार हो सर्वहारा वर्गीय राजनीतिको लागि । यसको दरिलो र धारिलोपनाको लागि नीति, सिद्धान्त र परिस्थिति अनुसारको बदलिन र आधार समात्न सक्ने हुन पर्दंछ । कुनै पनि पद्दति र प्रणाली अपनाउदा मनोगतवादी स्वच्छन्दवादबाट मुक्त भई एक प्रकारको अतिवादबाट पीडित भई अर्को अतिवादको भड्खालोमा फस्ने प्रकारको हुनहुदैन । हाम्रा सबै पद्दति र प्रणालीहरु सर्वंहारा वर्गीय राजनीतिलाई बढाउन र सफलताको दिशामा लाने किसिमको हुनपर्दछ ।

Wednesday, February 3, 2010

पार्टी एकीकरण र निर्माण तथा अनुशासन र एकताको प्रश्नमा केहि सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु ।

अग्रगति साप्ताहिक, वर्ष ३, अंक ४६
२०६६ सावन ८

नेपालको कम्युनिस्ट आन्दोलनमा हिजो भन्दा कयौ गुणा बढि संशोधनवादी अवसरवादको विरुद्धको आन्दोलनको आवश्यकता बढेर गएको छ । यहि सवाल विश्व कम्युनिस्ट आन्दोलनको अत्यन्तै चुनौतिपूर्ण र घनिभुतरुपमा भण्डाफोर र निर्मम संघर्ष गर्नु पर्ने तड्कारो सवाल पनि हो । यसको मुल स्रोत व्यक्तिवादी महत्वकांक्षा वा निम्नपू“जीवादी चिन्तनको अवसरवादी छटपटाहट हो । अधिभुतवादी चिन्तनको एउटा दृष्य अंश हो । अहिले यो वास्तविकता हाम्रो सामु छ कि यो प्रवृति र चिन्तनसंग माक्र्सवादीहरुले व्यवस्थित संघर्ष र लडाइ लड्न नसक्नुको परिणाम आज संसारभरि कम्युनिस्ट आन्दोलनमा उनीहरुको उपस्थिति हावी भएको छ । यसको अर्थ सच्चा माक्र्सवादीहरुको उपस्थिति उल्लेखिय रुपमा छैन भन्ने होईन । सर्वहारा विश्वदृष्टिकोणप्रति दृढता र चुनौतिपुर्ण संघर्षशिलताप्रति उदासिनता, अलमलता वा अवसरवादी व्यक्तिहरुकै कारण कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी विसर्जनवादी र प्रतिक्रयावादीहरुको रुचाइने खरिदविक्रिको वस्तु बनाइएको छ भने अर्कोतिर उग्रवामपन्थी र संकिर्णतावादी सोच र प्रवृतिबाट पनि कम्युनिष्ट आन्दोलनलाई ठुलो मात्रामा क्षति पुर्याउने काम भई नै रहेको छ । संकीर्ण सो“च र प्रवृतिले सबै ग्ँतिविधि र अनुशासनलाई सीमित र सा“घुरो नेराघेरामा हेर्ने गर्दछ । यो आफै यस्तै भड्काव हो, जसले अन्य भडकावहरुलाई मलजल र अतिवादलाई जन्म दिने वातावरण सृजना गर्दछ । उग्रवामपन्थी भड्काव, संकीर्णता र अन्य अवसरवादी रुपका भड्काव तथा दक्षिणपन्थी विर्सजनवाद निम्न पु“जीवादी वा अधिभुतवादी विश्व दृष्टिकोणको नै परिणाम हो । दक्षिणपन्थी विर्सजनवाद तथा अन्य रुपका अवसरवाद अति उदारवाद, अनुशासनहिनता, सैद्धान्तिक तथा राजनीतिक लडाइमा दृढता होइन सम्झौता र व्यक्तिगत महत्वकांक्षाको परिणामबाट जन्म लिन्छन् । यो प्रवृति र चिन्तन त्यतिखेर परास्त हुन्छ जतिखेर सर्वहारा विश्व दृष्टिकोणको आलोकमा सामुहिक प्रयत्न चरम उत्कर्समा पुर्याउन सकिन्छ । त्यहा“ न त भावनात्मक सम्बन्धले काम गरेको हुन्छ, न त त्यहा“ चिनेको र लामो कालसम्म संगै ्उठबस गरेको पुरानो साथीको सम्बन्ध नै हुन्छ, न त त्यहा“ अन्य सम्बन्धले मौलाउ“ने मौका नै पाउ“छ । त्यहा“ स्पष्ट र निर्मम सैद्धान्तिक संघर्ष हुन्छ । त्यहि अनुसारको राजनीतिक आन्दोलनले आमुने सामुने लडाइको चरणमा सबै कु्राको फैसला गर्दै जान्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा आज आएर फेरि यहि प्रश्नमा वहस शुरु भएको छ । संकीर्णता, उग्रवामपन्थी, फेरि अवसरवाद, संशोधनवाद, दक्षिणपन्थी विसर्जनवाद वा निम्न पू“जीवादी चिन्तनको विभिन्न दृष्यरुपहरु नेपाली कम्युनिस्ट आन्दोलनमा सुरक्षित र भद्धा तरिकाका साथ विद्यमान छन् । यसको नेतृत्व एमाले र माओवादी मध्ये कसले गर्ने भन्ने होडबाजी नै चलेको छ भन्दा अत्तित्युक्ति नहोला । अवसरवादीहरुको सशक्त ध्रुविकरण र पुनर्मिलनको ठुलो लहर नै आउने अवस्था प्रवल छ । हिजो एमालेको आकार बढ्ने समयमा क्रान्तिकै नाममा एकीकरण र ध्रुविकरणको अभियान चलेको थियो भने अहिले फेरि माओवादीको नाममा त्यहि काम पुनरावृति भएको छ । यो अवस्थाको उजागर निकट भविष्यमा नै हुने स्थिति प्रवल संभावना छ । अब यी पक्षहरुसंग जोडिएका सैद्धान्तिक, राजनीतिक र व्यवहारिक पक्षको वारेमा चर्चा गरौं ।

माओले “पार्टी अनुशासन र एकता” बारेमा अवसरवादी र वुर्जुवाहरुले अपनाउने रुखको बारेमा वा उनीहरुको लुच्छो प्रवृतिको बारेमा ११ सेप्टेम्वर सन् १९५९ को सम्मेलनमा दिनु भएको भाषणमा भन्दछन्,“...पुग्दो सु“गुरको मासु, पुग्दो तरकारी, पुग्दो साबुन, पुग्दो मात्रामा महिलाहरुको कपाल च्याप्ने चिम्टी पाइएन भने उनीहरु त्यसैलाई पक्रेर भन्नेछन्, ‘तिमीहरुले बर्वाद बनायौ †’ उनीहरुले यसो पनि भन्नेछन् कि यो पुरा गर्ने जिम्मेवारी तिमीहरुको हो, हाम्रो होइन । संगठनले बैठक र निर्णय गर्दा उनीहरु चु“सम्म पनि गर्दैनन्,...” यसबाट यो स्पष्ट हुन्छ कि अवसरवादी वुर्जुवाहरु, पार्टीका तुच्छ मनोकांक्षा भएका निम्न पू“जीवादीहरु कतिसम्म गिरेर आफ्नो परिचय दिन्छन्, तर उनीहरुलाई लाज र सरम दुनिया“मा कति पनि लाग्दैन भन्ने कुरा ।

माक्र्स, लेनिन र माओ भन्दछन्,“सर्वहारावादीहरुको एकता सम्बन्धि नारा हो–संसारका मजदुर एक हौ †” यो दुई उदहरणबाट माक्र्सवाद र अवसरवादले अपनाउने असलीरुप छर्लङ्ग हुन्छ । उनीहरुको प्रवृति पार्टीको सैद्धान्तिक र वैचारिक पक्षमा अडान र संघर्ष, ठिक कार्यदिशा र सर्वहारावादी लक्ष्यको बारेमा होशियार र संवेदनशिलता तथा सचेतता अपनाउने दृढताप्रति कुनै सम्बन्ध हुदैन । उनीहरुले पार्टीभित्र अवसर, पद, व्यक्तिगत सुरक्षा र कार्यकर्ताको बलिदानको उद्देश्यप्रति उदासिनता, पार्टीभित्र आफ्नो ठाउ“को चिडचिडाहट आग्रह र त्यहि अनुसारको व्यवहार प्रस्तुत गर्दछन् । अवसरवाद अनुशासनहिनतामा परिणत हुन्छ भन्ने कुरालाई माओ यसरी उल्लेख गर्दछन्,“उनीहरु(अवसरवादीहरु)को ध्याउन्न कसरी संगठन बलियो बनाउ“न सकिन्छ भन्ने भन्दा पनि कसरी भत्काउ“न सकिन्छ भन्नेमा हुन्छ ।” अवसरवादीहरुलाई सन यात सेनसंग तुलना गर्दै माओ भन्दछन्,“चाङ वेन तेन पनि सन यात सेनासंग तुलनायोग्य व्यक्ति होइनन् ।” यसको अर्थ क्रान्तिकारीहरु जो आफुलाई माक्र्सवादी भन्छन् उनीहरु(अवसरवादीहरु) बुर्जुवा दर्शनबाट निर्देशित व्यक्तिहरु भन्दा पनि अनुशासन र सिद्धान्तमा तल हुन्छन् । उनीहरु माक्र्सवादी त कहा“ हो कहा“ सामान्य बुर्जुवा भन्दा पनि आधारभुतरुपमा लायक हुदैनन् । माओ यो सत्यतिर हाम्रो ध्यान आकृष्ट गर्दछन् कि सिद्धान्ततः अवसरवादीहरु आफुले गरेको कमजोरीहरु स्वीकार गर्न सक्दैनन् र मान्दैनन् । उनी भन्दछन्,“जनतालाई (सामान्य मान्छेलाई) त्यसतिबेलासम्म बोल्न दिनुहोस् जतिबेलासम्म उनीहरुको बोल्ने कुरा सकिदैन । उनीहरुले तपाईका बारेमा कुरा काट्न छाडे भने त्यतिखेर तपाई बुभ्mनुहोस् कि तपाई सच्चिनु भयो ।” यसबाट यो सहज निस्कर्ष निस्कन्छ कि अवसरवादीहरुले अपनाउने एकता र फुट तथा पार्टी निर्माणको लक्ष्य तत्कालिन व्यवहारिक फाइदासंग जोडिएको हुन्छ । माक्र्सवादीहरुले पार्टी एकता र फुट सिद्धान्तको आधारमा अर्थात सर्वहारा विश्व दृष्टिकोणको आधारमा गर्नुपर्दछ । एउटा व्यक्तिसंगको सम्बन्ध र सरोकारको विषयमा उदारता र कठोरताको द्वण्द्वात्मक व्यवहार उनीहरुको पक्षधरता, विश्व दृष्टिकोण र व्यवहारिक गतिविधि अनुसार हामी माक्र्सवादीहरुले व्यवहारतः लागू गर्न सक्नु पर्दछ न कि भावनात्मक र विचारामा । यसरी माओले अनुशासन र एकताको बारेमा धेरै प्रसंगका साथ धेरै सन्दर्भहरु पेश गर्नु भएको छ ।

जनवादी केन्द्रीयताको प्रश्नमा माओ भन्दछन््,“पार्टीभित्र होस् या वाहिर होस् पूर्णतः जनवादी जीवन ह्ुनुपर्दछ । त्यसो भन्नुको अर्थ जनवादी केन्द्रीयतालाई सचेतताका साथ लागू गर्नु हो । ...आलोचित र आलोचना एउटा विधि हो, ...के हो त केन्द्रीयता ? पहिलो कुरा, यो सहि बिचारहरुको केन्द्रीकरण हो जसको बुझाइ, नीति, योजना, नेतृत्व र काममा एकता कायम हुन्छ ।” यो उद्धहरणबाट यो कुरा उजागर हुन्छ कि एउटा माक्र्सवादी व्यक्तिले जनवादी र केन्द्रीयतालाई ठिक ढंगले बुझ्नु पर्दछ । तर हामी देख्दछौ कि आफुलाई भैंकर बुझेका र जानेका छौं भन्नेहरुले यसको अन्तरसम्बन्धलाई बुझ्न नसकेको वा बुझेर पनि आफ्नो व्यक्तिगत उद्देश्यमा लगातार उन्मुख र परिणत भएको । उनीहरुमा एकता, आलोचना, आत्मालोचना, जनवादी केन्द्रीयताका प्रश्नहरुमा सर्वहारा विश्व दृष्टिकोणको आधार हुदैन । जनवादी केन्द्रीयताको बारेमा माओ भन्दछन्, “जनवादी केन्द्रीयताले दबाउनेहरु हुन्–जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरु, कम्युनिस्ट विरोधी दक्षिणपन्थी तत्वहरु र गलत तत्वहरु ।” वर्ग संघर्षको ्राजनीतिक लडाइमा दया, माया, सम्बन्ध, उठबस, पुरानो साथी वा गठबन्धन र सहकार्य आदि प्रश्नहरुलाई पनि सर्वहारावादी विश्व दृष्टिकोणकै आधारमा हेरिनु पर्दछ । गलत विचार जो कसैले प्रवाह गरे पनि आलोचनात्मक सृजनशिलता अपनाइनु पर्दछ । वास्तवमा हाम्रो गल्ति भनेको हामीसंग जे छ, जे गर्न सकिन्छ र जे गर्न आवश्यक छ त्यो भन्दा बढि फुर्तिफार्ति गर्नु हो ।

हाम्रो पार्टीको केहि कामरेडहरुले माओवादीहरुसंग पार्टी एकताका आधारहरु खोज्ने र पार्टी एकीकरण गर्न सकिन्छ भन्ने तर्कहरु दिइरहनु भएको छ । यहि प्रसंगमा उल्लेखनीय पक्षतिर ध्यान दिन र गंभिर छलफल गर्न आवश्यक छ । राजनीतिक लडाइमा सैद्धान्तिक पक्ष र त्यसले पार्ने दुरगामी असर पक्षको कति महत्व हुन्छ भन्ने कुरा माथि संक्षिप्त उल्लेख गरि सकियो । अब माओवादी र हाम्रो पार्र्टीको संद्धान्तिक, नेपाली क्रान्तिको कार्यदिशाको बुझाई र आफ्नो पार्टीको सैद्धान्तिक बुझाइ अनुसारको क्रियाकलाप र व्यवहारिक रुखतिर विश्लेषणात्मक ध्यान दिऔं ।

नेपाली कम्युनिस्ट आन्दोलनमा मुलतः ‘माओवादी’ वाक्यांशको प्रयोग ०५१–०५२ सालको समयावधिदेखि चलनचल्तिमा ल्याइयो । त्यो भन्दा अगाडि “वाद”संग जोडिएको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र लिइन्थ्यो । माओको नेतृत्वमा माओकै जीवनकालमा पनि माओको विचार र योगदानलाई “वाद” वा के मान्ने बहस चल्यो । चिनको कम्युनिस्ट पार्टीले उनले माक्र्सवादी आन्दोलनमा गरेको योगदान र विचार प्रवाहलाई विचारधारा मान्न सकिन्छ भनेर उच्च मुल्यांकनका साथ टुंग्यायो ।

यो वाक्यांशको प्रवेश मुलत षडयन्त्रकारी लिन प्याओ र त्यस्तै पात्र वा पदका भोकाहरुले माओले वैकल्पिक नेतृत्वको आवश्यकताको विषयमा विचार प्रवाह गर्न थालिरहेको अवस्थामा विशेषत माओको चाकरी गर्ने र नेतृत्व हत्याउने गलत मनसायले ल्याएका थिए । “वाद”को प्रश्न दार्शनिक र सैद्धान्तिक छलफलसंग जोडेर ल्याएका थिएनन् । उनीहरुले नेतृत्व हत्याउन अन्तिम अवस्थासम्म माओले बोलेका शब्द–शब्दलाई अतिरञ्जित ढंगले बढिचढाइ गरि नै रहे । तर यो विषयमा आम वहस गरि सकेपछि चीनी कम्युनिस्ट पार्टीले ठिक विश्लेषणका साथ यो समस्यालाई टुंग्यायो । तर उनीहरुको षडयन्त्रकारी र भद्धा निम्न पू“जीवादी चरित्र त्यतिखेर उदाङ्गो भयो, जतिखेर माओको हत्या गर्ने योजना विफल भयो । यसबाट यो स्पष्ट हुन्छ कि कुनै पनि चिज र वस्तुस्थिति तथा त्यसप्रति अपनाइने रुखको प्रश्नमा दार्शनिक र सैद्धान्तिक प्रश्न जोडिएको हुन्छ र अवसरवादीहरुले व्यक्तिगत उद्देश्यको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा दिनको घाम झै छर्लङ्गै हुन्छ । एउटा समयावधिमा विश्वास गरेका लीन प्याओ र त्यस्तै अन्य पात्रहरुको त्यससंग जोडिएका सैद्धान्तिक र दार्शनिक तथा उनीहरुका निम्न पू“जीवादी चिन्तन र प्रवृतिको पछि माओले खुलेरै भण्डाफोर गरे, जतिखेर लिन प्याओहरुले माओलाई “महामानव” को रुपमा मान्नु पर्दछ भनेर बढिचढाई व्याख्या गरिरहेका थिए । यसो गर्नुमा उनीहरुमा सैद्धान्तिक र दार्शनिक पक्षमा आएको भड्कावलाई उजागर गर्नु थियो ।

माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी तथा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको हावी भयो । त्यो अवस्थालाई सैद्धान्तिक प्रतिवाद गर्न कतिपय व्यक्तिहरुले राम्रै मनसायले पनि प्रतिक्रियावादी अवसरवाद र संशोधनवाद विरुद्ध माओले चलाएको सांस्कृतिक क्रान्तिको उच्च मुल्यांकन गर्दै माओवाद वाक्यांशको प्रयोग पनि गर्ने गरियो । तर त्यस विरुद्धको सहि प्रतिवाद गर्न “माओवाद” शब्दको प्रयोग ठिक थिएन, बरु सहि नीति र कार्यनीतिको निरन्तरको प्रयोग नै हुनुपर्दथ्यो ।

अब “वाद” वाक्यांशको व्यष्टि र समष्टि विश्लेषणतिर जाऔ । “वाद” अग्रेजीको “ism” हो । “ism”को शाब्दिक अर्थ विज्ञान पनि हो । विज्ञानले कुनै पनि चीज र वस्तुस्थितिको तथ्यसंगत व्याख्या–विश्लेषण र शस्लेषण गर्दछ । विज्ञानका अध्ययन क्षेत्र वृहत भए पनि व्यष्टिगत रुपले एउटा आधारलाई अध्ययनको क्षेत्र बनाउन सकिन्छ । त्यसैले निश्चित अवस्था र अवधिको समाजिक सभ्यताको बैज्ञानिक व्याख्या र त्यस अवधिको क्रान्तिको समग्र व्याख्या “ism” वा “वाद” हो । त्यसैले यसमा चुरो कुरा यो छ कि “वाद”ले सामाजिक अवस्था र चरणको सामाजिक क्रान्तिको सापेक्षिक व्याख्या गर्दछ । अथवा “वाद” एउटा सामाजिक अवस्था र चरणमा सामाजिक क्रान्तिको वस्तुगत व्याख्या–विश्लेषण हो । त्यसप्रतिको प्रक्रियागत व्याख्या हो । त्यसैले शब्दहरुको प्रयोगमा हामी जसरी रुखलाई घर, घरलाई गाडि, गाडिलाई साडि भन्न सकिदैन, त्यसरी नै “वाद” वाक्यांशको ठाउ“मा विचारधारा वा विचारधाराको ठाउ“मा “वाद” भन्न सकिदैन । किनभने त्यसले निश्चित बोझिलो र गहकिलो दार्शनिक अर्थ बोकेको छ । वा यो यस्तो शब्द हो जो आफैमा दार्शनिक अर्थ छ । यदि त्यस्तो नहुदो हो त वा दार्शनिक पक्षमा भिन्नता नहुदो हो त तत्कालिन गतिविधिमा आकास जमिनको फरक हुदैन थियो । एउटा मान्छे निर्देशित हुने कुरा भनेकै उसको दार्शनिक पक्ष नै हो । त्यसैले माओवादको व्याख्या–विश्लेषण गर्ने शक्तिहरुद्वारा एउटा अतिवादी भड्कावको प्रतिवादमा अर्को अतिवादद्वारा गर्ने असफल कोशिस मात्र हो । नेपालको शन्दर्भमा वास्तवमा यो वाक्यांशको संस्थापकद्वारा जसरी दार्शनिक भड्काव र व्यवहारिक अवसरवादी कोणद्वारा प्रयोग गर्ने योजनाबाट ल्याइएको थियो । अहिले पनि विश्व कम्यनिस्ट आन्दोलनमा भड्काववादी दृष्टिदोषद्वारा नै प्रयोग गर्ने निरन्तरता छ ।

केहि साथीहरुले जो माओवादीसंग पार्टी एकता गर्न सकिन्छ र त्यहिभित्र बसेर पनि माक्र्सवादी आन्दोलनको लागि योगदान र संघर्ष गर्न सकिन्छ वा दुई लाइनको संघर्ष जारी राख्न सकिन्छ भनेर माओवादीले गरेका गंभिर सैद्धान्तिक र बैचारिक भड्काव विरुद्धको संघर्षप्रति नजरअन्दाज गर्ने षडयन्त्रकारी धोकाधडी प्रवृति मौलाउन प्रश्रय दिनु भएको छ । यो माक्र्सवादप्रतिको धोका हो । वाद वा विचारधारा एउटै हो, वा विचारधारा÷माओवाद राखेर पार्टी एकता गर्न सकिन्छ भनेर उदार पक्षको जिकीर सुन्न पाईन्छ । उनीहरुले यो जिकीर गर्न सकेका छैनन् कि यदि यो प्रश्न एउटै हो भने माओवादीहरु विचारधारात्मक संघर्षमा पछि विचारधारा मान्न सक्छन् वा सैद्धान्तिक लडाइमा आफु माओवाद तथा प्रचण्डपथ पनि मान्न सक्छौ । तर यस्तो नभने पनि यो कुरा सहज सतहमा आउ“दछ कि यो प्रश्नमा व्यक्तिवादी व्यवहारिक सम्झौतातिर क्रान्तिकारिताको नाममा जाने बौद्धिक कसरत हो ।

वास्तबमा माओवादीहरुले माओको पछाडि “वाद” थप्नु पर्ने कारण नै प्रचण्डपथ जोड्नलाई नै थियो भन्ने कुरा दिनको घाम झै छर्लङ्गै भएको छ । माओवादी र जनमोर्चा, नेपाल बीच पार्टी एकता हु“दा प्रचण्डपथ शब्दलाई ‘हाइड’ गर्ने सहमति भएको थियो । तर उनीहरुका कयौं कार्यालयहरुमा स्पष्टरुपमा प्रचण्डपथ–जिन्दावाद लेखिएको छ । यसबाट यो बुझिन्छ कि मानिलिऔं यदि यो विषयलाई छलफल गर्ने उच्च निकायमा लाने हो भने बहुमतले नै यो विचारलाई निरन्तरता दिने निश्चित छ । किनभने यो वुझाइको निरन्तरताको श्रृंखला टुटेकै हुदैन । जहा“ बसेर पनि संघर्ष गर्न सकिन्छ भन्ने ‘महान’ उदारतामा जाने हो भने सहि माक्र्सवादीहरुको अलग पार्टीको आवश्यकता पर्दैन थियो । कांग्रेस वा एमाले पार्टीमा बसेर पनि संघर्ष गर्न सकिने थियो । भड्काववादी सोचहरुबाट भएको पार्टी निर्माण आज आएर फेरि अर्को भड्कावमा गएर अवसान हुने देखिन्छ । यो पार्टी यस्तो जटिल मोडबाट गुज्रिरहेको छ, सेना साथमा छ तर राजनीतिक कार्यदिशा भने दक्षिणपन्थी संशोधनवादी दिशातिरको उन्मुखतामा क्रमशः गइरहेको छ । यस्तो स्थिति यो मात्रामा संसारमा विरलै हुने गर्दछ । तर माओवादीहरु त्यो दिशामा नजाउ“न भन्नका लागि हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र बैचारिक लडाइलाई दृढताका साथ अगाडि बढाउन आवश्यक छ । यद्यपी यो प्रश्नले धेरै कामरेडहरुमा भ्रम दिएको छ, अलमलता ल्याइदिएको छ । यदि यो पक्षलाई मिहिन तरिकाले बुझ्न नखोज्ने हो भने अबको आधुनिक संशोधनवादलाई परास्त र भण्डाफोर गर्न सकिदैन । यसो नगर्ने हो भने देखि माक्र्सवादी मर्ममाथि वा आन्दोलनप्रति धोका हुन्छ, संशोधनवादीहरुको चालबाजीको शिकार हुइन्छ । यो कुरा पनि सबैले बुझ्न आवश्यक छ कि पार्टीभित्र रडाको मच्याएर, खैलाबैला गरेर, अनुशासनहिन काम गरेर, बैचारिक स्तर कम भएकालाई लविङ्ग गरेर पार्टी एकता हुदैन । विचार र कार्यक्रमको सामिप्यताले नै पार्टी एकीकरणको दिशामा लैजान्छ । त्यसैले अहिलेको आवश्यकता पार्टी निर्माण पनि हो । बैचारिक संघर्षहिन निरपेक्ष पार्टी एकीकरणको हामीले विरोध गरेर जानु पर्दछ ।

पार्टी एकीकरण र निर्माण तथा अनुशासन र एकताको प्रश्नमा केहि सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु ।

अग्रगति साप्ताहिक, वर्ष ३, अंक ४६
२०६६ सावन ८
पार्टी एकीकरण र निर्माण तथा अनुशासन र एकताको प्रश्नमा केहि सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु ।

नेपालको कम्युनिस्ट आन्दोलनमा हिजो भन्दा कयौ गुणा बढि संशोधनवादी अवसरवादको विरुद्धको आन्दोलनको आवश्यकता बढेर गएको छ । यहि सवाल विश्व कम्युनिस्ट आन्दोलनको अत्यन्तै चुनौतिपूर्ण र घनिभुतरुपमा भण्डाफोर र निर्मम संघर्ष गर्नु पर्ने तड्कारो सवाल पनि हो । यसको मुल स्रोत व्यक्तिवादी महत्वकांक्षा वा निम्नपू“जीवादी चिन्तनको अवसरवादी छटपटाहट हो । अधिभुतवादी चिन्तनको एउटा दृष्य अंश हो । अहिले यो वास्तविकता हाम्रो सामु छ कि यो प्रवृति र चिन्तनसंग माक्र्सवादीहरुले व्यवस्थित संघर्ष र लडाइ लड्न नसक्नुको परिणाम आज संसारभरि कम्युनिस्ट आन्दोलनमा उनीहरुको उपस्थिति हावी भएको छ । यसको अर्थ सच्चा माक्र्सवादीहरुको उपस्थिति उल्लेखिय रुपमा छैन भन्ने होईन । सर्वहारा विश्वदृष्टिकोणप्रति दृढता र चुनौतिपुर्ण संघर्षशिलताप्रति उदासिनता, अलमलता वा अवसरवादी व्यक्तिहरुकै कारण कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी विसर्जनवादी र प्रतिक्रयावादीहरुको रुचाइने खरिदविक्रिको वस्तु बनाइएको छ भने अर्कोतिर उग्रवामपन्थी र संकिर्णतावादी सोच र प्रवृतिबाट पनि कम्युनिष्ट आन्दोलनलाई ठुलो मात्रामा क्षति पुर्याउने काम भई नै रहेको छ । संकीर्ण सो“च र प्रवृतिले सबै ग्ँतिविधि र अनुशासनलाई सीमित र सा“घुरो नेराघेरामा हेर्ने गर्दछ । यो आफै यस्तै भड्काव हो, जसले अन्य भडकावहरुलाई मलजल र अतिवादलाई जन्म दिने वातावरण सृजना गर्दछ । उग्रवामपन्थी भड्काव, संकीर्णता र अन्य अवसरवादी रुपका भड्काव तथा दक्षिणपन्थी विर्सजनवाद निम्न पु“जीवादी वा अधिभुतवादी विश्व दृष्टिकोणको नै परिणाम हो । दक्षिणपन्थी विर्सजनवाद तथा अन्य रुपका अवसरवाद अति उदारवाद, अनुशासनहिनता, सैद्धान्तिक तथा राजनीतिक लडाइमा दृढता होइन सम्झौता र व्यक्तिगत महत्वकांक्षाको परिणामबाट जन्म लिन्छन् । यो प्रवृति र चिन्तन त्यतिखेर परास्त हुन्छ जतिखेर सर्वहारा विश्व दृष्टिकोणको आलोकमा सामुहिक प्रयत्न चरम उत्कर्समा पुर्याउन सकिन्छ । त्यहा न त भावनात्मक सम्बन्धले काम गरेको हुन्छ, न त त्यहा चिनेको र लामो कालसम्म संगै उठबस गरेको पुरानो साथीको सम्बन्ध नै हुन्छ, न त त्यहा अन्य सम्बन्धले मौलाउ“ने मौका नै पाउछ । त्यहा“ स्पष्ट र निर्मम सैद्धान्तिक संघर्ष हुन्छ । त्यहि अनुसारको राजनीतिक आन्दोलनले आमुने सामुने लडाइको चरणमा सबै कु्राको फैसला गर्दै जान्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा आज आएर फेरि यहि प्रश्नमा वहस शुरु भएको छ । संकीर्णता, उग्रवामपन्थी, फेरि अवसरवाद, संशोधनवाद, दक्षिणपन्थी विसर्जनवाद वा निम्न पू“जीवादी चिन्तनको विभिन्न दृष्यरुपहरु नेपाली कम्युनिस्ट आन्दोलनमा सुरक्षित र भद्धा तरिकाका साथ विद्यमान छन् । यसको नेतृत्व एमाले र माओवादी मध्ये कसले गर्ने भन्ने होडबाजी नै चलेको छ भन्दा अत्तित्युक्ति नहोला । अवसरवादीहरुको सशक्त ध्रुविकरण र पुनर्मिलनको ठुलो लहर नै आउने अवस्था प्रवल छ । हिजो एमालेको आकार बढ्ने समयमा क्रान्तिकै नाममा एकीकरण र ध्रुविकरणको अभियान चलेको थियो भने अहिले फेरि माओवादीको नाममा त्यहि काम पुनरावृति भएको छ । यो अवस्थाको उजागर निकट भविष्यमा नै हुने स्थिति प्रवल संभावना छ । अब यी पक्षहरुसंग जोडिएका सैद्धान्तिक, राजनीतिक र व्यवहारिक पक्षको वारेमा चर्चा गरौं ।

माओले “पार्टी अनुशासन र एकता” बारेमा अवसरवादी र वुर्जुवाहरुले अपनाउने रुखको बारेमा वा उनीहरुको लुच्छो प्रवृतिको बारेमा ११ सेप्टेम्वर सन् १९५९ को सम्मेलनमा दिनु भएको भाषणमा भन्दछन्,“...पुग्दो सु“गुरको मासु, पुग्दो तरकारी, पुग्दो साबुन, पुग्दो मात्रामा महिलाहरुको कपाल च्याप्ने चिम्टी पाइएन भने उनीहरु त्यसैलाई पक्रेर भन्नेछन्, ‘तिमीहरुले बर्वाद बनायौ †’ उनीहरुले यसो पनि भन्नेछन् कि यो पुरा गर्ने जिम्मेवारी तिमीहरुको हो, हाम्रो होइन । संगठनले बैठक र निर्णय गर्दा उनीहरु चु“सम्म पनि गर्दैनन्,...” यसबाट यो स्पष्ट हुन्छ कि अवसरवादी वुर्जुवाहरु, पार्टीका तुच्छ मनोकांक्षा भएका निम्न पू“जीवादीहरु कतिसम्म गिरेर आफ्नो परिचय दिन्छन्, तर उनीहरुलाई लाज र सरम दुनियामा कति पनि लाग्दैन भन्ने कुरा ।

माक्र्स, लेनिन र माओ भन्दछन्,“सर्वहारावादीहरुको एकता सम्बन्धि नारा हो–संसारका मजदुर एक हौ †” यो दुई उदहरणबाट माक्र्सवाद र अवसरवादले अपनाउने असलीरुप छर्लङ्ग हुन्छ । उनीहरुको प्रवृति पार्टीको सैद्धान्तिक र वैचारिक पक्षमा अडान र संघर्ष, ठिक कार्यदिशा र सर्वहारावादी लक्ष्यको बारेमा होशियार र संवेदनशिलता तथा सचेतता अपनाउने दृढताप्रति कुनै सम्बन्ध हुदैन । उनीहरुले पार्टीभित्र अवसर, पद, व्यक्तिगत सुरक्षा र कार्यकर्ताको बलिदानको उद्देश्यप्रति उदासिनता, पार्टीभित्र आफ्नो ठाउ“को चिडचिडाहट आग्रह र त्यहि अनुसारको व्यवहार प्रस्तुत गर्दछन् । अवसरवाद अनुशासनहिनतामा परिणत हुन्छ भन्ने कुरालाई माओ यसरी उल्लेख गर्दछन्,“उनीहरु(अवसरवादीहरु)को ध्याउन्न कसरी संगठन बलियो बनाउ“न सकिन्छ भन्ने भन्दा पनि कसरी भत्काउ“न सकिन्छ भन्नेमा हुन्छ ।” अवसरवादीहरुलाई सन यात सेनसंग तुलना गर्दै माओ भन्दछन्,“चाङ वेन तेन पनि सन यात सेनासंग तुलनायोग्य व्यक्ति होइनन् ।” यसको अर्थ क्रान्तिकारीहरु जो आफुलाई माक्र्सवादी भन्छन् उनीहरु(अवसरवादीहरु) बुर्जुवा दर्शनबाट निर्देशित व्यक्तिहरु भन्दा पनि अनुशासन र सिद्धान्तमा तल हुन्छन् । उनीहरु माक्र्सवादी त कहा हो कहा सामान्य बुर्जुवा भन्दा पनि आधारभुतरुपमा लायक हुदैनन् । माओ यो सत्यतिर हाम्रो ध्यान आकृष्ट गर्दछन् कि सिद्धान्ततः अवसरवादीहरु आफुले गरेको कमजोरीहरु स्वीकार गर्न सक्दैनन् र मान्दैनन् । उनी भन्दछन्,“जनतालाई (सामान्य मान्छेलाई) त्यसतिबेलासम्म बोल्न दिनुहोस् जतिबेलासम्म उनीहरुको बोल्ने कुरा सकिदैन । उनीहरुले तपाईका बारेमा कुरा काट्न छाडे भने त्यतिखेर तपाई बुभ्mनुहोस् कि तपाई सच्चिनु भयो ।” यसबाट यो सहज निस्कर्ष निस्कन्छ कि अवसरवादीहरुले अपनाउने एकता र फुट तथा पार्टी निर्माणको लक्ष्य तत्कालिन व्यवहारिक फाइदासंग जोडिएको हुन्छ । माक्र्सवादीहरुले पार्टी एकता र फुट सिद्धान्तको आधारमा अर्थात सर्वहारा विश्व दृष्टिकोणको आधारमा गर्नुपर्दछ । एउटा व्यक्तिसंगको सम्बन्ध र सरोकारको विषयमा उदारता र कठोरताको द्वण्द्वात्मक व्यवहार उनीहरुको पक्षधरता, विश्व दृष्टिकोण र व्यवहारिक गतिविधि अनुसार हामी माक्र्सवादीहरुले व्यवहारतः लागू गर्न सक्नु पर्दछ न कि भावनात्मक र विचारामा । यसरी माओले अनुशासन र एकताको बारेमा धेरै प्रसंगका साथ धेरै सन्दर्भहरु पेश गर्नु भएको छ ।

जनवादी केन्द्रीयताको प्रश्नमा माओ भन्दछन््,“पार्टीभित्र होस् या वाहिर होस् पूर्णतः जनवादी जीवन ह्ुनुपर्दछ । त्यसो भन्नुको अर्थ जनवादी केन्द्रीयतालाई सचेतताका साथ लागू गर्नु हो ।...आलोचित र आलोचना एउटा विधि हो, ...के हो त केन्द्रीयता ? पहिलो कुरा, यो सहि बिचारहरुको केन्द्रीकरण हो जसको बुझाइ, नीति, योजना, नेतृत्व र काममा एकता कायम हुन्छ ।” यो उद्धहरणबाट यो कुरा उजागर हुन्छ कि एउटा माक्र्सवादी व्यक्तिले जनवादी र केन्द्रीयतालाई ठिक ढंगले बुझ्नु पर्दछ । तर हामी देख्दछौ कि आफुलाई भैंकर बुझेका र जानेका छौं भन्नेहरुले यसको अन्तरसम्बन्धलाई बुझ्न नसकेको वा बुझेर पनि आफ्नो व्यक्तिगत उद्देश्यमा लगातार उन्मुख र परिणत भएको । उनीहरुमा एकता, आलोचना, आत्मालोचना, जनवादी केन्द्रीयताका प्रश्नहरुमा सर्वहारा विश्व दृष्टिकोणको आधार हुदैन । जनवादी केन्द्रीयताको बारेमा माओ भन्दछन्, “जनवादी केन्द्रीयताले दबाउनेहरु हुन्–जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरु, कम्युनिस्ट विरोधी दक्षिणपन्थी तत्वहरु र गलत तत्वहरु ।” वर्ग संघर्षको ्राजनीतिक लडाइमा दया, माया, सम्बन्ध, उठबस, पुरानो साथी वा गठबन्धन र सहकार्य आदि प्रश्नहरुलाई पनि सर्वहारावादी विश्व दृष्टिकोणकै आधारमा हेरिनु पर्दछ । गलत विचार जो कसैले प्रवाह गरे पनि आलोचनात्मक सृजनशिलता अपनाइनु पर्दछ । वास्तवमा हाम्रो गल्ति भनेको हामीसंग जे छ, जे गर्न सकिन्छ र जे गर्न आवश्यक छ त्यो भन्दा बढि फुर्तिफार्ति गर्नु हो ।

हाम्रो पार्टीको केहि कामरेडहरुले माओवादीहरुसंग पार्टी एकताका आधारहरु खोज्ने र पार्टी एकीकरण गर्न सकिन्छ भन्ने तर्कहरु दिइरहनु भएको छ । यहि प्रसंगमा उल्लेखनीय पक्षतिर ध्यान दिन र गंभिर छलफल गर्न आवश्यक छ । राजनीतिक लडाइमा सैद्धान्तिक पक्ष र त्यसले पार्ने दुरगामी असर पक्षको कति महत्व हुन्छ भन्ने कुरा माथि संक्षिप्त उल्लेख गरि सकियो । अब माओवादी र हाम्रो पार्र्टीको संद्धान्तिक, नेपाली क्रान्तिको कार्यदिशाको बुझाई र आफ्नो पार्टीको सैद्धान्तिक बुझाइ अनुसारको क्रियाकलाप र व्यवहारिक रुखतिर विश्लेषणात्मक ध्यान दिऔं ।

नेपाली कम्युनिस्ट आन्दोलनमा मुलतः ‘माओवादी’ वाक्यांशको प्रयोग ०५१–०५२ सालको समयावधिदेखि चलनचल्तिमा ल्याइयो । त्यो भन्दा अगाडि “वाद”संग जोडिएको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र लिइन्थ्यो । माओको नेतृत्वमा माओकै जीवनकालमा पनि माओको विचार र योगदानलाई “वाद” वा के मान्ने बहस चल्यो । चिनको कम्युनिस्ट पार्टीले उनले माक्र्सवादी आन्दोलनमा गरेको योगदान र विचार प्रवाहलाई विचारधारा मान्न सकिन्छ भनेर उच्च मुल्यांकनका साथ टुंग्यायो ।

यो वाक्यांशको प्रवेश मुलत षडयन्त्रकारी लिन प्याओ र त्यस्तै पात्र वा पदका भोकाहरुले माओले वैकल्पिक नेतृत्वको आवश्यकताको विषयमा विचार प्रवाह गर्न थालिरहेको अवस्थामा विशेषत माओको चाकरी गर्ने र नेतृत्व हत्याउने गलत मनसायले ल्याएका थिए । “वाद”को प्रश्न दार्शनिक र सैद्धान्तिक छलफलसंग जोडेर ल्याएका थिएनन् । उनीहरुले नेतृत्व हत्याउन अन्तिम अवस्थासम्म माओले बोलेका शब्द–शब्दलाई अतिरञ्जित ढंगले बढिचढाइ गरि नै रहे । तर यो विषयमा आम वहस गरि सकेपछि चीनी कम्युनिस्ट पार्टीले ठिक विश्लेषणका साथ यो समस्यालाई टुंग्यायो । तर उनीहरुको षडयन्त्रकारी र भद्धा निम्न पू“जीवादी चरित्र त्यतिखेर उदाङ्गो भयो, जतिखेर माओको हत्या गर्ने योजना विफल भयो । यसबाट यो स्पष्ट हुन्छ कि कुनै पनि चिज र वस्तुस्थिति तथा त्यसप्रति अपनाइने रुखको प्रश्नमा दार्शनिक र सैद्धान्तिक प्रश्न जोडिएको हुन्छ र अवसरवादीहरुले व्यक्तिगत उद्देश्यको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा दिनको घाम झै छर्लङ्गै हुन्छ । एउटा समयावधिमा विश्वास गरेका लीन प्याओ र त्यस्तै अन्य पात्रहरुको त्यससंग जोडिएका सैद्धान्तिक र दार्शनिक तथा उनीहरुका निम्न पूजीवादी चिन्तन र प्रवृतिको पछि माओले खुलेरै भण्डाफोर गरे, जतिखेर लिन प्याओहरुले माओलाई “महामानव” को रुपमा मान्नु पर्दछ भनेर बढिचढाई व्याख्या गरिरहेका थिए । यसो गर्नुमा उनीहरुमा सैद्धान्तिक र दार्शनिक पक्षमा आएको भड्कावलाई उजागर गर्नु थियो ।

माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी तथा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको हावी भयो । त्यो अवस्थालाई सैद्धान्तिक प्रतिवाद गर्न कतिपय व्यक्तिहरुले राम्रै मनसायले पनि प्रतिक्रियावादी अवसरवाद र संशोधनवाद विरुद्ध माओले चलाएको सांस्कृतिक क्रान्तिको उच्च मुल्यांकन गर्दै माओवाद वाक्यांशको प्रयोग पनि गर्ने गरियो । तर त्यस विरुद्धको सहि प्रतिवाद गर्न “माओवाद” शब्दको प्रयोग ठिक थिएन, बरु सहि नीति र कार्यनीतिको निरन्तरको प्रयोग नै हुनुपर्दथ्यो ।

अब “वाद” वाक्यांशको व्यष्टि र समष्टि विश्लेषणतिर जाऔ । “वाद” अग्रेजीको “ism” हो । “ism”को शाब्दिक अर्थ विज्ञान पनि हो । विज्ञानले कुनै पनि चीज र वस्तुस्थितिको तथ्यसंगत व्याख्या–विश्लेषण र शस्लेषण गर्दछ । विज्ञानका अध्ययन क्षेत्र वृहत भए पनि व्यष्टिगत रुपले एउटा आधारलाई अध्ययनको क्षेत्र बनाउन सकिन्छ । त्यसैले निश्चित अवस्था र अवधिको समाजिक सभ्यताको बैज्ञानिक व्याख्या र त्यस अवधिको क्रान्तिको समग्र व्याख्या “ism” वा “वाद” हो । त्यसैले यसमा चुरो कुरा यो छ कि “वाद”ले सामाजिक अवस्था र चरणको सामाजिक क्रान्तिको सापेक्षिक व्याख्या गर्दछ । अथवा “वाद” एउटा सामाजिक अवस्था र चरणमा सामाजिक क्रान्तिको वस्तुगत व्याख्या–विश्लेषण हो । त्यसप्रतिको प्रक्रियागत व्याख्या हो । त्यसैले शब्दहरुको प्रयोगमा हामी जसरी रुखलाई घर, घरलाई गाडि, गाडिलाई साडि भन्न सकिदैन, त्यसरी नै “वाद” वाक्यांशको ठाउ“मा विचारधारा वा विचारधाराको ठाउमा “वाद” भन्न सकिदैन । किनभने त्यसले निश्चित बोझिलो र गहकिलो दार्शनिक अर्थ बोकेको छ । वा यो यस्तो शब्द हो जो आफैमा दार्शनिक अर्थ छ । यदि त्यस्तो नहुदो हो त वा दार्शनिक पक्षमा भिन्नता नहुदो हो त तत्कालिन गतिविधिमा आकास जमिनको फरक हुदैन थियो । एउटा मान्छे निर्देशित हुने कुरा भनेकै उसको दार्शनिक पक्ष नैै हो । त्यसैले माओवादको व्याख्या–विश्लेषण गर्ने शक्तिहरुद्वारा एउटा अतिवादी भड्कावको प्रतिवादमा अर्को अतिवादद्वारा गर्ने असफल कोशिस मात्र हो । नेपालको शन्दर्भमा वास्तवमा यो वाक्यांशको संस्थापकद्वारा जसरी दार्शनिक भड्काव र व्यवहारिक अवसरवादी कोणद्वारा प्रयोग गर्ने योजनाबाट ल्याइएको थियो । अहिले पनि विश्व कम्यनिस्ट आन्दोलनमा भड्काववादी दृष्टिदोषद्वारा नै प्रयोग गर्ने निरन्तरता छ ।

केहि साथीहरुले जो माओवादीसंग पार्टी एकता गर्न सकिन्छ र त्यहिभित्र बसेर पनि माक्र्सवादी आन्दोलनको लागि योगदान र संघर्ष गर्न सकिन्छ वा दुई लाइनको संघर्ष जारी राख्न सकिन्छ भनेर माओवादीले गरेका गंभिर सैद्धान्तिक र बैचारिक भड्काव विरुद्धको संघर्षप्रति नजरअन्दाज गर्ने षडयन्त्रकारी धोकाधडी प्रवृति मौलाउन प्रश्रय दिनु भएको छ । यो माक्र्सवादप्रतिको धोका हो । वाद वा विचारधारा एउटै हो, वा विचारधारा÷माओवाद राखेर पार्टी एकता गर्न सकिन्छ भनेर उदार पक्षको जिकीर सुन्न पाईन्छ । उनीहरुले यो जिकीर गर्न सकेका छैनन् कि यदि यो प्रश्न एउटै हो भने माओवादीहरु विचारधारात्मक संघर्षमा पछि विचारधारा मान्न सक्छन् वा सैद्धान्तिक लडाइमा आफु माओवाद तथा प्रचण्डपथ पनि मान्न सक्छौ । तर यस्तो नभने पनि यो कुरा सहज सतहमा आउ“दछ कि यो प्रश्नमा व्यक्तिवादी व्यवहारिक सम्झौतातिर क्रान्तिकारिताको नाममा जाने बौद्धिक कसरत हो ।

वास्तबमा माओवादीहरुले माओको पछाडि “वाद” थप्नु पर्ने कारण नै प्रचण्डपथ जोड्नलाई नै थियो भन्ने कुरा दिनको घाम झै छर्लङ्गै भएको छ । माओवादी र जनमोर्चा, नेपाल बीच पार्टी एकता हु“दा प्रचण्डपथ शब्दलाई ‘हाइड’ गर्ने सहमति भएको थियो । तर उनीहरुका कयौं कार्यालयहरुमा स्पष्टरुपमा प्रचण्डपथ–जिन्दावाद लेखिएको छ । यसबाट यो बुझिन्छ कि मानिलिऔं यदि यो विषयलाई छलफल गर्ने उच्च निकायमा लाने हो भने बहुमतले नै यो विचारलाई निरन्तरता दिने निश्चित छ । किनभने यो वुझाइको निरन्तरताको श्रृंखला टुटेकै हुदैन । जहा“ बसेर पनि संघर्ष गर्न सकिन्छ भन्ने ‘महान’ उदारतामा जाने हो भने सहि माक्र्सवादीहरुको अलग पार्टीको आवश्यकता पर्दैन थियो । कांग्रेस वा एमाले पार्टीमा बसेर पनि संघर्ष गर्न सकिने थियो । भड्काववादी सोचहरुबाट भएको पार्टी निर्माण आज आएर फेरि अर्को भड्कावमा गएर अवसान हुने देखिन्छ । यो पार्टी यस्तो जटिल मोडबाट गुज्रिरहेको छ, सेना साथमा छ तर राजनीतिक कार्यदिशा भने दक्षिणपन्थी संशोधनवादी दिशातिरको उन्मुखतामा क्रमशः गइरहेको छ । यस्तो स्थिति यो मात्रामा संसारमा विरलै हुने गर्दछ । तर माओवादीहरु त्यो दिशामा नजाउ“न भन्नका लागि हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र बैचारिक लडाइलाई दृढताका साथ अगाडि बढाउन आवश्यक छ । यद्यपी यो प्रश्नले धेरै कामरेडहरुमा भ्रम दिएको छ, अलमलता ल्याइदिएको छ । यदि यो पक्षलाई मिहिन तरिकाले बुझ्न नखोज्ने हो भने अबको आधुनिक संशोधनवादलाई परास्त र भण्डाफोर गर्न सकिदैन । यसो नगर्ने हो भने देखि माक्र्सवादी मर्ममाथि वा आन्दोलनप्रति धोका हुन्छ, संशोधनवादीहरुको चालबाजीको शिकार हुइन्छ । यो कुरा पनि सबैले बुझ्न आवश्यक छ कि पार्टीभित्र रडाको मच्याएर, खैलाबैला गरेर, अनुशासनहिन काम गरेर, बैचारिक स्तर कम भएकालाई लविङ्ग गरेर पार्टी एकता हुदैन । विचार र कार्यक्रमको सामिप्यताले नै पार्टी एकीकरणको दिशामा लैजान्छ । त्यसैले अहिलेको आवश्यकता पार्टी निर्माण पनि हो । बैचारिक संघर्षहिन निरपेक्ष पार्टी एकीकरणको हामीले विरोध गरेर जानु पर्दछ ।

हरेक क्रान्तिकारी आन्दोलनमा युवाहरु

शैक्षिक आन्दोलन
वर्ष २, अंक १
२०६६ असोज,प्रकाशक अखिल (एकीकृत)
जिल्ला समिति, रुपन्देही

हरेक क्रान्तिकारी आन्दोलनमा युवाहरु

जीवन र मरणको त्यो अवधी जुन अवधीमा मानिसको मृगतृष्णारुपी सिर्जनशिलता र क्रियाशिल उमेर हुन्छ, त्यो १६–४० वर्ष बीचको अवधीको बोद्यक शब्द नै युवा हो । जीवनको त्यो अवधीमा नै मानव समाजमा समाजको महत्वपूर्ण सभ्यता निर्माणमा एउटा मानिसले इतिहास रचेको छ । विज्ञानलाई अझ परिस्कृत, समुन्नत र पर्दा बाहिर ल्याउन किन उसले चुनौतिपूर्ण जोखिम मोल्न नपरेको होस, तर पनि हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन तयार हुन्छ, उ नै युवा हो ।

दश हजार वर्षको मानवसभ्यता निर्माणको अवधी बीच आजको मानवसभ्यताको चरण र युग आउदासम्म युवाको जोस वा साहस, चुनौतिपूर्ण संघर्ष, राम्रो र सत्य कुराको लागि बलिदानीपुर्ण त्याग, प्रतिक्रियावादीहरु विरुद्ध संगठित प्रतिरोधको श्रृंखला र निरन्तरता नभएको एक क्षण पनि छैन । त्यसैको निरन्तरताको पात्र हो युवा । आज पनि मानिस प्रकृति कै व्यवस्थापन गर्ने क्रम र चरणमा क्रियाशिल छ । त्यसको लागि चुनौतिपूर्ण जोखिम र विजय प्राप्त गर्ने संघर्षको मैदानमा लागेका हुन्छन, त्यो हिजो पनि थियो र आज पनि निरन्तर सकृय छन् । हिजोको सापेक्षिक विश्व परिघट्नाको इतिहास र आजको सापेक्षिक विश्व परिघट्नाको वास्तविकतालाई हेर्दा र वुझ्दा तथ्यहरु हाम्रा अगाडि यसरी आउछन् कि क्रान्तिकारी आन्दोलनले मानवसभ्यताको रुपान्तरण अनिवार्य बनाएको छ, त्यसमा युवाहरुको ठूलो हिस्साको नेतृत्व र सघर्ष बर्करार छ ।

हिजोको आदिमयुग, दासयुग र सामन्तवादी युग आजको विश्वमा केहि अवशेष बाहेक कहि कतै नरहने स्थितिमा पुगेको छ । यि युगमा मानवसभ्यताको व्यवस्थापनका संघर्षहरु, त्यो दँैरँनमा विकास गरिएका उत्पादक शक्ति, साधन र उत्पादन सम्बन्ध, प्रविधीहरुको उत्खनन र व्यवस्थापन आदि सबै क्षेत्रमा मानिसले आफ्नो जीवनको युवा अवधी कै उमेरमा उल्लेखनीय इतिहास राखेका छन् । यि सबै क्षेत्रमा नेतृत्व युवाहरुले नै गरेका थिए, छन् भन्दा अतियुक्ति नहोला ।

समाज विज्ञानको विश्लेषणको आधार उत्पादक शक्ति र उत्पादन सम्बन्ध हो । यसको अर्थ उत्पादनका साधनको अपनत्व वा स्वामित्व कसको हातमा रहने र उत्पादित उपयोगी बस्तुहरुको वितरण र उपभोग कसरी गरिन्छ उक्त विषय नै सघंर्षको आधार हो । यहि आधारबाट सिर्जित मानव समाजमा भएका भिषण संघर्षहरुको जन्मको निरन्तरताले सापेक्षिक उन्नत पू“जीवादी र समाजवादी व्यवस्थाहरुको. अस्तित्व रह्यो । यो प्रशंगमा माक्र्स र एंगेल्सको सटिक निष्कर्ष उल्लेखनीय छ, “आदिम साम्यवादी समाज बाहेक अहिलेसम्मको मानवसभ्यताको इतिहास वर्ग संघर्षको इतिहास हो ।” इतिहासलाई बुझ्दा धेरै समयसम्म उत्पीडित वर्गले आफ्नो वर्गको पक्षमा संगठित रुपले संघर्ष गरेन । धेरै बर्ष मानिसले राज्य वा भुगोल विस्तारको लागि लड्यो । यसको अर्थ त्यो बेलामा वर्ग संघर्ष थिएन भन्ने होइन । जब करिब–करिब त्यो प्रकारको राज्य विस्तारको लडाई प्रायः स्थिरीकरणको अवस्थामा आएको थियो, दासहरुले दास मालिकको विरुद्ध शसक्त र उल्लेखनीय रुपले संगठित प्रतिवाद गरे, दास मालिकहरुको शासन र राज्यलाई चकनाचुर पार्ने दिशामा दासहरु सफल भए । त्यहिदेखि नै मानवसभ्यता निर्माणको संघर्षको स्वरुप गुणात्मकरुपले बदलिन पुग्यो । क्रमशः सामन्तवादीहरुबाट उत्पीडित मानवसमाज उत्पीडितहरुको संगठित प्रतिवादले पू“जीवादलाई जन्मायो भने पू“जीवादीहरुद्वारा उत्पीडित समुदायले समाजवाद स्थापना गर्न पुृगे र यसरी वर्गहरुले नै राज्य संचालन र त्यस माताहतमा रहेका उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आफ्नो नियन्त्रण कायम राख्न पुगे । यसरी उत्पादक शक्ति, उत्पादन सम्बन्ध र राष्ट्रको विद्यमान शासकीय स्वरुप बीच कहिले भिषण संघर्ष र कहिले अस्तित्वमा सहजीकरण भएर रहने कुरालाई माक्र्सले बैज्ञानिक र अलग ढंगले पहिलोपल्ट व्याख्या गर्न पुगे । त्यसपछि मानवसभ्यता आफ्नो समुदाय र सबैको लागि वर्ग संघर्र्षमा व्यवस्थित ढंगले प्रवेश ग¥यो, शासक र शोषित बीच संगठित भिषण संघर्षको दिशामा मानवसभ्यता प्रवेश ग¥यो ।

माक्र्सले मानवसभ्यता विकास विज्ञानको त्यतिखेर विश्लेषण गरिरहेका थिए जतिखेर मानवसभ्यता विकासको एउटा पुरानो अध्यायको अन्त्य र नया“ अध्याय शुरुवातको दिशा प्रशस्त हुन गइरहेको थियो । माक्र्स यो सत्यलाई तोडमोड नगरिकन भन्छन् कि “मेरो हकमा भन्ने हो भने आधुनिक समाजमा वर्गहरुको विद्यमानताको उद्घाटन गरेको श्रेय मलाई छैन, न त यि वर्गहरुबीच पारस्परिक संघर्षको उद्घाटन गरेको श्रेय नै मलाई छ । मैले भन्दा धेरै पहिले नै पू“जीजीवी इतिहासविदहरुले यस वर्ग संघर्षको ऐतिहासिक विकास क्रमको वर्णन गरिसकेका थिए, पू“जीजीवी अर्थशास्त्रीहरुले वर्गको आर्थिक संरचना पत्ता लगाइसकेका थिए । मैले थपेको कुनै नया“ कुरा छ भने त्यो निम्न कुरा प्रमाणित गर्ने तर्क मात्र हो– १) वर्गहरुको विद्यमानता मात्र उत्पादन विकासको निश्चित ऐतिहासिक चरणसित सम्बन्धित छ, २) वर्ग संघर्षले अनिवार्य सर्वहारा वर्गको अधिनायकत्व तर्फ डो¥याउछ, ३) यो अधिनायकत्व स्वयमेव सबै वर्गहरुको उन्मुलन तर्फको संक्रमण हो...।” ( योजेफ वेइमेयरलाई पत्र, सन् ५ मार्च १८५२ ) यसरी इतिहासको व्यँख्या एक प्रकारले भइरहेको थियो र त्यसैलाई निरन्तरता दिने शासकहरुको दमनपूर्ण अवस्थालाई अलग र बैज्ञानिक ढंगले जवाफ दिईन थालियो, संसारलाई वदल्न भिषण बलिदानीपूर्ण संघर्षतिर आफ्ना अभियान संचालन गर्न थालियो, माक्र्स र एंगेल्सले सन् १८४८ मा “कम्युनिस्ट म्यानुफेस्टो” लेख्नु भन्दा केहि वर्ष अगाडिदेखि नै त्यस्तो अभियान शुरु गरेका थिए ।

प्रायः सबै देशहरुमा सामन्तवादी राज्यसत्ता विद्यमान रहेको अवस्थालाई १९ औ देखि २० औ शताब्दीको अन्त्यतिर आइपुग्दा पू“जीवादी र समाजवादी राज्यसत्ता अस्तित्वमा आए । यि दुबै ठूलाठूला क्रान्तिकारी परिवर्तनको नेतृत्व पनि युवाहरुले नै गरेका थिए ।
अहिलेको विश्व पू“जीवादी र त्यसको विकसित रुप साम्राज्यवादी राज्यसत्ता वर्चश्व रहेको विश्व हो । असल समाजवादी राज्यसत्ता अहिलेको विश्वमा अस्तित्वमा नरहे पनि समाजवादी विचार र त्यस्तो राज्यसत्ता प्राप्तिको लागि भिषण संघर्षहरु जारी छन् । यसको अर्थ समाजवादी राज्यसत्ता शोभियत संघ र चीनमा विघटन भए पनि माक्र्स र एंगेल्सको विश्लेषण भन्दा बाहिर अहिले पनि विश्वको क्रान्तिकारी आन्दोलनले अलग मोड लिएकोे छैन । माक्र्सवादलाई नबुझ्नेहरुले प्रतिक्रियावादी कोणबाट माक्र्सवाद विफल भयो भनेर चिच्याइरहेका छन्, हल्ला गरिरहेका छन् । तर वुर्जुवा पू“जीवादी र साम्राज्यवादी राज्यसत्ता र दृष्टिकोण कति कमजोर हु“दै गएको छ, मरणशिल अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा उसको आणविक दमनबाट नै प्रस्ट हुन्छ । शोषणमुलक राज्यसत्ता टिक्दैन ( सामाजिक लोकतन्त्र नै अनिवार्य बन्नजान्छ ) भन्ने कुरा दास र सामन्तवादी युगको पतनबाट नै प्रस्ट हुन्छ ।

१९ औ देखि २० औ शताब्दीको उत्तरार्धसम्म प्रायः संसारैभरि पू“जीवादी क्रान्तिको लागि भिषण वर्ग संघर्ष कायम रहे । यद्यपी केहि वर्ष समाजवादी राज्यसत्ता रहेपनि शोभियत संघ र चीनमा पनि पू“जीवादी क्रान्ति रह्यो । यतिमात्र फरक थियो कि यो क्रान्तिको नेतृत्व खाली समाजवादीहरुले गरेका थिए, किनभने पू“जीवादी क्रान्तिको नेतृत्व समाजवादीहरुले नै गर्नु पर्ने वस्तुगत अवस्था विद्यमान थियो । अहिले संसारैभरि पू“जीवादी क्रान्ति पुरा हुने दिशातिर वर्ग संघर्ष अगाडि बढिरहेको छ । (वर्ग संघर्षबिना यो क्रान्ति पनि संभव नहुने सत्यलाई यहा“ सबैले बुझ्न जरुरी छ) । यो प्रकारको संघर्षको निरन्तरताले अनिवार्य रुपमा समाजवादी क्रान्तिको बाटो प्रशस्त हु“दै गएको छ, बुर्जुवा पू“जीवाद र साम्राज्यवादी नीति प्रायः असफल ह“ुदै गएको छ, गंभिर संकटबाट गुज्रिरहेको छ, समाजवादी तथा साम्यवादी क्रान्तिको लागि क्रान्तिकारी संकट पैदा हु“दै गएको छ । यसर्थ फेरि पनि समाजवादी र साम्यवादी क्रान्ति विकल्प रहित बन्दै गएको छ, किनभने बुर्जुवा पू“जीवादी र साम्राज्यवादी नीति र व्यवस्थाले अन्याय, भेदभाव, चर्को शोषण, दानवीय हिंस्रक दमन, बेरोजगार र महामन्दी, विश्व जनसंख्याको ठूलो पाटोमा भोकमरी, केहिलाई चैन र विलाशिताको निरन्तरतालाई प्रश्रय दिइरहेको छ । जसरी दमनपूर्ण दास मालिक र सामन्तीहरुको व्यवस्था टिक्न सकेन त्यसरी नै यो व्यवस्था पनि टिक्न नसक्ने तथ्य दिनको घाम झै छर्लङ्गै छ ।

राजनीति र उत्पादन शक्ति तथा सम्बन्धमा ठूलाठूला क्रान्तिकारी परिवर्तन भए र भइरहेका छन् । यि दुबै क्षेत्रमा क्रान्तिकारी परिवर्तन यो कारणले संभव भयो र भइरहेको छ कि त्यहा“ क्रान्तिकारी युवा शक्तिको नेतृत्व छ, उनीहरुले नै ठूलाठूला चुनौति झेलेर भए पनि परिवर्तनलाई साकार रुप दिन चुकेका छैनन् । अहिलेको विद्यमानतामा युवाहरुले यो कुरा बुझ्न आवश्यक छ कि यो त्यतिखेर संभव भयो जतिखेर युवा शक्ति प्रकृतिको बस्तुगत नीयम र मानवसभ्यताको वर्ग संघर्षको नीयमलाई ठीक ढंगले बुझ्न सक्नुको साकाररुपी प्रतिफल हो । अहिले पनि विद्यमान विश्व माक्र्सवादी विश्लेषणको आधारबाट नै अगाडि बढिरहेको छ । प्रविधिको विकासको दिशालाई हेर्दा साम्यवादी मानव सभ्यताको आधार प्रशस्त हु“दै गएको छ । मानवसभ्यताको विकास र गतिको तथ्य र वास्तविकतालाई बुझ्ने हो भने आजका हामी युवाहरुको बाटो समाजवादी तथा साम्यवादी क्रान्ति नै हुनेछ ।

मानव सभ्यताले २०० वर्षमा जुन स्तरको विकास हात लगायो, अव त्यो भन्दा चौगुणा विकास १०० वर्षको दौरानमा गर्न सक्ने तागत वा शक्ति प्राप्त गरेको छ । राजनीतिक परिवर्तनको साथ यो शक्तिको व्यवस्थापन आजको मुख्य आवश्यकता हो । यस्तो आवश्यकतालाई पुरा गर्ने अविभारा फेरि पनि युवाहरुको नै हो र गर्ने नै छन् ।

नेपाल कै राजनीतिक परिवर्तनको इतिहासलाई हेर्ने हो भने पनि एउटाकालसम्म राजालाई विष्णुको अवतार मान्ने र मनाउने समाजदेखि गणतन्त्र घोषणा गर्ने अवस्थासम्म आइपुगेको छ । यस्तो अवस्था ल्याउनका लागि लडेर मरेका शहिदहरु प्रायः युवाहरु नै थिए । ०६२÷६३ सालको आन्दोलनलाई हेर्ने हो भने पनि शहिद बनेका महान व्यक्तित्वहरु प्रायः सबै युवाहरु नै थिए । कुनै पनि तानाशाहहरु जसरी संसारभरि नै टिक्न नसके जस्तै नेपालको त्यस्तो राज्य व्यवस्था पनि क्रमश निषेध हु“दै गएको छ ।

अब्राहम लिंकनले दास मालिकहरुको विरुद्ध संघर्ष गरिरहदा, माक्र्सले समाज विज्ञानको विश्लेषण र संघर्ष गरिरहदा, लेनिनले समाजवादको पक्षमा र जारशाही तथा साम्राज्यवादी विरुद्ध लडाइ लडिरहदा, माओले साम्राज्यवाद र सामन्तशाही विरुद्ध समाजवादी अभियान शुरु गरिरहदा सबै युवा उमेरका नै थिए । यि सबै तथ्यबाट यो सत्य अगाडि आउछ कि आजको विश्वलाई बुझेर, किनभने विज्ञानलाई सही तरिकाले बुझ्ने क्षमता र सहि कुराको प्राप्तिको लागि चुनौतिपूर्ण संघर्षमा होमिन सक्ने साहस युवाहरु कै हुन्छ, क्रान्तिकारी परिवर्तनमा जुट्ने संवाहक योद्धाहरु फेरि पनि युवाहरु नै हुन् र हुन्छन् । यो तथ्य सबै युवाहरुले ठिक तरिकाले बुझौं ।

शैक्षिक आन्दोलन
वर्ष २, अंक १
२०६६ असोज,प्रकाशक अखिल (एकीकृत)
जिल्ला समिति, रुपन्देही

हरेक क्रान्तिकारी आन्दोलनमा युवाहरु
उदय राई
जीवन र मरणको त्यो अवधी जुन अवधीमा मानिसको मृगतृष्णारुपी सिर्जनशिलता र क्रियाशिल उमेर हुन्छ, त्यो १६–४० वर्ष बीचको अवधीको बोद्यक शब्द नै युवा हो । जीवनको त्यो अवधीमा नै मानव समाजमा समाजको महत्वपूर्ण सभ्यता निर्माणमा एउटा मानिसले इतिहास रचेको छ । विज्ञानलाई अझ परिस्कृत, समुन्नत र पर्दा बाहिर ल्याउन किन उसले चुनौतिपूर्ण जोखिम मोल्न नपरेको होस, तर पनि हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन तयार हुन्छ, उ नै युवा हो ।

दश हजार वर्षको मानवसभ्यता निर्माणको अवधी बीच आजको मानवसभ्यताको चरण र युग आउदासम्म युवाको जोस वा साहस, चुनौतिपूर्ण संघर्ष, राम्रो र सत्य कुराको लागि बलिदानीपुर्ण त्याग, प्रतिक्रियावादीहरु विरुद्ध संगठित प्रतिरोधको श्रृंखला र निरन्तरता नभएको एक क्षण पनि छैन । त्यसैको निरन्तरताको पात्र हो युवा । आज पनि मानिस प्रकृति कै व्यवस्थापन गर्ने क्रम र चरणमा क्रियाशिल छ । त्यसको लागि चुनौतिपूर्ण जोखिम र विजय प्राप्त गर्ने संघर्षको मैदानमा लागेका हुन्छन, त्यो हिजो पनि थियो र आज पनि निरन्तर सकृय छन् । हिजोको सापेक्षिक विश्व परिघट्नाको इतिहास र आजको सापेक्षिक विश्व परिघट्नाको वास्तविकतालाई हेर्दा र वुझ्दा तथ्यहरु हाम्रा अगाडि यसरी आउछन् कि क्रान्तिकारी आन्दोलनले मानवसभ्यताको रुपान्तरण अनिवार्य बनाएको छ, त्यसमा युवाहरुको ठूलो हिस्साको नेतृत्व र सघर्ष बर्करार छ ।

हिजोको आदिमयुग, दासयुग र सामन्तवादी युग आजको विश्वमा केहि अवशेष बाहेक कहि कतै नरहने स्थितिमा पुगेको छ । यि युगमा मानवसभ्यताको व्यवस्थापनका संघर्षहरु, त्यो दँैरँनमा विकास गरिएका उत्पादक शक्ति, साधन र उत्पादन सम्बन्ध, प्रविधीहरुको उत्खनन र व्यवस्थापन आदि सबै क्षेत्रमा मानिसले आफ्नो जीवनको युवा अवधी कै उमेरमा उल्लेखनीय इतिहास राखेका छन् । यि सबै क्षेत्रमा नेतृत्व युवाहरुले नै गरेका थिए, छन् भन्दा अतियुक्ति नहोला ।

समाज विज्ञानको विश्लेषणको आधार उत्पादक शक्ति र उत्पादन सम्बन्ध हो । यसको अर्थ उत्पादनका साधनको अपनत्व वा स्वामित्व कसको हातमा रहने र उत्पादित उपयोगी बस्तुहरुको वितरण र उपभोग कसरी गरिन्छ उक्त विषय नै सघंर्षको आधार हो । यहि आधारबाट सिर्जित मानव समाजमा भएका भिषण संघर्षहरुको जन्मको निरन्तरताले सापेक्षिक उन्नत पू“जीवादी र समाजवादी व्यवस्थाहरुको. अस्तित्व रह्यो । यो प्रशंगमा माक्र्स र एंगेल्सको सटिक निष्कर्ष उल्लेखनीय छ, “आदिम साम्यवादी समाज बाहेक अहिलेसम्मको मानवसभ्यताको इतिहास वर्ग संघर्षको इतिहास हो ।” इतिहासलाई बुझ्दा धेरै समयसम्म उत्पीडित वर्गले आफ्नो वर्गको पक्षमा संगठित रुपले संघर्ष गरेन । धेरै बर्ष मानिसले राज्य वा भुगोल विस्तारको लागि लड्यो । यसको अर्थ त्यो बेलामा वर्ग संघर्ष थिएन भन्ने होइन । जब करिब–करिब त्यो प्रकारको राज्य विस्तारको लडाई प्रायः स्थिरीकरणको अवस्थामा आएको थियो, दासहरुले दास मालिकको विरुद्ध शसक्त र उल्लेखनीय रुपले संगठित प्रतिवाद गरे, दास मालिकहरुको शासन र राज्यलाई चकनाचुर पार्ने दिशामा दासहरु सफल भए । त्यहिदेखि नै मानवसभ्यता निर्माणको संघर्षको स्वरुप गुणात्मकरुपले बदलिन पुग्यो । क्रमशः सामन्तवादीहरुबाट उत्पीडित मानवसमाज उत्पीडितहरुको संगठित प्रतिवादले पू“जीवादलाई जन्मायो भने पू“जीवादीहरुद्वारा उत्पीडित समुदायले समाजवाद स्थापना गर्न पुृगे र यसरी वर्गहरुले नै राज्य संचालन र त्यस माताहतमा रहेका उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आफ्नो नियन्त्रण कायम राख्न पुगे । यसरी उत्पादक शक्ति, उत्पादन सम्बन्ध र राष्ट्रको विद्यमान शासकीय स्वरुप बीच कहिले भिषण संघर्ष र कहिले अस्तित्वमा सहजीकरण भएर रहने कुरालाई माक्र्सले बैज्ञानिक र अलग ढंगले पहिलोपल्ट व्याख्या गर्न पुगे । त्यसपछि मानवसभ्यता आफ्नो समुदाय र सबैको लागि वर्ग संघर्र्षमा व्यवस्थित ढंगले प्रवेश ग¥यो, शासक र शोषित बीच संगठित भिषण संघर्षको दिशामा मानवसभ्यता प्रवेश ग¥यो ।

माक्र्सले मानवसभ्यता विकास विज्ञानको त्यतिखेर विश्लेषण गरिरहेका थिए जतिखेर मानवसभ्यता विकासको एउटा पुरानो अध्यायको अन्त्य र नया“ अध्याय शुरुवातको दिशा प्रशस्त हुन गइरहेको थियो । माक्र्स यो सत्यलाई तोडमोड नगरिकन भन्छन् कि “मेरो हकमा भन्ने हो भने आधुनिक समाजमा वर्गहरुको विद्यमानताको उद्घाटन गरेको श्रेय मलाई छैन, न त यि वर्गहरुबीच पारस्परिक संघर्षको उद्घाटन गरेको श्रेय नै मलाई छ । मैले भन्दा धेरै पहिले नै पू“जीजीवी इतिहासविदहरुले यस वर्ग संघर्षको ऐतिहासिक विकास क्रमको वर्णन गरिसकेका थिए, पू“जीजीवी अर्थशास्त्रीहरुले वर्गको आर्थिक संरचना पत्ता लगाइसकेका थिए । मैले थपेको कुनै नया“ कुरा छ भने त्यो निम्न कुरा प्रमाणित गर्ने तर्क मात्र हो– १) वर्गहरुको विद्यमानता मात्र उत्पादन विकासको निश्चित ऐतिहासिक चरणसित सम्बन्धित छ, २) वर्ग संघर्षले अनिवार्य सर्वहारा वर्गको अधिनायकत्व तर्फ डो¥याउछ, ३) यो अधिनायकत्व स्वयमेव सबै वर्गहरुको उन्मुलन तर्फको संक्रमण हो...।” ( योजेफ वेइमेयरलाई पत्र, सन् ५ मार्च १८५२ ) यसरी इतिहासको व्यँख्या एक प्रकारले भइरहेको थियो र त्यसैलाई निरन्तरता दिने शासकहरुको दमनपूर्ण अवस्थालाई अलग र बैज्ञानिक ढंगले जवाफ दिईन थालियो, संसारलाई वदल्न भिषण बलिदानीपूर्ण संघर्षतिर आफ्ना अभियान संचालन गर्न थालियो, माक्र्स र एंगेल्सले सन् १८४८ मा “कम्युनिस्ट म्यानुफेस्टो” लेख्नु भन्दा केहि वर्ष अगाडिदेखि नै त्यस्तो अभियान शुरु गरेका थिए ।
प्रायः सबै देशहरुमा सामन्तवादी राज्यसत्ता विद्यमान रहेको अवस्थालाई १९ औ देखि २० औ शताब्दीको अन्त्यतिर आइपुग्दा पू“जीवादी र समाजवादी राज्यसत्ता अस्तित्वमा आए । यि दुबै ठूलाठूला क्रान्तिकारी परिवर्तनको नेतृत्व पनि युवाहरुले नै गरेका थिए ।

अहिलेको विश्व पू“जीवादी र त्यसको विकसित रुप साम्राज्यवादी राज्यसत्ता वर्चश्व रहेको विश्व हो । असल समाजवादी राज्यसत्ता अहिलेको विश्वमा अस्तित्वमा नरहे पनि समाजवादी विचार र त्यस्तो राज्यसत्ता प्राप्तिको लागि भिषण संघर्षहरु जारी छन् । यसको अर्थ समाजवादी राज्यसत्ता शोभियत संघ र चीनमा विघटन भए पनि माक्र्स र एंगेल्सको विश्लेषण भन्दा बाहिर अहिले पनि विश्वको क्रान्तिकारी आन्दोलनले अलग मोड लिएकोे छैन । माक्र्सवादलाई नबुझ्नेहरुले प्रतिक्रियावादी कोणबाट माक्र्सवाद विफल भयो भनेर चिच्याइरहेका छन्, हल्ला गरिरहेका छन् । तर वुर्जुवा पू“जीवादी र साम्राज्यवादी राज्यसत्ता र दृष्टिकोण कति कमजोर हु“दै गएको छ, मरणशिल अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा उसको आणविक दमनबाट नै प्रस्ट हुन्छ । शोषणमुलक राज्यसत्ता टिक्दैन ( सामाजिक लोकतन्त्र नै अनिवार्य बन्नजान्छ ) भन्ने कुरा दास र सामन्तवादी युगको पतनबाट नै प्रस्ट हुन्छ ।

१९ औ देखि २० औ शताब्दीको उत्तरार्धसम्म प्रायः संसारैभरि पू“जीवादी क्रान्तिको लागि भिषण वर्ग संघर्ष कायम रहे । यद्यपी केहि वर्ष समाजवादी राज्यसत्ता रहेपनि शोभियत संघ र चीनमा पनि पू“जीवादी क्रान्ति रह्यो । यतिमात्र फरक थियो कि यो क्रान्तिको नेतृत्व खाली समाजवादीहरुले गरेका थिए, किनभने पू“जीवादी क्रान्तिको नेतृत्व समाजवादीहरुले नै गर्नु पर्ने वस्तुगत अवस्था विद्यमान थियो । अहिले संसारैभरि पू“जीवादी क्रान्ति पुरा हुने दिशातिर वर्ग संघर्ष अगाडि बढिरहेको छ । (वर्ग संघर्षबिना यो क्रान्ति पनि संभव नहुने सत्यलाई यहा“ सबैले बुझ्न जरुरी छ) । यो प्रकारको संघर्षको निरन्तरताले अनिवार्य रुपमा समाजवादी क्रान्तिको बाटो प्रशस्त हु“दै गएको छ, बुर्जुवा पू“जीवाद र साम्राज्यवादी नीति प्रायः असफल ह“ुदै गएको छ, गंभिर संकटबाट गुज्रिरहेको छ, समाजवादी तथा साम्यवादी क्रान्तिको लागि क्रान्तिकारी संकट पैदा हु“दै गएको छ । यसर्थ फेरि पनि समाजवादी र साम्यवादी क्रान्ति विकल्प रहित बन्दै गएको छ, किनभने बुर्जुवा पू“जीवादी र साम्राज्यवादी नीति र व्यवस्थाले अन्याय, भेदभाव, चर्को शोषण, दानवीय हिंस्रक दमन, बेरोजगार र महामन्दी, विश्व जनसंख्याको ठूलो पाटोमा भोकमरी, केहिलाई चैन र विलाशिताको निरन्तरतालाई प्रश्रय दिइरहेको छ । जसरी दमनपूर्ण दास मालिक र सामन्तीहरुको व्यवस्था टिक्न सकेन त्यसरी नै यो व्यवस्था पनि टिक्न नसक्ने तथ्य दिनको घाम झै छर्लङ्गै छ ।

राजनीति र उत्पादन शक्ति तथा सम्बन्धमा ठूलाठूला क्रान्तिकारी परिवर्तन भए र भइरहेका छन् । यि दुबै क्षेत्रमा क्रान्तिकारी परिवर्तन यो कारणले संभव भयो र भइरहेको छ कि त्यहा“ क्रान्तिकारी युवा शक्तिको नेतृत्व छ, उनीहरुले नै ठूलाठूला चुनौति झेलेर भए पनि परिवर्तनलाई साकार रुप दिन चुकेका छैनन् । अहिलेको विद्यमानतामा युवाहरुले यो कुरा बुझ्न आवश्यक छ कि यो त्यतिखेर संभव भयो जतिखेर युवा शक्ति प्रकृतिको बस्तुगत नीयम र मानवसभ्यताको वर्ग संघर्षको नीयमलाई ठीक ढंगले बुझ्न सक्नुको साकाररुपी प्रतिफल हो । अहिले पनि विद्यमान विश्व माक्र्सवादी विश्लेषणको आधारबाट नै अगाडि बढिरहेको छ । प्रविधिको विकासको दिशालाई हेर्दा साम्यवादी मानव सभ्यताको आधार प्रशस्त हु“दै गएको छ । मानवसभ्यताको विकास र गतिको तथ्य र वास्तविकतालाई बुझ्ने हो भने आजका हामी युवाहरुको बाटो समाजवादी तथा साम्यवादी क्रान्ति नै हुनेछ ।
मानव सभ्यताले २०० वर्षमा जुन स्तरको विकास हात लगायो, अव त्यो भन्दा चौगुणा विकास १०० वर्षको दौरानमा गर्न सक्ने तागत वा शक्ति प्राप्त गरेको छ । राजनीतिक परिवर्तनको साथ यो शक्तिको व्यवस्थापन आजको मुख्य आवश्यकता हो । यस्तो आवश्यकतालाई पुरा गर्ने अविभारा फेरि पनि युवाहरुको नै हो र गर्ने नै छन् ।

नेपाल कै राजनीतिक परिवर्तनको इतिहासलाई हेर्ने हो भने पनि एउटाकालसम्म राजालाई विष्णुको अवतार मान्ने र मनाउने समाजदेखि गणतन्त्र घोषणा गर्ने अवस्थासम्म आइपुगेको छ । यस्तो अवस्था ल्याउनका लागि लडेर मरेका शहिदहरु प्रायः युवाहरु नै थिए । ०६२÷६३ सालको आन्दोलनलाई हेर्ने हो भने पनि शहिद बनेका महान व्यक्तित्वहरु प्रायः सबै युवाहरु नै थिए । कुनै पनि तानाशाहहरु जसरी संसारभरि नै टिक्न नसके जस्तै नेपालको त्यस्तो राज्य व्यवस्था पनि क्रमश निषेध हु“दै गएको छ ।

अब्राहम लिंकनले दास मालिकहरुको विरुद्ध संघर्ष गरिरहदा, माक्र्सले समाज विज्ञानको विश्लेषण र संघर्ष गरिरहदा, लेनिनले समाजवादको पक्षमा र जारशाही तथा साम्राज्यवादी विरुद्ध लडाइ लडिरहदा, माओले साम्राज्यवाद र सामन्तशाही विरुद्ध समाजवादी अभियान शुरु गरिरहदा सबै युवा उमेरका नै थिए । यि सबै तथ्यबाट यो सत्य अगाडि आउछ कि आजको विश्वलाई बुझेर, किनभने विज्ञानलाई सही तरिकाले बुझ्ने क्षमता र सहि कुराको प्राप्तिको लागि चुनौतिपूर्ण संघर्षमा होमिन सक्ने साहस युवाहरु कै हुन्छ, क्रान्तिकारी परिवर्तनमा जुट्ने संवाहक योद्धाहरु फेरि पनि युवाहरु नै हुन् र हुन्छन् । यो तथ्य सबै युवाहरुले ठिक तरिकाले बुझौं ।

पार्टी एकीकरण र निर्माण तथा अनुशासन र एकताको प्रश्नमा केहि सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु ।

अग्रगति साप्ताहिक, वर्ष ३, अंक ४६
२०६६ सावन ८

पार्टी एकीकरण र निर्माण तथा अनुशासन र एकताको प्रश्नमा केहि सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु ।

नेपालको कम्युनिस्ट आन्दोलनमा हिजो भन्दा कयौ गुणा बढि संशोधनवादी अवसरवादको विरुद्धको आन्दोलनको आवश्यकता बढेर गएको छ । यहि सवाल विश्व कम्युनिस्ट आन्दोलनको अत्यन्तै चुनौतिपूर्ण र घनिभुतरुपमा भण्डाफोर र निर्मम संघर्ष गर्नु पर्ने तड्कारो सवाल पनि हो । यसको मुल स्रोत व्यक्तिवादी महत्वकांक्षा वा निम्नपू“जीवादी चिन्तनको अवसरवादी छटपटाहट हो । अधिभुतवादी चिन्तनको एउटा दृष्य अंश हो । अहिले यो वास्तविकता हाम्रो सामु छ कि यो प्रवृति र चिन्तनसंग माक्र्सवादीहरुले व्यवस्थित संघर्ष र लडाइ लड्न नसक्नुको परिणाम आज संसारभरि कम्युनिस्ट आन्दोलनमा उनीहरुको उपस्थिति हावी भएको छ । यसको अर्थ सच्चा माक्र्सवादीहरुको उपस्थिति उल्लेखिय रुपमा छैन भन्ने होईन । सर्वहारा विश्वदृष्टिकोणप्रति दृढता र चुनौतिपुर्ण संघर्षशिलताप्रति उदासिनता, अलमलता वा अवसरवादी व्यक्तिहरुकै कारण कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी विसर्जनवादी र प्रतिक्रयावादीहरुको रुचाइने खरिदविक्रिको वस्तु बनाइएको छ भने अर्कोतिर उग्रवामपन्थी र संकिर्णतावादी सोच र प्रवृतिबाट पनि कम्युनिष्ट आन्दोलनलाई ठुलो मात्रामा क्षति पुर्याउने काम भई नै रहेको छ । संकीर्ण सो“च र प्रवृतिले सबै ग्ँतिविधि र अनुशासनलाई सीमित र सा“घुरो नेराघेरामा हेर्ने गर्दछ । यो आफै यस्तै भड्काव हो, जसले अन्य भडकावहरुलाई मलजल र अतिवादलाई जन्म दिने वातावरण सृजना गर्दछ । उग्रवामपन्थी भड्काव, संकीर्णता र अन्य अवसरवादी रुपका भड्काव तथा दक्षिणपन्थी विर्सजनवाद निम्न पु“जीवादी वा अधिभुतवादी विश्व दृष्टिकोणको नै परिणाम हो । दक्षिणपन्थी विर्सजनवाद तथा अन्य रुपका अवसरवाद अति उदारवाद, अनुशासनहिनता, सैद्धान्तिक तथा राजनीतिक लडाइमा दृढता होइन सम्झौता र व्यक्तिगत महत्वकांक्षाको परिणामबाट जन्म लिन्छन् । यो प्रवृति र चिन्तन त्यतिखेर परास्त हुन्छ जतिखेर सर्वहारा विश्व दृष्टिकोणको आलोकमा सामुहिक प्रयत्न चरम उत्कर्समा पुर्याउन सकिन्छ । त्यहा“ न त भावनात्मक सम्बन्धले काम गरेको हुन्छ, न त त्यहा“ चिनेको र लामो कालसम्म संगै ्उठबस गरेको पुरानो साथीको सम्बन्ध नै हुन्छ, न त त्यहा“ अन्य सम्बन्धले मौलाउ“ने मौका नै पाउ“छ । त्यहा“ स्पष्ट र निर्मम सैद्धान्तिक संघर्ष हुन्छ । त्यहि अनुसारको राजनीतिक आन्दोलनले आमुने सामुने लडाइको चरणमा सबै कु्राको फैसला गर्दै जान्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा आज आएर फेरि यहि प्रश्नमा वहस शुरु भएको छ । संकीर्णता, उग्रवामपन्थी, फेरि अवसरवाद, संशोधनवाद, दक्षिणपन्थी विसर्जनवाद वा निम्न पू“जीवादी चिन्तनको विभिन्न दृष्यरुपहरु नेपाली कम्युनिस्ट आन्दोलनमा सुरक्षित र भद्धा तरिकाका साथ विद्यमान छन् । यसको नेतृत्व एमाले र माओवादी मध्ये कसले गर्ने भन्ने होडबाजी नै चलेको छ भन्दा अत्तित्युक्ति नहोला । अवसरवादीहरुको सशक्त ध्रुविकरण र पुनर्मिलनको ठुलो लहर नै आउने अवस्था प्रवल छ । हिजो एमालेको आकार बढ्ने समयमा क्रान्तिकै नाममा एकीकरण र ध्रुविकरणको अभियान चलेको थियो भने अहिले फेरि माओवादीको नाममा त्यहि काम पुनरावृति भएको छ । यो अवस्थाको उजागर निकट भविष्यमा नै हुने स्थिति प्रवल संभावना छ । अब यी पक्षहरुसंग जोडिएका सैद्धान्तिक, राजनीतिक र व्यवहारिक पक्षको वारेमा चर्चा गरौं ।

माओले “पार्टी अनुशासन र एकता” बारेमा अवसरवादी र वुर्जुवाहरुले अपनाउने रुखको बारेमा वा उनीहरुको लुच्छो प्रवृतिको बारेमा ११ सेप्टेम्वर सन् १९५९ को सम्मेलनमा दिनु भएको भाषणमा भन्दछन्,“...पुग्दो सु“गुरको मासु, पुग्दो तरकारी, पुग्दो साबुन, पुग्दो मात्रामा महिलाहरुको कपाल च्याप्ने चिम्टी पाइएन भने उनीहरु त्यसैलाई पक्रेर भन्नेछन्, ‘तिमीहरुले बर्वाद बनायौ †’ उनीहरुले यसो पनि भन्नेछन् कि यो पुरा गर्ने जिम्मेवारी तिमीहरुको हो, हाम्रो होइन । संगठनले बैठक र निर्णय गर्दा उनीहरु चु“सम्म पनि गर्दैनन्,...” यसबाट यो स्पष्ट हुन्छ कि अवसरवादी वुर्जुवाहरु, पार्टीका तुच्छ मनोकांक्षा भएका निम्न पू“जीवादीहरु कतिसम्म गिरेर आफ्नो परिचय दिन्छन्, तर उनीहरुलाई लाज र सरम दुनिया“मा कति पनि लाग्दैन भन्ने कुरा ।

माक्र्स, लेनिन र माओ भन्दछन्,“सर्वहारावादीहरुको एकता सम्बन्धि नारा हो–संसारका मजदुर एक हौ †” यो दुई उदहरणबाट माक्र्सवाद र अवसरवादले अपनाउने असलीरुप छर्लङ्ग हुन्छ । उनीहरुको प्रवृति पार्टीको सैद्धान्तिक र वैचारिक पक्षमा अडान र संघर्ष, ठिक कार्यदिशा र सर्वहारावादी लक्ष्यको बारेमा होशियार र संवेदनशिलता तथा सचेतता अपनाउने दृढताप्रति कुनै सम्बन्ध हुदैन । उनीहरुले पार्टीभित्र अवसर, पद, व्यक्तिगत सुरक्षा र कार्यकर्ताको बलिदानको उद्देश्यप्रति उदासिनता, पार्टीभित्र आफ्नो ठाउ“को चिडचिडाहट आग्रह र त्यहि अनुसारको व्यवहार प्रस्तुत गर्दछन् । अवसरवाद अनुशासनहिनतामा परिणत हुन्छ भन्ने कुरालाई माओ यसरी उल्लेख गर्दछन्,“उनीहरु(अवसरवादीहरु)को ध्याउन्न कसरी संगठन बलियो बनाउ“न सकिन्छ भन्ने भन्दा पनि कसरी भत्काउ“न सकिन्छ भन्नेमा हुन्छ ।” अवसरवादीहरुलाई सन यात सेनसंग तुलना गर्दै माओ भन्दछन्,“चाङ वेन तेन पनि सन यात सेनासंग तुलनायोग्य व्यक्ति होइनन् ।” यसको अर्थ क्रान्तिकारीहरु जो आफुलाई माक्र्सवादी भन्छन् उनीहरु(अवसरवादीहरु) बुर्जुवा दर्शनबाट निर्देशित व्यक्तिहरु भन्दा पनि अनुशासन र सिद्धान्तमा तल हुन्छन् । उनीहरु माक्र्सवादी त कहा“ हो कहा“ सामान्य बुर्जुवा भन्दा पनि आधारभुतरुपमा लायक हुदैनन् । माओ यो सत्यतिर हाम्रो ध्यान आकृष्ट गर्दछन् कि सिद्धान्ततः अवसरवादीहरु आफुले गरेको कमजोरीहरु स्वीकार गर्न सक्दैनन् र मान्दैनन् । उनी भन्दछन्,“जनतालाई (सामान्य मान्छेलाई) त्यसतिबेलासम्म बोल्न दिनुहोस् जतिबेलासम्म उनीहरुको बोल्ने कुरा सकिदैन । उनीहरुले तपाईका बारेमा कुरा काट्न छाडे भने त्यतिखेर तपाई बुभ्mनुहोस् कि तपाई सच्चिनु भयो ।” यसबाट यो सहज निस्कर्ष निस्कन्छ कि अवसरवादीहरुले अपनाउने एकता र फुट तथा पार्टी निर्माणको लक्ष्य तत्कालिन व्यवहारिक फाइदासंग जोडिएको हुन्छ । माक्र्सवादीहरुले पार्टी एकता र फुट सिद्धान्तको आधारमा अर्थात सर्वहारा विश्व दृष्टिकोणको आधारमा गर्नुपर्दछ । एउटा व्यक्तिसंगको सम्बन्ध र सरोकारको विषयमा उदारता र कठोरताको द्वण्द्वात्मक व्यवहार उनीहरुको पक्षधरता, विश्व दृष्टिकोण र व्यवहारिक गतिविधि अनुसार हामी माक्र्सवादीहरुले व्यवहारतः लागू गर्न सक्नु पर्दछ न कि भावनात्मक र विचारामा । यसरी माओले अनुशासन र एकताको बारेमा धेरै प्रसंगका साथ धेरै सन्दर्भहरु पेश गर्नु भएको छ ।

जनवादी केन्द्रीयताको प्रश्नमा माओ भन्दछन््,“पार्टीभित्र होस् या वाहिर होस् पूर्णतः जनवादी जीवन ह्ुनुपर्दछ । त्यसो भन्नुको अर्थ जनवादी केन्द्रीयतालाई सचेतताका साथ लागू गर्नु हो ।...आलोचित र आलोचना एउटा विधि हो, ...के हो त केन्द्रीयता ? पहिलो कुरा, यो सहि बिचारहरुको केन्द्रीकरण हो जसको बुझाइ, नीति, योजना, नेतृत्व र काममा एकता कायम हुन्छ ।” यो उद्धहरणबाट यो कुरा उजागर हुन्छ कि एउटा माक्र्सवादी व्यक्तिले जनवादी र केन्द्रीयतालाई ठिक ढंगले बुझ्नु पर्दछ । तर हामी देख्दछौ कि आफुलाई भैंकर बुझेका र जानेका छौं भन्नेहरुले यसको अन्तरसम्बन्धलाई बुझ्न नसकेको वा बुझेर पनि आफ्नो व्यक्तिगत उद्देश्यमा लगातार उन्मुख र परिणत भएको । उनीहरुमा एकता, आलोचना, आत्मालोचना, जनवादी केन्द्रीयताका प्रश्नहरुमा सर्वहारा विश्व दृष्टिकोणको आधार हुदैन । जनवादी केन्द्रीयताको बारेमा माओ भन्दछन्, “जनवादी केन्द्रीयताले दबाउनेहरु हुन्–जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरु, कम्युनिस्ट विरोधी दक्षिणपन्थी तत्वहरु र गलत तत्वहरु ।” वर्ग संघर्षको ्राजनीतिक लडाइमा दया, माया, सम्बन्ध, उठबस, पुरानो साथी वा गठबन्धन र सहकार्य आदि प्रश्नहरुलाई पनि सर्वहारावादी विश्व दृष्टिकोणकै आधारमा हेरिनु पर्दछ । गलत विचार जो कसैले प्रवाह गरे पनि आलोचनात्मक सृजनशिलता अपनाइनु पर्दछ । वास्तवमा हाम्रो गल्ति भनेको हामीसंग जे छ, जे गर्न सकिन्छ र जे गर्न आवश्यक छ त्यो भन्दा बढि फुर्तिफार्ति गर्नु हो ।

हाम्रो पार्टीको केहि कामरेडहरुले माओवादीहरुसंग पार्टी एकताका आधारहरु खोज्ने र पार्टी एकीकरण गर्न सकिन्छ भन्ने तर्कहरु दिइरहनु भएको छ । यहि प्रसंगमा उल्लेखनीय पक्षतिर ध्यान दिन र गंभिर छलफल गर्न आवश्यक छ । राजनीतिक लडाइमा सैद्धान्तिक पक्ष र त्यसले पार्ने दुरगामी असर पक्षको कति महत्व हुन्छ भन्ने कुरा माथि संक्षिप्त उल्लेख गरि सकियो । अब माओवादी र हाम्रो पार्र्टीको संद्धान्तिक, नेपाली क्रान्तिको कार्यदिशाको बुझाई र आफ्नो पार्टीको सैद्धान्तिक बुझाइ अनुसारको क्रियाकलाप र व्यवहारिक रुखतिर विश्लेषणात्मक ध्यान दिऔं ।

नेपाली कम्युनिस्ट आन्दोलनमा मुलतः ‘माओवादी’ वाक्यांशको प्रयोग ०५१–०५२ सालको समयावधिदेखि चलनचल्तिमा ल्याइयो । त्यो भन्दा अगाडि “वाद”संग जोडिएको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र लिइन्थ्यो । माओको नेतृत्वमा माओकै जीवनकालमा पनि माओको विचार र योगदानलाई “वाद” वा के मान्ने बहस चल्यो । चिनको कम्युनिस्ट पार्टीले उनले माक्र्सवादी आन्दोलनमा गरेको योगदान र विचार प्रवाहलाई विचारधारा मान्न सकिन्छ भनेर उच्च मुल्यांकनका साथ टुंग्यायो ।

यो वाक्यांशको प्रवेश मुलत षडयन्त्रकारी लिन प्याओ र त्यस्तै पात्र वा पदका भोकाहरुले माओले वैकल्पिक नेतृत्वको आवश्यकताको विषयमा विचार प्रवाह गर्न थालिरहेको अवस्थामा विशेषत माओको चाकरी गर्ने र नेतृत्व हत्याउने गलत मनसायले ल्याएका थिए । “वाद”को प्रश्न दार्शनिक र सैद्धान्तिक छलफलसंग जोडेर ल्याएका थिएनन् । उनीहरुले नेतृत्व हत्याउन अन्तिम अवस्थासम्म माओले बोलेका शब्द–शब्दलाई अतिरञ्जित ढंगले बढिचढाइ गरि नै रहे । तर यो विषयमा आम वहस गरि सकेपछि चीनी कम्युनिस्ट पार्टीले ठिक विश्लेषणका साथ यो समस्यालाई टुंग्यायो । तर उनीहरुको षडयन्त्रकारी र भद्धा निम्न पू“जीवादी चरित्र त्यतिखेर उदाङ्गो भयो, जतिखेर माओको हत्या गर्ने योजना विफल भयो । यसबाट यो स्पष्ट हुन्छ कि कुनै पनि चिज र वस्तुस्थिति तथा त्यसप्रति अपनाइने रुखको प्रश्नमा दार्शनिक र सैद्धान्तिक प्रश्न जोडिएको हुन्छ र अवसरवादीहरुले व्यक्तिगत उद्देश्यको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा दिनको घाम झै छर्लङ्गै हुन्छ । एउटा समयावधिमा विश्वास गरेका लीन प्याओ र त्यस्तै अन्य पात्रहरुको त्यससंग जोडिएका सैद्धान्तिक र दार्शनिक तथा उनीहरुका निम्न पू“जीवादी चिन्तन र प्रवृतिको पछि माओले खुलेरै भण्डाफोर गरे, जतिखेर लिन प्याओहरुले माओलाई “महामानव” को रुपमा मान्नु पर्दछ भनेर बढिचढाई व्याख्या गरिरहेका थिए । यसो गर्नुमा उनीहरुमा सैद्धान्तिक र दार्शनिक पक्षमा आएको भड्कावलाई उजागर गर्नु थियो ।
माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी तथा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको हावी भयो । त्यो अवस्थालाई सैद्धान्तिक प्रतिवाद गर्न कतिपय व्यक्तिहरुले राम्रै मनसायले पनि प्रतिक्रियावादी अवसरवाद र संशोधनवाद विरुद्ध माओले चलाएको सांस्कृतिक क्रान्तिको उच्च मुल्यांकन गर्दै माओवाद वाक्यांशको प्रयोग पनि गर्ने गरियो । तर त्यस विरुद्धको सहि प्रतिवाद गर्न “माओवाद” शब्दको प्रयोग ठिक थिएन, बरु सहि नीति र कार्यनीतिको निरन्तरको प्रयोग नै हुनुपर्दथ्यो ।

अब “वाद” वाक्यांशको व्यष्टि र समष्टि विश्लेषणतिर जाऔ । “वाद” अग्रेजीको “ism” हो । “ष्कm”को शाब्दिक अर्थ विज्ञान पनि हो । विज्ञानले कुनै पनि चीज र वस्तुस्थितिको तथ्यसंगत व्याख्या–विश्लेषण र शस्लेषण गर्दछ । विज्ञानका अध्ययन क्षेत्र वृहत भए पनि व्यष्टिगत रुपले एउटा आधारलाई अध्ययनको क्षेत्र बनाउन सकिन्छ । त्यसैले निश्चित अवस्था र अवधिको समाजिक सभ्यताको बैज्ञानिक व्याख्या र त्यस अवधिको क्रान्तिको समग्र व्याख्या “ism” वा “वाद” हो । त्यसैले यसमा चुरो कुरा यो छ कि “वाद”ले सामाजिक अवस्था र चरणको सामाजिक क्रान्तिको सापेक्षिक व्याख्या गर्दछ । अथवा “वाद” एउटा सामाजिक अवस्था र चरणमा सामाजिक क्रान्तिको वस्तुगत व्याख्या–विश्लेषण हो । त्यसप्रतिको प्रक्रियागत व्याख्या हो । त्यसैले शब्दहरुको प्रयोगमा हामी जसरी रुखलाई घर, घरलाई गाडि, गाडिलाई साडि भन्न सकिदैन, त्यसरी नै “वाद” वाक्यांशको ठाउ“मा विचारधारा वा विचारधाराको ठाउ“मा “वाद” भन्न सकिदैन । किनभने त्यसले निश्चित बोझिलो र गहकिलो दार्शनिक अर्थ बोकेको छ । वा यो यस्तो शब्द हो जो आफैमा दार्शनिक अर्थ छ । यदि त्यस्तो नहुदो हो त वा दार्शनिक पक्षमा भिन्नता नहुदो हो त तत्कालिन गतिविधिमा आकास जमिनको फरक हुदैन थियो । एउटा मान्छे निर्देशित हुने कुरा भनेकै उसको दार्शनिक पक्ष नैै हो । त्यसैले माओवादको व्याख्या–विश्लेषण गर्ने शक्तिहरुद्वारा एउटा अतिवादी भड्कावको प्रतिवादमा अर्को अतिवादद्वारा गर्ने असफल कोशिस मात्र हो । नेपालको शन्दर्भमा वास्तवमा यो वाक्यांशको संस्थापकद्वारा जसरी दार्शनिक भड्काव र व्यवहारिक अवसरवादी कोणद्वारा प्रयोग गर्ने योजनाबाट ल्याइएको थियो । अहिले पनि विश्व कम्यनिस्ट आन्दोलनमा भड्काववादी दृष्टिदोषद्वारा नै प्रयोग गर्ने निरन्तरता छ ।

केहि साथीहरुले जो माओवादीसंग पार्टी एकता गर्न सकिन्छ र त्यहिभित्र बसेर पनि माक्र्सवादी आन्दोलनको लागि योगदान र संघर्ष गर्न सकिन्छ वा दुई लाइनको संघर्ष जारी राख्न सकिन्छ भनेर माओवादीले गरेका गंभिर सैद्धान्तिक र बैचारिक भड्काव विरुद्धको संघर्षप्रति नजरअन्दाज गर्ने षडयन्त्रकारी धोकाधडी प्रवृति मौलाउन प्रश्रय दिनु भएको छ । यो माक्र्सवादप्रतिको धोका हो । वाद वा विचारधारा एउटै हो, वा विचारधारा÷माओवाद राखेर पार्टी एकता गर्न सकिन्छ भनेर उदार पक्षको जिकीर सुन्न पाईन्छ । उनीहरुले यो जिकीर गर्न सकेका छैनन् कि यदि यो प्रश्न एउटै हो भने माओवादीहरु विचारधारात्मक संघर्षमा पछि विचारधारा मान्न सक्छन् वा सैद्धान्तिक लडाइमा आफु माओवाद तथा प्रचण्डपथ पनि मान्न सक्छौ । तर यस्तो नभने पनि यो कुरा सहज सतहमा आउ“दछ कि यो प्रश्नमा व्यक्तिवादी व्यवहारिक सम्झौतातिर क्रान्तिकारिताको नाममा जाने बौद्धिक कसरत हो ।

वास्तबमा माओवादीहरुले माओको पछाडि “वाद” थप्नु पर्ने कारण नै प्रचण्डपथ जोड्नलाई नै थियो भन्ने कुरा दिनको घाम झै छर्लङ्गै भएको छ । माओवादी र जनमोर्चा, नेपाल बीच पार्टी एकता हु“दा प्रचण्डपथ शब्दलाई ‘हाइड’ गर्ने सहमति भएको थियो । तर उनीहरुका कयौं कार्यालयहरुमा स्पष्टरुपमा प्रचण्डपथ–जिन्दावाद लेखिएको छ । यसबाट यो बुझिन्छ कि मानिलिऔं यदि यो विषयलाई छलफल गर्ने उच्च निकायमा लाने हो भने बहुमतले नै यो विचारलाई निरन्तरता दिने निश्चित छ । किनभने यो वुझाइको निरन्तरताको श्रृंखला टुटेकै हुदैन । जहा“ बसेर पनि संघर्ष गर्न सकिन्छ भन्ने ‘महान’ उदारतामा जाने हो भने सहि माक्र्सवादीहरुको अलग पार्टीको आवश्यकता पर्दैन थियो । कांग्रेस वा एमाले पार्टीमा बसेर पनि संघर्ष गर्न सकिने थियो । भड्काववादी सोचहरुबाट भएको पार्टी निर्माण आज आएर फेरि अर्को भड्कावमा गएर अवसान हुने देखिन्छ । यो पार्टी यस्तो जटिल मोडबाट गुज्रिरहेको छ, सेना साथमा छ तर राजनीतिक कार्यदिशा भने दक्षिणपन्थी संशोधनवादी दिशातिरको उन्मुखतामा क्रमशः गइरहेको छ । यस्तो स्थिति यो मात्रामा संसारमा विरलै हुने गर्दछ । तर माओवादीहरु त्यो दिशामा नजाउ“न भन्नका लागि हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र बैचारिक लडाइलाई दृढताका साथ अगाडि बढाउन आवश्यक छ । यद्यपी यो प्रश्नले धेरै कामरेडहरुमा भ्रम दिएको छ, अलमलता ल्याइदिएको छ । यदि यो पक्षलाई मिहिन तरिकाले बुझ्न नखोज्ने हो भने अबको आधुनिक संशोधनवादलाई परास्त र भण्डाफोर गर्न सकिदैन । यसो नगर्ने हो भने देखि माक्र्सवादी मर्ममाथि वा आन्दोलनप्रति धोका हुन्छ, संशोधनवादीहरुको चालबाजीको शिकार हुइन्छ । यो कुरा पनि सबैले बुझ्न आवश्यक छ कि पार्टीभित्र रडाको मच्याएर, खैलाबैला गरेर, अनुशासनहिन काम गरेर, बैचारिक स्तर कम भएकालाई लविङ्ग गरेर पार्टी एकता हुदैन । विचार र कार्यक्रमको सामिप्यताले नै पार्टी एकीकरणको दिशामा लैजान्छ । त्यसैले अहिलेको आवश्यकता पार्टी निर्माण पनि हो । बैचारिक संघर्षहिन निरपेक्ष पार्टी एकीकरणको हामीले विरोध गरेर जानु पर्दछ ।

पार्टी एकीकरण र निर्माण तथा अनुशासन र एकताको प्रश्नमा केहि सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु ।

अग्रगति साप्ताहिक, वर्ष ३, अंक ४६
२०६६ सावन ८
नेपालको कम्युनिस्ट आन्दोलनमा हिजो भन्दा कयौ गुणा बढि संशोधनवादी अवसरवादको विरुद्धको आन्दोलनको आवश्यकता बढेर गएको छ । यहि सवाल विश्व कम्युनिस्ट आन्दोलनको अत्यन्तै चुनौतिपूर्ण र घनिभुतरुपमा भण्डाफोर र निर्मम संघर्ष गर्नु पर्ने तड्कारो सवाल पनि हो । यसको मुल स्रोत व्यक्तिवादी महत्वकांक्षा वा निम्नपू“जीवादी चिन्तनको अवसरवादी छटपटाहट हो । अधिभुतवादी चिन्तनको एउटा दृष्य अंश हो । अहिले यो वास्तविकता हाम्रो सामु छ कि यो प्रवृति र चिन्तनसंग माक्र्सवादीहरुले व्यवस्थित संघर्ष र लडाइ लड्न नसक्नुको परिणाम आज संसारभरि कम्युनिस्ट आन्दोलनमा उनीहरुको उपस्थिति हावी भएको छ । यसको अर्थ सच्चा माक्र्सवादीहरुको उपस्थिति उल्लेखिय रुपमा छैन भन्ने होईन । सर्वहारा विश्वदृष्टिकोणप्रति दृढता र चुनौतिपुर्ण संघर्षशिलताप्रति उदासिनता, अलमलता वा अवसरवादी व्यक्तिहरुकै कारण कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी विसर्जनवादी र प्रतिक्रयावादीहरुको रुचाइने खरिदविक्रिको वस्तु बनाइएको छ भने अर्कोतिर उग्रवामपन्थी र संकिर्णतावादी सोच र प्रवृतिबाट पनि कम्युनिष्ट आन्दोलनलाई ठुलो मात्रामा क्षति पुर्याउने काम भई नै रहेको छ । संकीर्ण सो“च र प्रवृतिले सबै ग्ँतिविधि र अनुशासनलाई सीमित र सा“घुरो नेराघेरामा हेर्ने गर्दछ । यो आफै यस्तै भड्काव हो, जसले अन्य भडकावहरुलाई मलजल र अतिवादलाई जन्म दिने वातावरण सृजना गर्दछ । उग्रवामपन्थी भड्काव, संकीर्णता र अन्य अवसरवादी रुपका भड्काव तथा दक्षिणपन्थी विर्सजनवाद निम्न पु“जीवादी वा अधिभुतवादी विश्व दृष्टिकोणको नै परिणाम हो । दक्षिणपन्थी विर्सजनवाद तथा अन्य रुपका अवसरवाद अति उदारवाद, अनुशासनहिनता, सैद्धान्तिक तथा राजनीतिक लडाइमा दृढता होइन सम्झौता र व्यक्तिगत महत्वकांक्षाको परिणामबाट जन्म लिन्छन् । यो प्रवृति र चिन्तन त्यतिखेर परास्त हुन्छ जतिखेर सर्वहारा विश्व दृष्टिकोणको आलोकमा सामुहिक प्रयत्न चरम उत्कर्समा पुर्याउन सकिन्छ । त्यहा“ न त भावनात्मक सम्बन्धले काम गरेको हुन्छ, न त त्यहा“ चिनेको र लामो कालसम्म संगै ्उठबस गरेको पुरानो साथीको सम्बन्ध नै हुन्छ, न त त्यहा“ अन्य सम्बन्धले मौलाउ“ने मौका नै पाउ“छ । त्यहा“ स्पष्ट र निर्मम सैद्धान्तिक संघर्ष हुन्छ । त्यहि अनुसारको राजनीतिक आन्दोलनले आमुने सामुने लडाइको चरणमा सबै कु्राको फैसला गर्दै जान्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा आज आएर फेरि यहि प्रश्नमा वहस शुरु भएको छ । संकीर्णता, उग्रवामपन्थी, फेरि अवसरवाद, संशोधनवाद, दक्षिणपन्थी विसर्जनवाद वा निम्न पू“जीवादी चिन्तनको विभिन्न दृष्यरुपहरु नेपाली कम्युनिस्ट आन्दोलनमा सुरक्षित र भद्धा तरिकाका साथ विद्यमान छन् । यसको नेतृत्व एमाले र माओवादी मध्ये कसले गर्ने भन्ने होडबाजी नै चलेको छ भन्दा अत्तित्युक्ति नहोला । अवसरवादीहरुको सशक्त ध्रुविकरण र पुनर्मिलनको ठुलो लहर नै आउने अवस्था प्रवल छ । हिजो एमालेको आकार बढ्ने समयमा क्रान्तिकै नाममा एकीकरण र ध्रुविकरणको अभियान चलेको थियो भने अहिले फेरि माओवादीको नाममा त्यहि काम पुनरावृति भएको छ । यो अवस्थाको उजागर निकट भविष्यमा नै हुने स्थिति प्रवल संभावना छ । अब यी पक्षहरुसंग जोडिएका सैद्धान्तिक, राजनीतिक र व्यवहारिक पक्षको वारेमा चर्चा गरौं ।
माओले “पार्टी अनुशासन र एकता” बारेमा अवसरवादी र वुर्जुवाहरुले अपनाउने रुखको बारेमा वा उनीहरुको लुच्छो प्रवृतिको बारेमा ११ सेप्टेम्वर सन् १९५९ को सम्मेलनमा दिनु भएको भाषणमा भन्दछन्,“...पुग्दो सु“गुरको मासु, पुग्दो तरकारी, पुग्दो साबुन, पुग्दो मात्रामा महिलाहरुको कपाल च्याप्ने चिम्टी पाइएन भने उनीहरु त्यसैलाई पक्रेर भन्नेछन्, ‘तिमीहरुले बर्वाद बनायौ †’ उनीहरुले यसो पनि भन्नेछन् कि यो पुरा गर्ने जिम्मेवारी तिमीहरुको हो, हाम्रो होइन । संगठनले बैठक र निर्णय गर्दा उनीहरु चु“सम्म पनि गर्दैनन्,...” यसबाट यो स्पष्ट हुन्छ कि अवसरवादी वुर्जुवाहरु, पार्टीका तुच्छ मनोकांक्षा भएका निम्न पू“जीवादीहरु कतिसम्म गिरेर आफ्नो परिचय दिन्छन्, तर उनीहरुलाई लाज र सरम दुनिया“मा कति पनि लाग्दैन भन्ने कुरा ।
माक्र्स, लेनिन र माओ भन्दछन्,“सर्वहारावादीहरुको एकता सम्बन्धि नारा हो–संसारका मजदुर एक हौ †” यो दुई उदहरणबाट माक्र्सवाद र अवसरवादले अपनाउने असलीरुप छर्लङ्ग हुन्छ । उनीहरुको प्रवृति पार्टीको सैद्धान्तिक र वैचारिक पक्षमा अडान र संघर्ष, ठिक कार्यदिशा र सर्वहारावादी लक्ष्यको बारेमा होशियार र संवेदनशिलता तथा सचेतता अपनाउने दृढताप्रति कुनै सम्बन्ध हुदैन । उनीहरुले पार्टीभित्र अवसर, पद, व्यक्तिगत सुरक्षा र कार्यकर्ताको बलिदानको उद्देश्यप्रति उदासिनता, पार्टीभित्र आफ्नो ठाउ“को चिडचिडाहट आग्रह र त्यहि अनुसारको व्यवहार प्रस्तुत गर्दछन् । अवसरवाद अनुशासनहिनतामा परिणत हुन्छ भन्ने कुरालाई माओ यसरी उल्लेख गर्दछन्,“उनीहरु(अवसरवादीहरु)को ध्याउन्न कसरी संगठन बलियो बनाउ“न सकिन्छ भन्ने भन्दा पनि कसरी भत्काउ“न सकिन्छ भन्नेमा हुन्छ ।” अवसरवादीहरुलाई सन यात सेनसंग तुलना गर्दै माओ भन्दछन्,“चाङ वेन तेन पनि सन यात सेनासंग तुलनायोग्य व्यक्ति होइनन् ।” यसको अर्थ क्रान्तिकारीहरु जो आफुलाई माक्र्सवादी भन्छन् उनीहरु(अवसरवादीहरु) बुर्जुवा दर्शनबाट निर्देशित व्यक्तिहरु भन्दा पनि अनुशासन र सिद्धान्तमा तल हुन्छन् । उनीहरु माक्र्सवादी त कहा“ हो कहा“ सामान्य बुर्जुवा भन्दा पनि आधारभुतरुपमा लायक हुदैनन् । माओ यो सत्यतिर हाम्रो ध्यान आकृष्ट गर्दछन् कि सिद्धान्ततः अवसरवादीहरु आफुले गरेको कमजोरीहरु स्वीकार गर्न सक्दैनन् र मान्दैनन् । उनी भन्दछन्,“जनतालाई (सामान्य मान्छेलाई) त्यसतिबेलासम्म बोल्न दिनुहोस् जतिबेलासम्म उनीहरुको बोल्ने कुरा सकिदैन । उनीहरुले तपाईका बारेमा कुरा काट्न छाडे भने त्यतिखेर तपाई बुभ्mनुहोस् कि तपाई सच्चिनु भयो ।” यसबाट यो सहज निस्कर्ष निस्कन्छ कि अवसरवादीहरुले अपनाउने एकता र फुट तथा पार्टी निर्माणको लक्ष्य तत्कालिन व्यवहारिक फाइदासंग जोडिएको हुन्छ । माक्र्सवादीहरुले पार्टी एकता र फुट सिद्धान्तको आधारमा अर्थात सर्वहारा विश्व दृष्टिकोणको आधारमा गर्नुपर्दछ । एउटा व्यक्तिसंगको सम्बन्ध र सरोकारको विषयमा उदारता र कठोरताको द्वण्द्वात्मक व्यवहार उनीहरुको पक्षधरता, विश्व दृष्टिकोण र व्यवहारिक गतिविधि अनुसार हामी माक्र्सवादीहरुले व्यवहारतः लागू गर्न सक्नु पर्दछ न कि भावनात्मक र विचारामा । यसरी माओले अनुशासन र एकताको बारेमा धेरै प्रसंगका साथ धेरै सन्दर्भहरु पेश गर्नु भएको छ ।
जनवादी केन्द्रीयताको प्रश्नमा माओ भन्दछन््,“पार्टीभित्र होस् या वाहिर होस् पूर्णतः जनवादी जीवन ह्ुनुपर्दछ । त्यसो भन्नुको अर्थ जनवादी केन्द्रीयतालाई सचेतताका साथ लागू गर्नु हो ।...आलोचित र आलोचना एउटा विधि हो, ...के हो त केन्द्रीयता ? पहिलो कुरा, यो सहि बिचारहरुको केन्द्रीकरण हो जसको बुझाइ, नीति, योजना, नेतृत्व र काममा एकता कायम हुन्छ ।” यो उद्धहरणबाट यो कुरा उजागर हुन्छ कि एउटा माक्र्सवादी व्यक्तिले जनवादी र केन्द्रीयतालाई ठिक ढंगले बुझ्नु पर्दछ । तर हामी देख्दछौ कि आफुलाई भैंकर बुझेका र जानेका छौं भन्नेहरुले यसको अन्तरसम्बन्धलाई बुझ्न नसकेको वा बुझेर पनि आफ्नो व्यक्तिगत उद्देश्यमा लगातार उन्मुख र परिणत भएको । उनीहरुमा एकता, आलोचना, आत्मालोचना, जनवादी केन्द्रीयताका प्रश्नहरुमा सर्वहारा विश्व दृष्टिकोणको आधार हुदैन । जनवादी केन्द्रीयताको बारेमा माओ भन्दछन्, “जनवादी केन्द्रीयताले दबाउनेहरु हुन्–जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरु, कम्युनिस्ट विरोधी दक्षिणपन्थी तत्वहरु र गलत तत्वहरु ।” वर्ग संघर्षको ्राजनीतिक लडाइमा दया, माया, सम्बन्ध, उठबस, पुरानो साथी वा गठबन्धन र सहकार्य आदि प्रश्नहरुलाई पनि सर्वहारावादी विश्व दृष्टिकोणकै आधारमा हेरिनु पर्दछ । गलत विचार जो कसैले प्रवाह गरे पनि आलोचनात्मक सृजनशिलता अपनाइनु पर्दछ । वास्तवमा हाम्रो गल्ति भनेको हामीसंग जे छ, जे गर्न सकिन्छ र जे गर्न आवश्यक छ त्यो भन्दा बढि फुर्तिफार्ति गर्नु हो ।
हाम्रो पार्टीको केहि कामरेडहरुले माओवादीहरुसंग पार्टी एकताका आधारहरु खोज्ने र पार्टी एकीकरण गर्न सकिन्छ भन्ने तर्कहरु दिइरहनु भएको छ । यहि प्रसंगमा उल्लेखनीय पक्षतिर ध्यान दिन र गंभिर छलफल गर्न आवश्यक छ । राजनीतिक लडाइमा सैद्धान्तिक पक्ष र त्यसले पार्ने दुरगामी असर पक्षको कति महत्व हुन्छ भन्ने कुरा माथि संक्षिप्त उल्लेख गरि सकियो । अब माओवादी र हाम्रो पार्र्टीको संद्धान्तिक, नेपाली क्रान्तिको कार्यदिशाको बुझाई र आफ्नो पार्टीको सैद्धान्तिक बुझाइ अनुसारको क्रियाकलाप र व्यवहारिक रुखतिर विश्लेषणात्मक ध्यान दिऔं ।
नेपाली कम्युनिस्ट आन्दोलनमा मुलतः ‘माओवादी’ वाक्यांशको प्रयोग ०५१–०५२ सालको समयावधिदेखि चलनचल्तिमा ल्याइयो । त्यो भन्दा अगाडि “वाद”संग जोडिएको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र लिइन्थ्यो । माओको नेतृत्वमा माओकै जीवनकालमा पनि माओको विचार र योगदानलाई “वाद” वा के मान्ने बहस चल्यो । चिनको कम्युनिस्ट पार्टीले उनले माक्र्सवादी आन्दोलनमा गरेको योगदान र विचार प्रवाहलाई विचारधारा मान्न सकिन्छ भनेर उच्च मुल्यांकनका साथ टुंग्यायो ।
यो वाक्यांशको प्रवेश मुलत षडयन्त्रकारी लिन प्याओ र त्यस्तै पात्र वा पदका भोकाहरुले माओले वैकल्पिक नेतृत्वको आवश्यकताको विषयमा विचार प्रवाह गर्न थालिरहेको अवस्थामा विशेषत माओको चाकरी गर्ने र नेतृत्व हत्याउने गलत मनसायले ल्याएका थिए । “वाद”को प्रश्न दार्शनिक र सैद्धान्तिक छलफलसंग जोडेर ल्याएका थिएनन् । उनीहरुले नेतृत्व हत्याउन अन्तिम अवस्थासम्म माओले बोलेका शब्द–शब्दलाई अतिरञ्जित ढंगले बढिचढाइ गरि नै रहे । तर यो विषयमा आम वहस गरि सकेपछि चीनी कम्युनिस्ट पार्टीले ठिक विश्लेषणका साथ यो समस्यालाई टुंग्यायो । तर उनीहरुको षडयन्त्रकारी र भद्धा निम्न पू“जीवादी चरित्र त्यतिखेर उदाङ्गो भयो, जतिखेर माओको हत्या गर्ने योजना विफल भयो । यसबाट यो स्पष्ट हुन्छ कि कुनै पनि चिज र वस्तुस्थिति तथा त्यसप्रति अपनाइने रुखको प्रश्नमा दार्शनिक र सैद्धान्तिक प्रश्न जोडिएको हुन्छ र अवसरवादीहरुले व्यक्तिगत उद्देश्यको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा दिनको घाम झै छर्लङ्गै हुन्छ । एउटा समयावधिमा विश्वास गरेका लीन प्याओ र त्यस्तै अन्य पात्रहरुको त्यससंग जोडिएका सैद्धान्तिक र दार्शनिक तथा उनीहरुका निम्न पू“जीवादी चिन्तन र प्रवृतिको पछि माओले खुलेरै भण्डाफोर गरे, जतिखेर लिन प्याओहरुले माओलाई “महामानव” को रुपमा मान्नु पर्दछ भनेर बढिचढाई व्याख्या गरिरहेका थिए । यसो गर्नुमा उनीहरुमा सैद्धान्तिक र दार्शनिक पक्षमा आएको भड्कावलाई उजागर गर्नु थियो ।
माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी तथा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको हावी भयो । त्यो अवस्थालाई सैद्धान्तिक प्रतिवाद गर्न कतिपय व्यक्तिहरुले राम्रै मनसायले पनि प्रतिक्रियावादी अवसरवाद र संशोधनवाद विरुद्ध माओले चलाएको सांस्कृतिक क्रान्तिको उच्च मुल्यांकन गर्दै माओवाद वाक्यांशको प्रयोग पनि गर्ने गरियो । तर त्यस विरुद्धको सहि प्रतिवाद गर्न “माओवाद” शब्दको प्रयोग ठिक थिएन, बरु सहि नीति र कार्यनीतिको निरन्तरको प्रयोग नै हुनुपर्दथ्यो ।
अब “वाद” वाक्यांशको व्यष्टि र समष्टि विश्लेषणतिर जाऔ । “वाद” अग्रेजीको “ष्कm” हो । “ष्कm”को शाब्दिक अर्थ विज्ञान पनि हो । विज्ञानले कुनै पनि चीज र वस्तुस्थितिको तथ्यसंगत व्याख्या–विश्लेषण र शस्लेषण गर्दछ । विज्ञानका अध्ययन क्षेत्र वृहत भए पनि व्यष्टिगत रुपले एउटा आधारलाई अध्ययनको क्षेत्र बनाउन सकिन्छ । त्यसैले निश्चित अवस्था र अवधिको समाजिक सभ्यताको बैज्ञानिक व्याख्या र त्यस अवधिको क्रान्तिको समग्र व्याख्या “ष्कm” वा “वाद” हो । त्यसैले यसमा चुरो कुरा यो छ कि “वाद”ले सामाजिक अवस्था र चरणको सामाजिक क्रान्तिको सापेक्षिक व्याख्या गर्दछ । अथवा “वाद” एउटा सामाजिक अवस्था र चरणमा सामाजिक क्रान्तिको वस्तुगत व्याख्या–विश्लेषण हो । त्यसप्रतिको प्रक्रियागत व्याख्या हो । त्यसैले शब्दहरुको प्रयोगमा हामी जसरी रुखलाई घर, घरलाई गाडि, गाडिलाई साडि भन्न सकिदैन, त्यसरी नै “वाद” वाक्यांशको ठाउ“मा विचारधारा वा विचारधाराको ठाउ“मा “वाद” भन्न सकिदैन । किनभने त्यसले निश्चित बोझिलो र गहकिलो दार्शनिक अर्थ बोकेको छ । वा यो यस्तो शब्द हो जो आफैमा दार्शनिक अर्थ छ । यदि त्यस्तो नहुदो हो त वा दार्शनिक पक्षमा भिन्नता नहुदो हो त तत्कालिन गतिविधिमा आकास जमिनको फरक हुदैन थियो । एउटा मान्छे निर्देशित हुने कुरा भनेकै उसको दार्शनिक पक्ष नैै हो । त्यसैले माओवादको व्याख्या–विश्लेषण गर्ने शक्तिहरुद्वारा एउटा अतिवादी भड्कावको प्रतिवादमा अर्को अतिवादद्वारा गर्ने असफल कोशिस मात्र हो । नेपालको शन्दर्भमा वास्तवमा यो वाक्यांशको संस्थापकद्वारा जसरी दार्शनिक भड्काव र व्यवहारिक अवसरवादी कोणद्वारा प्रयोग गर्ने योजनाबाट ल्याइएको थियो । अहिले पनि विश्व कम्यनिस्ट आन्दोलनमा भड्काववादी दृष्टिदोषद्वारा नै प्रयोग गर्ने निरन्तरता छ ।