देशप्रेम साप्ताहिक,वर्ष १२, अंक २५,०६७ असोज १७, आइतबार
गतिबोध साप्ताहिक,वर्ष ३, अंक १२,०६७ असोज २१
नयॉ संचार दर्शन,वर्ष ३, अंक ८,०६७ असोज १८
मैले किन नेकपा (एकीकृत) परित्याग गरे !
उदय राई
पूर्व अध्यक्ष
नेपाल युवा कम्युनिस्ट संघ(एकीकृत)
०६७÷०४÷०७
सर्वप्रथम म नेकपा (एकीकृत) कोमैले किन नेकपा (एकीकृत) परित्याग गरे ! स्थापना वा गठनबारे थोरै चर्चा गर्न चाहन्छु । तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) मा ०६२÷६३ को जनआन्दोलनपछिको फुट पश्चात बनेको एउटा समुह जसको नेतृत्व क. रामसिंह श्रीषले गरेका थिए, ०६३ पौष फाल्गुण १४ गते त्यो समुहले नेकपा (एकीकृत) गठन गर्यो । त्यसपछि सी.पीं मैनालीबाट विद्रोह गरेको एउटा समुह ०६३ पौष र नेकपा (मालेमाकेन्द्र) को एउटा समुह ०६३ असोज पुनगर्ठन प्रक्रियामा सामेल भए ।
हामीले तत्कालिन नेकपा (एकताकेन्द्र–मसाल) भित्र अन्तरसंघर्ष चलाईरहदा, १) विशेषत कार्यनीतिक प्रश्न, २) कम्युनिस्ट आन्दोलनभित्र रहेका कम्युनिस्ट विजातीय चरित्र पुर्वाग्रहिता, संकीर्णता, लफ्फाजी तथा दाहिने र देब्रे भड्काववादी चरित्र विरुद्धको प्रश्न नै ज्वलन्त विषयहरु थिए । नेकपा (एकीकृत) को पुनर्गठनको आधारमा हामीले भनेका थियौ दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्काव विरुद्ध मात्र होईन कम्युनिस्ट आन्दोलनमा देखिएका छद्म क्रान्तिकारिता, विसर्जनवाद, संकीर्णतावाद, व्यक्तिवाद र जडशुत्रवाद विरुद्ध समेत जोडतोडले संघर्ष गर्न आवश्यक छ । कम्युनिस्ट आन्दोलनभित्र यो प्रकारको समस्या भईरहने हो भने कम्युनिस्ट शक्तिको शसक्तिकरण, ध्रुविकरण, एकता र क्रान्ति संभव छैन भन्ने बुझाईलाई शसक्तरुपमा अगाडि बढाईएको थियो । यि माथि उठाईएका आधार र आजसम्म नेकपा (एकीकृत) बाट हामीले गरेका गतिविधी तथा पार्टीको अवस्था र यथार्थतालँई विश्लेषण गर्दा यसको अस्तित्वको औचित्यता बारे सामान्य चर्चा गरौ ।
कार्यनीतिक प्रश्नः– कार्यनीतिक प्रश्नमा ध्यानदिनु पर्ने विशेषतः तीन पाटाहरु हुन्छन्, १) सरकार गठन, विघटन र निर्माणसंग लगातार जोडिएको प्रश्न, २) समाजको गतिलाई दिशादिन सामाजिक जटिलता, विकृति विरुद्धको निरन्तर संघर्षको प्रश्न, ३) मोर्चाबन्दीको प्रश्न । यि तीनै पाटाहरुको कोणबाट पार्टीको गतिविधि हेर्ने हो भने सदनभित्रको सामान्य संघर्षलाई पनि ठीकढंगले उठान गर्न यो पार्टीले सकेन र स्पष्ट पक्षपोषण पनि लिन सकेन । सारा साम्राज्यवादी तथा विस्तारवादी, अवसरवादी तथा दक्षिणपन्थी र सबैखाले प्रतिक्रियावादीहरुको सरकार गठन, विघटनमा मोर्चाबन्दी स्पष्ट देखिरहेको स्थितिमा पनि त्यो विरुद्धको संघर्षमा स्पष्ट कित्तावन्दी, मोर्चाबन्दी वा ध्रुविकरण पार्टीले प्रस्ट्याउनु पर्नेमा विचारमा स्खलनको कारण कहिले तथस्टता र अन्य समयमा व्यग्रता तथा आग्रही प्रतिक्षा बाहेक केही भुमिका रहेन । यो संग जोडिएका अन्य गतिविधिमा प्राय निस्कृय भुमिका रह्यो । राष्ट्रपतिको चुनावमा पनि मज्जालिने काम गरियो । संभावनाका सबै राजनीतिक घट्नाहरु उदासिनताको शिकार बनाइयो ।
दोश्रो सन्दर्भमा कुरा गर्ने हो भने मेचीमहाकाली जनजागरण अभियान–०६६ बाहेक अन्य सन्दर्भमा वा कार्यक्रमहरुमा झारा टार्ने शिबाय केही गरिएन । पार्टीको गतिलिने कामलाई भन्दा औपचारिकतालाई प्राय प्रश्रय दिईयो ।
कम्युनिस्ट आन्दोलनको सत्ताप्राप्तिको अभियानमा मोर्चाबन्दी रणनैतिक विषयको ज्वलन्त कार्यनीतिक योजना बन्नु पर्दछ । तर पार्टी यो विषयमा क, ख नजाने झै प्रस्तुत भयो, नेकपा (एकीकृत) ले यो विषयमा न आफुलाई कहिल्यै समयमा नै स्पष्ट उभ्याउन सक्यो, न त नेतृत्व गर्न नै । ढुलमुले भुमिका र अस्पष्ट दृष्टिकोण तथा परिणामको प्रतिक्षा गर्ने काम प्राय गर्यो । परिस्थितिलाई काबुमा ल्याउने भुमिका त कहा“ हो कहा“ गैरमाक्र्सवादी तरिका अपनायो ।
कार्यनीतिक प्रश्नका यि तीन पाटाहरुको चर्चा बाहेक पार्टी जीवनका महत्वपूर्ण पक्षको पनि संक्षिप्त चर्चा गरौ ।
१) पार्टीको सातौ महाधिवेशनले सैद्धान्तिक दृष्टिकोणमा स्पष्टता ल्याए पनि नेतृत्व तहमा त्यो सम्बन्धि समान्य बुझाई (common understanding) पनि नरहेको स्थिति गुजार्नु पर्यो पार्टीले । यो सन्दर्भमा नेतृत्वमा सामान्य बुझाई मात्र काफी छैन परिपक्व बुझाई (mutual understanding ) हुन आवश्यक छ । यसर्थ पार्टीको नीति–सिद्धान्त ठीक भएर मात्र हुदैन, यसका संचालक र नेतृत्व कामयावी हुन जरुरी छ । नेतृत्व त्यो स्थितिमा छैन र पार्टी चारतिर फर्किएको स्थितिमा छ ।
२) पार्टी वामपन्थी लफ्फाजीको शिकार भयो । पार्टी स्थापनादेखि अहिलेसम्म पार्टीले गरेका सम्पूर्ण गतिविधी, गतिशिलताका पक्षबाट विश्लेषण गर्ने हो भने यो तथ्य स्पष्ट देखा पर्छ । आजसम्मका परिणाम र उपलब्धिहरुले यहि सिद्ध गर्दछ । यसको सिधा परिणाम पार्टीमा दक्षिणपन्थी रुझान अत्यधिक छ । २, ४ वटा गतिविधीले मात्र पार्टी क्रान्तिकारी रहन सक्दैन भन्ने कुरा आम पार्टी पंक्तिले जान्न आवश्यक छ ।
३) माले र मालेमाकेन्द्रसंग पार्टी एकता पश्चात पार्टी पंक्ति पुर्वाग्रही आन्दोलनतिर अभिमुख भयो । त्यो पार्टी नेतृत्वबाटै सघनरुपले चलाईयो, ब्यक्त गरियो र कार्यान्वयन गरियो । त्यसको शिकार विभिन्न जनवर्गीय संगठनहरुमा स्पष्ट देखिए । अहिले आएर पार्टीमा सुस्त वा लुप्त संकीर्णता हावी छ । यसले ठूलो रुप लिनेवाला छ ।
४) पार्टी नेतृत्व आफु बाहेक कार्यकर्ताको सन्दर्भमा उदासिनता, योजनाविहिनता र मतलबी छ । यो तरिका पार्टी जीवनको लागि अत्यन्त घातक र गैरजिम्मेवार तरिका हो । यो दक्षिणपन्थी कार्यशैलिको भद्दा रुप हो ।
५) पार्टी नेतृत्व अत्यन्त अक्षम अवस्थामा रहेको छ । सम्पुर्णरुपले कामकाजी प्रकारको छैन । यो अवस्थाले पार्टीभित्र विभिन्न खाले अन्तरविरोधले जन्म लिई नै रहन्छ । अन्ततः पार्टी विलयको अवस्थामा लैजाने वा पार्टीलाई दक्षिपन्थी दिशामा नै धकेल्ने काम गर्दछ । यो पक्षलाई उठान गर्दै विभिन्न समयमा लगातार पार्टी फुटले निरन्तरता पाई नै रह्यो ।
६) आधारभुत रुपमा माक्र्सवादी शक्तिहरुसंग ध्रुविकरण र एकता गर्दै जाने पार्टीको सामान्य नीति पार्टीको सातौ महाधिबेशनले दिशानिर्देश गरेको छ । तर पार्टीले अहिलेको स्पष्ट आवश्यकताबाट विमुख हुने काम गरेको छ भने केहि टोहलिने र टोपलिने काम बाहेक उल्लेखनीय काम गरेको छैन । कहिले माक्र्सवादी र संयुक्त माक्र्सवादीसंग पार्टी एकताको गफ गरेर कार्यकर्तालाई भ्रममा राखेका छन् त कहिले मणी थापाको नेकपा क्रान्तिकारीसंग एकता कै कुरा गरेर दिन विताइएको छ । यो एक किसिमको गाईजात्रे प्रवृति पार्टी पंक्तिले अंगाल्दै आएको छ । तर अहिले नेपाली कम्युनिस्ट आन्दोलनको बस्तुगत अवस्थालाई सहि विश्लेषण गर्ने हो भने एनेकपा (माओवादी) संग सहकार्य र पार्टी एकता नै मुख्य पक्ष हो, तर पार्टी नेतृत्वको विभिन्न प्रवृति र स्वार्थको कारण वामपन्थी आन्दोलनको अहिलेको मुलधारसंग विपक्षता अपनाउने काम गरियो । यो सामान्य माक्र्सवादी नैतिकता भित्र पनि पर्दैन ।
यो सानोलेख मार्फत सबै पक्षहरुको चर्चा गर्न त संभव छैन, तर यि माथिका मुख्य पक्षहरुको बारेमा चर्चा गरिसके पछि यो निस्कर्ष निकाल्न सकिन्छ कि हामीले पार्टी स्थापना गर्दा जुन ध्येयका साथ गरेका थियौ त्यो यो नेतृत्व र पार्टीबाट संभव छैन र यि नै गतिविधीको आधारमा यो पार्टीको औचित्यता पनि समाप्त हुदै गएको स्थिति हो । आधारभुत रुपमा एकठाउमा हुदाहुदै अलग अस्तित्वको आवश्यक ठान्नु अस्तित्ववादी दृष्टिकोण हो जुन माक्र्सवादी दृष्टिकोण होईन । आधारभुतरुपमा माक्र्सवादी शक्तिहरुसंग एकता–संघर्ष–एकता नै हो जुन हामी माओको बुझाईको स्तरबाट वा द्वण्द्वात्मक भौतिकवादी दृष्टिकोणको आधार अनुसार लागू गरिनु पर्छ, तर नेकपा (एकीकृत) अधकचरो वा अधबेसुरो अवस्थाबाट गुज्रिरहेको छ । त्यसैले यि विभिन्न तथ्यहरुको कारणले नेकपा (एकीकृत) मैले परित्याग गरेको हो र आधारभुतरुपमा माक्र्सवादी शक्ति एनेकपा (माओवादी) नै अहिलेको ध्रुविकृत हुनुपर्ने शक्तिको ध्रुुव ठान्दै म आफु यो पार्टीमा समाहित भएको हु“ । अन्तरसंघर्ष आधारभुत कुरा मिल्नेसंग हो भने अन्तरविद्रोह त्यसको ठीक उल्टो हो । तर अहिलेको आवश्यकता अलग अस्तित्ववादी चलखेलबाट होईन आधारभुत रुपमा एक ठाउमा रहन सक्ने शक्तिहरु एक ठाउमा भएर अन्तरसंघर्ष अगाडी बढाउनु नै सहि निस्कर्ष हो । म कम्युनिस्ट आन्दोलनभित्रका सबै क्रान्तिकारी समुदाय र व्यक्तिहरु यो दिशामा अगाडि बढ्न आवश्यक ठान्दछु ।